Monday, August 13, 2012

रक्तचन्दनको तस्करी– प्रहरी नै केन्द्रमा 

रक्तचन्दनको तस्करी विगतदेखि अहिले सम्म 

भारत आन्द्रप्रदेशको जंगलबाट नेपालको बाटो हुदै चीन पुग्ने रक्तचन्दन अवैध ओसारपसारको प्रत्यक्ष प्रभाव सिन्धुपाल्चोक र काभ्रे जिल्लाका अरनिको राजमार्ग छेउछाउका बस्तीमा अरु ठाउभन्दा बेसी परेको देखिन्छ । काभ्रेका सागा, बनेपा, धुलिखेल, पाचखाल र दोलालघाट तथा सिन्धुपाल्चोकका बलेफी, खाडीचौर, लामोसाघु, बाह्रबिसे र तातोपानी जस्ता बजारका एकथरी चल्तापुर्जा’ युवाहरु रक्तचन्दनको ओसारपसारको चाजो मिलाउन लागिरहेका हुन्छन् भने कोही उक्त कारोवारमा मिसिने प्रयत्नमा छटपटिएका भेटिन्छन् । तिब्बतबाट नेपाल भित्रिने तथा नेपालबाट तिब्बत जाने सामानको जाच’ बाट राम्रै कमाईरहेका प्रहरीका लागि रक्तचन्दन कमाईको थप श्रोत बनेको छ । लाईन’ बाट जानकारी पाएको रक्तचन्दन ओसारपसारको बन्दोबस्त मिलाउन तथा नया च्यानल बुझेर थप कमाईको बाटो खोज्न त्यस क्षेत्रका प्रहरी पनि सक्रियतापूर्वक लागिरहेकै देखिन्छन् । स्थानीय पत्रकारहरुका लागि रक्तचन्दन समाचारको एउटा प्रमुख बिषय बनेको छ र केहीका लागि अतिरिक्त आमदानीको श्रोत पनि ।

राजनीतिक नेतृत्व र नागरिक समाजचाहि केही हदसम्म बिभाजित छ । रक्तचन्दनको कमाईसग कुनै न कुनै रुपमा जोडिएको सानो संख्या त्यसबारे जानकारी नभएको भन्दै बोल्न चाहदैन भने त्यो कारोवारमा नमुछिएको ठूलो संख्या त्यसले भविष्यमा पार्न सक्ने  अशर केलाउदै चिन्तित छ । तर, प्रहरीको सहमतिमा तथा स्थानीय दादा’ हरुको संलग्नतामा भइरहेको यो कारोवारबारे सार्वजनिकरुपमा बिरोध गर्ने पक्षमा यो समूह पनि छैन । यद्यपि, प्रशासन र प्रहरी प्रमुखहरुको उपस्थितिमा बेलाबखत हुने जिल्ला स्तरीय कार्यक्रमहरुमा रक्तचन्दन कारोवारले आफ्नो ठाउको दुर्नाम बढाएको आवाज भने उठ्ने गर्छ ।

पछिल्लो समय आफ्नो कारोवारलाई सुरक्षित र जनआधारित बनाउन ब्यापारीहरुले पहिले सुरक्षाको जिम्मेवारी मात्र दिइएका स्थानीय दादा’ हरुलाई लगानी र फाईदा दुवैमा हिस्सेदार बनाएका छन् । श्रोतहरु, आआफ्नो गच्छे अनुसार यसरी धनसमेत लगानी गर्ने युवाहरुको संख्या २ सयदेखि ३ सय जनासम्म रहेको बताउछन् । बेलाबखत प्रहरीले पक्राउ गर्दा हुने घाटाबाट  जोगिन तथा ठूलो मात्रामा कारोवार गर्न धेरै रुपैया आवश्यक पर्ने भएकाले कारोवारीहरुले लगानीकर्ताको दायरा फराकिलो पारेको बताईन्छ । २०६८ असार १७ गते तातोपानी १ को चौकीडाडा गाउबाट पक्राउ परेको ७९ मुढा अर्थात १४ सय किलो रक्तचन्दन स्थानीय पाच जनाको घरमा भेटिनु र गाउका बिभिन्न घरमा अरु ७ टन लुकाएर राखिएको बताइनुले यो अवैध कारोवारमा आम मानिसको बढ्दो सहभागिता नै देखाउछ ।

रक्तचन्दन ओसारपसारमा आम मानिस खासगरी युवाहरुको बढ्दो सहभागिताका कारण समाजमा देखिनथालेको प्रभावबाट स्थानीय बौद्धिक बर्ग चिन्तित छ । अरनिको कलेज बाह्रबिसेका प्रिन्सिपल यामबहादुर बस्नेत श्रम गरेर भन्दा रक्तचन्दन ओसारेर बेशी फाईदा पाउने देखेकाले कयौंले ब्यापार छाडेर त्यतै लागेका तथा नपढी, काम नगरी कमाएको देखेपछि बिद्यार्थी पनि पढेर के हुन्छ भन्न थालेका र शैक्षिक संस्था नै सम्हाल्न गाह्रो भइसकेको’ बताउछन् । बस्नेत भन्छन्, रक्तचन्दन बोकेका गाडी रोकेर पैसा असुल्न युवाहरु रातभरी हतियारसहित सडकमा बस्छन्, मादकपदार्थ, लागूपदार्थ सेवन गर्छन्, उनीहरु अन्य अपराधमा नलाग्लान भनेर कसरी भन्न सकिन्छ ?’  सिन्धुपाल्चोकमा कार्यरत सशस्त्र प्रहरीका उपरिक्षक राजु सुवाल पनि रातबिरात हतियारसहितका युवाहरु सिन्धुपाल्चोकका बजारहरुमा बाटो ढुक्ने गरेको र उनीहरुलाई आफूहरुले बल प्रयोग गरेर हटाउने गरेको बताउछन् ।

सेतीदेवी सारदा उच्च माबि, लामोसाघुका प्रिन्सिपल बासु जिसी रक्तचन्दन ओसारपसारमा युवाहरुको संलग्नता बेशी भएकाले उनीहरुमा पर्ने प्रभावले समाजको भविष्यलाई नै प्रभावित पार्ने’ बताउछन् । अध्ययन गर्ने, मेहनत गर्नेभन्दा जसरी पनि कमाउनुपर्छ भन्ने धारणा सिमा क्षेत्रमा पहिले पनि भएकै हो, तर रक्तचन्दनका कारण त्यो प्रवृति बढेको छ र धेरैलाई प्रभावित पारेको छ’ जिसी भन्छन्, अब त समाज नै असुरक्षित भएको महशुस हुन थालेको छ, युवाहरु रातभरी हतियारसहित सडकमा हुन्छन् भने समाज सुरक्षित छ भनेर कसरी भन्ने ?’ सुनकोशी क्याम्पस लामोसाघुका प्रिन्सिपल रामकृष्ण पराजुलीचाहि रक्तचन्दन ओसारपसारमा लागेकाहरु रक्तचन्दनको कारोवार बन्द भएपछि अन्य अपराधमा लाग्न सक्ने तथा त्यसले समाजलाई अरु नकारात्मक प्रभाव पार्नेमा चिन्तित छन् । लगानीको दोब्बर पाईन्छ भनेर अहिले बजार क्षेत्रका युवाहरुले रक्तचन्दन कारोवारमा लगानी गरिरहेको सुनिन्छ, यो रोकिए लगानी गरेको एक दुई महिनामै दोब्बर फाईदा केबाट पाईन्छ ? अनि अपराध बढ्दैन त ?’ सिन्धुपाल्चोक जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरिक्षक बसन्तकुमार लामा पनि रक्तचन्दनमा संलग्नहरु अहिलेसम्म त्यसैमा ब्यस्त भएर अरु अपराधमा नलागेका तर, त्यो बन्द भए अन्य अपराधमा लाग्न सक्ने सम्भावना रहेको’ स्विकार्छन् ।

तर, रक्तचन्दन कारोवार रोकिदा त्यसमा संलग्नहरु अन्य अपराधमा लाग्लान भनेर त्यसलाई अहिलेकैरुपमा चल्न दिनुपर्ने पक्ष्ँमा कोही छैनन् । सिन्धुपाल्चोक जिल्ला विकाश समितिका निवर्तमान सभापति सरेश नेपाल रक्तचन्दनका कारण समाजमा पैसा र मशलको प्रभाव बढेकाले त्यो नरोकिए समाज थप नकारात्मक बन्ने खतरा रहेको’ औल्याउछन् । रक्तचन्दन ओसारपसारमा लाग्ने, संरक्षण दिएर त्यसबाट फाईदा लिनेहरुको बोलबाला बढेकाले अरु दबिएर बस्नु परेको छ, जतिसक्दो छिटो यसलाई पूर्णरुपमा नियन्त्रण नगर्ने हो भने समाजकै अपराधीकरण हुन्छ’ नेपाल  भन्छन्, कि यसलाई वैधानिक बनाउनु प¥यो र सरकारले यसबाट राजश्व उठाउनु प¥यो, कि भने पूर्णरुपमा बन्द हुनुप¥यो ।’ रक्तचन्दन कारोवार वैधानिक बनाउदा त्यसको ओसारपसारमा लाग्नेहरुको संख्या घट्ने तथा अवैध कारोवारका कारण देखिएको अपराधिक प्रवृति पनि समाप्त हुने उनको भनाई छ ।


तर, दुर्लभ बन्यजन्तु र बनस्पति लोप नहोस् भनेर नियमित तथा नियन्त्रण गर्न बनेको अन्तराष्ट्रिय महासन्धी साईटीस’ मा नेपालले सन् १९७५ मै हस्ताक्षर गरिसकेका कारण त्यसमा राखिएको रक्तचन्दनको कारोवार नियन्त्रण गर्न नेपाल प्रतिवद्ध छ । यसैगरी, २०६६ असारको मन्त्रीपरिषद बैठकले रक्तचन्दनलाई पैठारी र निकाशी गर्न प्रतिबन्ध लगाउने निर्णय गरिसकेको छ । अन्तराष्ट्रिय महासन्धीमा हस्ताक्षर गरिसकेको बिषय भएकाले रक्तचन्दन ओसारपसारलाई मान्यता दिने र त्यसबाट राजश्व लिने त सोच्नै सकिदैन, त्यसलाई कसरी कढाईसाथ नियन्त्रण गर्ने भन्नेतर्फ मात्र हामीले सोच्ने हो’ बन बिभागका महानिर्देशक अन्नपूर्ण दाश भन्छन्, रक्तचन्दन कारोवारलाई नियन्त्रण नगर्ने हो भने अन्तराष्ट्रिय समुदायका सामू मुलुकको बिश्वासनीयता त गुम्छ नै, कयौं क्षेत्रमा हामीले अन्तराष्ट्रिय प्रतिवन्ध समेत बोहर्नु पर्नसक्छ ।’

 रक्तचन्दन कारोवार कुनै पनि हिसाबले वैध नभएकाले त्यसलाई नियन्त्रण गर्नुको बिकल्प देखिदैन । २०६६ भदौ ३१ गतेको मन्त्रीपरिषद बैठकले रक्तचन्दन प्रतिकिलोलाई ८ सय रुपैया मान्दै पक्राउ परेकालाई त्यसको दोब्बर बिगो तिराउने र कैदसमेत गराउने निर्णय गरिसकेकाले सरकारी निकायहरुलाई रक्तचन्दन पक्राउ गर्न तथा त्यसमा संलग्नहरुलाई सजाय दिलाउन कानुनी अप्ठ्यारो छैन । ओसारपसार रोक्ने निकायहरु भंशार, प्रहरी, सशस्त्र प्रहरी र बन कार्यालयका अधिकृत तथा कर्मचारी सरकारको निर्णय कार्यान्वयन गराउन प्रतिबद्ध नभएका कारण नै रक्तचन्दनको अवैध कारोवार कायम रहेको हो । अवैध ओसारपसारमा संलग्नहरुलाई संरक्षण दिएर आर्थिक लाभ प्राप्त गरिरहेका राजनीतिक नेताहरु त यो अवैध कारोवारलाई प्रोत्साहन दिने महत्वपूर्ण तत्व हुन् नै ।

के हो रक्तचन्दन, कहा हो बजार ?

