Sunday, September 30, 2012

सशस्त्रका डीआईजीको नेतृत्वमा औद्योगिक सुरÔा दस्ता
रोशन कार्की
काठमाडौं, असोज १३ ।
औद्योगिक क्षेत्रमा सुरक्षालगायत राजस्व छली नियन्त्रणका लागि सरकारले सशस्त्र प्रहरी बलका डिआईजीको नेतृत्वमा औद्योगिक सुरक्षा दस्ता परिचालन गर्ने भएको छ । सरकारले औद्योगिक सुरक्षा बल गठन गर्ने भने पनि समयमा गठन नहुँदा औद्योगिक क्षेत्रमा नकारात्मक असर परेका कारण लगानी सुरÔाको प्रत्याभूति नभएको भन्दै विदेशी लगानीमा खुलेका बहुराष्ट्रिय कम्पनीहरू धमाधम बन्द हुन थालेपछि पछिल्लो समय मन्त्रिपरिषद्को बैठकले औद्योगिक सुरक्षा बल गठन गर्ने निर्णय गरेको हो । लगानी वर्Èकै सयममा ठूला विदेशी लगानीका कम्पनी धमाधम बन्द हुन थालेपछि निजी क्षेत्र निराश बन्दै गएको थियो ।
बहुराष्ट्रिय कम्पनी सूर्य नेपाल, युनिलिभरलगायतका विदेशी लगानीका कम्पनीमा देखिएको मजदुर हड्ताल तथा स्वदेशी लगानीमा खुलेका दर्जनौं उद्योग बन्द हुनुले पनि औद्योगिक वातावरण नभएको नेपाल उद्योग वाणिज्य संघले बताउँदै आएको छ । महासंघका अनुसार सरकारले पटक–पटक औद्योगिक सुरक्षा बल र औद्योगिक नीति कार्यान्वयन गर्ने भने पनि सो व्यवहारमा लागू नभएका कारण बहुराष्ट्रिय ब्राण्डका उद्योग बन्द भएपछि देशमा औद्योगिक वातावरण नभएको जनाउँदै आएको छ ।

नेपाल चेम्बर अफ कमर्सका अध्यÔ सुरेशकुमार बस्नेतले लगानी वर्È घोÈणापछि सरकार र निजी Ôेत्र मिलेर विदेशी लगानी ल्याउन पहल भइरहेको बेला विदेशी लगानीका उद्योगहरू सञ्चालनमा अवरोध पुगी बन्द हुनु दुःखद् भएको बताएका छन् । विदेशी लगानीमा खोलिएका कम्पनी बन्द हु“दै जा“दा नेपालमा अन्य लगानीकर्ताको विश्वास गुम्ने र लगानी गर्न खोज्ने विदेशी निरुत्साहित हु“दै जाने उनको भनाइ थियो । सरकारले सुरक्षित लगानीका विश्वास दिलाउन नसक्दा नयाँ लगानी आउनेमा शंका उत्पन्न भएको निजी क्षेत्रले बताउँदै आएको छ ।
सरकारले औद्योगिक सुरÔाका लागि ‘औद्योगिक सुरÔाबल’ गठन गर्ने निर्णय गरेको २ वर्Èभन्दा बढी समय बितिसकेपछि मात्र हालै सशस्त्र प्रहरी बलको नेतृत्वमा सुरक्षा बल गठन गर्ने निर्णय गरेको हो । गृह मन्त्रालयमातहत रहने गरी बल गठन गर्ने तत्कालीन सरकारको निर्णय भए पनि बजेट अभावको समस्या देखाएर औद्योगिक सुरक्षा बल गठनको प्रक्रिया अगाडि बढाएको छैन ।
मन्त्रिपरिÈद्को गत बिहीबार बसेको बैठकले खस्क“दो औद्योगिक सुरÔामा सुधार गर्न तथा राजस्व छली रोक्न सरकारले सशस्त्र प्रहरीमा २ हजार २ सय ५० दरबन्दी थप गरी सो बल गठन गर्ने निर्णय गरेको सञ्चारमन्त्री राजकिशोर यादवले जानकारी दिए । औद्योगिक सुरÔा बलमा सशस्त्र प्रहरीबाट जनशक्ति लगिने गृह मन्त्रालयले जनाएको छ । उद्योग वाणिज्य महासंघले औद्योगिक सुरÔाको प्रत्याभूति दिन छुट्टै औद्योगिक सुरÔा बलको माग गर्दै आएको थियो ।
सरकारले सो बलमा सशस्त्र प्रहरी बलका डीआईजीको नेतृत्वमा औद्योगिक सुरÔा दस्ता परिचालन गर्ने निर्णय गरेको छ । राजस्व र उद्योग तथा व्यापारिक प्रतिष्ठानहरूको सुरÔा हेर्ने जिम्मा सो दस्तालाई दिइनेछ । लामो छलफलपछि गृह मन्त्रालयले सशस्त्रलाई राजस्व र औद्योगिक तथा व्यापारिक प्रतिष्ठानको सुरुÔा जिम्मा दिने निर्णय गरेको हो । मन्त्रालयको उच्च स्रोतका अनुसार सशस्त्र प्रहरी नायब महानिरीÔक (डीआईजी) को नेतृत्वमा २ हजार २ सय ५० दरबन्दी रहने गरी गृहले सो सुरक्षा दस्ताको गठन गर्ने गरी प्रक्रिया अघि बढाएको छ भने डीआईजीको कमान्डमा रहेको सो दस्ताले सशस्त्र प्रहरी मुख्यालयमै छुट्टै विभागको रूपमा काम गर्न दिने सहमति भएको छ । तीन वर्Èअघि नै सरकार र व्यवसायीबीच सशस्त्र प्रहरीलाई औद्योगिक सुरÔाको जिम्मा दिने सहमति भएको थियो ।
यसैबीच अन्तर्राष्ट्रिय बजारमा माग घटेपछि ठूला अर्थतन्त्र भएका केही एसियाली देशको आद्योगिक गतिविधि क्रमशः घट्दै गएको छ । गत सेप्टेम्बरमा चीन, भारत र जापानजस्ता ठूला अर्थतन्त्र देशको औद्योगिक गतिविधि घटेर सन् २००८ को मन्दीकै अवस्थामा पुग्ने खतरा बढेको अर्थविद्हरूले बताएका छन् । औद्योगिक गतिविधिमा देखिएको यस्तो गिरावट अमेरिका र युरोपको खस्क“दो अर्थतन्त्रले थेग्न नसक्ने भयसमेत उत्पन्न भएको छ । युरोप र बेलायतमा देखिएको आर्थिक मन्दीले विश्वकै अर्थतन्त्रमा असर पर्ने सम्भावना देखिएको छ । त्यसैगरी सन् २००८ को नोभेम्बरमा भारतको उत्पादन सबैभन्दा बढी घटेको एचएसबीसी बैंकले निकाल्ने पर्चेसिङ म्यानुफ्याक्चर इन्डेक्स (पीएमआई) ले देखाएको छ । सोमबार सार्वजनिक उक्त तथ्यांकले ताइवानको औद्योगिक गतिविधि ३२ महिनायता सबैभन्दा तल रहेको देखाएको छ । एचएसबीसी बैंकको पीएमआईले उत्पादनमूलक Ôेत्रको अवस्था देखाउने गरेको छ भने चीनको औद्योगिक गतिविधिमा समेत हल्का गिरावट आएको तथ्यांकले देखाएको छ । लामो बिदा पूर्वको समय भएकाले सेप्टेम्बरमा चीनको औद्योगिक गतिविधि तीव्र रह“दै आएको थियो तर यो महिना चीनको औद्योगिक गतिविधि विगत वर्Èको औसतभन्दा कम रहन गएको छ ।
चार महिनाको सफलतापछि ताइवानको पीएमआई ५० को रेखामुनि झरेको छ । हाल ताइवानको पीएमआई ४४ दशमलव ५ छ । मूलरूपमा हङकङ नराम्ररी प्रभावित भएको छ । चीन र अन्य एसियाली अर्थतन्त्रमा आएको गिरावट धान्न नसकिने गरी जटिल देखाएको भने छैन । तर अमेरिका वा युरोपले अर्को आर्थिक मन्दी बेहोर्नुपरे यो समीकरणमा परिवर्तन हुने निश्चित छ । युरोपको पिएमआई सर्वेÔणले युरोपको औद्योगिक गतिविधि खुम्चिएको र अमेरिकाको ५० को रेखाभन्दा केही माथि मात्र रहेको देखाउने अपेÔा गरिएको छ । गत शुक्रबार सार्वजनिक यस्तै सर्वेÔणले जापानको औद्योगिक गतिविधि ५ महिनायता सबैभन्दा तल रहेको देखाएको थियो । चीन र भारतलगायत मुलुकमा मह“गी लक्ष्यभन्दा मुनि छ । यी दुई देशमा त्यसले सकारात्मक प्रभाव पारेको छ भने पिपुल्स बैंक अफ चाइना र रिजर्भ बैंक अफ इन्डियाको ब्याज बढाउन परेको चाप केही घटाएको छ ।

Saturday, September 29, 2012

 एनसेलको उपहार योजनामा मख्ख नपर्नु

 
एनसेल, सीम बिक्रीसँख्याको दृष्टिले देशको सबै भन्दा ठूलो जीएसएम मोबाइल सेवा प्रदायक हो। राज्यको लगानी रहेको दूरसञ्चार कम्पनी नेपाल टेलिकमको भन्दा धेरै ग्राहक आधार छ एनसेलसँग। दूरसञ्चार नियामक नेपाल दूरसञ्चार प्राधिकरणको व्यवस्थापन सूचना रिपोर्टले पनि नेपाल टेलिकम भन्दा एनसेलको ग्राहक आधार धेरै रहेको देखाएको छ। तर यस्तो ठूलो कम्पनीले घोषणा गरेको पुरस्कार भने विश्वसनिय छैन। एनसेलको उपहार योजनाको विशेषता धेरै छन्। एनसेलकी कर्पोरेट कम्युनिकेसन म्यानेजर सन्जु कोइराला एनसेलले घोषणा गरेको सबै पुरस्कारको राशी जति हो त्यति नै विजेताले पाउने बताउँछिन्। पुरस्कार बापत सरकारलाई तिर्नुपर्ने कर एनसेलले नै तिरिदिन्छ। त्यो सँगैको एनसेलको उपहार योजनाको महत्वपूर्ण विशेषता हो त्यो कसैले पनि नपाउन सक्छ। किन भने यस भन्दा अगाडिको बम्पर पुरस्कार हुण्डाइको कार पनि कसैले पाएको थिएन।
नपाउन पनि सकिन्छ

