Wednesday, September 28, 2011


अन्तःशुल्क विभाग गठन अन्योलमा

सरकारले चालू आर्थिक वर्षको बजेटमा घोषणा गरेको अन्तःशुल्क विभाग गठन 'सरकारी खर्चमा मितव्ययिता कायम गर्ने निर्देशिका' का कारण अन्योलमा परेको छ । निर्देशिकाले निजामती, प्रहरी, सेना लगायत कुनै पनि पदमा नयाँ दरबन्दी थप्न र नयाँ संगठन स्थापना गर्न बन्देज लगाएको छ । विभाग गठनका लागि अर्थ मन्त्रालयले साउनमै सहसचिव विष्णु लम्सालको संयोजकत्वमा कार्यदल गठन गरी तयारी सुरु गरेको थियो । कार्यदलले आउने १५ गतेभित्र प्रतिवेदन दिनुपर्ने छ । 'प्रतिवेदन बुझाउने मात्र हो, विभाग गठन हुने छाँटकाँटचाहिँ छैन,' कार्यदलका एक सदस्यले भने । विभाग गठन गर्दा १ सय ५० को हाराहारीमा दरबन्दी आवश्यक पर्ने देखिएको छ । अहिले अन्तःशुल्ककै दरबन्दीमा कार्यरत र भन्सारको राजपत्र अनंकित तहको दरबन्दी सार्दा पनि करिब ८० दरबन्दी थप गर्नुपर्ने भएको छ । विभागका साथै पाँचदेखि सात वटा कार्यालय सञ्चालन गर्नुपर्ने कार्यदलको अहिलेसम्मको निष्कर्ष छ । 'कार्यदलको सुझाव अनुसार विभाग दरबन्दी गर्नु मितव्ययिता सम्बन्धी  निर्देशिकाको ठाडो उल्लंघन हो,' अर्थसम्बद्ध स्रोतले भन्यो ।    बजेट वक्तव्यमा उल्लेख भए पनि छुट्टै विभाग गठन गर्ने कुरामा मन्त्रालयका अधिकांश अधिकारी यसको पक्ष्ामा थिएनन् । विभाग गठन गर्दैमा राजस्व असुली नहुने भन्दै तिनले भन्सार विभागमा गाभ्न वा आन्तरिक राजस्व विभाग अन्तर्गत पुनःसंरचना गर्नुपर्ने गरी दुई थरी राय दिइरहेका थिए । 'बजेटमा विभाग गठन गर्ने कुरा राख्ने कुरामै विवाद थियो,' एक अधिकारीले भने । सचिव कृष्णहरि बाँस्कोटा छुट्टै विभागको पक्षमा रहे पनि अधिकांश अधिकारी यसमा सहमत छैनन् ।    आन्तरिक राजस्व विभागका महानिर्देशक राजन खनाल विश्व व्यापार संगठनको सदस्य मुलुकले भन्सार महसुल क्रमशः घटाउँदै लग्नुपर्ने भए पनि अन्तःशुल्क मार्फत राजस्व संकलन गर्न सक्ने भएकाले भन्सार को वैकल्पिक स्रोतका रूपमा यसलाई भन्सार विभाग अन्तर्गत राख्दा उपयुक्त हुने बताउँछन् । 'अन्तःशुल्क भन्सार विभाग अन्तर्गत नहुने हो भने उसको राजस्वमा योगदान घट्दै जान्छ,' उनले भने । अन्तःशुल्कमा लाग्ने कच्चा पदार्थ पैठारीमा निर्भर रहेकाले भन्सारलाई उत्पादन तहसम्म अनुगमन निरीक्षण गर्न पनि सहज हुने उनको भनाइ छ । मदिरा, बियर र चुरोट उद्योगमा आन्तरिक राजस्वले राजपत्र अनंकित तहका कर्मचारीलाई राखेर अन्तःशुल्क असुली गर्ने गर्छ । तर विभागमा राजपत्रअनंकित तहका कर्मचारी अभाव भएकाले एक जनाले दुईतीन वटा उद्योगमा काम गरिरहेका छन् । 'तर भन्सारसँग राजपत्र अनंकित तहका कर्मचारी ठूलो संख्यामा भएकाले नियन्त्रण प्रभावकारी हुन सक्छ,' उनले भने । अन्तःशुल्क असुलीको अधिकार आन्तरिक राजस्व विभागमै रहने भए यसको पुनःसंरचना गरी सुदृढ संयन्त्र बनाउनुपर्ने राय विभागले दिएको छ । उसले अन्तःशुल्क असुली हुने प्रमुख पाँच वटा ठाउँमा छुट्टै कार्यालय स्थापना गर्नुपर्ने सुझाव दिएको छ । अन्तःशुल्क स्वचालित प्रणालीमा मार्फत असुल गरी अनुगमनका लागि थप कर्मचारी दिनुपर्ने उसको माग छ । 'मदिरा र सुर्तीजन्य उत्पादनबाट  अन्तःशुल्कको असुली निकै वृद्धि हुने ठाउँ छ,' खनालले भने, 'तर अहिलेकै अवस्थामा वृद्धि गर्न सकिन्न ।' २०२३ सालसम्म भन्सार तथा अन्तःशुल्क विभाग रहेकामा छुट्टै अन्तःशुल्क संरचना बनाइएको  थियो । यसलाई बिक्री कर विभागमा र पछि मूल्य अभिवृद्धि कर (भ्याट) विभागमा गाभिएको थियो । भ्याट र आयकर विभाग गाभेर आन्तरिक राजस्व विभाग गठन भए पछि यो आन्तरिक राजस्व विभागले अन्तःशुल्क असुली गर्दै आएको छ  । भन्सार विभागका महानिर्देशक टंकमणि शर्मा अन्तःशुल्कलाई गाभ्नु र छुट्याउनुको औचित्यबारे गम्भीर छलफल गरेर मात्र निष्कर्षमा पुग्नुपर्ने बताउँछन् । 'अन्तःशुल्क आकर्षक विभाग नठानिएका कारण कर्मचारी जान नचाहेकाले यसलाई गाभिएको हो,' उनले भने, 'भोलि छुट्याउँदा यस्तै समस्या आएर पुनः गाभ्ने हो भने नयाँ विभाग गठन गर्नु पर्दैन ।' संसारका कतिपय मुलुकमा भन्सार नै सीमा सुरक्षा (गृह मन्त्रालय) अन्तर्गत सञ्चालित छन् । अर्थ मन्त्रालय अन्तर्गत भएका ठाउँमा अन्तःशुल्क र भन्सार एकै विभाग अन्तर्गत पर्छन् ।                                                               काठमाडौं, आश्विन ११ -
 