भारत, श्रीलंकालगायत भूमध्यसागर वरपरका मुलुकका जंगलहरुमा रक्तचन्दन भेटिएपनि सबैभन्दा राम्रो रक्तचन्दन भारतकै मानिन्छ । आन्द्रप्रदेशको चित्तुर, कुड्डापा र निलोर जिल्लाका पहाडी इलाकामा रक्तचन्दनको प्रकृतिक जंगल छ । भारतकै कर्नाटक राज्यसग सिमा जोडिएको यो र योसग जोडिएको जंगललाई आधार बनाएर कुनै बेला बिरप्पन नामका कुख्यात डाकु बस्ने गर्थे । जंगल, वरपर बस्ने आदिवाशीको सम्पति भएको दावी गर्दै रक्तचन्दनको अवैध व्यापारमा संलग्न उनी सन् २००४ मा भारतीय प्रहरीबाट मारिए । भारतको वातावरण तथा बन मन्त्रालयको बन्यजन्तु बिभागको आधिकारिक तथ्याक अनुसार, अहिले रक्तचन्दन भएको त्यस क्षेत्रको जंगलको क्षेत्रफल पाच हजार हेक्टरमा सिमित भइसकेको छ । आठ मिटरसम्म अग्लो तथा ५० देखि १५० सेन्टीमिटरसम्म मोटाई हुने यो अरु काठभन्दा निकै कडा र गह्रुगो हुन्छ । यो बास्नादार त हुन्छ नै ।

चीन र जापानमा ऐतिहासिक कालदेखि नै रक्तचन्दनको माग रहदै आएको छ । १७ देखि १९ औं शताब्दीसम्म चीनमा चलेको क्वि साम्राज्यको पालामा फर्निचर र दरवार सजाउने काममा रक्तचन्दनको अत्याधिक प्रयोग गरियो । त्यसबेला पनि भारतबाटै रक्तचन्दन लगिन्थ्यो । पछिल्लो समय चीनमा यसको माग अझ बढ्न थालेको छ । यसको प्रयोगले बास्तु’ राम्रो हुने, रोग व्याध नलाग्ने र सबै फलिफाप हुने बिश्वासका कारण चीनमा माग बढेको हो । रक्तचन्दन भारतमै सकिदै गएकाले त्यसका फर्निचर बनाईराखे भविष्यमा बहुमूल्य हुने अनुमानले पनि चिनियाहरुले मह्गो मूल्य तिरेर यसका फर्निचरमा लगानी गरिरहेका छन् । रक्तचन्दनबाट सानाभन्दा साना बुट्टा निकाल्न सकिने तथा प्राकृतिक रंग नै राम्रो हुने भएकाले यसको फर्निचर यसै पनि आकर्षक हुने गर्छन् । यसबाहेक रक्तचन्दनका खेलौना र उपहार सामाग्रीको पनि अन्तराष्ट्रिय बजारमा राम्रो माग छ । गुगलमा भेटिने जानकारी अनुसार, यसबाट निकालिने तेल प्रतिकिलोकै १५ सय अमेरिकी डलरसम्म अन्तराष्ट्रिय बजारमा पर्छ । यसको तेल र धुलोबाट बन्ने सौन्दर्य सामाग्री झन महंगो मूल्यमा बिक्रि हुने नै भयो ।    


अन्तराष्ट्रिय बजारमा माग भएकैले दुर्लभ बन्यजन्तु र बनस्पति लोप नहोस् भनेर नियमित तथा नियन्त्रण गर्न बनेको अन्तराष्ट्रिय महासन्धी साईटीस’ मा रक्तचन्दन राखिएको भएपनि यसको बिक्रिका लागि इन्टरनेटमा बिज्ञापन राखिएको देख्न सकिन्छ । बेभसाईट अलिबाबा डट कम’ मा बिभिन्न एजेण्टहरुले एक महिनादेखि ९० दिनसम्ममा तीन लाख किलोसम्म रक्तचन्दन भनेको ठाउमा पु¥याउन सक्ने बिज्ञापन राखेको भेटिन्छ । त्यस्ता एजेण्टहरुले मोल मिले भनेको ठाउमा पु¥याईदिने तथा वेष्टर्न यृुनियन मनि ट्रान्सफर’ बाट भुक्तानी गर्नुपर्ने पनि उक्त बेभसाईटमा उल्लेख गरेका छन् । यद्यपि, साईटीसको दोश्रो अनुसूचीमा राखिएको रक्तचन्दन वैधानिकरुपमा काट्न र बेचबिखन गर्न भारत सरकारको स्विकृति बिना सम्भव छैन । यसको अन्तराष्ट्रिय ओसारपसार तथा बिक्रीका लागि भारत सरकारले तोकेको स्थानीय व्यवस्थापन र बैज्ञानिक निकायले स्विकृति दिएपछि पनि साईटीसको केन्द्र जेनेभाबाट कोड नम्बर लिनु अनिवार्य छ । रक्तचन्दनसहित साईटीसमा परेका बन्यजन्तु र बनस्पतिको बिक्री र ओसारपसारको नियमन र नियन्त्रण गर्ने भारतमा दिल्ली, मुम्बई, कलकत्ता र चेन्नाईमा कार्यालय छन् । अस्तित्व संकटमा नपर्ने परिणाममा ति निकायले बेला बेलामा टेण्डरमार्फत रक्तचन्दनका रुख काटेरै वा ढलेपढेकालाई बिक्री गर्ने अनुमति दिन्छन् र त्यसै अनुसार टेण्डर निकालिने गरिन्छ । तर, सानो परिणाममा हुने यस्तो वैध कारोवारले चीनको माग नथेगेपछि तथा तश्करहरुले नेपालको बाटोबाट चीन पु¥याउन थालेपछि भारतमा रक्तचन्दनको कटान बढेको हो । वल्र्ड वाइल्ड फन्ड’ का बन्य जन्तु ब्यापार नियन्त्रण शाखाका कार्यक्रम संयोजक तथा साईटीस बिज्ञ दिवाकर चौलागाई रक्तचन्दनको कारोवार यो मात्रामा हुदै गए सिमित क्षेत्रमा रहेको दक्षिण भारतको बन सकिदैजाने तथा दुई नम्बर अनुसूचीमा राखिएको रक्तचन्दनलाई एक नम्बरमा सारिने निश्चित भएको’ बताउछन् । तीन अनुसूची रहेको साईटीसको अनुसूची एकमा रक्तचन्दन राखिएमा भारतले यसको कटान तथा ब्यापारमा अरु कडाई गर्ने र त्यसबेला अहिलेको रुप र स्तरमा यसको ओसारपसार असम्भव हुने पनि उनको भनाई छ ।

चीनका ब्यापारीले बेलाबेला तथा सानो परिणाममा टेण्डरबाटै रक्तचन्दन वैधरुपमा किनेर समुन्द्रीमार्गबाट लैजाने गरे पनि नेपालको बाटो हुदै चीन गइरहेको रक्तचन्द पूर्णरुपमा अवैध हो । पूर्व बन मन्त्री मात्रृका यादवका अनुसार, पहिले पनि रोज उड’ का नाममा सानो परिणाममा नेपालको बाटो हुदै चीनतर्फ रक्तचन्दन गईरहेको भएपनि ठूलो परिणाममा जान थालेको २०६२÷२०६३ को जनआन्दोलनपछि मात्र हो ।  पहिले बन बिभागमा कार्यरत तथा अहिले बन मन्त्रालयका प्रवक्ता रामप्रसाद लम्शाल पनि भारतबाटै रोज उड’ निकाशी गर्ने वैधानिक पत्र आएको आधारमा त्यसबेला नेपालका बन कार्यालयले पैठारी र चीनतर्फ निकाशीको अनुमति दिएको बताउछन् । २०६२÷६३ को राजनीतिक परिवर्तनपछि आएको अस्थिरता तथा मुलुकको राजनीतिमा नया शक्ति माओवादीको आगमनपछि प्रहरी प्रशासन कमजोर भएको  तथा समाजको शक्तिसन्तुलन बदलिएको मौकालाई रक्तचन्दनबाट हुने फाईदाबारे जानकार व्यापारीहरुले यसको ओसारपसारमा उपयोग गरेका हुन् । बन मन्त्रालयका एक अधिकारी नाम उल्लेख नगर्ने शर्तमा चीनमा त्यसबेलादेखि अहिलेसम्म अर्र्कै काठको नाममा राजश्व लिएरै खुलारुपमा रक्तचन्दन ओसारपसार गरिदैआएको छ ।

कसरी आउछ र कसरी जान्छ ?

भारतबाट नेपाल हुदै चीन पु¥याइने रक्तचन्दन ब्यापारको संजाल कुनै पनि भूमिगत राजनीतिक पार्टी वा सशस्त्र समूहभन्दा कम कडा र गोप्य छैन । रक्तचन्दन कारोवारमा अझै लागि रहेकाहरु यो कारोवारबारे केही बताउदैनन् भने कुनै समय यसमा लागेर छाडेकाहरु पनि मुख खोल्दैनन् । रक्तचन्दन कारोवारमा संलग्नहरु बेशी भेटिने सिन्धुपाल्चोक जिल्लाका बजारहरुमा यो कारोवारमा संलग्नहरुको संगठित स्वरुप र उनीहरुले कायम राख्ने गोप्यताको झल्को पाउन सकिन्छ । बाह्रबिसे थानाका प्रहरी नायब निरिक्षक रुद्र पौडेल भन्छन्, केटाहरुको चहलपहल देखेर रक्तचन्दन आएछ भनेर कडा चेक गर्दा आएको हुदैन, केही चहलपहल देखिदैन, पछि त गयो रे भन्ने सुनिन्छ ।’

चीनमा रक्तचन्दनको प्रशस्त माग रहेकाले भारतबाट नेपाल जति भित्र्याउदा पनि खेर जादैन भन्ने यसका ब्यापारीले राम्रोसग बुझेका छन् । त्यही भएर कहिले आन्द्रप्रदेश त कहिले दिल्लीका भारतीय चन्दन ब्यापारीसग सम्पर्क गरेर मगाउछन् । भारतबाट नेपालको सिमा पार गराउने जिम्मा भारतीयकै हुन्छ, नेपाल प्रवेश गरेपछि मात्र भारतीयले भुक्तानी पाउछन् । ठूलो परिणाममा रक्तचन्दन ओसारपसार गर्न भारतमा पनि सहज नहुने भएकाले बिभिन्न नाकाबाट नेपाल प्रवेश हुन्छ । बन बिभागले दिएको जानकारी अनुसार, अहिलेसम्म भारतसग सिमा जोडिएका रुपन्देही, नवलपरासी, सर्लाही, झापा, पर्सा र कपिलबस्तु जिल्लामा रक्तचन्दन पक्राउ पर्नुले उनीहरुले नेपाल प्रवेशको बिभिन्न नाका प्रयोग गर्ने गरेको पुष्टि हुन्छ ।

कहिले भंशारबाटै रक्तचन्दन नेपाल प्रवेश हुन्छ भने कहिले अरु बाटोबाट । यसै पनि नेपाल र भारतबीच खुला सिमाना रहेकाले नेपाल प्रवेश गराउनु तश्करी नाकाका जानकारहरुका  लागि त्यति गाह्रो कुरा भएन । तर, चोरी बाटोबाट भित्र्याउदा सिमादेखि काठमाडौसम्मका चेकजाचमा धेरै सास्ती बेहोर्नुपर्ने तथा त्यहा पैसा बाढ्दै आउदा महगो पर्ने भएकाले भंशारबाट छिराउनु नै उनीहरुको प्राथमिकतामा पर्छ । त्यसका लागि उनीहरुले अन्य सामानहरु बोकेको ट्रक वा कन्टेनरमा सामानले छोपेर प्रवेश गराउछन् । २०६७ चैत २७ गते बीरगंज भंशारमा पक्राउ परेको ७९७ किलो रक्तचन्दन यसरी ल्याउदा नै पक्राउ परेको थियो । नाईलन धागो, ठूलो ल्याम्प र तामाका बिभिन्न सामान बोकेको भनिएको ना ३ ख ६३५१ नम्बरको ट्रक जाच गर्दा ति सामानसगै रक्तचन्दनका ७१ गोलिया भेटिएका थिए ।

तर, कर्मचारीलाई पैसाको प्रभावमा पारेर वा ट्रकमा रक्तचन्दन राखेको ठाउ सामान्य हिसाबले नदेखिनेगरी बिशेष प्रकारले बनाएर ल्याइने कारण भंशारमा रक्तचन्दन पक्राउ पर्दैन । यद्यपि, भंशारका कर्मचारीहरु बीरगंजलगायत प्रमुख भंशारहरुको जाच प्रविधि पछिल्लो समय निकै आधुनिक भएकाले अवैधानिकरुपमा सामान प्रवेश गराउनु असम्भव नै रहेको दावी गर्छन् । बीरगंज भंशारका प्रवक्ता रामहरि अर्यालका अनुसार, तीन प्रकारले नेपाल भित्रिने सामानमा रक्तचन्दन लुकाएर ल्याउनु असम्भव भएको तथा लोकल पैठारी’ बाट भित्रिने सामानमा त्यस्तो सम्भावना रहने भएकाले त्यस प्रकारले भित्रिने ट्रक वा कन्टेनरको निकै कडा जाच गर्ने गरिएको छ । बाकि तीन प्रकारले भित्रिने सामाग्री भारतका कारखाना वा आधिकारिक बिक्रेताबाटै ट्रकमा राखिने तथा त्यसको अनुगमन भारतीय सरकारको अधिकृतस्तरको कर्मचारीले समेत गर्ने भएकाले रक्तचन्दनलगायत अवैध सामग्री त्यो प्रक्रियाबाट आउने सामानमा मिसाएर ल्याउन असम्भव हुने पनि अर्याल बताउछन् । बाकि तीन प्रक्रियाबाट नेपाल भित्रिने सामाग्रीको भंशारमा कागजात मात्र जाच हुने गर्छ, ट्रक खोलेर जाचिदैन ।