आज भदौ ३१ बाट लागु हुने गरि एनसेलले १० साताको लागि नयाँ उपहार योजना र्सार्वजनिक गरेको छ। एनसेलले यस भन्दा अगाडि पनि साप्ताहिक ५० रुपैंया खर्च गर्नेका लागि बम्पर उपहार कार, १० लाख र मोटरसाइकल पर्ने गरि ‘एनसेलसँग सबै दंग’ उपहार योजना ल्याएको थियो। फेब्रुअरी २६ देखी अप्रिल १४ सम्म चलेको योजनामा सात साता सम्म लक्की ड्र भए। एनसेलले राखेका उपहारहरु विभिन्न नम्बरलाई परे। तर साँच्चिकै ती उपहार पाउने र बोक्ने हात भने निक्कै कम थिए। बानेश्वरको एरभेष्ट होटलमा गरिएको लक्की ड्रका क्रममा केहीले उपहार पाए। तर सोल्टी होटलमा धुमधडाकासँग खोलिएको बम्पर उपहार भने कसैको हात परेन। वैशाख ४ गते एनसेलले बम्पर पुरस्कार घोषणा गरेको थियो। लक्की ड्र गरेर घोषणा गरिएको बम्पर पुरस्कार पाउने नम्बर ०७००६१६६२९० थियो। जसले एनसेलले राखेको दँग पर्ने उपहार हुण्डाइ कार पाउनेवाला थियो। त्यस्तै ०७००३४९८९४२ नम्बर भएकाले मोटरसाइकल र ०७००१७२४४६६ ले १० लाख। तर एनसेलले घोषणा गरेको बम्पर पुरस्कार कसैले पाएन। एकलाख, एलसीडी टिभी, आइप्याड, ब्ल्याकबेरी फोन परेको विज्ञापनहरु पत्रिकामा देखिए। तर लामो समय सम्म पनि एनसेलले बम्पर पुरस्कार परेकाहरुलाई न पुरस्कार हस्तान्तरण गरेको गर्‍यो। न पत्रिकाहरुले नै कसलाई पर्‍यो भनेर नै फलोअप गरे।
त्यतिखेर एनसेलले सात साता सातामा ५० रुपैंया खर्च गर्ने ग्राहकलाई एसएमएस मार्फ एक विशेष नम्बर दिने गरेको थियो। जसलाई लक्की ड्र गरेर विजेता बनाउने नियम थियो। ६ साता सम्म एनसेलले लक्की ड्र गरेर नगद एक लाख, एलसीडी टेलिभिजन, आइप्याड, ब्ल्याकबेरी स्मार्टफोन साथै पाँचसय जनालाई मेन ब्यालेन्स एक हजार दिने गरेको थियो। तर बम्पर पुरस्कार परेको न कसैले दाबी गर्‍यो न एनसेलले नै पत्ता लगाएर बोलाउने चेष्टा नै। दँग पार्ने भनेको उपहार साँच्चि नै दँग पार्दै ‘खरायोको सिङ’ भयो।
 के भन्छ एनसेल      ?

एनसेलले सँधै र सबै उपहार योजनामा एउटा र्सत राखेको हुन्छ, त्यो हो आफ्नै नाममा रजिस्टर भएको सिम हुनुपर्ने। दँग पार्ने योजनामा पनि एनसेलले उपहार पाउनका लागि आफ्नै नाममा रजिस्टर भएको सिम हुनुपर्ने बताएको थियो। सायद त्यही कारणले होला उपहार दाबी गर्न नै कोही आएन भन्छिन् एनसेलकी कर्पोरेट कम्युनिकेसन म्यानेजर सन्जु कोइराला। ‘सायद उहाँले अरुको नाममा रजिस्टर भएको सिम चलाउनु भएको थियो होला, त्यसैले दाबी गर्न आउनुभएन।’ उनले कोही पनि उपहार दाबी गर्न नआएका कारण बम्पर उपहारको कार कसैलाई नदिएको बताइन्। यस अघि आफ्नो ग्राहकसंख्या ७० लाख पुगेको अवसरमा एनसेलले ७ भाग्यशाली ग्राहकहरुलाई जनही १० लाखका दरले ७० लाख पुरस्कार प्रदान गरेको थियो। त्यसमा श्याम कुमारी चौधरी, किशोर रोक्का, रामचन्द्र मण्डल, भिम कुमारी, परमान्द चौधरी, तुलमाया तामाङ र दुर्गाबहादुर लामाले १० दश लाख पाएका थिए।
कसैले छोड्छ कार पुरस्कार  ?

हुण्डाइ कारलाई कम्तिमा पनि १६ १७ लाख त पर्ला नै। एनसेलमा कार पर्ने मानिसले आफ्नो नाममा सिम छैन रहेछ भने पनि कारका लागि जसको नाममा सिम छ त्यसलाई त खोजेर ल्याउँथ्यो होला। तपाइँहरु आफै भन्नुस त्यत्रो कार नै परेपछि अरुको सिम चलाएको भन्दै मानिस घरमा बस्थ्यो होला?
 

 
 


‘चिनियाँ कम्पनीले काम छोड्दैमा मेलम्ची रोकिँदैन’
रोशन कार्की
काठमाडौं, असोज १२ ।
कुनै पनि ठेकेदार कम्पनीले ठेक्का तोड्दैमा मेलम्ची आयोजनाको निर्माण कार्य नरोकिने एसियाली विकास बैंकले जनाएको छ । सो आयोजनाको मुख्य लगानीकर्ताका रूपमा रहेको एडीबीका दÔिण एसिया विभागका महानिर्देशक जुआन मिरान्डाले सो कुरा बताएका छन् । महानिर्देशक मिरान्डाले कुन ठेकेदार कम्पनीले के गर्छ,  तोकिएको समयमा काम सम्पन्न हुन्छ कि हुँदैन भन्ने अनुगमन मात्र एडीबीले गर्ने उल्लेख गर्दै सन् २०१६ भित्र मेलम्ची आयोजना सम्पन्न हुने दाबीसमेत गरे । उनले भने, ‘समयसीमाभित्र मेलम्चीको पानी काठमाडौंमा आइपुग्नेछ, सन् २०१५ को अन्त्य वा २०१६ को सुरुमा आयोजना सम्पन्न भई काठमाडौंमा पानी आइपुग्नेछ ।’ महानिर्देशक मिरान्डाका अनुसार परियोजनामा जुनसुकै समस्या आए पनि त्यसलाई समाधान गरेर चार वर्Èभित्र परियोजना सम्पन्न गर्ने लक्ष्य लिएको बताए । मेलम्ची आयोजनाको मुख्य सुरुङ निर्माणलगायत आयोजनाका भौतिक पूर्वाधार निर्माणका लागि चिनिया“ कम्पनी चाइना १५ रेल्वे ब्युरो कर्पोरेसनले ठेक्का लिएको थियो । तर सो कम्पनीले विभिन्न समस्या देखाउँदै एकतर्फीरूपमा ठेक्का सम्झौता तोडी आयोजनाबाट बाहिरिएको थियो । सो कम्पनी बाहिरिएको केही दिनमै एडीबीले आयोजना सफल बनाउने प्रतिबद्धता जनाएको छ ।
एडीबीका दÔिण एसिया विभागका महानिर्देशक जुआन मिरान्डा

२ दिने नेपाल भ्रमणमा आएका एडीबीका दÔिण एसिया विभागका महानिर्देशक मिरान्डाले भने, ‘नेपाल सरकार सकारात्मक रहुञ्जेलसम्म मेलम्ची परियोजना असफल पार्न हामी दिनेछैनौं, पुरानै लागतमा परियोजना नसकिन सक्छ, तर थप कोÈ जुटाएर भए पनि एडीबीले परियोजना समयमै सम्पन्न गर्छ ।’
चिनियाँ कम्पनीले ठेक्का तोडेपछि अब चा“डो सुरुङ निर्माणका लागि नयाँ अन्तर्राष्ट्रिय टेन्डर आहृवान गर्ने महानिर्देशक मिरान्डाले जानकारी दिए । अब एडीबी र नेपाल सरकारले गुणस्तर सुनिश्चितताका लागि कुनै किसिमको सम्झौता नगरी नयाँ टेन्डर आहृवान गर्ने उनले बताएका छन् । उनले ठेक्का तोड्ने चिनिया“ कम्पनीबारे भने केही बताउन चाहेनन् । १० करोड अमेरिकी डलर लागतमा निर्माण गरिने सो परियोजनाको जल निर्मलीकरण केन्द्र, पाइपलाइन विस्तारलगायतका लागि १२ करोड अमेरिकी डलर सहुलियतपूर्ण ऋण दिन एडीबीले यसअघि नै सहमति जनाइसकेको थियो । सोहीअनुसार सन् २००९ मा भएको सम्झौताअनुसार पा“च वर्Èभित्र सिन्धुपाल्चोकको हेलम्बु गाविसस्थित मेलम्चीको रिवर्मादेखि काठमाडौंको सुन्दरीजलसम्म २६ दशमलव ५ किलो मिटर सुरुङ निर्माण गर्ने जिम्मा लिएको चाइना रेल्वे–१५ ले हालसम्म साढे ६ किमि मात्र खनेको छ भने अन्य सबै काम बाँकी रहेको मेलम्ची आयोजनाले जनाएको छ । पूर्वसम्झौताअनुसार सुरुङ निर्माणसहित ‘फिनिसिङ’ गरी सरकारलाई बुझाउनुपर्ने रहेको छ । ठेक्का सम्झौताअनुसार सन् १०१३ डिसेम्बरसम्ममा कम्पनीले सुरुङको सबै काम पूरा गरी फिनिसिङसमेत गरिसक्नुपर्ने उल्लेख छ ।
मेलम्ची खानेपानी विकास समितिका कार्यकारी निर्देशक कृष्णप्रसाद आचार्यले चिनिया“ ठेकेदार कम्पनीस“गको सम्झौता रद्द भइसकेकाले सरकारले तत्काल नया“ टेन्डर खुलाउने प्रक्रिया सुरु गर्न लागेको बताए । यसपटक एकै समयमा इच्छुक कम्पनीले आर्थिक, प्राविधिक प्रस्ताव पेस गरी टेन्डर हाल्न सक्ने कार्यकारी निर्देशक आचार्यले जानकारी दिए । यसअघि फरक÷फरक समयमा प्रस्ताव माग्ने गरेको थियो । चिनियाँ कम्पनीले ३३ प्रतिशत भुक्तानी लगी १२ प्रतिशत मात्र काम गरेको समितिले जनाएको छ ।