सामान छोडाउन राजस्वले २४ लाख लिएको आरोप

 विराटनगरका विभिन्न व्यापारीको सामान ल्याएको अनुराग ट्रान्सपोर्ट कम्पनीले राजस्व अनुसन्धान इकाई कार्यालय पथलैयालाई २४ लाख रुपैयाँ अतिरिक्त रकम ‘घुस' दिनु परेको भन्दै व्यापारीसँग थप रकम असुलेको छ।  राजस्व कार्यालयले ५ दिनसम्म सामान नियन्त्रणमा लिएको र त्यसलाई छुटाउन कर्मचारीलाई घुस खुवाउन परेको भन्दै ट्रान्सपोर्ट कम्पनीका अधिकारीले अहिले थप रकम लिएको व्यापारीहरुको आरोप छ।'राजस्वका कर्मचारीलाई मिलाउन २४ लाख रुपैयाँ खर्च भएको जानकारी गराउँदै ट्रान्सपोर्टका अधिकारीहरुले हामीसँग थप रकम लिएका छन्,' सामान मगाएका एक व्यापारीले  भने ' कम्पनीले भाडा बाहेक प्रति पोका १२ हजार रुपैयाँ अतिरिक्त असुली गरेको छ।' ट्रकमा विराटनगरका २० भन्दा बढी खुद्रा व्यवसायीका दुईसय पोका सामान थिए। ट्रान्सपोर्ट कम्पनीले प्रतिपोका १२ हजार रुपैयाँ तिर्नुपरेको बताउँदै उनीहरुले आफुहरुसँग पनि प्रतिपोका १२ हजार नै लिएको व्यापारीहरुको भनाई छ। केही व्यापारीहरुले अतिरिक्त रकम बुझाएर सामान लगिसकेका छन् भने केहीले थप पैसा बुझाउन इन्कार गरेका छन्। ट्रान्सपोर्ट कम्पनी मोरङ व्यापार संघका महासचिव समेत रहेका प्रकाश मुन्दरा र दिलिप घाडेवालको संयुक्त लगानीमा संचालनमा छ। विराटनगरका चर्चित कपडा तथा फैन्सी पसल ग्यालेक्सी, साकेत, इन-लुक, अम्बे र ओएसिसलगायतले सामान झिकाएका थिए। स्रोतका अनुसार अनुरागले १२ हजार मागे पनि इन-लुकले ६ पोका सामानको ६ हजारका दरले ३६ हजार रुपैयाँ अतिरिक्त तिरेर सोमबार साँझै लगिसकेको छ। ‘सामान छुट्टाउन राजस्वलाई अलिअलि पैसा तिरेको होला, तर ट्रान्सपोर्टका अधिकारीले हामीसँग बढी रकम असुल्न खोजेका छन्'-ट्रान्सपोर्टबाट सामान बुझन नमानेका एक व्यापारीले नागरिकसंग भने,‘त्यत्रो रुपैयाँ बुझाए सामान महँगोमा बेच्नुपर्छ। 'अनुरागका संचालकमध्ये एक मुन्दराले राजस्व कार्यालयले २४ लाख रुपैयाँ नलिएको बताउँदै ५ हजार रुपैयाँ मात्र अतिरिक्त रकम बुझाएको जानकारी दिए। उनले किन अतिरिक्त रकम बुझाएको भन्ने नागरिकको प्रश्नमा भने स्पष्ट जवाफ दिन सकेनन्। गत असोज ४ मा काठमाण्डौंबाट कपडा र फैन्सीका सामान बोकेर विराटनगर आएको ना.३ ख ४८८२ नम्बरको ट्रकमा रहेको सामान ‘शंकास्पद' देखिएको भन्दै इकाई कार्यालयले ५ दिनसम्म नियन्त्रणमा राखेको थियो। विराटनगरका व्यापारीहरुले काठमाण्डौं र खासामा खरिद गरेका कपडा र फैन्सीका सामान अनुरागले उक्त ट्रकबाट ल्याउँदै थियो। स्रोतका अनुसार दशैंको किनमेल सुरु भइसके पनि रेडिमेड कपडा र फैन्सीका सामान ५ दिनसम्म पथलैया राजस्वमा थन्किए पछि व्यवसायीहरुले ट्रान्सपोर्टलाई ताकेता गरिरहेका थिए। गत बुधवार काठमाण्डौंबाट हिडेको ट्रक सोमवार मात्र विराटनगर आइपुगेको छ। ‘सामान आएन भनेर ताकेता गर्दा ट्रान्सपोर्टले जाँचका क्रममा पथलैयामा रोकिएको छ, तुरुन्तै छुट्टिहाल्छ मात्र भने'-एक कपडा व्यापारीले नागरिकसंग भने,‘पछि सामान बुझ्न जाँदा प्रति पोका १२ हजार रुपैयाँ अतिरिक्त मागे। 'यसैबीच व्यापारीसित १२ हजार रुपैयाँ माग्न थालेपछि जिल्ला प्रहरी कार्यालय मोरङले मंगलबार अनुराग ट्रान्सपोर्टको विराटनगरस्थित सात घुम्तीमा रहेको गोदाम नियन्त्रणमा लिएको छ। मोरङका प्रहरी प्रमुख एसपी प्रद्युम्न कार्कीले अनुराग ट्रान्सपोर्टले काठमाण्डौंबाट ल्याएका सामानमा ‘लफ्डा' देखिएकाले गोदाम नियन्त्रणमा लिएको बताए। ‘ अहिले व्यापारिको गुनासोका आधारमा गोदाम नियन्त्रणमा लिइएको हो, ट्रान्सपोर्ट शुल्क वाहेक अतिरिक्त रकम असुली गरेको व्यापारीहरुले लिखित उजुरी दिए कार्वाही चलाउँछु'-उनले भने। राजस्व अनुसन्धान इकाई कार्यालय पथलैयाका अधिकारीले भने अनुराग ट्रान्सपोर्टको समान बोकेको ट्रकलाई ५ हजार रुपैयाँ मात्र जरिवाना गरिएको र अतिरिक्त रकम नलिएको मोरङका प्रमुख जिल्ला अधिकारी सुरेश अधिकारीलाई फोनमा जानकारी दिएका छन्। ‘ट्रान्सपोर्टका सञ्चालकलाई बोलाएर सोध्दा पथलैया राजस्वमा थप पैसा तिरेको स्वीकारेका छन्'- प्रजिअ अधिकारीले नागरिकसँग भने,‘व्यापारीसित थप पैसा लिएको फेला परे कार्वाही हुन्छ।'