आमरुपमा भने चोरी नाकाबाटै रक्तचन्दन नेपाल भित्रिने गर्छ । यसरी चोरी नाकाबाट भारतबाट नेपाल प्रवेश गराउनु गाह्रो नभएपनि सिमाबाट काठमाडौं ल्याउनु भने सजिलो हुदैन । तर, भंशार छलेर अनेकौं सामान काठमाडौं ल्याउन प्रयोग गरिने तरिकाबाटै रक्तचन्दन पनि काठमाडौं ल्याइन्छ । भंशार छलेर भित्र्याइएका सामान काठमाडौं वा अन्य ठाउमा पु¥याउन बनाइएको संजाल अर्थात लाइन’ चलाउनेहरुले अरु सामानमा लुकाएर रक्तचन्दन पनि काठमाडौं ल्याइदिने हुनाले बाटोमा हत्तपत्त पक्राउ पर्दैन । नेपाल पत्रकार महासघ पर्सा शाखाका पूर्व सभापति सत्रुघ्न नेपाल भंशार छलेर नेपाल भित्र्याइएका सामान बीरगंजबाट वा तराइका अन्य नाकाबाट काठमाडौं भित्र्याउने लाइनवालाहरुले बाटोमा पर्ने सबै चेकजाचहरुलाई पैसाको प्रभावमा पारेर मिलाउने गरेको खुला सत्यकारुपमा रहेको’ बताउछन् । प्रहरी÷प्रशासनका ठूलादेखि साना सबैलाई बिबादरहित ढंगले मिलाइएकाले नै यो क्षेत्रमा रक्तचन्दन ओसारपसारबारे कुनै चर्चा समेत हुदैन ।

भारतका व्यापारीसग सम्पर्क गर्ने, तराईबाट काठमाडौसम्म ल्याउने र काठमाडौमा भण्डारण गर्ने कामको मूल नेतृत्व झापा चन्द्रगढीका दिपक पोखरलेले गर्नेगरेको बिभिन्न श्रोतहरुको भनाई छ । २०६२÷६३ को जनआन्दोलनसम्म झापा जिल्ला प्रशासन कार्यालयको मुखिया पदमा कार्यरत पोखरेल जनआन्दोलनपछि सरकारले अवधि पुगेका धेरै कर्मचारीको बढुवा गर्दा खरदार भए र लगत्तै जागिर छाडे । त्यसपछि तत्कालिन गृहमन्त्री कृष्णप्रसाद सिटौलासग निकट सम्वन्ध बनाउन सकेका पोखरेलले रक्तचन्दन कारोवारको काठमाडौ दक्षिणको मोर्चा सम्हाले । प्रहरीका तत्कालिन मध्य क्षेत्रका डिआईजी किरण गौतमसग पनि उनको राम्रो सम्बन्ध बन्यो । पुरानो अनुभव र सम्वन्धका आधारमा अहिले पनि भारतबाट काठमाडौसम्म रक्तचन्दन ल्याउने काममा उनकै साम्राज्य छ । दिपकलाई भेट्न प्रयास गरिरहेको छु, भेटे भने म पनि एक दुई ट्रिप लान्थे, १०÷२० लाख कमाई भईहाल्थ्यो’ रक्तचन्दनको कारोवारमा लाग्न प्रयासरत काभ्रे बनेपाका एक स्थानीय युवा भन्छन् । बीरगंजका ब्यापारी राजकुमार गुप्ता पनि बीरगंज हुदै रक्तचन्दन काठमाडौ पु¥याउन कसरी सकिन्छ होला भन्दै २०६४ सालताका त्यहाका ब्यापारीहरुसग सल्लाहा गर्न दिपक नै पुगेको सम्झन्छन् ।

रक्तचन्दनबाट पोखरेलले राम्रै आमदानी गरेको बुझिन्छ । ५० ननाघेका पोखरेलको झापा भद्रपुरमा ओमसाई पाथीभरा हस्पिटल छ, चन्द्रगढीमा चिया बगान छ  र गरामनीमा नर्सिङ क्याम्पस स्थापना अन्तिम चरणमा पुगेकोछ । झापाबाट प्रकाशित हुने एक दैनिक पत्रिकामा पनि उनको अघोषित लगानी छ । श्रोतका अनुसार, काठमाडौं सिनामंगलमा उनको घर छ । केही वर्ष अघिसम्म मुखिया तहमा काम गरेको मानिस अहिले चल्ताफिर्ता छन्, वैध आमदानी केही देखिदैन, कति सम्पति कमाए, हामीलाई थाहा छैन’ झापा उद्योग वाणिज्य संघका सभापति राजेन्द्र घिमिरे भन्छन् ।

काठमाडौबाट तिब्बतको सिमासम्म पु¥याउने काममा भने धेरै जना संलग्न छन् । २०६३÷६४ तिर रक्तचन्दन ओसारपसारको सुरुवात सिन्धुपाल्चोककै पदमबिक्रम थापा र बिष्णु खत्रीले गरेका थिए । थापा त्योभन्दा एक दशक अघिदेखि जडिबुटी ब्यापारमा संलग्न थिए भने खत्री चीनिया सामानको ब्यापारी ।  थापा २०६४ साल असार २० गते बेलुका ८.४५ बजे काभ्रे जिल्लाको दोलालघाट नजिक अरनिको राजमार्गमा पर्ने होक्से गाविस ९ ज्यामिरेमा एउटा शंकास्पद कार दुर्घटनामा मारिए तथा सिन्धुपाल्चोक उद्योग बाणिज्य संघका सभापतिसमेत भएका खत्रीले रक्तचन्दन ब्यापारमा आश्चर्यजनकरुपमा घाटा लागेर छाडेका छन् । थापा र खत्रीले कारोवार गर्दाताका रक्तचन्दन ओसारपसारको सुरक्षा गर्ने युवाहरुका नेतृत्वकर्ता सिन्धुपाल्चोककै रुद्र तिमिल्सिना र शम्भु श्रेष्ठलगायतले २०६८ पछि यो कारोवार अघि बढाईरहेका छन् ।

काठमाडौंमा पहिले स्वयम्भू, त्यही नजिक सानो भ¥याङ, बालाजु जस्ता ठाउमा मात्र भण्डारण गरिनेमा तिब्बत लैजान नजिक पर्ने भएकाले २०६७ सालपछि कोटेश्वर र ग्वार्काे जस्ता ठाउमा समेत भण्डारण गरिने गरेको बताइन्छ । २०६६÷६७ मा काठमाडौ जिल्ला प्रहरी प्रमुख रहेका प्रहरी उपरिक्षक रमेश खरेल रक्तचन्दन भण्डारण गरेको ठाउबाटै जफत गर्न आफू तथा आफ्ना बिश्वास प्राप्त अधिकृतले धेरै पटक स्वयम्भु, सानो भ¥याङ र बालाजु जस्ता ठाउमा छापा मारे पनि सफलता नपाएको बताउछन् । सक्षम प्रहरी अधिकृत मानिएका खरेल भन्छन्, धेरै गोप्यतासहित कारोवार हुने भएकाले होला, रक्तचन्दन पक्राउ गर्न सफल हुन सकिन ।’

 तिब्बतसम्म पु¥याउने समूहले काठमाडौंमै रक्तचन्दनको भुक्तानी गर्नुपर्ने परम्परा छ । काठमाडौंबाट गाडी हिडिसकेपछि बाटोमा कतै पक्राउ परे किन्ने समूह जिम्मेवार हुन्छ, बेच्ने जिम्मेवार हुदैन । त्यही कारण, काठमाडौबाट तिब्बततर्फ लागिसकेपछि प्रहरीप्रशासन, राजनीतिक दलका कार्यकर्ता, दादाहरु जे जतिलाई मिलाउनुपर्छ यही समूह मिलाउन लाग्छ, पोखरेल समूहलाई सरोकार रहदैन । तर, काठमाडौबाट तिब्बत लैजानेक्रममा पक्राउ परेको गाडीका चालक वा ओसारपसार गर्नेले भण्डारण गर्ने ठाउ तथा कारोवारीबारे बताउने सक्ने सम्भावनालाई बिचार गर्दै बिश्वासयोग्यलाई मात्र पोखरेल समूहले रक्तचन्दन दिने गर्छ ।

रुद्रलगायत रक्तचन्दनका कारोवारीले प्रहरी, प्रशासन, राजनीतिक व्यक्ति मात्र होइन, संचारकर्मीहरुलाई समेत प्रलोभनमा पारेर सहयोगि बनाउने गरेको पाईएको छ । राजकुमार माननीयले फोन दिनुभएको भन्दै असार अन्तिम साता रुद्रले मलाई फोन गरे, हामीलाई सहयोग गर्नुभयो भने तपाईहरुलाई पनि सहयोग हुन्छ भने’ राजधानीबाट प्रकाशित हुने एक दैनिकका सिन्धुपाल्चोक संवाददाता (राजधानी दैनिकका दिनेश थापा) भन्छन् । रुद्रले भनेका माननीय सिन्धुपाल्चोक क्षेत्र नम्बर १ बाट संविधानसभामा बिजयी राजकुमार श्रेष्ठ हुन् । निवर्तमान भौतिक योजना राज्यमन्त्री देवी खड्काका पति राजकुमारलाई सुरुदेखि नै रक्तचन्दन तिब्बत लैजाने काममा संलग्न रहदैआएको माओवादीभित्रैबाट आरोप लाग्ने गरेको छ । उनले चाहि रक्तचन्दन ओसारपसारमा आफू नभएर सिन्धुपाल्चोक क्षेत्र नम्बर २ बाट संविधानसभामा निर्वाचित तथा पूर्व संचारमन्त्री अग्नी प्रसाद सापकोटा संलग्न रहेको दावी गर्दै आएका छन् । दुई पक्षको आरोपप्रत्यारोपबारे छानवीन गर्न पार्टीले स्थायी समिति सदस्य अमिक शेरचनको संयोजकत्वमा वर्षामान पुन र दिनानाथ शर्मा रहेको छानवीन समिति पनि बनाएको छ । शेरचन छानवीन समिति प्रतिवेदन तयार पार्नेक्रममा रहेको तथा छिटै प्रतिवेदन पार्टीलाई बुझाईने बताउछन् ।

पार्टी कार्यकर्ता तथा बहिनी ज्वाई रदिप भनिने भीमप्रसाद पराजुलीमार्फत श्रेष्ठले रक्तचन्दन कारोवारीलाई सघाउने तथा रकम उठाउने गरेको बताईन्छ । तर, श्रेष्ठ आफूबारे अर्काे पक्षले प्रायोजितरुपमा हल्ला चलाएको तथा आरोप लगाएको दावी गर्छन् । छानवीन गर्दा दोषी देखिए कारवाही भोग्न तयार रहेकोले नै पार्टीमा निवेदन दिएको हु’ श्रेष्ठ भन्छन् । उता, अग्नीलाई देशवन्धु भनिने कृष्णप्रसाद सापकोटा र सुवोध भनिने माधव सापकोटामार्फत रक्तचन्दन कारोवारमा सहभागिता जनाउने गरेको श्रेष्ठ पक्षले आरोप लगाउने गरेको छ । २०६३÷६४ सालमा रक्तचन्दन ओसार÷पसार तीब्र हुदा अग्नीले छोरा रुपकलाई तातोपानीमै राखेर रक्तचन्दन ओसारपसारमार्फत रकम उठाएको एक स्थानीय संचारकर्मी बताउछन् । रुपक अहिले चीनमा अध्ययन गर्दैछन् ।

सिन्धुपाल्चोक माओवादीभित्रका एक पक्षले आफू चोखो र अर्काे संलग्न रहेको आरोप लगाएपनि समग्र माओवादी नै कुनै न कुनैरुपमा यो कारोवारमा संलग्न रहेको एमाओवादीका पूर्व पोलिटब्यूरो सदस्य तथा अहिले छुट्टै माओवादीको नेतृत्व गरिरहेका मात्रृका यादवको भनाईले पुष्टि गर्छ । शान्तिसम्झौतापछि २०६३ चैतमा माओवादीबाट मन्त्री बनेका यादव त्यसबेला सबै दलका कार्यकर्ताहरु रक्तचन्दन कारोवारमा संलग्न भएपनि तलसम्म संजाल राम्रो भएको माओवादीका कार्यकर्ता नै बेशी संलग्न रहेको बताउछन् । त्यसबेला आफै ठाउ ठाउ गएर ट्रकका ट्रक रक्तचन्दन पक्रेका पूर्व मन्त्री यादव आफ्नो कामलाई त्यसबेला पार्टीका सहकर्मीहरुले मन नपराएको सम्झन्छन् । भारतको चिज चीन जान्छ, हामीले किन धेरै टाउको दुखाउने’ भनेर पार्टीको पोलिटब्यूरो सदस्यले नै आफूलाई त्यसबेला भनेको पनि यादवको भनाई छ । व्यक्तिगत आरोप लगाउने पक्षमा आफू नरहेको भन्दै यादव ति पोलिटब्यूरो सदस्यको भने नाम उल्लेख गर्न चाहदैनन् ।