चिनियाँ कम्पनीले कम मूल्यमा ठेक्का लिएको भए पनि परामर्शदाता, इन्जिनियरको असहयोगको कारण देखाउ“दै सरकारस“गको सम्झौता तोडेको थियो । सम्झौता रद्दपछि सरकारले ठेकेदार कम्पनीले बैंक अफ काठमान्डूमा राखेको ६२ लाख डलर र १४ लाख युरोको दुईवटा छुट्टाछुट्टै बैंक ग्यारेन्टी र हिमालयन बैंकमा रहेको ६६ लाख डलरबराबरको बैंक ग्यारेन्टी रोक्का गरेको छ ।
सरकार र चाइना रेल्वे–१५ ब्युरो कर्पोरेसन, चाइना सिएमआई इन्जिनियरिङ कर्पोरेसनबीच २००९ फ्रेबुअरी १९ मा भएको सम्झौताअनुसार निर्माणको काम सम्पन्न भएको भए २०१४ भित्र मेलम्चीबाट दैनिक १७ करोड लिटर पानी काठमाडौं आइपुग्ने थियो ।

Friday, September 28, 2012

            टेलियासोनेराको लगानी गैरकानुनी


 एनसेल र हेलो मोबाइल दुवैमा लगानी गरेको युरोपेली दूरसञ्चार कम्पनी टेलियासोनेराले नेपालमा कानुन विपरित लगानी गरिरहेको छ। टेलियासोनेराले एउटै बजारमा एउटै प्रविधिका दुई कम्पनी चलाएर क्रस होल्डिङ गरिरहेको छ। जुन प्रतिस्पर्धा ऐनको विपरित हो। ऐन अनुसार एउटै कम्पनीको ४० प्रतिशत भन्दा बढी बजार हिस्सा हुने गरि कुनै मर्जर र किनबेच गर्न हुँदैन। दूरसञ्चार प्राधिकरणको तथ्यांक अनुसार अहिले नेपालको कुल दूरसञ्चारमा एनसेलको हिस्सा ४७ प्रतिशत छ। त्यसैगरि हेलो नेपालको बजार हिस्सा एक प्रतिशत रहेको छ। दुवैको गरेर कुल बजार हिस्सा ४८ प्रतिशत हुन्छ। त्यसो त दूरसञ्चार प्राधिकरणको मर्जर सम्बन्धि नीतिले पनि ४० प्रतिशत भन्दा बढि बजार हिस्सा रहेका कम्पनी एक आपसमा गाभिन नमिल्ने भनेको छ। नीतिको व्यवस्था अनुसार नेपाल टेलिकम र एनसेलसँग कुनै पनि दूरसञ्चार कम्पनी गाभिन पाउँदैनन्। कानुनी रूपमा साना दूरसञ्चार कम्पनी, इन्टरनेट सेवा प्रदायक र प्राधिकरणबाट अनुमति पाएका अन्य कम्पनी मात्र एक आपसमा गाभिन पाउने अवस्था छ। एनसेलमा ८० प्रतिशत सेयर रहेको टेलियासोनेराले अर्को दूरसञ्चार कम्पनी नेपाल स्याटेलाइट टेलिकम (हेलो मोबाइल) को ७५ प्रतिशत सेयर किनेपछि राजश्वले अध्ययन सुरु गरेको हो।
दूरसञ्चार नियामक नेपाल दूरसञ्चार प्राधिकरणमा एनसेल तथा नेपाल स्याटेलाइटले पेश गरेको शेयर विवरणमा पनि कहिँ कतै टेलियासोनेराको लगानी रहेको उल्लेख छैन। कानुनी रुपमा टेलियासोनेराको उपस्थिती नभए पनि नेपालको एनसेलमा टेलियासोनेराको लगानी रहेको देखाउन टेलियासोनेराका अध्यक्ष एवम् सिइओ लार्स न्यावाइ नै नेपाल आएका थिए। 

उनले पत्रकारहरुसँगको ओपन प्रेस डिस्कसनमा र्‍याडिसन होटलमा नेपालको कानुनी  जटिलताका कारण काम गर्न अप्ठेरो रहेको भन्दै टेलियासोनेराको एनसेल र नेपाल स्याटेलाइटमा भएको लगानी र सेयरबाँडफाँड पहिलेकै अवस्थामा राखिएको बताएका थिए। नेपाल दूरसञ्चार प्राधिकरणमा भने एनसेलको लगानीकर्ताका रुपमा रिनोल्डस् होल्डिडस् लिमिटेड, चार्ल्स टाउन, वेष्टइण्डिज र सिनर्जी नेपाल प्रालि रहेका छन् भने नेपाल स्याटेलाइटको सेयर एअरबेल सर्भिस प्रालि, साइप्रस ५० प्रतिशत, मुक्ति श्री टेलिकम ४० प्रतिशत, सम्झना अर्याल (सुमार्गी) ५ प्रतिशत, पाकिस्तान मोबाइल कम्युनिकेसन ३ प्रतिशत र सेवा टेलिकम, बंगलादेश २ प्रतिशतको नाममा रहेको छ।