Monday, September 26, 2011


नयाँ बसपार्कका होटल र गेस्टहाउबाट हुन्डीको कारोबार
रोशन कार्की
काठमाडौं७ भदौ
काठमाडौंको विभिन्न स्थानमा भिन्न प्रयोजनकालागि खुलेका कार्यालयहोटल र गेष्टहाउसबाट अबैधरुपमा हुन्डीको कारोबार हुने गरेको छ । अबैधरुपमा रकमलाई विभिन्न देशमा पलायन


गर्नेदेखि चीनको स्वशाशित क्षेत्र तिव्वतका बजारमा नेपाली व्यापारिहरुले हुन्डीको मार्फत कारोबार गर्ने गरेको समेत खुलासा भएको छ । नेपाल र चीनबीचको व्यापारिक कारोबारमा नेपाली व्यापारिहरुले राजधानीको नयाँ बसपार्क स्थित रहेका विभिन्न होटल र गेस्टहाउसबाट हुन्डीमार्फत रकम तिव्वतको ग्वाझााउ शहरसम्म पठाउने गरेकाछन् ।
सो कारोबार राजधानीको गेस्टहाउस र होटलबाट हुने रहर् य तातोपानीका व्यापारि नारायण पौडेल अबैध हुन्डी कारोबार गरेको आरोपमा जेल परेपछि खुलेको हो । उनीले गत २ वर्ष अगाडी नेपालबाट तातोपानी भन्सार नाकाहुदै हुन्डीको कारोबार गर्ने गरेका थिए । सोही कारोबार गर्दा गर्दे उनलाई प्रहरीले नियन्त्रणमा लिएको थियो । यसैगरि लामो समयदेखि ट्राभल्स एण्ड टुरको कार्यालय स्थापना गरि तेस्रो मुलुक र भारतमा हुन्डीको कारोबार गर्नेहरुको थप पहिचान भएको राजस्व अनुसन्धान विभागका एक प्रतिनिधले जनाएकाछन् । उनका अनुसार विभिन्न स्थानमा रहि कारोबार गर्नेमा बच्चु पौडेलनारायण पौडलप्रदीप सरियागोविन्द सरियाशोभा खरेलमोहन अग्रबालपवन सरियाहरि चिरानीया पहिलो पक्तिमा रहेका छन् । बच्चु पौडेलनारायण पौडेलगोविन्द सरिया र प्रदीप सरियाले चीनमा हुन्डीमार्फत रकम पठाउने गरेको अनुसन्धानबाट खुलेको छ ।
त्यस्र्तैिसंगापुर इन्टरपाइजेज सुन्धाराधाख्वा विलिङका साचालनक रवि कचुरिया मनकामना ट्राभल्सका साचालनक मदन केसी दरवारमार्गको इमिरेट्स ट्राभल्सका साचालक राजु मालु सुन्धाराको यूनीक ट्राभल्स एण्ड टुस्रएडभान्स मनी ट्रान्सफर र पशुपति मनी ट्रान्सफर लगायत अन्य यस कारोबारमा संलग्न भएको अनुमान विभागको रहेको छ ।
अबैधरुवमा नेपालबाट भारतअष्ट्रेलियादक्षिण कोरिया र खाडिमुलुकमा बढीमात्रामा हुन्डीमार्फत कारोबार हुने गरेका छन् । विभागले युनिक ट्राभल्सका साचालक कृष्ण ज्ञावालीलाई तारिकमा छोडेको छ भने मनकामना साचालनक अझै फरार भएको विभागले जानएको । युजिन र एडमान्सका साचालक ज्ञावालीले ट्राभल्सको बोर्ड राखेर हुन्डीको कारोबार गर्दे आएको अनुसन्धानमा खुल्न आएको छ । काठमाडौमा एउटा व्यवसायको बोर्ड राखेर अबैध हुन्डीको कारोबार गर्ने गरेको समेत विभागले गरेको अनुसन्धानबाट खुलेको छ ।
नेपाली व्यापारिले नेपालभारतदक्षिण एसियापूर्वि एशिया र यूरोपसम्म हुन्डीबाटै कारोबार गर्ने गरेकाछन् ।
यसबाट कारोबारगर्द व्यापारिले कुनै डकुमेन्ट बनाउनु नपर्ने र पर्यटन भिसामा बस्नेले सस्तोमा अबैधरुपमा रकम पठाउने भएकाले यसबाट राजस्व घाटामा परेको छ । अधिकाशं व्यापारिले सामान एउटै भन्सार ऐजेन्टबाट भन्सार पास गराई दिने गरेकोले यसको कुनै बैधानिक प्रमाण हुदैन । यसरी सयौ व्यापारिले हुन्डीमार्फत व्यापारिक कारोबार गर्दा खर्वभन्दाबढी एकै महिनामा रकम पलायन हुने विभागको अनुमान रहेको छ । सोही रकम बैकिङ मार्फत पठाउने होभने देशको आर्थिक बृद्धिमा महत्वपुर्ण टेवा पुग्ने छ ।