राजनीतिक अस्थिरता तथा अराजकता चरम रहेको २०६३÷६४ मा रक्तचन्दन खुलारुपमा तिब्बततर्फ गए पनि संविधानसभा चुनावपछि रक्तचन्दन ओसारपसार केही कडाई हुन थाल्यो भने नेपालतर्फबाट ठूलो परिणाममा रक्तचन्दनको माग बढेपछि भारतमा समेत भाउ बढ्यो । भारत र नेपालको परिस्थिति अनुसार चीनतर्फ भाउ बढ्न समय लागेकाले केही समय रक्तचन्दनको ओसारपसार मन्द भयो । २०६७ को मध्यदेखि चीनमा रक्तचन्दनको भाउ बढेपछि पुन कारोवार सुरु भएको हो । निकै कडा तथा गोप्य संयन्त्रसाथ यस पटक रक्तचन्दनको कारोवार सुरु गरिएको भएपनि माओवादीभित्रकै पक्षबिपक्षको पोलापोलका कारण रक्तचन्दन पक्राउ पर्न थालेको हो । २०६८ असार १७ गते तातोपानी १ को चौकीडाडा गाउबाट ७९ मुढा अर्थात १४०० किलो रक्तचन्दन श्रेष्ठ पक्षले पक्राउ गराएको बताईन्छ । त्यसको संकेत गर्दै सभासद श्रेष्ठ भन्छन्, फलानो ठाउमा पक्राउ परेको रक्तचन्दन मेरै हो भन्नेलाई तथा पक्राएकोमा मानिस पिट्दै हिड्नेलाई केही भएको छैन, कसैलाई भने त्यसै आरोप लगाइएको छ ।’ रदिप भनिने पराजुलीलाई रक्तचन्दन पक्राउ गराएको आरोप लागेपछि केही समय उनी तातोपानी छाडेर सुरक्षित ठाउ गएको पनि बताइन्छ ।

दक्षिण भंशार जस्तै तातोपानी भंशारमा पनि कर्मचारीको मिलेमतो नभई रक्तचन्दन पास हुन सम्भव छैन । तर, पछिल्लो समय तातोपानी भंशारमा कडाई भएपछि तथा चिनियाहरुले भंशारबाट गएको र नगएको रक्तचन्दनको भाउ फरक दिने भएपछि कारोवारीहरुलाई समस्या परेको छ । त्यही भएर भंशारबाटै लैजान दिन उनीहरुले कर्मचारीहरुलाई प्रलोभन बढाइरहेका छन् । तर, तातोपानी भंशार प्रमुख निर्मलहरि अधिकारी भंशारबाट औपचारिकरुपमा रक्तचन्दन निकाशी गर्न सम्भव नहुने बताउछन् । साईटीसमा परेका बस्तु यसै निकाशी गर्न नपाईने त्यसमाथि मन्त्रीपरिषदको २०६६ असारको बैठकले निकाशीमा रक्तचन्दनलाई पनि प्रतिवन्ध लगाएकाले भंशारबाट औपचारिकरुपमा जान नसक्ने उनको भनाई छ । निकाशी हुने बस्तुको जाच गर्न बसेका कर्मचारीले प्रलोभनमा परेर आखा चिम्लिएमा भने रक्तचन्दन जान सक्ने अधिकारी पनि स्विकार्छन् । भंशारबाट रक्तचन्दन छिराउन सघाएको आरोपमा पछिल्लो समय तातोपानी भंशारका एक खरदार र सहायक स्तरकै अर्का कर्मचारीमाथि छानवीन सुरु हुनुले कुनै न कुनैरुपमा भंशारबाटै रक्तचन्दन गइरहेको हुनसक्ने सम्भावना देखिन्छ ।

भंशारबाट लान नसकेको अवस्थामा तातोपानी पुग्नुअघि अरनिको राजमार्गमै पर्ने १० किलो भन्ने ठाउबाट भोटेकोशी तारेर पनि रक्तचन्दन तिब्बत पु¥याउने गरिन्छ । त्यहा झोलुङगे पुल पनि छ र पारी तिब्बततर्फ देखिनेजति डाडासम्म जंगलबाहेक केही छैन । डाडा कट्नासाथ लेप्टाङ भन्ने सानो बजार आउछ । मोटरबाटो जोडिएको त्यहा पु¥याउदा पनि चिनिया ब्यापारीहरुले रक्तचन्दनको भुक्तानी दिनेगरेका छन् ।

रक्तचन्दन तिब्बत पुग्ने प्रमुख नाका सिन्धुपाल्चोक नै भएपनि रसुवा, तेह्रथुम, ताप्लेजुङ, दोलखामा समेत रक्तचन्दन पक्राउ पर्नुले ब्यापारीहरुले बिभिन्न बैकल्पिक मार्ग पहिल्याउने प्रयास गरेको देखिन्छ । बैशाख अन्तिम साता रसुवा हुदै तिब्बतको केरुङ पु¥याउदा लाङटाङ राष्ट्रिय निकुञ्जको सुरक्षामा खटिएको अह्रिदमन गणका गणपति रामजी थापा सेनाको कारवाहीमा परेपछि उक्त बाटोबाट रक्तचन्दन तिब्बत जाने सम्भावना लगभग समाप्त भएको छ । किनभने, रक्तचन्दन पास गराएको अभियोगमा थापालाई भविष्यमा सरकारी सेवाका लागि अयोग्य हुनेगरी कारवाही  गरिएकाले त्यहा जाने सेनाका अर्का अधिकारीले निकुञ्ज क्षेत्र पार लगाउन सहयोग गर्ने आट नगर्नु स्वाभाविक हो । थापा रक्तचन्दन ओसारपसारमा सहयोग गरेबापत अहिलेसम्म पक्राउ परेका तथा जेल सजाय सुनाइएका एक मात्र सरकारी अधिकारी हुन् । सेनाको अदालतले उनलाई दुई वर्षको कैद सजाय सुनाएको छ । अन्य हिमाली जिल्लाबाट रक्तचन्दन तिब्बतर्फ लैजादा प्रहरी÷प्रशासनलाई सजिलै छल्न वा मिलाउन सकिने तथा संचारमाध्यमको आखामा पनि पर्नुनपर्ने भएकाले बिकल्पकारुपमा प्रयोग गर्न सक्ने सम्भावना भने अस्विकार गर्न सकिदैन ।

कत्रो छ कारोवार ?

बन बिभागले २०६८ साउन पहिलो सातामा दिएको जानकारी अनुसार, अहिलेसम्म नेपालमा एक लाख ९९ हजार ५६९ किलो रक्तचन्द पक्राउ परेको छ । अहिले चिनको खासामा चलेको एक किलोको ८ हजार रुपैया मूल्य राख्दा त्यसको एक अर्ब ५९ करोड ५५ लाख २ हजार रुपैया हुन आउछ । यसैगरी, पक्राउ परेमध्येकै २९ करोड ५६ लाख ८० हजार रुपैया मूल्य बराबरको ३६ हजार ९६० किलो रक्तचन्दन भारत फिर्ता पठाइएको छ । एक अर्ब ४७ करोड ३७ लाख ८४ हजार रुपैया मूल्यको एक लाख ८४ हजार २२३ किलो रक्तचन्दनको मुद्धा चलिरहेका कारण अहिले पनि बिभिन्न बन कार्यालयहरुमा थन्किएको छ ।

रक्तचन्दन ओसारपसारमा संलग्नहरुका अनुसार, कारोवार हुने रक्तचन्दनको १० भागको एक भाग मात्र पक्राउ पर्ने गर्छ । यो हिसाबले अहिलेको मूल्य अनुसार, नेपालको बाटो हुदै १५ अर्ब ९५ करोड ५० लाख २० हजार रुपैयाको रक्तचन्दन तिब्बत गएको देखिन्छ । तर, २०६३÷६४ मा बेशी रक्तचन्दन पक्राउ परेपनि त्यसै बेला बेशी ओसारपसार भएको र त्यसबेला १० भागको एक भाग पनि पक्राउ नपरेकोले योभन्दा धेरै रकमको रक्तचन्दन नेपालको बाटोबाट तिब्बत गएको मान्न सकिन्छ । यद्यपि, रक्तचन्दनको बेशी ओसारपसार भएको बेला खासामा प्रतिकिलोको तीन हजार रुपैया मात्र मूल्य भएकाले नेपालको बाटो हुदै तिब्बत छिरेको रक्तचन्दन अनुमान गरेभन्दा कम मूल्यको हुनसक्छ ।


पक्राउ परेको रक्तचन्दको मुद्धा चलाउन २०६६ भदौ ३१ गतेको मन्त्रीपरिषदले रक्तचन्दनको प्रतिकिलो आठ सय रुपैया मूल्य मान्ने निर्णय गरेको थियो । त्यो निर्णय हुनअघि बन बिभागले टोली बनाएरै भारतको मूल्यबारे अनुसन्धान पनि गरेको थियो । भारत सरकारले आधिकारिकरुपमा केही नबताएपनि गैरसरकारी श्रोतको जानकारी अनुसार लम्बाई, मोटाई र सिधा वा बाङगोको आधारमा रक्तचन्दनलाई चार प्रकारमा बर्गिकरण गरिने र त्यसै अनुसार भाउ निर्धारण हुने गरेको पाईएको त्यसबेला टोलीमा सदस्य रहेका तथा अहिलेका बन मन्त्रालयका प्रवक्ता रामप्रसाद लम्शाल बताउछन् । लामो, मोटो र सिधा ए’ बर्गको रक्तचन्दनलाई प्रतिकिलोको सात सय भारु, केही कमशल बी’ बर्गकोलाई पाच सय भारु र थप कमशल सी’ बर्गलाई चार सय भारुभन्दा कम पर्ने गरेको टोलीले पत्ता लगाएको थियो । नेपालको बाटो आउने रक्तचन्दन सी’ तथा त्योभन्दा पनि कमशल हुने गरेको पत्ता लागेको पनि लम्शालको भनाई छ । ब्यापारका क्रममा सन् १९८६ देखि नियमितरुपमा चीन गईरहेका नारायण कार्कीका अनुसार, सन् २०११ जनवरीमा चीनको राजधानी बेइजीङका ब्यापारीहरुले ए’ बर्गको रक्तचन्दन प्रतिकिलोको २५ हजार रुपैयासम्म पर्ने बताएको जानकारी दिन्छन् । उनका अनुसार, सी’ तथा त्योभन्दा तल्लो वर्गको पनि त्यहा प्रतिकिलोको १५ हजार रुपैया पर्छ । यता, आन्द्रप्रदेश वा दिल्लीबाट भारतीय प्रहरी तथा स्थानीय प्रशासनलाई मिलाउदै नेपाल सिमासम्म ल्याइपु¥याउदा प्रतिकिलोको दुई हजार रुपैया पर्छ । यसैगरी, नेपाली सिमाबाट काठमाडौसम्म लाईनवालाहरुले प्रतिकिलो एक हजार रुपैयामा ल्याइदिन्छन्, अर्थात काठमाडौं आईपुग्दा प्रतिकिलोको तीन हजार रुपैया पुग्छ । काठमाडौबाट तिब्बत पु¥याउने ब्यापारीहरुले प्रतिकिलोको ३५ सय रुपैया तिरेर लैजाने गरेका छन् ।

करिब डेढ सय किलोमिटर दुरी मात्र भएपनि यही भागमा कारोवार गर्नेहरुलाई बेशी नाफा छ भने त्यतिकै मात्रामा जोखिम पनि । किनभने, काठमाडौमा किनेको रक्तचन्दन तिब्बत सिमामा पु¥याउन सक्दा प्रतिकिलो कै ४५ सय रुपैया आउछ । तर, रक्तचन्दनबारे सबैलाई थाहा भएको तथा तराईबाट काठमाडौसम्म अवैध सामान ल्याउने संजाल जस्तो लाईन’ नबनिसकेका कारण ब्यापारीहरुले यो क्षेत्रका अधिकांशलाई भाग पु¥याउनु पर्छ । 
काठमाडौबाट तातोपानी पु¥याउन औपचारिकरुपमै प्रहरी र सशस्त्र प्रहरीका १० वटा चेकजाच पार गर्नुपर्छ । भक्तपुरको जगाते, काभ्रेको धुलिखेल र पाचखाल सिन्धुपाल्चोकका बनदेउ,बलेफी, लामसाघु, बाह्रबिसे र तातोपानीमा प्रहरीको जाच छ भने लामसाघु र अधेरीमा सशस्त्रको । यी ठाउबाट रक्तचन्दन कटाउन राम्रै खर्च लाग्नु अस्वाभाविक होइन । ढुवानी खर्च पनि यो क्षेत्रमा निकै बेशी लाग्ने श्रोतहरुको भनाई छ । रक्तचन्दन बोकेको अवस्थामा गाडी पक्राउ परे गाडी र ड्राईभर दुवैमाथि मुद्धा चल्ने तथा मुद्धा नटुङिगएसम्म गाडी पनि जफ्त हुने भएकाले गाडी मालिक र ड्राइभरले आकर्षक रकम माग गर्छन् । कतियपय अवस्थामा गाडी मालिकलाई थाहै नदिई ड्राइभरले मात्रै रक्तचन्दन ओसारेको भेटिएको छ भने कतिपय अवस्थामा गाडी मालिकसमेतको मिलेमतोमा हुने गरेको छ । तर, ट्रक तथा कन्टेनर व्यावसायी संघका अध्यक्ष राजकुमार पौड्ेल भने आमरुपमा गाडी मालिकलाई थाहै नदिई ड्राइभरहरुले रक्तचन्दन बोक्ने गरेको दावी गर्छन् । ड्राइभरलाई हामीले दिने भनेको महिनाको १५ हजार रुपैया हो, एक पटक रक्तचन्दन बोक्दा गाडी भाडाबाहेक छुट्टै ५ लाख रुपैयासम्म पाउछन् भने हामीलाई किन सोध्थे ?’ पौडेल भन्छन् ।