Wednesday, September 26, 2012

मेलम्ची ठेक्का रद्द, पानी आउने आशा अधुरै


सरकारले मेलम्ची खानेपानी आयोजनाको सुरुङ खन्नेलगायत भौतिक पूर्वाधार निर्माणसम्बन्धी चिनियाँ कम्पनीसँगको ठेक्का सम्झौता मंगलबार रद्द गरेको छ।  सरकार र चाइना रेल्वे १५ ब्युरो कर्पोरेसन, चाइना सिएमआई इन्जिनियरिङ कर्पोरेसनबीच २००९ फेब्रुअरी १९ मा भएको ठेक्का सम्झौताअनुसार निर्माणको काम सम्पन्न भएको भए २०१४ भित्र मेलम्चीबाट दैनिक १७ करोड लिटर पानी काठमाडौं आउने थियो। तर अब मेलम्चीको पानी आउने काठमाडौवासीको आशा अधुरै रहने भएको छ।
दुई साताअघि विभिन्न कारण देखाउँदै एकतर्फी ठेक्का छाड्ने पत्र लेखेको 'चाइना १५ रेल्वे ब्युरो कर्पोरेसन' को आग्रह स्विकार्दै सरकारले ठेक्का तोड्ने निर्णय लिएको हो।
यस निर्णयसँगै ठेकेदारले विभिन्न बैंकमा राखेको धरौटी रोक्का गर्ने प्रक्रिया अघि बढाइएको मेलम्ची खानेपानी विकास समितिले जनाएको छ। समितिका अनुसार उक्त कम्पनीलाई कालोसूचीमा राख्ने तयारीसमेत भएको छ। ठेक्का तोडिएपछि काकाकुल राजधानीमा मेलम्चीको पानी ल्याएर खानेपानी अभाव पूरा गर्ने सपना थप अनिश्चित बनेको छ। 'एकतर्फी रुपमा ठेक्का सम्झौता तोडेको चिनियाँ ठेकेदारलाई बारम्बार आग्रह गर्दा पनि नमानेपछि सरकारले औपचारिक रुपमा मेलम्ची सुरुङमार्ग निर्माणसम्बन्धी ठेक्का तोड्यो,' समितिका कार्यकारी निर्देशक कृष्णप्रसाद आचार्यले नागरिकसँग भने, 'यसले तोकिएको समयमा मेलम्चीको पानी काठमाडौं आउने सम्भावना पूर्ण रुपमा टरेको छ।' कम्पनीले दुई साताअघि एकतर्फी रुपमा ठेक्का तोडेको जानकारी गराएपछि सरकारले पत्राचार गरी सम्झौता रद्द गर्नुको कारण मागेकोमा कम्पनीले बेवास्ता गरेको आचार्यले बताए।
सम्झौताअनुसार निर्माणसम्बन्धी सबै काम र लागत मूल्यांकन गर्न १४ दिनको समयसीमा दिइएको पनि उनले बताए। प्रधानमन्त्री बाबुराम भट्टराईसँग सल्लाहपछि यो निर्णय भएको आचार्यले जानकारी दिए।
विभिन्न निहुँ झिकेर ठेक्का छाड्न खोजेको भन्दै सरकारले ठेकेदार कम्पनीसँग क्षतिपूर्ति असुल्ने भएको छ। आचार्यका अनुसार कम्पनीले बैंक अफ काठमान्डूमा राखेको ६२ लाख डलर र १४ लाख युरोको दुइटा छुट्टाछुट्टै बैंक ग्यारेन्टी र हिमालयन बैंकमा रहेको ६६ लाख डलरबराबरको बैंक ग्यारेन्टी जफत गर्न सरकारले प्रक्रिया अघि बढाइसकेको छ।
'सम्झौताअनुसार कम्पनीले राखेको बैंक ग्यारेन्टी र सुरुङ निर्माणका लागि ल्याएका सबै सामान जफत गर्छाैं,' उनले भने, 'ठेकेदार कम्पनीले काम गर्ने सम्भावना औपचारिक रुपमा अन्त्य भइसकेकाले अब निर्माणका लागि नयाँ कम्पनी छान्ने प्रक्रिया सुरु भइहाल्छ।' ठेकेदार कम्पनीले समयमा पैसा उपलब्ध नगराएको, कामदार र परामर्शदाताले असहयोग गरेको, पटकपटक हुने बन्दहडतालले काम प्रभावित बनाएको भन्दै ठेकेदार कम्पनीले सरकारलाई पत्र लेख्दै सम्झौता तोडेको एकतर्फी जनाउ दिएको थियो।
सन् २००९ मा भएको सम्झौताअनुसार उक्त कम्पनीले पाँच वर्षभित्र मेलम्चीको रिबर्मादेखि काठमाडौंको सुन्दरीजलसम्म २६ दशमलब ५ किमि सुरुङ खन्नुपर्ने थियो। अहिलेसम्म साढे छ किमिमात्र खनिएको छ, त्यो पनि 'फिनिसिङ' गर्न बाँकी छ। पूर्वसम्झौताअनुसार सन् १०१३ डिसेम्बरसम्म कम्पनीले सुरुङ खन्ने सबै काम पूरा गर्नुपर्थ्यो। निर्माण सम्झौताबाट ठेकेदार कम्पनी बाहिरिएपछि मेलम्ची ल्याउन झनै ढिलाइ हुने आचार्यले बताए। 'त्यही कम्पनीलेनै काम गरेको भए त तीन वर्ष ढिला हुने पक्कापक्की थियो,' उनले भने, 'सुरुबाटै प्रक्रिया सुरु गर्दा त कहिलेसम्म मेलम्ची आउँछ भनेर भन्न नै सकिन्न।'
उनले अब सुरुबाटै काम गर्ने कि पुरानै कामलाई निरन्तरता दिने भन्ने अध्ययनपछि मात्रै थाहा हुने पनि बताए। मेलम्चीको सुरुङ खन्न सक्ने निर्माण कम्पनी नेपालमा नभएकाले अन्तर्राष्ट्रिय टेन्डर गर्नुपर्ने उनले जनाए। 'अब पुरानै कामलाई निरन्तरता दिन सकिन्छ कि फेरि नयाँ डिजाइनमा काम सुरु गर्नुपर्छ वा कसरी काम गर्ने भन्ने अध्ययन भइरहेको छ,' उनले भने, 'निर्क्याेलपछि मात्र नयाँ टेन्डर प्रक्रिया सुरु हुन्छ।' उनले परामर्शदाता, समिति र ठेकेदार कम्पनीले १४ दिनभित्र सबै पुरानो कामको मूल्यांकन गर्ने बताए। ठेकेदार कम्पनीले भने आफू नोक्सानमा परेकाले सम्झौताबाट बाहिरिएको जनाएको छ। 'सस्तो मूल्यमा सुरुङ खन्ने ठेक्का लिएका थियौं,' कम्पनीका सचिव लि युमेईले भने, 'पहिलो कुरा सस्तोमा ठेक्का लिएपछि घाटा खायौं र त्यसमा पनि परामर्शदाता इन्जिनियरको असहयोगले सम्झौताबाट बाहिरियौं।'
उनले आफ्नो निर्णयबारे पुनर्विचार गर्न नसक्ने पनि बताए। चिनियाँ सरकारी ठेकेदार कम्पनी चाइना रेल्वेका कम्पनी सचिव रहेका युमेईले दूतावासको सल्लाहमा यो निर्णय गरिएको दाबी गरे। मेलम्ची खानेपानी आयोजनाको कूल २७ अर्ब रुपैयाँ अनुमानित लागतमध्ये सरकारले चिनियाँ ठेकेदार कम्पनीलाई सुरुङ निर्माण गर्न ४ अर्ब १८ करोड रुपैयाँमा ठेक्का दिएको थियो। ठेकेदार कम्पनीले ३३ प्रतिशत पैसा लगेर १२ प्रतिशतसम्म पनि काम पूरा नगरेको समितिले जनाएको छ। आचार्यले कम्पनीले १८ प्रतिशत कामको भुक्तानी र १५ प्रतिशत पेस्की लगिसकेको जानकारी दिए।
परियोजनामा लाग्ने रकममध्ये एसियाली विकास बैंक (एडिबी) ले ८० प्रतिशत ऋण सहयोग र नेपाल सरकारले २० प्रतिशत जुटाउनुपर्ने सहमति भएको थियो। काम ज्यादै सुस्त भएको भन्दै एडिबीले निर्धारित समयमा आयोजना सक्न सरकारलाई पटकपटक दबाब दिँदै आएको छ। यसअघि २०५८ सालदेखि पहिलोपटक भौतिक निर्माण कार्य सुरु भएको मेलम्ची आयोजना सम्पन्न हुने मिति तीनपटक सरिसकेको छ। पहिलोपटक २०६४ सालमा सम्पन्न गर्ने भनिएको उक्त आयोजनाको काम हुन नसकेपछि २०६८ भित्र बनाउने भनिएको थियो। तर त्यसमा पनि काम नबनेपछि पुनः मिति संशोधन गरेर २०७०/७१ (सन् २०१३) तोकिएको थियो। मेलम्चीमा भएको ढिलाइलगत्तै सरकारको महŒवाकांक्षी योजना पनि अलपत्र छ। सरकारले गत माघमा ल्याएको आर्थिक विकास र समृद्धि कार्ययोजनामा मेलम्चीलाई राष्ट्रिय गौरवको आयोजना घोषणा गरिएको थियो।    काठमाडौं, असोज १०

Tuesday, September 25, 2012

रिर्भसः वैदेशिक रोजगार व्यवसायीबीच विवाद
            विशेÈ साधारणसभा बोलाउन माग
रोशन कार्कीकाठमाडौं, असोज ८ । वैदेशिक रोजगार व्यवसायीहरूको एक भेलाले तत्काल विशेÈ साधारणसभा बोलाउने निर्णय गर
ेको छ । नेपाल वैदेशिक रोजगार व्यवसायी संघका अध्यÔ बलबहादुर तामाङ व्यवसायीविरुद्ध लागेको निष्कर्षसहति विशेÈ साधारणसभा बोलाउने निर्णय गरेको हो ।
विशेÈ साधारणसभा बोलाउने र तामाङविरुद्ध अविश्वासको प्रस्ताव उनीहरूले बताएका छन् । विशेÈ साधारणसभाका लागि हस्ताÔरसमेत संकलन भइसकेको छ । ३ सय ३५ जना व्यवसायीले विशेÈ साधारणसभा गर्न हस्ताÔर गरेका छन् । एक व्यवसायीले भने, ‘एक÷दुई दिनमा साधरणसभाका लागि संघमा आवेदन दि“दै छांै ।’ आइतबार भएको भेलामा बोल्ने अधिकांश व्यवसायीले संघका अध्यÔ तामाङले सरकारी निकायस“ग मिलेर व्यवसायीलाई बदनाम गराएको आरोप लगाएका थिए ।
 
यसै सम्बन्धमा नेपाल वैदेशिक रोजगार संघका अध्यक्ष बलबहादुर तमाङले कुनै पनि भेलामा हाजिर भएका मान्छे आफैंले हस्ताक्षर गरेको हो या होइन भन्ने गहन कुरा हो । जबसम्म आफंैले हस्ताक्षर गरेर ३३ प्रतिशत व्यवसायी साथीहरूले विशेष भेला विधानसम्मत माग गर्छन् भने अनुसन्धान गरेर सभा बोलाउन कुनै आपत्ति छैन । अध्यक्ष तमाङले भने, ‘अहिलेसम्म कुनै आधिकारिक रूपमा संघमा कुनै निवेदन दर्ता भएको छैन, हारेका व्यक्तिले जम्मा गरेका व्यावसायिक भेलाले गरेको निर्णय मान्नुपर्छ भन्ने छैन, विधानविपरीत कोही पनि हिँड्न सक्दैन ।’
उनले निर्वाचनबाट हारेका व्यक्तिहरूले कुन उद्देश्यले के का लागि भेला गरेको भन्ने नै प्रष्ट नभएको अवस्थामा कुनै पनि समय सीमा दिएर अध्यक्ष पदबाट हट्नुपर्ने बाध्यता नभएको बताउँदै ३३ प्रतिशतले अध्यक्ष नमान्ने भनेको खण्डमा म नैतिकताका आधारमा नै अध्यक्ष पद छोड्न तयार रहेको बताए । अध्यक्ष तमाङले भने, ‘यो भेला जम्मा गरेर चुनावमा हारेको रोष व्यक्त गरेको मात्र हो, अरू केही होइन ।’ भेलामा सहभागीहरूको नक्कली हस्ताक्षर गरेको पनि हुनसक्छ संघमा दर्तापछि त्यसको अनुसन्धान गर्ने छांै, सक्कली भए विधानसम्मत विशेष साधारणसभा बोलाइनेछ, नक्कली भए भए किर्ते ठहरिएमा जिल्ला प्रशासन कार्यालयमा कारबाहीका लागि पठाउने छौं,’ अध्यक्ष तमाङले भने । 
 अविस्वास प्रस्तावको सामना गर्न तयार छु ः अध्यक्ष तमाङ
 
नेपाल वैदेशिक रोजगार प्रजातान्त्रिक संघका अध्यक्ष विमल ढकालले व्यवसायीहरूको भेलामा सहभागी ३ सय ३५ जनाले हस्ताक्षर गरेर के गर्ने भन्ने विषयमा हंशराज वाग्ले, किरणकिशोर घिमिरे र प्रेम कटुवाललाई जिम्मेवारी दिएको बताए । ढकालले भने, ‘अध्यक्ष तमाङले आफ्नो आचरण नसुधारी पुरानै तरिकाबाट हिँडेमा व्यवसायीहरूले बाध्य भएर अविश्वास प्रस्ताव राखेर हटाउनुको विकल्प छैन ।’ उनका अनुसार पहिलो चरणमा नै अविश्वास प्रस्ताव ल्याएर हटाउनुभन्दा पनि अध्यक्षलाई सच्चिन समय दिने र नसुध्रिए हटाउनु नै उत्तम विकल्प हुनेछ ।
भेलामा सहभागी अधिकांश व्यवसायीले संघका अध्यक्ष बलबहादुर तमाङको मेनपावरले नै बागबजारमा तयार पारेको नक्कली कागजपत्र प्रयोग गरी मान्छे विदेश पठाएको आरोप लगाएका थिए । व्यवसायीहरूका अनुसार अध्यक्ष तमाङले संघमा आबद्ध र बाहिरका व्यवसायीहरूको समस्याबारे बोल्न र सम्बन्धित निकायमा दबाब दिन पटक–पटक अनुरोध गर्दा पनि कुनै चासो नदिई उल्टै मातहतका मन्त्रालय र विभागका महानिर्देशकसँग मिली आफ्नो नक्कली कामलाई वैधानिकता दिएको समेत आरोप लगाएका छन् ।
‘मालिक–मजदुर सुमधुर सम्बन्धले नै मजदुर समस्या समाधान हुन्छ’
भीमलाल पौड्याल
अध्यक्ष    
रोयल फुटवयर इन्डस्ट्रिज प्रालि