Sunday, September 25, 2011

      दुर्घट्नामा तीन चालक दलका सदस्यसहित सबै यात्रुको मृत्यु


 विमान खसेपछि कोटडाँडा



कोटडाँडा (ललितपुर), आश्विन ८ - माउण्टेन फ्लाइटका लागि उडेको बुद्ध एयरको विमान ललितपुरको विशङ्खुनारायणस्थित कोटडाँडामा खस्यो । खराव मौसमका कारण बुद्ध एयरको १९०० डी वीचक्राफ्ट विमान दुर्घटना हुँदा चालक दलका तीन सदस्यसहित १९ जनाको मृत्यु भयो । मानव वस्तीमा विमान खसेपछि दिनभर यो क्षेत्र त्रस्त देखिथ्यो । बुद्ध एयरको बीचक्राफ्ट विमान ललितपुरको कोटडाँडामा आइतबार विहान दुर्घटनाग्रस्त हुँदा त्यसमा सवार १९ जनाको मृत्यु भएको छ ।  दुर्घटनामा परी विमानमा सवार १९ जनाकै मुत्यु भएको जिल्ला प्रहरी कार्यालय ललितपुरका प्रमुख एसपी भोगबहादुर थापाले जानकारी दिनुभयो । १८ जनाको घटनास्थलमै मृत्यु भएको थियो भने एक जनलाई स्थानियवासी र प्रहरीको टोलीले जिबितै उद्धार गरि बी एण्ड बी अस्पताल पुर्‍याउँदा चिकित्सकले मृत घोषणा गरेको थियो ।
मृत्यु हुनेमा चालक दलका तीनसहित छजना नेपाली छन् । दुर्घटनामा परी ज्यान गुमाउने नेपालीहरुमा चालक दलका सदस्यहरु क्याप्टेन जेबी ताम्राकार, को-पाइलट पद्मा अधिकारी, एयर होस्टेस अस्मिता श्रेष्ठ रहेका छन् । यस्तै यात्रुहरु शारदा कर्माचार्य, जंगजन कर्माचार्य र निराजन कर्माचार्य रहेको बुद्ध एयरले जनाएको छ । घाइते अवस्थामा उद्धार गरिएका निराजनलाई बी एण्ड बी अस्पताल पुर्‍याउँदा चिकित्सकले मृत घोषणा गरेको थियो । विमान दुर्घटनामा मृत्यु भएका मध्ये १० जना भारतीय नागरिक रहेका छन् । मृत्यु हुनेमा पङ्कज मेहता, छायाँ मेहता, एस नागराजा, टि नागराजा, एल नागराजा, एचडी नागराजा, डी जालो सुवरसम, डिपी सुवरसम, जालो सुवरसम नागराजा, पी जालो सुवरसम रहेका छन् । त्यसैगरी जापानका तोसिनोरी जेनिमा तथा अमेरिकाका नाटाली नैलन र एन्ड्रयु वाडेको पनि दुर्घटनामा मृत्यु भएको छ ।ठूलो आवाजका साथ विमान जमिनमा झरेको स्थानीय प्रत्यक्षदर्शीहरुले बताएका छन् । स्थानीय कुमार श्रेष्ठले विमान खस्नुअघि आकाशमै आलगागी भएको बताए । घटनालगत्तै स्थानीय र प्रहरीले घटनास्थल पुगेर उद्धार गरेका थिए । विमान टुक्राटुक्रा भएको छ । स्थानीयबासी र प्रहरीले घटनास्थलमा यत्रतत्र छरिएका मृतकका शवहरुको संकलन गरेका थिए । शवहरु नेपाली सेनाको हेलीकोप्टरमार्फत अन्तर्राष्ट्रिय विमानस्थल ल्याई पोष्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज पुर्‍याएको छ । कार्यवाहक प्रधानमन्त्री एवम् गृहमन्त्री विजयकुमार गच्छदार, रक्षा मन्त्री शरत्सिंह भण्डारीलगायत सरकारका उच्च अधिकारीहरुले विमानस्थलमा शवको अवलोकन गरेका थिए । हुस्सुका कारण मौसम खराब हुँदा डाँडामा ठोक्किएर विमान दुर्घटनाग्रस्त भएको प्रारम्भिक अनुमान गरिएको छ । नागरिक उड्डयन प्राधिकरण अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयका अनुसार बिहान ६ बजेर ६१ मिनेटमा उडेको उक्त विमान अन्तिमपल्ट साढे सात बजेर ३१ मिनेटमा नियन्त्रण कक्षको सम्पर्कमा आएको थियो । सम्पर्कविहीन भएको करिब २० मिनेपछि विमान दुर्घटनामा भएको अनुमान गरिएको छ । चालक दलका सदस्यले विमानमा खराबी आएको सूचना कन्ट्रोल रुमलाई गराएका थिए । राडारमा सम्पर्क भएपछि रन वे-२ मा आपतकालीन अवतरणका लागि अनुमति समेत दिइसकिएको अवस्थामा विमान दुर्घटना भएको बताइएको छ । उड्डयन प्राधिकरणका अनुसार अन्तिम सम्पर्क हुँदा विमानस्थल र दुर्घटनाग्रस्त विमानबीचको दुरी मात्रै दुई मिनेटको थियो । हराएको विमानबारे माउन्टेन फ्लाइटबाट र्फकँदै गरेको बुद्धकै अर्को विमानले देखेर सबैभन्दा पहिले विमानस्थल नियन्त्रण कक्षलाई जानकारी गराएको थियो ।सुरक्षित विमान सेवाका रुपमा लिइने बुद्ध एयरको विमान दुर्घटना भएको यो पहिलोपटक हो । घटनापछि बुद्ध एयरले सूचना जारी गरी आइतबारका लागि पूर्वनिर्धारित सबै उडान रद्ध गरिएको जनाएको छ । मौशम विद्हरुले खराब मौशमबारे जानकारी हुँदाहुँदै पनि विमान उडाएइकाले दुर्घटना भएको औंल्याएका छन् ।
छानविन टोली गठन

यसैबीच सरकारले बुद्ध एयरको विमान दुर्घटनाबारे छानविन गर्न नागरिक उड्डयन प्राधिकरणका पूर्वमहानिर्देशक राजेशकुमार दलीको संयोजकत्वमा तीन सदस्यीय टोली गठन गरेको छ । टोलीलाई एक साताभित्र दुर्घटनाबारे अध्ययन गरी विस्तृत विवरण बुझाउन भनिएको छ ।
मृत्युहुनेहरुको नामावली:

चालक दलका सदस्यहरु:

जीवी तम्राकार– क्याप्टेन

पी अधिकारी– सहचालक

अस्मिता श्रेष्ठ– बिमान परिचारिका

यात्रुहरु:

निरन्जन कर्मचार्य– नेपाल (उपचारका लागि ल्याउँदै गर्दा मृत्यु)