भण्डारण समस्या    

पक्राउ परेको रक्तचन्दन मुद्धा नटुङिगएसम्म सम्वन्धित जिल्लामै राखिने हुदा धेरै रक्तचन्दन पक्राउ परेका जिल्लामा भण्डारणको समस्या देखिएको छ । काठमाडौ जिल्ला बन कार्यलय, हात्तिसार र बन बिभागको कार्यालय बबरमहल रक्तचन्दन राखिएका ट्रकले भरिएका छन् । सिन्धुपाल्चोकमा पनि यस्तै समस्या रहेको त्यहाका प्रहरी नायब उपरिक्षक बसन्तकुमार लामाले अब त राख्ने ठाउ पनि अभाव भैसकेको छ’ भन्नुले नै पुष्टि हुन्छ । राख्ने ठाउ व्यवस्थित नहुदा वर्षाको पानीले कुहिने वा मक्किने सम्भावना पनि छदैछ । करोडौं मूल्यको रक्तचन्दन चोरिन सक्ने सम्भावनाका कारण त्यसैका लागि बेग्लै सुरक्षा पनि दिनु परेको छ ।
साईटीसको प्रावधान अनुसार, त्यसमा परेका बन्यजन्तु र बनस्पति कतै पक्राउ परे उत्पति भएको अर्थात जुन मुलुकबाट आएको हो त्यही  फर्काउनुपर्छ । त्यसै अनुसार, पक्राउ परेको केही रक्तचन्दन भारत फर्किसकेको पनि छ । तर, अदालतमा मुद्धा चलिरहेका कारण फर्काउन समस्या पर्ने गरेको छ भने बेवारिसे पक्राउ पर्दा वा रक्तचन्दनसग पक्राउ पर्नेले कहाबाट ल्याएको भन्ने साचो नभनिदिदा भारतबाटै आएको मान्न कानुनी समस्या पर्ने गरेको बन बिभागको साईटीस शाखाका अधिकृत दिपक आचार्य बताउछन् । यसैगरी, आचार्यका अनुसार समातिएको ठाउबाट भारत पु¥याउन महङगो पर्ने तथा त्यसका लागि बेग्लै सुरक्षा प्रवन्ध पनि गर्नुपर्ने भएकाले भारतीय निकायले पनि फर्काउन त्यति पहल गरेको छैन । यद्यपि, २०६८ साउन दोश्रो साता भारतीय दुतावाशका अधिकारीहरु बन मन्त्रालय आएरै पक्राउ परेका रक्तचन्दन फिर्ताका लागि पहल गर्न तथा रक्तचन्दनको ओसारपसारमा कडाई गरिदिन मन्त्रालयलाई अनुरोध गरेको मन्त्रालयका प्रवक्ता लम्शाल जानकारी दिन्छन् ।
पक्राउ परेका रक्तचन्दन भारत फर्काउन कयौं बेला नेपालीहरुमा रहेको बुझाईको समस्या पनि कारण बन्ने गरेको छ । रसुवामा पक्राउ परेको रक्तचन्दन भारत फर्काउन भारतीय वातावरण तथा बन मन्त्रालयका रेन्जर र आफू २०६७ भदौतिर रसुवा जादा स्थानीयले फर्काउन नदिएको सम्झदै बन बिभाग साईटीस शाखाका आचार्य भन्छन्, रक्तचन्दन बेच्न खोजियो भनेर माओवादी भात्रृ संगठन वाईसीएलको अगुवाईमा स्थानीयले हाम्रो बाटो नै छेके, हाम्रो सुरक्षामासमेत खतरा देखेपछि सेनाको क्याम्पमा शरण लिनुप¥यो ।’ त्यसबेला प्रमुख जिल्ला अधिकारीको मध्यस्थतामा वार्ता गर्न खोज्दा पनि स्थानीयले नमानेको उनी बताउछन् । भारत फर्काउने वा भारतले फर्काउन नचाहे के गर्ने भन्ने बिषयमा कुनै ऐन नियम नभइरहेको बेला बन मन्त्रालयले साईटीस बिधेयक २०६८’ निर्माण गर्र्दैछ । बिधेयक अन्तिम चरणमा पुगिसक्यो, केही समयमै छलफलका लागि संसदीय समितिमा जान्छ’ मन्त्रालयका प्रवक्ता लम्शाल बताउछन् । लम्शालका अनुसार, तयार हुदै गरेको विधेयकमा नेपालमा पक्राउ परेको रक्तचन्दनलाई भारत फर्काउने, नष्ट गर्ने वा प्रक्रिया पु¥याएर गैरव्यवसायिक प्रयोजनका लागि बेच्न सकिने प्रावधान राखिएको छ । औषधि निर्माण जस्तो प्रयोजनका लागि नेपालमा वार्षिक दुई देखि तीन सय किलोभन्दा बेशी रक्तचन्दन खपत नहुने पनि उनी उल्लेख गर्छन् ।



हल्लाले नै सयौ सडकमा

रक्तचन्दनबारे सानो हल्लाले सिन्धुपाल्चोक र काभ्रेका राजमार्ग छेउछाउका बस्तीमा ल्याउने कम्पनका अनेकौं उदाहरण छन् । २०६८ भदौ ३ गते मात्रै पनि रक्तचन्दन आउन लागेको हल्लाका कारण सिन्धुपाल्चोक बाह्रबिसेमा सयको संख्यामा युवा उत्रेका थिए । म काठमाडौंबाट फर्कदै थिए, बेलुका सातसाढे सात बजेको थियो, बाह्रबिसे पुग्नु केही वर कोही मोटरसाईकल र कोही पैदल ठूलो युवा जमात देखे’ अरनिको कलेज, बाह्रबिसे कलेजका प्रिन्सिपल यामबहादुर बस्नेत भन्छन्, बसमै भएकाले सबै त थाहा भएन, तर बसको कन्डक्टर र अरु यात्रीले रक्तचन्दन कुर्न बसेका होलान् भने ।’ रक्तचन्दन बोकेका गाडीको सुरक्षाका लागि तथा त्यस्ता गाडीबाट पैसा असुल्न सिन्धुपाल्चोक र काभ्रेका बजारमा २०६३÷६४ देखि नै युवा सडकमा उत्रिने गरेका छन् । कयौं बेला सुरक्षामा हिडेका र पैसा असुल्न बसेकाबीच भिडन्त हुने गरेपनि त्यस्ता कुनै घटनाको पनि उजुरी नपरेको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका प्रहरी नायब उपरिक्षक बसन्तकुमार लामा बताउछन् । अर्काे घटना काभ्रे सदरमुकाम धुलिखेलको । २०६८ जेठ ९ गते । मधेशी जनअधिकार फोरम बिभाजनको सूचना बिधायिका संसदमा दर्ता गरेर सभासदहरुसहित धुलिखेलस्थित माउण्ट प्रिन्सेस होटल पुगेका फोरम गणतान्त्रिकका अध्यक्ष जयप्रकाश गुप्तालाई खोज्न उपेन्द्र यादवपक्षीय युवाहरु मोटर र मोटरसाईकलहरुमा त्यो दिन बेलुका धुलिखेल पुग्दा रक्तचन्दन जान लागेको आशंकामा सयौंको संख्यामा स्थानीय युवा सडकमा निस्किएका थिए । तर, केही समयपछि नै ३ वटा जीप र मोटरसाईकलमा गएका यादव पक्षीय कार्यकर्ता गुप्तासहित सभासदलाई नभेटेपछि फर्किएका थिए भने रक्तचन्दन पास’ हुनलागेको आशंकामा सडकमा उत्रेका युवाहरु घर फर्किएका थिए । एमाले काभ्रे जिल्ला सदस्य कञ्चन अधिकारी भन्छन्, पहिले पनि युवाहरुको त्यस्तै स्कर्टिङ सहित रक्तचन्दन पास हुने भएकाले स्थानीयवाशीले शंका गरेका हुन् ।’ २०६८ जेठ १४ गते संविधानसभाको म्याद सकिनेभन्दा एक दिन अघि पनि काभ्रेमा त्यस्तै दृष्य देखिएको थियो । अरनिको राजमार्गबाट मेलम्ची जाने बाटो छुट्टिने ठाउ जिरोकिलोका एक होटलवालाका अनुसार, १३ गते बेलुका ठूलो परिणाममा रक्तचन्दन आएको बताउदै जिल्लासदरमुकाम धुलिखेलदेखिका प्रहरी त्यहा जम्मा भएका थिए । प्रहरी आएलगत्तै जिल्लाका पत्रकारहरुको टोली पनि त्यहा पुगेको थियो । त्यसबीच त्यस वरपर ठुलै संख्यामा युवाहरु पनि जम्मा भइसकेका थिए । केही समयपछि उनीहरु सबै हल्ला मात्र’ भन्दै पालैपालो फर्किएको ति होटलवाला बताउछन् ।

गोली चल्यो

२०६४ असार १६ गते रक्तचन्दन तिब्बततर्फ जानबाट रोक्ने क्रममा प्रहरीले सिन्धुपाल्चोकमा दुई राउण्ड गोली नै चलाउनु प¥यो । त्यसदिन बिहान ८ बजे रक्तचन्दन बोकेको ना २ ख ५४ नम्बरको सामान बोक्ने कन्टेनरलाई स्थानीय युवाले बाह्रबिसे नजिक खुर्सानीबारीमा छेकेपछि बाह्रबिसे थानाबाट प्रहरी पुगेको थियो । कन्टेनरमा रहेको रक्तचन्दनको स्कटिङ गरिरहेका करिब ३० मोटरसाईकल र टाटा जीपमा रहेको युवा र स्थानीयबीच त्यहा बिबाद भइरहेको थियो । प्रहरी पुगे पनि चन्दन बोकेको गाडी युवाहरुको स्कटिङ सहित जबरजस्ती अघि बढि नै रह्यो । प्रहरी थानाको ढाटलाई पनि बेवास्ता गर्दै गाडी अघि बढाउने प्रयास सुरु भएपछि प्रहरीले उनीहरुलाई अघि बढ्नबाट रोक्न दुई राउण्ड हवाई फायर गरेको थियो ।
प्रहरीको हवाई फायरबाट पनि रक्तचन्दनको गाडीलाई स्कटिङ गरिरहेका युवाहरु हच्किएनन् । अगाडी लैजाने प्रयास जारी राखे । बाह्रबिसेको शक्तिले मात्र गाडी रोक्न नसक्ने देखेपछि प्रहरीले जिल्ला सदरमुकाम चौताराबाट थप फौज मगायो । प्रहरी नायब उपरिक्षक सहकुलबहादुर थापासहितको प्रहरी टोली मद्धतका लागि दिउसो दुई बजे चौताराबाट बाह्रबिसे लाग्यो । एक घण्टा मोटर दुरीमा रहेको सदरमुकामबाट प्रहरीको मद्धत टोली आईपुग्ला भनेर रक्तचन्दन स्कटिङ गरिरहेका युवाहरुले बाह्रबिसे पुग्न केही किलोमिटर वर राजमार्गको अलि सागुरो ठाउमा अर्काे गाडी बिग्रियो भनेर बाटो बन्द पनि गराए ।
उता, यो खबर संचारमाध्यमा आउला भनेर त्यसबेलाका प्रमुख रक्तचन्दन कारोवारी बिष्णु खत्रीका भाई प्रताप खत्रीले थानामा राखिएको कन्टेनरको तश्वीरसमेत आफूलाई खिच्न नदिएको सिन्धुपाल्चोकबाट प्रकाशित हुने साप्ताहिक पत्रिका सिन्धु प्रवाहका सम्पादक दिनेश थापा बताउछन् । थापाका अनुसार, त्यसबेला उनले नजिकै रहेको आफ्नो घरमा बोलाएर पत्रकारिता तपाईहरुको पेशा होला, रक्तचन्दन हाम्रो जिवन हो, यो समातिए हामी सडक छाप हुन्छौं’ भन्दै धम्क्याएका पनि थिए । त्यसबीच, घरमा रहेका अरुले प्रहरी र चीनमा रहेका बिष्णु खत्रीसग टेलिफोनमा कुरा गराएको पनि उनी सम्झन्छन् ।
तर, उनीहरुको प्रयासका बाबजूद सदरमुकाम चौताराबाट प्रहरीको मद्धत टोली पनि बाह्रबिसे आईपुग्यो र कन्टेनर त्यही रोकियो । यसैगरी, २०६४ साउन १४ गते सिन्धुपाल्चोक बलेफीमा रक्तचन्दनको बाटो ढुकिरहेका युवाहरुलाई काभ्रेबाट दोलखा हिडेको प्रहरी टोलीले हटाउन खोज्दा दुई पक्षबीच हात हालाहाल भएको थियो । प्रहरी त्यहाबाट दोलखा लागेपछि त्यो घटनाको बिरोधमा ति युवाले १२ घण्टा यातायात अवरुद्ध नै पारेका थिए । दोषी’ प्रहरीलाई कारवाही गरिने तथा घाईतेको उपचार गरिदिने सहमति भएपछि मात्र सडक खोल्न उनीहरु तयार भएका थिए ।