२०४२ सालदेखि भैरहवाको सिद्धार्थनगरबाट जुत्ताचप्पल, तयारी पोशाक र फेन्सी पसलबाट व्यवसाय सुरु गरेका भीमलाल पौड्याल विभिन्न संघ÷संस्थामा आबद्ध भई सामाजिक उत्तरदायित्वका कार्यमा पनि सक्रिय रहँदै आएका छन् । सौगात इम्पेक्स नामबाट जुत्ताचप्पल र तयारी पोशाकको व्यवसाय गर्दाको अनुभवकै कारण पछिल्लो समय उनले रोयल फुटवयर इन्डस्ट्रिजको स्थापना गरी स्वदेशमै जुत्ताचप्पलको उत्पादन र बिक्री सुरु गरेका छन् । उक्त कम्पनीको अध्यक्ष पदमा रही गुणस्तरीय सामान उत्पादन गरी उपभोक्तमाझ लोकप्रिय बनाउने सोचका साथ पौड्याल हाल व्यवसायीहरूको छाता संगठन नेपाल चेम्बर अफ कमर्सको कार्यकारी सदस्य, नेपाल चीन व्यापार प्रवद्र्धन समितिका सभापति, हिमालय सीमापार वाणिज्य संघ र अग्नि सिमेन्टलगायतका संघ÷संस्था तथा कम्पनीमा आबद्ध छन् ।
 २०४८ सालदेखि काठमाडौंबाटै जुत्ता चप्पलको व्यवसाय थालेका पौड्यालले २०५२ सालदेखि चीनबाट जुत्ताचप्पलको आयात गरी बिक्री गर्दै आएका छन् । पछिल्लो समय विभिन्न देशको भ्रमणका क्रममा त्यहाँबाट सिकेको सीप र प्रविधि प्रयोग गरी २०६८ सालमा रोयल फुटवेयरको स्थापना गरेका गरेका अध्यक्ष पौड्यालसँग नेपाली उत्पादनको सम्भावना, चुनौतीका बारेमा केन्द्रित भई हिमालय टाइम्सका रोशन कार्कीले गरेको कुराकानीको मुख्य अंश ः

० नेपाली जुत्ता चप्पलको अवस्था र यसको भविष्य कस्तो छ ?

– अहिलेसम्म हाम्रो देश आफ्नै उत्पादनमा निर्भर नभई सकेको अवस्था रहेको छ । ५० प्रतिशतभन्दा बढी फुटवेयर सामानहरू आयात हुनेगरेको छ । त्यसैकारण पनि स्वदेशी जुत्ताचप्पलको माग दैनिक रूपमा बढ्दो छ । अहिले स्वदेशी उत्पादनले माग पू्रा गर्न सकेको छैन । विगत ४÷५ वर्षदेखि विदेशी जुत्ताचप्पलभन्दा स्वदेशी जुत्ता चप्पलहरूको माग बढेका कारण यसको भविष्य राम्रो देखिएको छ । दोस्रो कुरा, विदेशी जुत्ताचप्पलहरू देख्दा राम्रो झल्याक–झुलुकमात्र हुने गुणस्तर नहुने कारण पनि विदेशी ब्राण्डभन्दा स्वदेशमै उत्पादन गरिएका जुत्ताचप्पल गुणस्तरीय हुने विश्वासका साथ केही वर्षदेखि स्वदेशी सामान प्रयोग गर्नेहरूको संख्या बढेको छ ।
० ‘रोयल सुज’ मा अन्य कम्पनीको जुत्ताको फरक विशेषता चाहिँ के छ ?
– उत्पादनमा पक्कै पनि फरक विशेषता छ किनभने हाम्रो अनुभवी ग्रुपद्वारा सञ्चालित कम्पनी हो । यो समूहले पटक–पटक विदेशमा गई गुणस्तरसम्बन्धी तालिम र अनुभवलाई समेटेर नेपाली उत्पादनै उपभोक्ता माझ लैजाउन हामीले उत्पादन सुरु गरेका हांै । लगाउँदा आरमदायी र हलुका सबै पिढीलाई सुहाउँदो जुत्ताचप्पलहरू बजारमा ल्याएका छौं । त्यसो त यो विशेषता छ भनेर प्रचार गर्नुभन्दा पनि अन्यभन्दा रोयल सुजमा यस्तो विशेषता रहेछ भनेर ग्राहकबाटै आओस् भन्ने चहान्छौं । कम्पनीले सुधार गर्नुपर्ने कुरामा पनि प्रचारबाजीभन्दा हामीलाई भनेर सहयोग पु¥याउनुु हुनेछ भन्ने हामीले अपेक्षा गरेका छौं ।
० विदेशबाट आयातित सस्ता जुत्ता चप्पलले बजार लिइरहेको अवस्थामा यहाँहरूको कम्पनीले विदेशी जुत्ता चप्पलसँग प्रतिस्पर्धा गर्न सक्ला र ?
– हो, लामो समयदेखि नेपाली बजारमा आयातित सस्ता जुत्ता चप्पलहरूले बजार लिएका छन् । आयातित सामानको भीडमा हामीहरू पनि विदेशीभन्दा स्वदेशी उत्पादन बढी टिकाउ र गुणस्तरीय हुन्छ । आयातित जुत्ताचप्पलहरू कति समय टिक्छ भन्ने पनि वारेन्टी छैन । किनेको भोलिपल्टै पनि च्यातिन सक्छ । त्यसबारे उपभोक्ताहरूले कहाँ गएर उजुरी÷गुनासो गर्ने भन्ने ठाउँ नै छैन । हेर्दा झिलिक्क राम्रो देखिन्छ तर गुणस्तर हुँदैन । त्यसैले आम उपभोक्तालाई सामान खरिद गरेपछि राम्रोसँग उपयोग गर्न पाउन्, उपभोक्ता नठगिउन् भन्ने हाम्रो मुख्य उद्देश्य हो । सोहीअनुसार हामी अघि बढेका कारण आयातित जुत्ताचप्पलका कारण कुनै असर पर्दैन भन्ने लाग्छ । हामी हाम्रो लक्ष्यअनुसार विदेशीभन्दा स्वदेशी उत्पादन नै प्रयोग गरौं भन्ने भावना आम उपभोक्तालाई जागृत गराउने छौं ।
० नेपाली उत्पादनको नाममा स्वदेशी कच्चा पदार्थ प्रयोग गर्नेभन्दा पनि अर्ध तयारी जुत्ता बाहिरबाट ल्याएर टुक्राहरू जोड्ने काम मात्र भएको भन्ने आरोप पनि लाग्दै आएको छ नि ?
– त्यो आरोप मात्र हो । किनकि जुत्ता चप्पलको काम भनेको करिब ८० प्रतिशत हातले गर्नुपर्ने हुन्छ । यहाँले भने झै नेपालमा आवश्यकताअनुसार कच्चा पदार्थ पाइँदैन । जुत्ताचप्पलका लागि नपुग कच्चा पदार्थ विदेशबाट आयात गर्दैमा जुत्ता नेपालमा ल्याएर जोड्ने भन्ने कुरा हुँदैन । त्यो गर्ने हो भने करोडौं रुपैयाँ लगानी गरेर किन कम्पनी स्थापना गर्नु प¥यो ? बैंकबाट महँगोमा ब्याज किन लिनुप¥यो, होइन र ? त्यसैले यो नबुझिकन लगाएको आरोपमात्र हो । अन्य उद्योगहरूले के गर्छन् थाहा छैन, तर हामी भने कच्चा पदार्थ आयात गरेपछि पुनः त्यसलाई प्रशोधन गरेर नेपाली जुत्ता चप्पल उत्पादन गर्छाैं ।
० अहिले नेपाली उत्पादनका नाममा बजारमा आएका विभिन्न ब्रान्डका जुत्ता चप्पल अत्यधिक महँगा छन् भनिन्छ नि ?
– बजारमा आएका जुत्ताचप्पल सतही रूपमा हेर्ने हो भने केही महँगो भएको भान पर्नु स्वाभाविक नै हो । आयातित सामानहरू सिधैं बिक्रीवितरणमा लैजान सकिन्छ, लागत पनि कम पर्छ, तर नेपालमै उत्पादन गरिने त्यसमा पनि गुणस्तरीय उत्पादन उपभोक्तालाई दिनुपर्ने भएकाले अन्यको तुलनामा केही महँगो हो, तर अहिलेको बजारअनुसार धेरै महँगो भने होइन ।
० यहाँहरूले पत्रकार सम्मेलन गरेर आफ्नो उत्पादनको खुवै चर्चा गर्नुभयो, तर उपभोक्ताले भने नेपाली जुत्ता चप्पल लगाउँदा पैताला पोल्ने, औंला सुनिनेलगायतका सिकायत गरेका छन् नि ?