शारदा कर्मचार्य– नेपाल

जगजन कर्माचार्य– नेपाल

पंकज मेहता– भारत

छाया मेहता– भारत

एच डी नागराज– भारत

एल नागराज– भारत

आई नागराज– भारत

एस नागराज– भारत

डी. तालोसुब्रियम– भारत

डीपी तालोसुब्रियम– भारत

नागराजा तालोसुब्रियम– भारत

पी तालो सुब्रियम– भारत

तेस्रो मुलुकका नागरिकहरु: (राष्ट्रियता नखुलेको)

एन्ड्रे वेइड

मिस नाताली नेइलन

तोशिनोरी क्वेज्म

Saturday, September 24, 2011


      रक्तचन्दन तस्करीको लहरो
      

रक्तचन्दन तस्करीको मिलेमतोमा संलग्न चारजना प्रहरी कारबाहीको घेरामा परेपछि काभ्रे र आसपासका इलाका प्रहरी कार्यालयमा खैलाबैला मच्चिएको छ । प्रहरी अधिकृतसमेत तस्करीमा संलग्न रहेको अभियोगमा कारबाहीको दायरामा परेपछि यसमा गृहमन्त्रालयसम्मको चासो बढेको छ । बागमती अञ्चल प्रहरी कार्यालयले प्रहरी जवान सिद्धिबहादुर कार्की, प्रहरी सहायक निरीक्षक (सई) चन्द्र मानन्धर, हवल्दारद्वय कृष्णबहादुर बस्नेत र भीमसेन आचार्यलाई निलम्बन गरी कारबाही चलाएपछि प्रहरी अधिकृतहरु पनि तस्करीमा मुछिएका छन् । भदौ १६ गते राति चन्दन बोकेकै गाडीमा बसेर साँगादेखि पाँचखाल चौकीसम्म 'माथिको आदेश' भन्दै रक्तचन्दन बोकेको बा ६ च ४०३८ नम्बरको बस पास गराउन लागिपरेका प्रहरी जवान कार्की निलम्बनमा परेका छन् । सिन्धुपाल्चोक दरबन्दी भई काभ्रेमा काजमा कार्यरत कार्की एक्लै तस्करीमा संलग्न नभएको अन्य प्रहरीलाई पनि कारबाहीको घेरामा पारिएको छ । काभ्रे प्रहरी प्रमुख सुरेन्द्र मैनालीमाथि पनि अनुसन्धान भइरहेको उच्च स्रोतले जानकारी दिएको छ । त्यस्तै, राति इलाका प्रहरी कार्यालय बनेपा अगाडिबाट चन्दन बोकेको गाडीमा चढेर पाँचखालतर्फ गएका प्रहरी हवल्दार भीमसेन आचार्य र त्यहाँका इन्चार्ज सन्तोष तामाङमाथि पनि छानबिन भइरहेको स्रोतले बताएको छ । आचार्य महानगरीय प्रहरी अपराध महाशाखामा काजमा छन् । भक्तपुरस्थित प्रहरी चौकी जगातीका इन्चार्ज प्रहरी सहायक निरीक्षक (सई) चन्द्र मानन्धरलाई ड्युटीमा लापरबाही गरेको भन्दै निलम्बन गरिएपछि त्यहाँका प्रहरी प्रमुख इन्सपेक्टर केशव थेबेमाथिसमेत सोधपुछ भइरहेको अञ्चल प्रहरी कार्यालय बागमतीले जनाएको छ । सोही अभियोगमा मुछिएका पाँचखाल प्रहरी चौकीका हवल्दार कृष्णबहादुर बस्नेतलाई पनि निलम्बन गरी कारबाही अगाडि बढाइएको छ भने अन्य अधिकृतहरुको पनि संलग्नता हुनसक्ने आशंकामा छानबिन भइरहेको छ । "कुनै प्रहरी दोषी देखिए तत्काल कारबाही अघि बढाइनेछ," बाग्मती अञ्चल प्रहरी प्रमुख प्रेमबहादुर चन्दले भने, "कारबाहीमा परिसकेका प्रहरी जवानहरुलाई त्यस्ता क्रियाकलापमा लाग्न प्रोत्साहन वा आदेश गर्ने कुनै पनि प्रहरी अधिकृत कारबाहीबाट उम्कन सक्दैनन् ।"तस्करीमा संलग्न प्रहरीलाई पक्राउ गरी कारबाही अगाडि बढाउन प्रहरी मुख्यालय र गृहमन्त्रालयको समेत चासो बढेको छ । काभ्रेस्थित एक प्रहरी अधिकृतले चन्दन तस्करका नाइके रुद्र तिमल्सिनालाई आफ्नै स्कुटरमा बोकी काठमाडौंको दरबार मार्गस्थित नाङ्लो रेस्टुरेन्टमा गोप्य छलफल गरेको खुलेको छ । चन्दन समातिएको एक सातासम्म तिमल्सिना फरार भएको भन्दै रिपोर्ट बुझाउने ती अधिकृत तिमल्सिनासँगै नाङ्लो रेस्टुरेटमा देखिएका हुन् । तस्करीको खबर बाहिर आएपछि केन्द्रदेखि लाइन मिलाउन दौडधूप गर्ने प्रहरी अधिकृतहरु तल्लो तहका प्रहरीलाई कारबाही चलाई आफू जोगिन प्रयासरत रहेको स्रोतले बताएको छ । चन्दन तस्करको आरोपमा निलम्बित प्रहरीलाई पत्रकारले समेत भेट्न पाएका छैनन् । परिवारसँगको भेटमा उनीहरुले 'कमान्डरको आदेश पाएरै आफू चन्दन पास गराउन लागिपरेको' पोल खोलेका छन् । "कमान्डरको आदेश मान्दा फसियो," निलम्बित प्रहरीलाई उद्धृत गर्दै एक आफन्तले  भने । रक्तचन्दन तस्करीमा संलग्न विभिन्न सञ्जालबारे व्यापक छानबिन भइरहेको भन्दै गृहमन्त्रालयले पदीय दुरुपयोग गर्ने प्रहरीलाई कडा कारबाही गरिने बताएको छ । मन्त्रालयका प्रवक्ता सुधीरकुमार शाहले ड्युटीकै क्रममा कमजोरी भेटिएका प्रहरीहरु निलम्बित भइसकेको तथा अन्यको आन्तरिक छानबिन भइरहेको बताएका छन् । "रक्तचन्दन पास गराउने काममा संलग्नता देखिए कसैलाई बाँकी राखिँदैन," उनले भने, "छानबिनका क्रममा धेरै कुरा थाहा पाइसकेका छौं, अब मुख्य जरोमा पुग्ने प्रयासमा छौं । अब केही दिनमै वास्तविक तस्कर प्रहरीहरु सार्वजनिक हुनेछन् ।"
          तस्करीमा को-को संलग्न छन् ?