पुरानो कारोवारीको मृत्यु

रक्तचन्दनका पुराना कारोवारीमध्ये एक सिन्धुपाल्चोक घुमथान गाविसका पदमबिक्रम थापा २०६४ साल असार २० गते बेलुका ८.४५ बजे काभ्रे जिल्लाको दोलालघाट नजिक अरनिको राजमार्गमा पर्ने होक्से गाविस ९ ज्यामिरेमा एउटा कार दुर्घटनामा मारिए । थापा बा ३ च ७५७५ नम्बरको कारमा तातोपानीबाट काठमाडौतर्फ आउदै थिए । उनीसगै कार चालक टंकलाल श्रेष्ठ र कारमै सवार किशोर श्रेष्ठको पनि मृत्यु भयो ।
काभ्रे पाचखाल र दोलालघाटका स्थानीय बासिन्दा उक्त कार दुर्घटनालाई एउटा षड्यन्त्र मान्छन् । रक्तचन्दन कारोवारबाट कमाएको ठूलो रकम कारमा रहेको थाहा पाउनेहरुले लुटिसकेपछि कारसहित मानिसलाई पनि आगो लगाईदिएको स्थानीयहरुको अनुमान छ । कोही आगो लागिसकेको कारमा जलेका हजार हजारका नोट भेटिएको पनि बताउछन् । यद्यपि, त्यस्तो देख्ने प्रत्यक्षदर्शी कोही भेटिदैनन् ।
तर, प्रहरी प्रतिवेदनमा कार सडकबाट ४०—५० मिटर  खसी आगो लागेर कारमा सवार तिनै जनाको घटनास्थलमै मृत्य भएको’ उल्लेख हुनुले उक्त घटना सहज नभएको अनुमान गर्न सकिन्छ । किनभने, मोटर ४०—५० मिटर तल खस्दैमा आगो लागेको सिनेमाभन्दा बास्ताविक जिवनमा बिरलै देख्न पाईन्छ । तर, न प्रहरीको प्रतिवेदनको कसैले बिरोध ग¥यो न त हत्या वा षड्यन्त्रको आशंका गरेर कसैले प्रहरीमा उजुरी नै दियो । दुर्घटना नै भएको सबैतर्फबाट देखिएकोले कसैमाथि मुद्धा नचलाई तामेलीमा राखीपाउ भनी जिल्ला सरकारी वकिलको कार्यालयलाई अनुरोधपत्र पठाइएको हो’ काभ्रे जिल्ला प्रहरी कार्यालयका नायब प्रहरी उपरिक्षक सुरेन्द्रप्रसाद मैनाली बताउछन् । उता, जिल्ला सरकारी वकिल सूर्य दाहाल प्रहरीको अनुरोध अनुसार नै २०६६ जेठ २१ गते उक्त मुद्धा तामेलीमा राख्ने निर्णय भएको उल्लेख गर्छन् । सन् ९० को दशकदेखि जडिबुटी कारोवारमा लागेका थापाले नेपालमा अरुलाई रक्तचन्दन भारतबाट चीन लैजादा राम्रो फाईदा हुने थाहै नहुदा करोडौ रुपैया कमाईसकेको बताइन्छ ।

हिमालय सीमापार वाणिज्य संघमा अनियमितता !!!
 श्रेष्ठ र खत्रीको ठगी प्रकरणलाई सरकारी निकायले चासै नदिएपछि हामीबाट रकम उठाउँदै उनीहरू आर्थिक लुटमा सक्रिय भएका हुन्, उनीहरू अहिले अर्बौं सम्पतिका मालिक बनेका छन्
ः व्यापारी !!

हामीले राम्रो काम गरेकोले इष्र्यालुहरूले यस्तो आरोप लगाएका हुन् ः खत्री र श्रेष्ठ !!!



नेपाल हिमालय सीमापार वाणिज्य संघमाथि व्यापारीहरूको पैसा उठाएर आर्थिक अनियमितता गरेको आरोप लागेको छ । संघले विगत १२ वर्षदेखि लगातार व्यापारीहरूसँग उनीहरूको हकहितका लागि भनेर उठाएको २० करोड रुपैयाँभन्दा बढी रकम हिनामिना गरेको आरोप छ । संस्था स्थापनाको करिब १५ वर्ष अवधिमा खासादेखि राजधानीसम्म चल्ने कन्टेनरबाट करिब २५ करोड रुपैयाँ संकलन भएको अनुमान छ ।
संघले काठमाडौंको बुद्धनगरमा बनाएको करिब ६ करोड रुपैयाँ बराबरको भवनबाहेकका सम्पत्तिको बारेमा शंका रहेको व्यापारीहरूले बताएका छन् । संघमा करिब १५ वर्षसम्म एकछत्र नेतृत्व दिएका निवर्तमान अध्यक्ष दुर्गाबहादुर श्रेष्ठ र नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य विष्णुबहादुर खत्रीले नै संस्था चलाएको भन्दै संघका अरु पदाधिकारी बोल्न मानेनन् । तर, श्रेष्ठ र खत्रीहरूकै मिलेमतोमा रकम हिनामिना भएको गुनासो पीडित व्यापारीको छ ।
स्थापनाकालमा प्रतिकन्टेनर १ हजार रुपैयाँका दरले रकम उठाउने गरे पनि तीन वर्षपछि बढाएर १ हजार ५ सय बनाइएको स्थानीय व्यापारी नीमफुन्जु शेर्पाले बताए । तीन वर्षसम्म १ हजार ५ सयका दरले रकम असुलेपछि फेरि त्यसलाई सच्याउँदै दुई वर्षसम्म १ हजारका दरले रकम असुलिएको शेर्पाको भनाइ छ । त्यसपछि दुई वर्षजति ५ सयका दरले रकम असुले पनि संस्थाको भवन बनाउने भन्दै पुनः १ हजार ५ सयकै दरले उठाइएको अर्का व्यापारी बहादुर शेर्पाले बताए ।
स्रोतका अनुसार संघले हाल सामान लोड हुने चिनियाँ भूभागबाटै १ हजार ६ सय ५० रुपैयाँ उठाउने गरेको छ । करिब १२ वर्षसम्म व्यापारीबाट लगातार रकम उठाएको संघले आफ्नो व्यापार व्यवसाय सञ्चालनकै लागि भनेर काठमाडौंको बुद्धनगरमा १८ आना जग्गा किनी पक्की ६ तले भवनसमेत बनाएको छ । भवनको अधिकांश भाग श्रेष्ठ र खत्रीका आफन्तका संस्था र आसेपासेहरूलाई भाडामा लगाइएको एक पदाधिकारीले बताए ।
तत्कालीन संघका अध्यक्ष दुर्गाबहादुर श्रेष्ठ उर्फ रुद्र.............उनी र विष्णु खत्रीमाथी अनियमिकताको आरोप लागेको छ

“श्रेष्ठ र खत्रीको ठगी प्रकरणलाई सरकारी निकायले चासै नदिएपछि हामीबाट रकम उठाउँदै उनीहरू आर्थिक लुटमा सक्रिय भएका हुन्,” बहादुरले भने, “आफूखुसी अवैधानिक तवरले रकम उठाउन थालेपछि श्रेष्ठ र खत्री अर्बौं सम्पतिका मालिक बनेका छन् ।”
तातोपानी भन्सार कार्यालयको तथ्यांकअनुसार तातोपानी नाकाबाट दैनिक सरदर ६० देखि ७० वटा कन्टेनर राजधानी भित्रिने गर्छन् । “सिजनमा यसको संख्या निकै बढी भए पनि औसतमा ६० देखि ७० को संख्यामा भन्सारको सिल लगाएर कन्टेनर राजधानी जान्छन्,” भन्सार अधिकृत गोपाल भट्टराई भने, “यो अनुपात विगत १० वर्षदेखिको हो ।”
संघका वर्तमान अध्यक्ष नीलकण्ठ चौलागाईंका अनुसार करिब ६ करोड लागतमा बनाइको भवनबाहेक संस्थाको नाममा एक पैसा पनि छैन । “अझै डेढ करोड ऋण तिर्न बाँकी छ,” उनले भने, “म भर्खर संस्थामा आएकोले अरु कुरा केही थाहा छैन ।”
भवन निर्माणका लागि रकम नपुगेपछि १६ भन्दा बढी व्यापारीबाट स्वेच्छिक रूपमा हालै १० देखि ५० हजार रुपैयाँसम्म उठाइएको दाबी चौलागाईंको छ । यसले पनि नपुगेपछि डेढ करोड रुपैयाँ ऋण लिइएको उनले बताए ।
संस्थाबाट प्रशस्त रकम असुलेपछि मात्रै श्रेष्ठले राजीनामा दिएको आरोप व्यवसायीको छ । उनीलगत्तै उपाध्यक्ष विष्णुबहादुर खत्रीले पनि राजीनामा दिएका छन् । यद्यपि उनको राजीनामा स्वीकृत नभएको संघले जनाएको छ । खत्री र श्रेष्ठले भने आफूहरूले राम्रो काम गरेकोले इष्र्यालुहरूले उक्त आरोप लगाएको दाबी गरे । “मैले पाँच वर्षसम्म कोष अध्यक्ष सम्हाल्दा कुनै कमजोरी भएन तर पछि केही रकम हिनामिना भएको हुनसक्छ,” खत्रीले भने ।

Sunday, August 12, 2012

राजस्व चुहावट नियन्त्रणमा कुनै कसर बाँकी नराख्न अर्थको निर्देशन
रोशन कार्की
काठमाडौं, साउन २७ ।
 
विभिन्न बाहानामा व्यापारीहरूले सामान आयात÷निर्यात गर्दा अत्यधिक मात्रामा राजस्व चुहावट गर्ने गरेकाले चालु आर्थिक वर्षमा चुहावट नियन्त्रणका लागि कुनै पनि कसर बाँकी नराख्न अर्थमन्त्रालयले सम्बद्ध निकायलाई निर्देशन दिएको छ । गत आर्थिक वर्Èमा राजस्व चुहावटमा नियन्त्रण गरिँद–गरिँदै पनि चुहावटमा वृद्धि भएकाले चालु आवमा भने सो चुहावटलाई पूर्णरूपमा नियन्त्रण गर्न मन्त्रालयले सो निर्देशन दिएको हो । राजस्व परामर्श समितिको बैठकपछि राजस्व चुहावट नियन्त्रण गर्न अर्थमन्त्री वर्षमान पुनले नै आफू मातहतका सबै निकायलाई सो निर्देशन दिएका हुन् । मन्त्री पुनले निर्देशन दिँदै भने, ‘व्यापार सहजीकरणमा ध्यान दिई सीमा सुरÔा बल र भन्सार कार्यालयबीच सहकार्य गरी राजस्व चुहावट मात्र नभई अन्य अवैध कारोबारसमेतको नियन्त्रण गर्नू गराउनू ।’
अवैध करोबारमा सम्लग्न जो कोहीलाई पनि कारबाही गर्न र सीमा Ôेत्रमा कडाइका साथ चेकजा“च गर्नसमेत उनले निर्देशन दिएका छन् । सुरÔा निकायलाई आवश्यक साधन र स्रोतको पर्याप्त व्यवस्था हुने आश्वासन दिँदै राजस्व चुहावटका साथै अवैध कारोबार नियन्त्रणमा पूर्ण चनाखो भई नियन्त्रण गर्न सुरक्षा निकायलाई निर्देशन दिइएको अर्थमन्त्रालयले जनाएको छ ।
अर्थसचिव कृष्णहरि बास्कोटाले राजस्व चुहावटलाई प्राथमिकता दिई ७५ वटै जिल्लामा चुहावट नियन्त्रणका लागि स्थानीय प्रशासनलाई पत्रचार गरिएको बताए । उनका अनुसार सुरÔा निकायलाई चुहावट नियन्त्रणमा गस्ती बढाउन १ सयवटा मोटरसाइकलसमेत उपलब्ध गराउने व्यवस्था मिलाएको छ । गत आर्थिक वर्Èमा राजस्व चुहावटतर्पm ६ अर्ब ८ करोड र विदेशी विनिमय अपचलनतर्पm २ अर्ब २ करोड गरी जम्मा ८ अर्ब १० करोड रुपैयाँ बिगो दाबी गर्दै अदालतमा मुद्दा दायर गरिएको अर्थमन्त्रालयले जनाएको छ ।
देशका प्रमुख भन्सार नाका तथा छोटी भन्सार नाकाबाट चोरी÷पैठारीमा वृद्धि हुन थालेपछि सरकारले राजस्व चुहावट नियन्त्रणका लागि लागू गरिएका सबै योजना असफल हुँदै आएका छन् । सरकारले अर्थमन्त्री अध्यÔ रहने राजस्व चुहावट नियन्त्रण समिति गठन गरी सशक्त रूपले परिचालन गरे पनि सो समिति गठनलेसमेत चुहावट नियन्त्रण गर्न नसकेको सम्बन्धित भन्सार कर्मचारीहरूले बताउँदै आएका छन् । 