– नेपामा उत्पादित जुत्ताचप्पलहरू यहाँले भने झैं नहोला किनकि कुनै पनि लगानीकर्ताले आफ्नो लगानी डुबोस् भन्ने चहाना राखेको हँुदैन । त्यसैले आफ्नो लगानी उठाउने भनेको आम उपभोक्ताले उत्पादित सामानको प्रयोग गरे दिएपछि मात्र हो । पैलाता पोल्ने, औला सुनिनेलगायतका समस्या नआओस् भन्ने कुरामा लगानीकर्ताले ध्यान दिएकै हुन्छ । बाँकी रहृयो, हजारौं जोर जुत्ताचप्पल उत्पान हुने गरेको अवस्थामा नचाहँदा नचाहँदै पनि एक÷दुई जोर जुत्ताचप्पलहरू गुणस्तरहीन हुन सक्लान्, तर त्यसलाई नै लिएर नेपाली उत्पादनहरू गुणस्तरहीन छ भनेर प्रचार गरिनु राम्रो होइन । त्यस्तो भएकै रहेछ भने पनि सम्बन्धित ठाउँमा गुनासो गरेमा उपभोक्तामाथि परेको असुविधाबारे कम्पनीले कुनै कन्जुस्याई नगरी समस्याको समधान गर्छ ।

० आफ्नो उत्पादन गुणस्तरीय भएको दाबी गर्नुभयो, कसरी प्रमाणित गर्न सक्नु हुन्छ ?
– यो त सजिलै हुन्छ नि । कुनै पनि उत्पादन गरेपछि त्यसको परीक्षण हुन्छ । मापदण्डअनुसार उत्पादन गरेपछि त कम्पनीले आफ्नो सामान गुणस्तर छ भनेर दाबी गर्न सक्छ । करोडौं लगानीमा सञ्चालन गरेको कम्पनीले गुणस्तरहीन सामान उत्पादन गरेको खण्डमा त उसको लगानी त ढुब्छ होइन र । आफ्नो लगानी सुरक्षित गर्न पनि गुणस्तर जुत्ताचप्पल उत्पादन गर्नुको विकल्प छैन ।
०   यहाँहरूकै उत्पादनको न्यूनतम मूल्य १ हजार रुपैयाँभन्दा माथि छ, यसमा सबै नेपालीको पहँुच पुग्छ र ?
– होइन, कुनै पनि कम्पनीले सबैलाई समेट्न सक्छ भन्ने छैन । सुरुका दिनमा कम्पनीले एउटा लक्षित वर्गका लागि मात्र उत्पादन गर्छ । जहाँसम्म अन्यको तुलनामा रोयल फुटवयर महँगो होला, तर त्यो किनभन्दा गुणस्तरीय उत्पादन गर्नुपर्ने भएकाले केही महँगो भएको हो । किनकि नेपाली मुद्राको अवमूल्यनका कारण सामान पनि मँहगो भएको छ । यहाँ छिमेकी देशबाटै आयात भएको जुत्ताचप्पलको मूल्य गत वर्ष र यस वर्षमा फरक छ । गत वर्ष चीनबाट आयात भएको जुत्ताचप्पल ६÷७ सय रुपैयाँमा पाइन्थ्यो भने अहिले मूल्य बढेर सरदर १ हजार रुपैयाँ पुगेको अवस्थामा नेपाली उत्पादन त्यसमा पनि गुणस्तरीय जुत्ता चप्पलहरू १ हजार रुपैयाँ भनेको सस्तो नै हो ।

० यहाँ त नेपाल चेम्बर अफ कमर्सको कार्यकारी सदस्य पनि हुनुहुन्छ, पटक–पटक उद्योगमा मजदुर समस्याहरू आउने गरेका छन् । मजदुर समस्या कसरी समाधान गर्नुभएको छ ?

– हो, देशमा राजनीतिक अस्थिरता कारण मजदुर समस्याहरू आउने गरेका छन् । जाहेज मागका कारण आएको समस्यालाई समाधान गर्न कुनै गाह्रो हँुदैन, तर कामदारको नाममा बाहिरबाट हुने आन्दोलन मागका कारण मजदुर समस्याले उग्ररूप लिएको छ । तर, यसलाई पनि वार्ताका माध्यमबाट समाधान गर्नुको विकल्प छैन । किनकि एउटा कम्पनी सञ्चालन हुनलाई मालिकले मात्रै गरेर पुग्दैन, उसले लगानी गर्ने हो, त्यसपछि त्यो कम्पनीमा कार्यरत मजदुर, कर्मचारी र मालिकबीचको सुमधुर सम्बन्धबाट मात्रै सफल हुनेभएकाले जबसम्म यो कम्पनी आफ्नै हो भन्ने भावना उत्पन्न हँुदैन, तबसम्म समस्या आइरहन्छन् । मालिकले पनि मजदुरको पसिनाको उचित मूल्य दिनुपर्छ र मजदुरले पनि मैले यसैबाट परिवार पालेको छु, कम्पनी फस्टाएमा हामीलाई पनि फाइदा पुग्छ भन्ने भावना जागृत गराउनुपर्छ । मालिक र मजदुरबीच हुने सुमधुर सम्बन्धले नै मजदुर समस्या समाधान हुन्छ । म सहभागी भएका ठाउँमा यिनै कुरालाई जोड दिएर समस्या समाधान गर्दै आएको छु र गर्दै जानेछु ।

० विभिन्न उद्योगमा देखिएका श्रम समस्यालाई कसरी हेर्नुभएको छ, सरकारले यो समस्या दीर्धकालीन रूपमा समाधान गर्न के गर्नुपर्ला ?

–यो श्रम समस्या राष्ट्रिय रोग नै भएकाले सचेत हुनेपर्ने छ । कुनै पनि कम्पनी सञ्चालन गर्न एक्लैले सक्दैन । त्यहाँ जनशक्ति भर्ना गरिनुपर्छ । सुरुमा नोकरीका लागि प्रवेश गर्छन्, पछि उनीहरूले नै विभिन्न पार्टीको नाममा युनियन स्थापना गरेर जायज÷नाजाहेज माग राखी कम्पनीनै बन्द गराउनेसम्मका काम भएका छन् । यस्तो हुनु देशमा अस्थिर सरकार र अस्थिर राजनीतिक कारण हो । यहाँ राजनेताहरूले कम्पनीमा पनि राजनीतिक गरेकाले यो समस्या राष्ट्रिय समस्या बनेको छ । सरकारले यो समस्यालाई दीर्घकालीन रूपमा समाधान गर्न समयमा औद्योगिक नीति ल्याउनुपर्छ, समयानुकूल ऐन नियमलाई परिमार्जन गरिँदै जानुपर्छ, अनिमात्र समस्या समाधान हुन्छ ।