अन्तर्राष्ट्रिय कानुनले समेत प्रतिबन्ध लगाएको रक्तचन्दन कारोबारमा मुलुककै ठूलो दल माओवादी, कांग्रेस, एमालेका नेता, कार्यकर्ता, प्रहरी, प्रशासन हुँदै अर्थन्त्रालयअन्तर्गका भन्सार कार्यालयसमेत मिलेर अघि बढिरहेको व्यापारी बताउँछन् । सबै मिलेर गरिएको तस्करीका ट्रक भने प्रायः समातिदैनन् । कहिले चन्दनको सानो टुक्रा त कहिले बोरामा धुलो बनाएर समेत लैजाने गरिएको छ । धुलो बनाएर लैजाँदा सुगन्धमा अलि ह्रास आउने भएपछि त्यसको कारोबारमा कमी आएको जानकारहरुको भनाइ छ ।
                         केमा प्रयोग हुन्छ ?

रक्तचन्दन काठ हो, जुन पूर्णतया रातो र अत्यन्त बासनादार हुन्छ । हिन्दू र बौद्ध धर्ममा यो काठको अत्यन्तै महत्व छ । अधिकांश हिन्दूहरु यो काठ घोटेर टीका लगाउँछन् भने बौद्ध धर्मावलम्बीहरुले गुम्बामा प्रयोग गर्छन् । चीनमा अत्यन्त धनी व्यक्तिहरु घरायसी फर्निचर बनाउन पनि करोडौं रुपैयाँ रक्तचन्दनमा लगाउँछन् । तिब्बतीहरु रक्तचन्दनलाई माला उन्न तथा उच्च रक्तचापको औषधिका रूपमा प्रयोग गर्छन् । पछिल्लो समय चीनको फर्निचर विश्वमा बढी खपत हुने एउटा प्रमुख कारण रक्तचन्दन हुनसक्ने व्यवसायीहरुको अनुमान छ ।
                       कसरी हुन्छ कारोबार ?

एकलट रक्तचन्दन (करिब २ हजार किलो) बिनारोकावट खासा पुर्‍याउँदा व्यापारीहरुलाई कम्तीमा ६० लाख रुपैयाँ फाइदा हुन्छ, अर्थात एक किलोमा करिब ३ हजार रुपैयाँ बच्छ । अवस्था हेरेर प्रहरी, स्थानीय नेता र गुण्डाहरुलाई यसको केही प्रतिशत भाग लाग्छ । चीन, नेपाल र भारत तीनै देशले साइटिसको सन्धिमा हस्ताक्षर गरिसकेकाले यसको कारोबार अवैध हो । भारतले निजी जंगलमा उत्पादन भएको रक्तचन्दन वैधानिक ढंगमा हरेक वर्ष हजारौं टन काट्न र प्रयोग गर्न दिन्छ । अझ सरकारी जंगलबाट समेत हजारौं टन रक्तचन्दन धार्मिक प्रयोजनका लागि भनेर काटिने गरेको छ । चिनियाँ सरकारले नेपालबाट गएकै रक्तचन्दनलाई समेत भन्सार तोकिदिएर वैधानिक बनाइदिएको छ । भारतबाट ल्याएर खासा पुर्‍याउने बेलासम्म विभिन्न स्थानमा फरक-फरक 'पार्टी'लाई कमिसन बुझाउनुपर्छ । कमिसनमा कचिंगल आएन भने रक्तचन्दन बिनारोकटोक सीधै सीमापार हुन्छ तर बिलौचियाबीच कमिसनमा कुरा मिलेन भने बरामद हुने गरेको यसमा संलग्न व्यक्तिहरु बताउँछन् । गएको चार वर्षमा सरकारले घोषणा गरेको रक्तचन्दनको मूल्यमात्र करिब १ अर्ब ८० करोडभन्दा बढी छ । घोषणा नगरेको योभन्दा पनि बढी छ । "त्यसबाहेक बाटोमा मान्छेलाई खुवाउने, ढुवानी गराउने, प्रहरी मिलाउने, भन्सार कटाउने गरेर कम्तीमा अर्क २ अर्ब खर्च भएको छ," तस्करीमा संलग्न शेर्पा थरका एक व्यक्तिले भने । चीनमा यो काठ प्रतिकिलो ९ हजार रुपैयाँसम्म बिक्री हुने गरेको भए पनि सरकारले प्रतिकिलो ८ सय रुपैयाँमा लिलाम गर्ने गरेको छ । भारतको आन्ध्रप्रदेशअन्तर्गत तिरुपति र तमिलनाडुमा पाइने रक्तचन्दन चीनको सीमा लिपिङसम्म पुर्‍याउन ६८ वटा नाका पार गर्नुपर्छ । यो बहुमूल्य काठको ढुवानीमा संलग्नहरुका अनुसार भारतका व्यापारीले नेपालको सिमानामा पुर्‍याएर आफ्नो सामान बेच्ने गरेका छन् । उनीहरुले प्रतिकिलो गुणस्तरअनुसार २ हजारदेखि ३ हजार ५ सय रुपैयाँमा नेपालीलाई बेच्छन् । त्यो रक्तचन्दनलाई सुरक्षितरूपमा नेपालको सिमाना कटाउनसके चिनियाँ व्यापारीले ७ देखि ९ हजार प्रतिकिलोसम्म पैसा तिर्छन् ।
 वन विभागअन्तर्गको साइटिस शाखाका अनुसार देशका विभिन्न भागबाट अहिलेसम्म करिब सवा २ लाख किलो रक्तचन्दन बरामद गरिएको छ । बरामदमध्ये ३६ हजार ९ सय ६० किलो भारतलाई बुझाइसकिएको छ भने १६ हजार ७ सय ९९ बेवारिसे अवस्थामा छ । त्यस्तै, १ लाख ८४ हजार २ सय २३ किलो अदालतमा विचाराधीन अवस्थामा रहेको शाखाका कर्मचारी दीपक आचार्यले बताए । साइटिसद्वारा ओसारपसारमा प्रतिबन्धित लोपोन्मुख प्रजातिका जडिबुटी नेपाल प्रहरी, सशस्त्र प्रहरी, स्थानीय र वन कार्यालयको सक्रियतामा बरामद गरिन्छ । १ सय किलोदेखि एकैचोटि ७ हजार ८ सय किलोसम्म बरामद गरिएको छ । रक्तचन्दन पहिलेदेखि नै पास हुने भए पनि ६४ सालदेखि मात्र औपचारिक रूपमा बरामद गर्न थालिएको विभागले जनाएको छ । पहिले रातो काठ भनेर भन्सार भएर जाने गरेको विभागको भनाइ छ ।  नेपाली सिमानाको कडाइ हेरी चिनियाँ भन्सार भएर वा नभएरै रक्तचन्दन भित्रिने गरेको छ । भन्सार भएर गएको रक्तचन्दनको मूल्य बढी आउँछ किनभने चीनमा ढुवानी गर्न सजिलो हुन्छ । चिनियाँ भन्सारले रक्तचन्दनमा प्रतिकिलो १ हजारदेखि १२ सय रुपैयाँसम्म भन्सार लिने गरेको सिन्धुपाल्चोकका व्यापारी कर्म शेर्पाले बताए ।
गाँजा र चरेश हुँदै रक्तचन्दन तस्करीमा माओवादी