भन्सार नाकाबाट अधिकांश व्यवसायीले राजनीतिक दलको सहयोग लिएर चोरी÷पैठारी गर्ने गरेकाले भन्सार ऐन नियमभित्र रहेर कारबाही गर्न अवरोध आउने गरेको सम्बन्धित कर्मचारीको भनाइ छ । राजनीतिक दलको सिफारिसमा भन्सार कार्यालयले राजस्व चुहावट गर्नेलाई नियन्त्रणमा लिए पनि छानबिन बिनै छोड्नुपर्ने बाध्यता रहेको वीरगञ्ज भन्सार कार्यालयका एक कर्मचारीले बताए । सरकारले राजस्व चुहावट नियन्त्रण गर्नका लागि नै १ हजार ५० जना सशस्त्र प्रहरी बललाई भन्सार नाकामा परिचालन गरिँदा पनि सो कार्यमा नियन्त्रण हुनसकेको छैन । बढीमात्रामा राजस्व चुहावट ३१ वटा मुख्य भन्सार कार्यालयबाट हुने गरको छ ।
व्यवसायीले पछिल्लो समयमा घरायसी प्रयोजनका लागि भन्दै भरियामार्फत करोडौं मूल्यका सामान बिनाभन्सार आयात गर्न थालेपछि दैनिक १ करोड रुपैया“ भन्सार राजस्वमा चुहावट हुन थालेकाले सरकारले भन्सार नाकामा गत वर्È सशस्त्र प्रहरी बल परिचालन गरेको थियो । भन्सार नाकामा सशस्त्र प्ररहरी बल परिचालन गरिँदासमेत चुहावटमा नियन्त्रण नभएपछि भन्सार विभागले गत जेठ महिनादेखि लागू हुने गरी एक सय रुपैया“को सामान खरिदमा संÔिप्त भन्सार प्रज्ञापनपत्र काटिनुपर्ने व्यवस्था गरेको थियो ।
सरकारले राजस्व चुहावट नियन्त्रण गर्न राजस्व अनुसन्धान विभाग, भन्सार, स्थानीय प्रशासन, जनपथ प्रहरी, सेना र सशस्त्र प्रहरी बल परिचालन गरेको छ । सो निकायलाई सरकारले परिचालन गर्दासमेत व्यवसायीले राजस्व लुकुछिपी सामान आयात गर्दै आएका छन् । व्यवसायीले उत्तरी नाका र दÔिणी नाका दुवैबाट अवैध सामान निकासी तथा भन्सार छलीका सामान आयात गर्ने गरेका छन् ।
यसरी सुरक्षाकर्मी र भन्सार कर्मचारीलाई प्रलोभनमा पारी सिन्धु विकास बैंकका अध्यक्ष तथा पिपुल्स प्लाजाका निर्देशक राजेन्द्रकुमार श्रेष्ठ, नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य विष्णुबहादुर खत्री, अन्य व्यापारीहरू सुमन खत्री, गोपाल श्रेष्ठ, निमफाजो शेर्पा, नीलकण्ठ चौलागाई, रोशनबहादुर थापा, नवीन थापा गणेश भण्डारीलगायतले राजस्व चुहावटमा सक्रिय रहेको राजस्व अनुसन्धान विभागको रेकर्डमा उल्लेख छ । यसका अलवा व्यापारीले छोटी भन्सार नाकाबाट पनि बिनाभन्सार सामान आयात गर्ने गरेको पाइन्छ । छोटी भन्सार कार्यालय कर्मचारीको मिलेमतोमा अवैध कारोबारीहरूले सो अवैध सामान छुटाउने गरेको अनुमान भन्सार विभागले गरेको छ ।

Thursday, August 9, 2012

भ्याट छली आशंकामा ग्यास बिक्रेतालाई ताकेता


आन्तरिक राजस्व विभागले भ्याट छली गरेको भन्दै १ सयभन्दा बढी ग्यास बिक्रेतालाई तिर्न ताकेता गरेको छ । त्यसमा ग्यास बिक्रेता महासंघका पूर्वअध्यक्ष किशोर केसी र उपाध्यक्ष सहदेव श्रेष्ठ लगायतका थुप्रै केन्द्रीय र जिल्लास्तरीय पदाधिकारी समेत परेका छन् । 'करिब १ महिनायता भ्याट छलेको भन्दै आन्तरिक राजस्वले १ सयभन्दा बढी बिक्रेतालाई ताकेता गरेको छ,' महासंघ स्रोतले भन्यो । आन्तरिक राजस्वले ग्यास बिक्रेताले प्रस्तुत गरेको विवरणमा 'भ्याट छली गरेको देखिएको' उल्लेख गर्दै तिर्न ताकेता गरेको हो । 'ग्यास प्लान्टले हामीलाई बेचेको ग्यासको बिल २० लाख रुपैयाँ र त्यसभन्दा माथि भए पनि हामी भ्याटमा दर्ता भएनौं भन्दै पत्राचार गरिएको छ,' एक बिक्रेताले भने । वाषिर्क २० लाख रुपैयाँ र त्यसभन्दा बढी रकमको कारोबार गर्ने व्यवसायी भ्याटमा दर्ता हुनुपर्ने कानुनी प्रावधान छ ।
विभागका महानिर्देशक टंकमणि शर्माले ग्यास भ्याट लाग्ने वस्तु भएको बताए । 'वाषिर्क २० लाख रुपैयाँ र त्यसभन्दा बढी रकमको कारोबार भए पनि भ्याटमा दर्ता नहुने व्यवसायीलाई कारबाही र जरिवाना हुन्छ,' उनले भने । उनका अनुसार जुन वर्षदेखि वाषिर्क कारोबार २० लाख रुपैयाँ पुगेको हो व्यवसायीले त्यही वर्षदेखि भ्याट तिर्नुपर्छ ।

आन्तरिक राजस्वको ताकेतापछि ग्यास बिक्रेता महासंघको एक टोलीले बुधबार स्थिति सहज बनाइदिन आग्रह गर्दै अर्थमन्त्री वर्षमान पुन र अर्थसचिव कृष्णहरि बाँस्कोटालाई भेटेको छ । 'राज्यको कानुन अनुसार राजस्व नतिर्ने भन्ने कुरा आउँदैन,' टोलीमा सहभागी महासंघका महासचिव महेश्वर श्रेष्ठले भने, 'तर ग्यासमा नाफा ज्यादै कम भएकाले यो आर्थिक वर्षसम्म राजस्व तिर्ने सहज परिस्थिति निर्माण गरिदिन आग्रह गर्‍यौं ।'
महासंघ टोलीले मन्त्री पुन र सचिव बाँस्कोटालाई महासंघ आफैंले देशभरका करिब १० हजार ग्यास बिक्रेतालाई राजस्वको दायरामा ल्याउन अभियान चलाएको जानकारी गराएको थियो । महासंघको अगुवाइमा हालसम्म करिब २ हजार ३ सय ग्यास बिक्रेता प्यानमा दर्ता भएका छन् । 'कुल कारोबार २० लाख रुपैयाँ पुग्ने हिसाबले वाषिर्क १८ सय सिलिन्डर ग्यास बेच्ने बिक्रेताले नियम अनुसार भ्याटमा दर्ता हुनुपर्छ,' श्रेष्ठले भने, 'तर प्रतिसिलिन्डर २८ रुपैयाँका हिसावे १८ सय सिलिन्डर  बेच्दा बिक्रेताको वाषिर्क नाफा ५० हजार रुपैयाँ मात्र हुन्छ । यति रकमले कर्मचारी र मजदुर पाल्न नपुग्ने भएकाले धेरैजसो साना बिक्रेता पेसाबाट विस्थापित हुनुपर्छ ।'
काठमाडौ, श्रावण २४ - 

कर दायित्वमा झगडा गर्दै बोटलर्स र विक्रेता

खाना पकाउने एलपी ग्यासका विक्रेता र बोटलर्सबीच कर दायित्वमा मनमुटाव सुरु भएको छ । आन्तरिक राजस्व विभागले मूल्य अभिवृद्धि कर (भ्याट) मा तथ्यांक असन्तुलन (मिसम्याच) सम्बन्धी छानबिन थालेपछि दुईबीच दूरी बढेको हो ।
बोटलर्सले डिलरलाई बिक्री गरेको भ्याट बिल छानबिन हुँदा विक्रेताको कर दायित्व अधिक देखिएको ग्यास विक्रेता महासंघका अध्यक्ष ज्ञानेश्वर अर्यालले बताए । “छानबिनमा उपभोक्ताबाट उठेको भ्याट विक्रेताले नबुझाएजस्तो देखियो,” उनले भने, “तर बोटलर्सले ठूला उपभोक्तालाई आफैं ग्यास आपूर्ति गर्ने र बिल विक्रेताको नाममा जारी गर्ने गरेका छन् ।” ठूला उपभोक्ता भन्नाले ग्यास प्रयोग गर्ने उद्योग, तारे होटल र ठूला रेस्टुराँ हुन् । “बोटलर्सले दर्ता नै नभएका विक्रेताको नाममा समेत बिल जारी गरेका छन्,” अर्यालले थपे ।
विक्रेताले करको यो दायित्वबाट मुक्ति खोजेका छन् । उनीहरूले बुधबार अर्थमन्त्री वर्षमान पुनलाई भेटेर निश्चित कमिसन (प्रतिसिलिन्डर २८ रुपैयाँ) मा ग्यास बिक्री गर्दै आएको बताए । भ्याट उठाउने जिम्मा आफूले पाए ८ देखि १० विक्रेता मिलेर समूहमा भ्याटको हिसाबकिताब राख्न कर्मचारी राख्न सकिने उनीहरूको भनाइ थियो ।
देशभर (४१ जिल्लामा) दर्ता भएका विक्रेताको संख्या झन्डै १० हजार छ । कर कार्यालयले तथ्यांक भिडाउँदा उनीहरूको कर दायित्व झन्डै ५ करोड देखिएको महासंघले जनाएको छ ।
एक–अर्काका परिपूरकको रूपमा काम गर्ने भए पनि उनीहरूका व्यावसायिक संगठनहरू भने एकले अर्कालाई आक्षेप लगाइरहेका छन् । महासंघले बोटलर्सले जथाभावी व्यापार गर्न नसकून् र बिक्रीको सबै जिम्मा विक्रेतामै केन्द्रित होस् भन्नका लागि नेपाल आयल निगमसँग मिलेर उपभोक्ता र डिलर सूचीकृत गर्ने काम थालेका छन् ।
विक्रेताले उपभोक्ता कार्ड वितरण गरी उपभोक्ता (व्यावसायिक र घरायसी) समेतको तथ्यांक संकलन गर्दै आफूहरू पनि सूचीकृत भइरहेका छन् । यसले गर्दा कुन बोटलर्सको कति सिलिन्डर र कति उपभोक्ता छन् भन्ने तथ्यांक सहजै प्राप्त हुन्छ । बोटलर्सले सिलिन्डर संख्याका आधारमा निगमबाट ग्यास खरिद गर्ने (पीडीओ) को मासिक कोटा प्राप्त गर्छन् । विक्रेताका अनुसार बोटलर्सले जथाभावी सिलिन्डर संख्या देखाएका छन् ।
सरकारले व्यावसायिक र घरायसी प्रयोगका सिलिन्डरमा दुई खालको मूल्य तोक्ने उद्देश्यका साथ तथ्यांक संकलन गर्ने भएपछि बोटलर्सहरू आन्दोलनमा छन् । ४२ बोटलर्समध्ये ३९ सम्बद्ध रहेको ग्यास उद्योग संघ ग्यास आयात नगर्नेलगायतका कार्यक्रम राखेर आन्दोलनरत छ ।
काठमाडौं, २४ साउन -