Monday, September 24, 2012

बैदेशिक रोजगार – ठगीको यो स्वरूप


लाग्छ ‘ठगी’ बैदेशिक रोजगार क्षेत्रमा अब सामान्य र पाच्य बन्दैछ । कामदार ठगिए र बिदेशमा बिचल्लीमा परे भन्दा अब सरोकारवालाहरूले नै ‘ए त्यो कुन चैं नयां कुरा भयो त, यस्तो त निरन्तर भइ नै रहेको छ’ भनी सहजै पचाइदिन थालेका छन । बैदेशिक रोजगार ऐन पनि कसका लागि बनाइयो र कुन कुनामा थन्किएको छ, कसैलाई पर्बाह छ जस्तो लाग्दैन । किनकि त्यो ऐनको पाइला पाइलामा नेपालमै ब्यवसायीहरू र बैदेशिक रोजगार बिभागबाट समेत खिल्ली उडाइदै आएको छ ।
बैदेशिक रोजगार बिभागले खाडीका कुनैपनि मुलुकहरूमा कुनैपनि काममा जांदा जम्मा रू. ७० हजार भन्दा बढी रकम कामदारहरूबाट लिनु हुंदैन भनी तोकेको छ र ऐनको दफा २१ (३)मा उक्त रकमको भर्पाई समेत कामदारलाई दिनु पर्दछ भन्ने उल्लेख छ । साथै ऐनकै दफा १४ (३) (क) मा कामदारको योग्यता मुताविकको सेवा, शर्त र सुविधा नभएमा बिभागले श्रम स्वीकृति दिने छैन पनि भनिएको छ र झुठ्ठा कागजात पेश गरी अनियमितता गरी ऐनको उलंघन गरेमा आर्थिक जरिमाना सहित इजाजत रद्ध हुने र म्यानपावर सञ्चालकलाई जेल सजाय सम्मको ब्यवस्था गरिएको छ ।
बिगत ३ हप्तादेखि साउदी अरबमा हामिले एउटा केशलाई नजिकबाट अवलोकन गर्दै आएका छौं । पीडित कामदारलाई उद्धार गर्ने, न्याय र क्षतिपुर्ति दिलाउने देखि पीडकलाई कार्बाही गराउनेसम्मको ध्येय राखी एनआरएनए साउदी अरब यो केशमा खटिएको छ । यस दौरानमा हामी नेपाली दूतावास रियादका श्रम सहचारी र स्वयम राजदूतज्युसंग समेत निरन्तर सम्वाद र सहकार्यमा छौं । यथार्थमा हाम्रो उद्धेश्य पीडित २-४ जनाको उद्धार गर्नुमात्र नभई बैदेशिक रोजगार (सिस्टम) मा रहेको ञुटी र बिकृति जुन प्रबृत्ती बन्दै प्रकोपका रूपमा फैलिदो छ को गहिरो अध्ययन र चिरफार गर्नु पनि हो ताकी समस्याको दिर्घकालिन समाधान खोज्न सकियोस । फिल्डमा गरिएको यो प्रत्यक्ष अभ्यास कुनै सेमिनार गोष्ठीमा गरिने छलफल बिचार बिमर्श भन्दा कम महत्वको हुंदैन भन्ने हाम्रो मान्यता पनि हो ।
प्रसंग साउदी अरबको कतिफमा पीडित बनेका मोरङ डांगीहाट-३ का होमनाथ बास्कोटा सहित अन्य ४ जनाको हो जसमा दूतावास र एनआरएनए साउदी अरबको संयुक्त पहलमा ३ जनाको तुरून्तै उद्धार भई स्वदेश फर्किपनि सके, एक जना घरायसी समस्याका कारण केही महिना साउदी मालिक र म्यानपावर कम्पनीको बिरूद्धमा उत्रन सकेनन तर होमनाथ बास्कोटा जसले आफ्नो उद्धार या सजिलो मात्र नहेरी खासगरी आफुंलाई ठगेर बिचल्लीमा पार्ने कपिल म्यानपावर कम्पनीका बिरूद्ध उजुरी समेत दिन पुगे, उनी भने अहिलेसम्म स्वदेश फर्किन पाएका छैनन । हो, कमाउनका लागि साउदी अरबको रोजगारमा आएका होमनाथको समुहका पांचै जनाका लागि केही पनि आर्जन नगरी रित्तो हात सुरक्षित स्वदेश फर्किनु नै ठूलो राहत हुने परिस्थिती बन्यो ।
पांचै जना ड्राइभरको भिषा (काम)मा आएका थिए । होमनाथले यस अघि साउदीमै र कतारमा समेत हेभी ड्राइभरको काम गरेका र कतारको ड्राइभिङ लाइसेन्स समेत बोकेका थिए तर यिनलाई २ वटा करारनामा गराइयो एउटामा १,१०० रियाल तलब र ड्राइभर लेखियो भने अर्कोमा मात्र ८०० रियाल तलब र लेबर भनी लेखियो । बिभागले पनि लेबरकै स्वीकृति दिएर पठायो । तर यहां आएर होमनाथलाई हेभी गाडी (ट्रेलर) चलाउनुपर्यो र साउदी ड्राइभिङ लाइसेन्स पनि बनाइदियो किनकि भिषा त आखिर ड्राइभरकै थियो । अनौठो र अनियमित लाग्छ यिनको मेडिकल टेष्ट भने अल खालिज ओभरसिजबाट गराइयो र गल्फ इन्टरप्राइजेज कम्पनीको करारनामा बनाइयो, भनियो आरामकोको डाल्मा कम्पनी र पठाइयो कतिफको एउटा साउदीको कफालत भिषामा । होमनाथसंग रू. १ लाख लियो कपिल म्यानपावरले तर माग्दा पनि भर्पाई भने दिएन बरू भाषण सुनाइयो “यो कपिल म्यानपावरले अरू जस्तो ठगी र बेइमानी गर्दैन” । होमनाथले त्यसैमा बिश्वास र भरोषा राखे ।
साउदी आएपछि बल्ल होमनाथलाई आंफु ठगिएको अनुभूति भयो । तुरून्तै कपिल म्यानपावर कम्पनीसमक्ष यहांको यथार्थ समस्या सुनाए र म्यानपावरले पनि भन्यो, “हो तपाई ठगिनुभयो, हामीबाट गल्ती भयो, तपाईलाई छिट्टै नेपाल फर्काउछौं र सबै क्षतिपूर्ति दिन्छौं” होमनाथले फेरि पनि बिश्वास गरे कपिलको त्यो भनाईमा र शुरूको एक हप्ता ड्युटी नै नगरी हडताल गरे । तर कपिलले भने बमोजिम तुरून्तै नेपाल फर्काउन नसकेपछि होमनाथले मन नलागेरै पनि ड्युटी गर्न थाले । राती २ बजेदेखि बेलुका ६ बजेसम्मको १६ घण्टा लगातार ड्युटी पर्थ्यो उनको । महिना बित्यो, तलब मागे साउदी मालिकसंग तर साउदी मालिकले तलब त दिएननै उल्टै रिसाएर एकान्तमा खजुरको बोटमुनि लगेर लात्तै लात्ताले हान्यो होमनाथको छातिमा । होमनाथले यो कुटाईको घाउ देखाउन सकेनन तर उनको भित्री दर्द यति गहिरो थियो कि हाम्रो क्यामरामा र फोनमा पटक पटक भक्कानो छोडेर रोएका छन उनी । एनआरएन टिभीमा उनीसंगको भिडियो अन्तरवार्ता प्रसारण भएको छ तर उक्त टिभीले होमनाथ रोएको दृश्य सम्पादन गरी काटिदिएछ !
हाम्रो अर्को उद्धेश्य होमनाथलाई नभगाइकनै बैध कामदारकै हैसियतमा उनको कानूनी उपचार खोज्ने पनि थियो । जसमा होमनाथ पनि सहमत भई यत्रो यातना र बिचल्लीका वावजुद पनि उनी भागेनन । ज्यान जोगाउन केहीदिन भागेका उनलाई हामीले पुनः साउदी मालिककोमा फर्कन आग्रह गर्यौं र हाल उनी साउदी मालिकले नै दिएको कोठामा छन तर आजभोलीमै उनलाई ५०-६० कि.मी टाढा मरूभुमीमा रहेको भेडीगोठमा खानपनि नदिने गरी पठाउन लागेको छ ।
होमनाथलाई स्वदेश फर्काउनका लागि साउदीले ४,५०० रियाल मागेको छ । यो रकम होमनाथका लागी खर्चेको भिषा लगायतको रकम रे । उता नेपालमा पनि भिषा लगायतको खर्च नै भनी कपिल म्यानपावरले रू. १ लाख लुटेकै हो । हो, त्यो लुट नै थियो, त्यसैले त भर्पाई पनि दिइएन । कुनैपनि ‘बैध कारोबार’ का बिल, भर्पाई रसिद हुन्छन । चोरेको, ठगेको, लुटेको, घुस खाएको रकमको मात्र रसिद भर्पाई केही पनि हुंदैन । बिभागले पनि एउटा सुयोग्य जिसिसी हेभी ड्राइभर जसको भिषा समेत ड्राइभरकै छ, लाई लेबरको श्रम स्वीकृति कसरी दियो ? बैदेशिक रोजगार ऐनको दफा १४ (३) (क) को बिभागबाटै उलंघन भएको स्पष्ट देखिएको छ यो केशमा (दस्तावेजहरू तल संलग्न छन) ।
आफ्नो पुर्ब प्रतिबद्धता बिपरित कपिल म्यानपावरले अहिले साउदीले मागेको रकम दिन आनाकानी गरिरहेको छ । जसका कारण होमनाथ थप मानसिक तनाव र सास्ती खेप्न बाद्द्य बन्दैछन । जबकि ऐन र श्रम स्वीकृतिमा समेत स्पष्ट उल्लेख छ कि भनिए बमोजिमको काम तथा तलब सुविधा नपाएमा स्वदेश फर्काउने जिम्मा म्यानपावर कम्पनीकै हुनेछ भनेर । तर म्यानपावरले पैसा पठाउन शर्त राखेको रहेछ होमनाथ नेपाल फर्केपछि म्यानपावर बिरूद्ध कुनै दावी या उजुरी नगर्ने भनेर । यो उसको होमनाथले तिरेको रू. १ लाख क्षतिपूर्ति नदिने नियत हो र म्यानपावरको (आंफूले स्वीकार गरिसकेको) गल्तीको सजाय होमनाथलाई दिने साजिस पनि । हो, यसरी नै धेरै म्यानपावर कम्पनीहरू पानीमाथिको ओभानो बन्दै हरेक गल्ती र समस्याबाट बिनाकुनै सजाय सजिलै उम्कंदै आइरहेका छन जसका कारण बैदेशिक रोजगार क्षेत्रमा दण्डहिनता मौलाउंदो छ र बिकृतिहरू पनि यसैकारण बढिरहेका छन ।
होमनाथलाई अहिले जरूरत छ सरकारी सहयोग, न्याय र क्षतिपूर्तिका लागि म्यानपावरलाई दबाव । तर बिडम्बना सरकारी निकायले होमनाथलाई उनीसंग बुझेको रकमको भर्पाई नदिएर म्यानपावर कम्पनीले ऐनको दफा २१ (३) उलंघन गरेको देख्दैन परन्तु रसिद नलिनु होमनाथकै गल्ती हो भन्ने निर्क्योलमा पुग्नेछ । यसरी नै नेपाली कामदारहरू पल पलमा ठगिदै आएका छन, शोषिदै र बिचल्लीमा पर्दै आएका छन । कामदारका पीडाहरू सुनिदिने र उनीहरूका लागि उनीहरूका पक्षमा काम गरिदिनेको अभाव निरन्तर खटकिंदो छ ।
तर होमनाथ जस्ता पीडित नेपाली कामदारहरूको छातिभित्रको बेदनाको आगो कुनैदिन मसाल बनेर बल्नेछ, आगोको त्यो उज्यालोमा ठगिएका सबै कामदारहरूले पाइ पाइको हिसाब मागेमा र आगोको त्यो रापमा ठग म्यानपावर कम्पनीहरू र सम्बद्ध सरकारी निकायका भ्रष्ट कर्मचारीहरू जलेर राख भएमा अनौठो मानिने छैन ।   



‘बागबाजारबाट नक्कली कागजात बनाउने संघका अध्यक्ष हुन्’
रोशन कार्की
काठमाडौं, असोज ७ ।
लामो समयदेखि नक्कली कागजात तयार पारी विदेश पठाउने धन्धामा वैदेशिक रोजगार व्यवसायी संघकै उच्च पदस्थ व्यक्तिहरू भएको खुलासा भएको छ । वैदेशिक रोजगारीमा जानेलाई महँगो शुल्क उठाई नक्कली कागजात तयार पारी अर्र्कैमार्फत विदेशी भूमिमा लगी अलपत्र पार्ने काममा जिम्मेवार व्यवसायी नै संलग्न भएका कारण वैदेशिक रोजगार व्यवसायीले अनेक आरोप खेप्नुपरेको स्वयं वैदेशिक व्यवसायीहरूले स्वीकारेका छन् । उनीहरूले व्यवसायलाई मर्यदित र विश्वासिलो बनाउन संघको वर्तमान कार्य समिति असफल भएको र उल्टै व्यवसाय नै बन्द गराउने रणनीतिमा लागेको आरोपसमेत लगाएका छन् ।
नेपाल वैदेशिक रोजगार संघका निवर्तमान कार्य समितिका सदस्य कृष्णगोपाल महर्जन (माइकल) ले संघका अध्यक्ष बलबहादुर तमाङको मेनपावरले नै बागबजारमा तयार पारेको नक्कली कागजपत्र प्रयोग गरी मान्छे विदेश पठाएको आरोप लगाए । उनले भने, ‘संघकै अध्यक्षले नक्कली कागजात प्रयोग गरी मान्छे विदेश पठाएपछि कसरी हुन्छ, व्यवसाय मर्यादित र व्यवस्थित ? त्यसैले पनि उन गतिविधि संघको विधानविपरीत भएका कारण असहमति जनाई संघबाट राजीनामा दिएको हुँ ।’
संघमा आबद्ध र बाहिरका व्यवसायीहरूको समस्याबारे बोल्न र सम्बन्धित निकायमा दबाब दिन पटक–पटक अनुरोध गर्दा पनि कुनै चासो नदिइ उल्टै मातहतका मन्त्रालय र विभागका महानिर्देशकसँग मिली आफ्नो नक्कली कामलाई वैधानिकता दिएको निवर्तमान सदस्य महर्जनको दाबी थियो । महर्जनका अनुसार संघका अध्यक्ष वैद्यले गत महिना एअरपोर्टबाट नक्कली कागजातमार्फत विदेश जानलागेका १९ जनासहित ४६ जनालाई नियन्त्रणमा लिएपछि त्यसको जिम्मेवारीसमेत नलिएको बताए । ‘अध्यक्ष भएर नक्कली कारोबार गर्नेको नेतृत्वको समितिभित्र बस्नु मेरो नैतिकताले दिएन,’ महर्जन भने ।