लामो समयदेखि प्रतिबन्धित रक्तचन्दनको तस्करीमा माओवादीबाट संरक्षित भूमिगत गिरोह सक्रिय रहेको तथ्य खुलेको छ। यो गिरोहले सुरुमा गाँजा र चरेशको तस्करी गरेर सफलता हात पारेपछि रक्तचन्दनको कारोबार गर्न थालेको हो। गत शुक्रबार विहान निजी निसान जिपमा हालेर खासतर्फ लैजाँदै गरिएको रक्तचन्दन पनि उक्त समूहको रहेको स्रोतको दावी छ। यो समुहले सो बरामद रक्तचन्दन बौद्ध,जोरपाटी हुँदै भक्तपुर जगातीबाट काभ्रे पुर्या्एको थियो। रक्तचन्दन बोकेको जिपलाई जोरपाटीबाट तीन वटा पल्सर बाइकले स्कटिङ गरेका थिए। प्रहरीले चन्दन बरामद गरेको बा ६ च ४०३८ नम्बरको जिप रेग्मी थरका ब्यक्तिको हो। उक्त जिप चन्दन तस्करी गर्ने प्रयोजनका लागि उनले खरिद गरेको पनि थाहा भएको छ। उक्त निसान जिप गौतम मोटर टेडर्सबाट खरिद गरेको समेत खुल्न आएको छ। भूमिगत शैलीमा रक्तचन्दन तस्करी गर्ने यो समूहका नाइके सिन्धुपाल्चोक जिल्ला निवासी गोपाल श्रेष्ठ उर्फ सिगाने हुन्। प्रहरीले बा ६ च ४०३८ नम्बरको जिपबाट वरामद गरेको रक्तचन्दन करिव ६०० केजी रहेको सार्वजनिक गरेको थियो। तर, स्रोतले भने गोपाल श्रेष्ठ, रुद्र तिमिल्सिना, सभासद राजकुमार श्रेष्ठ र रामकुमार श्रेष्ठको लगानी रहेको उक्त रक्तचन्दन एक हजार केजी रहेको जनाएको छ। भूमिगत शैलीमा विरोधी समूहलाई सिध्याएर रक्तचन्दन एकलौटी रुपमा हात पार्ने समूहका नाइके गोपाल श्रेष्ठको नाम भने कही कतै सुनिदैन। स्रोत भन्छ–'अवैध कारोबार गर्दै आएका गोपालले २० टन रक्तचन्दन उपत्यका भित्र आफ्नो रहेको स्वयम् बताउने गरेका छन्।' उक्त परिमाण वरावरको रक्तचन्दन सकभर आफै लैजाने र त्यो संभव नभए विभिन्न समूहलाई बेच्ने दाउमा रहेको एक व्यापारीले बताए। गोपालको समूहमा छिरिङ शेर्पा 'होक्टा' र लासा सोनाम पनि संलग्न रहेका छन्। विभिन्न व्यापारीहरुबाट उठाएको करोडौं रकम तिर्न नसकेपछि गोपालले अरुलाई ढाल बनाएर चन्दनको तस्करी गर्दै आएका छन्। उता, नेपाल प्रहरीका आइजीपी रविन्द्रप्रताप शाह र गृह सचिव लिलामणी पौडेलले तस्करहरुको करोडौंको अफर अस्वीकार गरेपछि तस्करहरुले निजी गाडीमा चन्दनको गोलिया बनाउँदै लैजान थालेका हुन्। गत शुक्रबार बरामद रक्तचन्दनको तस्करीमा नेपाल प्रहरीका घुमुवा सिद्धिबहादुर कार्की संलग्न रहेको तथ्य खुलेपछि जिल्ला प्रहरी कार्यालय काभ्रेका डिएसपी सुरेन्द्र मैनालीले आफै धामी आफै झाँक्री भन्ने उखान झै छानविन समिति बनाएर नाटक प्रदर्शन गरेका छन्। जवकि चन्दनसँगै पक्राउ परेका ड्राइभर विजय श्रेष्ठले वयानका क्रममा प्रहरी चेकिङ्ग पास गराइदिन्छु भन्दै चन्दन स्कटिङको सेन्ट्रो गाडीमा रद्र तिमिल्सिना, घुमुवा प्रहरी कार्की सहित अर्का एक व्यक्ति रहेको बताएका थिए। यति हुँदाहुँदै तिमिल्सिना र उनका समूहलाई डिएसपी मैनालीले पक्राउ समेत गरेका छैनन्। एउटा प्रहरी जवानले हाकिमको आदेश विपरित कसरी त्यत्रो आँट गरेर अवैध कारोबार गर्छ? जवकि ती घुमुवाहरु डीएसपीकै निर्देशनमा खटिएका हुन्छन्। त्यसो त करोडौं डुब्ने खतरा हुँदाहुँदै चन्दन तस्करहरुले सिपाहीको भरमा जोखिम मोल्न नसक्ने प्रहरी स्रोत नै बताउँछ। उक्त सेन्ट्रोको खोजी गर्ने प्रयासमा नलाग्नु, तिमिल्सिना समुहको सामान रहेको पुष्टि हुँदा समेत उनीहरु पक्राउ नपर्नु र डीएसपी मैनाली चुप लागेर बसेका कारण पनि उनी रक्तचन्दन तस्करका संरक्षक रहेको पुष्टि हुन्छ। त्यसो त चन्दन तस्कर गिरोहले लाइन मिलाउन डीएसपी मैनालीलाई काभ्रे पुर्यायएको एक प्रहरीले उल्लेख गरे।
       