Wednesday, August 8, 2012

लक्ष्यअनुसार राजस्व असुली गर्न सुझाव








अर्थ मन्त्रालयले लक्ष्यअनुसार राजस्व असुली गर्न माताहतका कर्मचारीहरूलाई सुझाव दिएको छ।  चितवनको भरतपुरस्थित आन्तरिक राजस्व कार्यालयको स्थलगत निरीक्षणका क्रममा अर्थसचिव कृष्णहरि बास्कोटाले राजस्व कार्यालयहरूलाई तोकिएको लक्ष्यअनुसार राजस्व असुली गर्नुका अतिरिक्त आनो कार्यालयको कार्यक्षेत्रभित्र पर्ने स्थानको उन्नति र प्रगतिका लागिसमेत सृजनशील भई वार्षिक बजेट र नीति निर्माणमा सुझाव दिन आग्रह गर्नुभएको हो।
अर्थसचिव बास्कोटाले एक शहर एक पहिचानको अवधारणाबमोजिम भरतपुरलाई मेडिकल शहरको रूपमा विकास गर्न सकिने, टिकौलीको खाली जमिनमा अन्तर्राष्ट्रियस्तरको खेल मैदान निर्माण गर्न सकिने, रामपुरमा रहेको कृषि तथा वन विश्वविद्यालयको प्रभावकारिता वृद्धि गर्न सकिने, मलेखुबाट भण्डारा जोड्ने चेपाङ राजमार्गको निर्माणलाई तीव्रता दिन सकिने लगायतका विकल्प सुझाउनुभयो।
वैकल्पिक राजधानी र वैकल्पिक अन्तर्राष्ट्रिय विमानस्थलको चर्चा पाउने गरेको चितवनको यस सन्दर्भमा सम्भाव्यताको विश्लेषण गर्न सकिने, चितवनको जंगललाई केन्द्रित गरी पर्यटन प्रवद्र्धन गर्न सकिने, कृषि उब्जनीको निमित्त प्रख्याति आर्जन गरेको चितवनलाई कृषि उत्पादनको केन्द्र तुल्याउन सकिनेजस्ता विषयमा विश्लेषणात्मक सुझाव दिन आफू मातहतका कर्मचारीलाई आग्रह गर्नुभएको छ।
अर्थसचिव बास्कोटाले आन्तरिक राजस्व कार्यालय भरतपुरको स्थलगत निरीक्षण गरी कर्मचारीलाई व्यावसायिक आय गर्ने सबैलाई करको दायरामा ल्याउन, बजार अनुगमन गरी खुद्रा तहसम्म मूल्य अभिवृद्धि करको विलविजक जारी गराउन, अन्तःशुल्क प्रशासनलाई सुदृढ तुल्याउन, घर–बहाल कर असुलीका लागि भरपर्दो तथ्यांक तयार गर्न, शिक्षा सेवाशुल्क तदारुकताका साथ असुली गर्न, सदाचार पद्धतिमा रहन र सदैव करदातामैत्री व्यवहार प्रदर्शन गर्न निर्देश गर्नुभएको छ।
आन्तरिक राजस्व विभागले गत आर्थिक वर्ष २०६८÷६९ मा कार्यगत लक्ष्यका आधारमा आन्तरिक राजस्व कार्यालयहरूलाई कार्यप्रगतिका आधारमा अंक प्रदान गर्दा आन्तरिक राजस्व कार्यालय भरतपुरले उत्कृष्ट अंक प्राप्त गरी उत्कृष्टतामा तेस्रो स्थान हासिल गरेको जनाएको छ। उहाँले आर्थिक वर्ष २०६७÷६८ को ३ अर्ब ९१ करोड ७५ लाखको असुलीको तुलनामा गतवर्षको असुली ३१ दशमलव ८ प्रतिशत बढी रहेको बताउनुभयो।
आन्तरिक राजस्व कार्यालय भरतपुरको गत आर्थिक वर्ष २०६८÷६९ मा अन्तःशुल्कबाट मात्रै ४ अर्ब ४४ करोड ९४ लाख असुली गरेको छ। यो उक्त कार्यालयको कुल असुलीको ८२ दशमलव ३ प्रतिशत हो। जसअनुसार गोर्खा ब्रुअरीबाट २ अर्ब ८३ करोड ७५ लाख, सनगोल्ड ब्रुअरीबाट ४९ करोड १ लाख, सुमी डिस्टीलरीबाट ३१ करोड ९९ लाख, माउन्ट एभरेष्ट बु्रअरीबाट २६ करोड ३५ लाख, रोलिङ रिभर डिष्टिलर्सबाट १४ करोड ३३ लाख, युनाइटेड लिकर्सबाट १२ करोड ७ लाख, यती डिष्टिलरीबाट ४ करोड ३५ लाख, पर्पेmक्ट लेण्डसबाट १ करोड ८७ लाख र ओम डिष्टिलरीबाट १ करोड २२ लाख अन्तःशुल्कबापत गत आर्थिक वर्षमा असुली भएको जानकारी दिनुभएको छ।
गत आर्थिक वर्ष २०६८÷६९ को साउनमा ३८ करोड असुली भएकोमा चालू आर्थिक वर्ष २०६९÷७० को साउनमा ४४ करोड ८४ लाख असुली गर्ने, भदौमा गतवर्ष ३४ करोड ८४ लाख असुली भएकोमा चालू आर्थिक वर्षको भदौमा ४३ करोड ३१ लाख असुली हुने जानकारी दिनुभयो।
गत आर्थिक वर्षको प्रथम चौमासिक अवधिमा आन्तरिक राजस्व कार्यालय भरतपुरले १ अर्ब ४९ करोड ५७ लाख असुली गरेकोमा चालू आर्थिक वर्षमा १९ दशमलव ८ प्रतिशतले राजस्व असुली वृद्धि गरी कुल १ अर्ब ८० करोड ८ लाख असुली हुने उक्त कार्यालयको अपेक्षा रहेको बताइएको छ।

एक दर्जनभन्दा बढी चार्टर्ड एकाउन्टेन्टलाई तान्दै कारबाही सुरु

  तारिख लिएर हिँडेका अग्रवाल, सुवेदी र खतिवडा फरार














रोशन कार्की
काठमाडौं, साउन २३ ।
 
राजस्व छली र जालसाजीका घटनामा करदाता र सरकारी निकायबीचमा काम गर्ने मध्यस्थकर्ता लेखापरीÔक, भन्सार एजेन्टहरू नै संलग्न भेटिएका छन् । राजस्व अनुसन्धान विभागले गरेको अनुसन्धानले नक्कली मूल्य अभिवृद्धि कर (भ्याट) बिलमार्फत राजस्व छली प्रकरणमा धेरै लेखापरीÔकले सहयोग पु¥याएको निष्कर्ष निकालेको छ ।
यसरी अवैध कारोबारमा लेखापरीक्षकहरूको सहयोगमा व्यवसायीहरूले नक्कली भ्याट बिल प्रयोग गरेको भन्दै एक दर्जनभन्दा बढी चार्टर्ड एकाउन्टेन्टलाई तान्दै कारबाही सुरु गरिएको अर्थमन्त्रालय स्रोतले जनाएको छ ।
अर्थमन्त्रालय स्रोतले भन्यो, ‘कर छलीमा व्यापारीभन्दा लेखापरीÔक बढी दोÈी देखिएका छन् ।’ नक्कली भ्याट बिल छानबिनका क्रममा संलग्न भेटिएपछि आन्तरिक राजस्व विभागद्वारा बयानका लागि बोलाइएका चार्टर्ड एकाउन्टेन्ट राजेश अग्रवाल फरार छन् । लेखापरीक्षकहरूले नै नक्कली बिल उपलब्ध गराएको भन्ने करदाताकै बयानका आधारमा विभागले सोधपुछ गर्न अग्रवाललाई बोलाएको थियो । सबै कागजपत्र लिएर आउ“छु भनी तारेख लिएर हि“डेका अग्रवाल त्यसपछि सम्पर्क नै नआएको स्रोतले जनाएको छ । उनलाई सात दिनभित्र हाजिर हुन विभागले पटक–पटक सार्वजनिक सूचनासमेत जारी गरेको छ ।
यसरी सोही कार्यमा संलग्न अर्का लेखापरीक्षक थलमाल सुवेदीसमेत हालसम्म फरार रहेको मन्त्रालयले जनाएको छ । सुवेदीमाथि पनि नक्कली भ्याट बिल र सामानै निकासी नगरी कर फिर्ता लिनका लागि नक्कली कागजात तयार पर्दैै आएको अभियोगमा कारबाही अगाडि बढाएको विभागले जनाएको छ ।
गत आर्थिक वर्È निकासी नगरे पनि रसुवालगायत भन्सारबाट निकासी गरेको बिल बनाई भ्याट फिर्ता लिएको प्रकरणमा लेखापरीÔक सुवेदी संलग्न देखिएको प्रमाण फेला परेको थियो । ७० करोड रुपैया“ निकासीको प्रमाण बनाएका फार्महरूले भ्याट फिर्ता भन्दै ७ करोड रुपैया“ राज्य कोÈबाट झिकेका थिए । लेखापरीÔक सुवेदीकी छोरीका नाममा दर्ता रहेको दिगम्बर ट्रेडर्स यसमा संलग्न देखिएको छ । भ्याट फिर्ता नक्कली बिल प्रकरणस“ग जोडिएको तथ्य फेला परेपछि थप अनुसन्धान भइरहेको आन्तरिक राजस्व स्रोतले जनाएको छ ।
यसअघि गत वर्È पुसमा नक्कली भौचरमार्फत राजस्व जालसाजीमा पनि सुवेदीलगायत लेखापरीÔक संलग्न रहेका छन् । यसरी संलग्न अन्य फार्ममा कालु आयल स्टोर, जयश्री चन्द्र आयल स्टोर, पायोनियर फ्युल, राजेश ट्रेड कन्सनले भ्याट तिर्ने क्रममा नक्कली बैंक भौचर प्रयोग गरी राजस्व चुहावट गरेको फेला परेको थियो । उल्लेखित फार्महरूको लेखापरीÔण सुवेदीका साथै रामहरि भनेर चिनिने सागर खतिवडाले पनि गरेका थिए । यसरी अवैध रूपमा लेखापरीक्षण गर्ने सुवेदी र खतिवडाविरुद्ध राजस्व चुहावट नियन्त्रण ऐनअन्तर्गत कारबाही बढाइएको छ । सुवेदीविरुद्ध मुद्दा दायर भइसकेको विभागले जनाएको छ । नेसनल ड्रिलिङ कम्पनी प्रालिका लेखापालले सञ्चालकस“ग लिएको पैसा आफैंले राखेर नक्कली भौचरमार्फत राजस्व छलेको फेला परेको थियो । यो कम्पनीका लेखापरीÔक पनि सागर खतिवडा नै रहेको अनुसन्धानबाट खुल्न आएको छ ।
त्यसैगरी, सिर्जना प्लास्टिक, ऋÈि फुटवेयर, पिन्टु ओभरसिजका सञ्चालक दामोदर अग्रवालले दलाल कमलकुमार शर्मा र प्रदीप शर्माको सहयोगमा नक्कली भौचर कम्प्युटर प्रविष्ट गरी राजस्व चुहावट गरेको पत्ता लागेको छ । उनले १ करोड ८४ लाख धरौटीमा कारबाही बेहोरिरहेका छन् । दलाल शर्माद्वय पनि फरार छन् । करदाताले प्रत्येक महिना भ्याट विवरणको साथमा तिर्नुपर्ने करसमेत बुझाउनुपर्ने हुन्छ । कर नबुझाए मासिक रूपमा १० प्रतिशत थप दस्तुरका साथै त्यसमा १५ प्रतिशत ब्याजसमेत तिर्नुपर्छ ।
बक्यौता भ्याट बैंकमा दाखिला गरेपछि कम्प्युटर प्रणालीमा ब्याच बनाएर स्वीकृत गराई प्रविष्ट (इन्ट्रि) गरेपछि आन्तरिक राजस्वको प्रणालीबाट बक्यौता हट्ने व्यवस्था विभागले गरेको छ । तर, अभियुक्तहरूले नक्कली भौचर बनाई कम्प्युटर प्रणालीमा एन्ट्रि गराएर नक्कली कागजात पेस गरी बक्यौता हटाएको पत्ता लागेको थियो ।
करदाताहरू लेखापरीक्षक र एजेन्टमा निर्भर रहेकाले कर छलीमा सघाउनेमात्र होइन, नक्कली कागजपत्र खडा गरेर जालसाजी गर्ने प्रवृत्ति देखिन थालेको आन्तरिक राजस्व विभागका महानिर्देशक टंकमणी शर्माले बताउँदै आएका छन् । कतिपय करदाताले पठाएको रकम लेखापरीÔकले आफ्नै गोजीमा हालेर नक्कली भौचर पेस गरेको पनि पाइएको अनुसन्धानबाट पत्ता लागेको उनले जनाए । राजस्व छलीका घटनामा लेखापरीÔकको प्रत्यÔ संलग्नता देखिए पनि नियमनकारी निकाय नेपाल चार्टर्ड एकाउन्टेन्टस संस्था (आइक्यान) ले कारबाही गर्नेतर्फ कुनै चासो देखाएको छैन ।
अर्थमन्त्रालयले गलत कार्यमा संलग्नलाई कारबाही गर्न दिएको निर्देशनलाई समेत लत्याएर बसेको छ । यस सम्बन्धमा सो संस्थाले आधिकारीरूपमा कुनै पनि प्रतिक्रिया दिन चाहेन । गत वर्È भएको युनिटी प्रकरणमा संलग्न लेखापरीÔकलाई आइक्यानले हालसम्म पनि कारबाहीको टुंगो लगाएको छैन ।
तरलता अभाव देखिएपछि राष्ट्र बैंकले सहकारी संस्थाको अनुमगन गर्दा नौ लेखापरीÔकले न्यूनतम् मापदण्ड पूरा नगरी लेखापरीÔण गरेको पाइए पनि आइक्यानले कारबाही गरेको छैन । आइक्यानको विधानमा कुनै पनि लेखापरीक्षकले लोभलालचमा परी अवैध काम गरेको ठहरे १ वर्Èसम्म लेखापरीÔण गर्न नपाउने गरी निलम्बनका साथै एक वर्È कैद सजाय गर्न सकिने व्यवस्था छ । ऐन कानुन भए पनि दर्जनभन्दा बढी लेखापरीक्षक लोभ लालचमा परि व्यवसायीसँग रकम लिई नक्कली कागजात तयार गरेर कर छली कार्यमा संलग्न भए पनि सोबारेमा कुनै कारबाही नगर्ने सोचमा रहेको बुझिएको छ ।

सरकारले असुली गरेन विनोद चौधरीसँग कर छलीको १० अर्ब रुपैयाँ

रोशन कार्की काठमाडौं । सरकारको नेतृत्व गरेकाहरुले देशको भुभाग प्रयोग गरी उद्योग व्यवसाय गर्दै आएकाहरुले छली गरेको राजश्व र कर असुली नगरि ...