बोलेरोमा रक्तचन्दन ‘तस्करी’



 उच्च प्रहरी प्रसासनीक मिलेमतो र राजनीतीक संरक्षणमा हुने बहुमुल्य जडीबुटी रक्त्तचन्दनको तस्करी रुपन्देहीबाट पनि भईरहेको खुलेको छ । प्रतीबन्धीत रक्तचन्दको कारोवार नेपालका अन्य भारत तथा चिन सिमानाकाबाट भैरहेको खवर प्रकासमा आईरहेका बेला रुपन्देहीका सिमा नाकाहर्रु समेत रक्तचन्दन भित्रयाउने बाटो बनीरहेको खुलेको हो । 
रक्तचन्द आउने नाकाहरु मध्ये ढेडदुई वर्ष अगाडीसम्म रुपन्देहीका सिमा नाकाहरु अग्रस्थिानमा नै आउने गर्दथे । तर केही समय यता त्यस्तो विगबीगी कम भएको ठानीए पनि भित्रभित्रै भने रक्तचन्दनको कारोवार भैरहेको रहस्य बाहीर आएको छ । सोमबार राती भैरहवामा प्रहरीले बलेरो जिपमा रक्तचन्दन बरामद गरे पछि यस्तो रहस्य बाहीर आएको हो ।
 भारतबाट रकतचन्दन लिएर आउदै गरेको वा ६ च ५८०० नम्वरको बलेरो जिपलाई सोमवार राती भैहरवामा प्रहरीले रक्तचन्दन सहीत पक्राउ गरेको छ । पक्राउ गरीएको रक्तचन्दन करीव ७÷८ क्वीन्टल रहेको स्रोतको दावी छ । तर प्रहरीले भने यसको आधीकारीक पुष्टी गरेको छैन । बलेरोमा ल्याउदै गरेको अवस्थामा रक्तचन्दन पक्राउ परेको हो । रुपन्देही प्रहरी प्रमुख प्रहरी उपरीक्षक रविन्द्र नाथ रेग्मीले भने –‘थप अनुसन्धान जारी छ ।’ भैरहवाको सिमा नाका मेउडीहवाबाट बुटवल तर्फ ल्याउन लागेको अवस्थामा प्रहरीले भैरहवाको आखाँ अस्पताल अगाडीबाट सो बलेरोलाई रक्तचन्दन सहीत नियन्त्रणमा लिएको हो । प्रहरी स्रोतका अनुसार रक्तचन्दनले भरीएको उक्त बलेरो जिप मेउडीहवा स्थित शसस्त्र प्रहरी सिमा सुरक्षा कार्यालय अगाडीबाट मेडीकल कलेज हुदै बुटवल तर्फ आउदै थियो । तर शसस्त्र प्रहरीले भने त्यसबारे अनबिज्ञता ब्यक्त गरेको छ । शसस्त्र प्रहर्री बल सिमा सुरक्षा कार्यालय भैरहवाका प्रमुख प्रहरी उपरीक्षक उत्तम थनेतले रातीमा कार्यालयको गेटमा मात्र प्रहरीको पहरा हुने हुदा भित्रीबाटोमा चल्ने सवारी साधनमाथी चेकजाच कम हुने जनाए । बिभीन्न माध्यम हुदै भारतबाट मेउडीहवासम्म ल्याइएको रक्तचन्दन त्यहाबाट बलेरोमा लोड गरीएको थियो । रक्तचन्दनलाई बलेरो भित्र बोरामा बेरेर राखीएको थियो । पक्राउ गरीएको रक्तचन्दनको मुल्य ६० लाख भन्दा बढी रहेको अनुमान गरीएको छ । जसको भारतमा खरीद मुल्य भने ५÷६ लाख मात्र रहने स्रोतको दावी छ । चिनमा यसको कारोवार गर्न खुला गरीए पनि नेपालमा यसलाई पुर्ण रुपमा प्रतीबन्ध लगाईएको छ । जसको नेपालमा भन्सार समेत हुदैन । तर सम्वद्ध तस्करहरुले प्रसासनीक निकाय र दलहरुलाई समेत मोटो रकम बाढेर भन्सार नाकाबाटै महगां गाडीमा रक्तचन्दनको ओसारपोसार गर्दै आएका छन् । उता, एकीकृत नेकपा माओवादीले नवलपरासिका बिभीन्न स्थिानमा रक्तचन्दन गोदाम गरे र राखीएको दावी गरेको छ ।  माओबादी नवलपरासीले कावासोतीमा मंगलबार पत्रकार सम्मेलन गररे युनाइटेड पोल्ट्रीफर्ममा पांच टन रक्तचन्दन लुकाएर राखिएको दावी गरेको छ । तर प्रहरीलाई खवर गर्दा समेत सो स्थानमा खानतलासि नगरीएको माओबादी नवल परासिसह इन्चार्ज द्रोणबाबु सिवाकोटीले बताए । उनले प्रहरीको मिलेमतोमा उक्त रक्तचन्दन लुकाउ खोजीएको आरोप समेत लगाएका छन् । नवलपरासिमा गोदाम गी राखीएको रक्तचन्दन त्यहा असुरक्षीत महसुस गरेर तस्करहरुले नवलपरासिमा ल्याएको माओबादीको दावी छ ।बुटवल, ३ साउन ।

सरकारले असुली गरेन विनोद चौधरीसँग कर छलीको १० अर्ब रुपैयाँ

रोशन कार्की काठमाडौं । सरकारको नेतृत्व गरेकाहरुले देशको भुभाग प्रयोग गरी उद्योग व्यवसाय गर्दै आएकाहरुले छली गरेको राजश्व र कर असुली नगरि ...