अध्यक्षका प्रत्यासी किरणकिशोर घिमिरेले वर्तमान अध्यक्षले संघमा भएको समस्याप्रति चासो नदेखाएको, सरकारी कर्मचारीसँग अपवित्र गठबन्धन गरी संघको मानमर्दन गरेका कारण उनी अध्यक्ष पदमा बसिरहनु विधानविपरीत भएकाले नैतिकताका आधारमा राजीनामा दिई बाहिरिनुको विकल्प नभएको बताए । उनले भने, ‘यदि संघका अध्यक्षको मिलेमतो नहुने हो भने सरकारकै दुई मन्त्रालयबीच किन अविश्वास हुने ? श्रम मन्त्रालयले व्यवसायीहरूले पठाएको फाइल र मान्छेलाई किन रोक्छ ? गृह मन्त्रालयले अध्यागमन कार्यलयले विमानस्थलमा किन रोक्छ ।’ अध्यक्षले संघको नाममा नक्कली कागजात तयार गरी मान्छे विदेश पठाउने गरेकाले सो कार्य भएको घिमिरेको दाबी थियो । उनले संघका समस्यालाई नहेरी वैदेशिक रोजगार विभागका कर्मचारीसँग मिली अवैध धन्धा सञ्चालन गरेकाले आम व्यवसायी आलोचित हुनपरेको गुनासो गरे ।
घिमिरेले भने, ‘यस अवैध कारोबारलाई प्रधानमन्त्री डा.बाबुराम भट्टराई र विभागका डीजी पूर्णचन्द्र भट्टराइले सहयोग गरिरहेका छन् ।’ वैदेशिक रोजगार व्यवसायको इतिहासमा संघमा अहिलेजस्तो भष्ट्राचार कहिल्यै नभएको तर, अहिले सरकारी कर्मचारीकै मिलेमतोमा ‘सेटिङ मिलाई’ भष्ट्राचार गरेकोसमेत घिमिरको आरोप थियो । घिमिरेले भने, ‘अहिले महिला कामदारको नाममा, एकल कामदार र सयुक्त कामदारकालाई विदेश पठाउने सवालमा २०÷४० हजार रुपैयाँ लिएर फाइल सदर गर्ने गरेका छन् ।’ सरकारी कर्मचारीलाई लगाएर आफूले राम्रो काम गरेको देखाउन विभागका डीजी भट्टराईले नयाँ नाटक मञ्चन गरेको समेत उनले आरोप लगाए ।
त्यस्तै अर्का अध्यक्षका प्रत्यासी हंशराज वाग्लेले संघको वदमान गर्न व्यवसायीलाई देशद्रोहीको अभियोग लगाएर बन्दी बनाउन अध्यक्ष तमाङ सक्रियरहेको उल्लेख गर्दै भने, ‘अध्यक्षले राष्ट्रिय समाचारमाध्यममा गैरजिम्मेवारी जवाफ दिँदै हिँडेकाले अहिले सरकारले ‘विशेष टाक फ्रोर्स’ गठन गरी हाम्रा कार्यालयमा छापा मार्नुु भनेकै गैरजिम्मेवारी जवाफका कारण भएको हो ।’
संघको दुई वर्षे कार्याकालका लागि गत ५ महिनाअघि निर्वाचित अध्यक्ष तमाङको कार्यशैली वैदेशिक रोजगार व्यवसायीविरुद्ध भएको भन्दै विशेष अधिवेशन बोलाई अविश्वासको प्रस्ताव ल्याउने तयारीमासमेत उनीहरू जुटेका छन् । अध्यक्ष तमाङलाई सुध्रने चेतावनी दिने कि सिधैं अविश्वास पेस गर्ने भन्ने सम्बन्धमा काठमाडौंमा आइतबार व्यवसायीहरूको बृहत् भेला भएको छ । भेलामा सहभागी बहुमत सदस्यले तमाङविरुद्ध अविश्वासको प्रस्ताव नै ल्याउने अडानमा राखेका थिए भने अल्पमतका सदस्यहरूले सुरुमा चेतावनी दिनुपर्ने सुझाव दिएका थिए ।
गत निर्वाचनमा पराजित अध्यक्षहरू पे्रम कटुवाल, किरणकिशोर घिमिरे, हंशराज वाग्ले, निर्वतमान अध्यक्ष सोमलाल बाटाजु, पूर्वअध्यक्ष तिलक रानाभाट, विमल ढकाल, संघका प्रथम उपाध्यक्ष ज्ञानु गैरेलगायतले भेला अयोजना गरेका थिए ।

Friday, September 21, 2012

वैदेशिक रोजगार विभागमा खुलमखुल्ला घूसको कारोवार    
रोशन कार्की
काठमाडौं, असोज ३ ।
 
विभिन्न नामका खुलेका मेनपावर कम्पनीहरूले विदेशजान लागेकासँग वैदेशिक रोजगार विभागमै खुल्ला रूपमा अवैध रुपैयाँको कारोबार हुने गरेको छ । मेनपावरका केही ऐजेन्सीले काठमाडौंको बागबजार, नया“ बसपार्क, कोटेश्वर, भक्तपुर, ग्वार्कोलगायतका ठाउ“, ट्राभल्सले तयार पारेका पूर्व स्वीकृतिका फाइललाई संख्याको हिसाबले प्रतिगोटा एक हजारका दरले अवैध रकम लिएर स्वीकृति दिएपछि त्यसकै आधारमा निकालिने अन्तिम स्वीकृतिका फाइलमा कर्मचारीले फेरि प्रतिगोटा तीन हजारदेखि पा“च हजारसम्म लिएर अन्तिम श्रम स्वीकृति दिने गरेको रहस्य सोही विभागका कर्मचारीले खेलेका छन् ।
म्यानपावर व्यवसायीलाई व्यक्तिगत रूपमा वैदेशिक रोजगारीमा पठाउन प्रतिबन्ध जस्तै भएपछि एकपछि अर्को गर्दै नक्कली फाइल चलाउन सुरु गरेको महिनांै भइसक्दा पनि कोटाका आधारमा फाइल सदर गर्दै आएका छन् । अस्थिर सरकारकोे मौका छोपी स्थायी सरकार मानिने कर्मचारी प्रशासनले सो अवैधरूपमा फाइल सदर गरी घूस लिने गरेको एक कर्मचारीले नाम नछाप्ने शर्तमा बताए ।
गत हप्ता अन्तर्राष्ट्रिय विमानस्थलबाट वैदेशिक रोजगारीमा हिँडेका करिब डेढ दर्जन सर्वसाधारणलाई नक्कली स्वीकृति पत्रसहित नियन्त्रणमा लिएपछि यो रहस्य खुल्न आएको हो । बागबजारमा तयार पारेका नेपाली दूतावास प्रमाणित कागजातका आधारमा अवैध रकम लिएर दिइएको श्रम स्वीकृतिमा सक्कली स्टिकर नै टाँसिएको थियो । पा“च बजेपछि लगभग सात बजेसम्म बसेर सीसीटीभीका लाइन बन्द गरी विभाग भित्रै दैनिक लाखौं रुपैयाँको अवैध कारोवार गरिनेसमेत ती कर्मचारीले बताए ।

विभागमा अहिले दरबन्दीभन्दा करिब ३० जना बढी कर्मचारी कार्यरत रहेका छन् । अन्तिम स्वीकृति शाखामा अरबी भाÈामा रहेको भिसा उल्था गर्ने करार कर्मचारीदेखि कम्प्युटर र छाप लगाउने ठाउ“देखि दर्ता गर्नेसम्म घूस बुझाउनुपर्ने गुनासो पीडितहरूको रहेको छ । अर्कोतर्फ व्यक्तिगत रूपमा जानुपर्ने तर विभागले तोकेको प्रक्रियामा नआएका भिसा र पासपोर्टलाई म्यानपावर व्यवसायीले विदेश स्थित सम्बन्धित कामदार सप्लाई कम्पनीबाट गलत प्रयोजनका लागि बनाइएका डिमान्ड र कलिङ भिसा पठाउन लगाएरसमेत विभागबाट पूर्व, अन्तिम स्वीकृति लिने÷दिने गरिएको छ । त्यसैगरी नवीकरणमा एजेन्टमार्फत श्रम स्वीकृति दिने गरिएको छ । स्रोतका अनुसार नया“ व्यक्तिगत श्रम स्वीकृतिमा पनि एजेन्टमार्फत व्यक्ति पहिचान भएपछि मात्र श्रम स्वीकृति दिने गरिएको छ । कागजात तयार पारी लाइन लगाउने एजेन्टको पहिचान नभई कुनै पनि श्रम स्वीकृति दिन मिल्दैन ।
यसरी दैनिक रूपमा विभागमा हुने आर्थिक अनियमिततालाई नियन्त्रण गर्ने उद्देश्यले श्रम मन्त्रालयले वैशाखदेखि नया“ व्यवस्था लागू गरे पनि त्यो अझैसम्म पूर्णरूपमा कार्यान्वयन भएको छैन । वैदेशिक रोजगार विभागले म्यानपावर एजेन्सीको ठगी नियन्त्रण गर्न नया“ वर्Èदेखि संस्थागत र व्यक्तिगत स्वीकृतिमा विदेश जाने कामदारको पासपोर्टमा आधारभूत सबै विवरण उल्लेख भएको छुट्टाछट्टै रङको स्टिकर टा“स्ने व्यवस्था लागू गर्ने भनेको थियो । विदेशमा अलपत्र पर्ने या एउटा काम गर्ने भनेर गएकामा अर्को काम गर्न बाध्य भएपछिमात्र नेपाली कामदारले आफू ठगिएको या झुक्याएर व्यक्तिगत स्वीकृतिमा आफूलाई पठाइएको थाहा पाउनुपर्ने प्रवृत्तिको अन्त्य गर्न श्रम मन्त्रालयले कामदारको पासपोर्टमा छुट्टाछट्टै रङको स्टिकर टा“स्ने व्यवस्था लागू गरेको थियो ।
नया“ व्यवस्था लागू भएपछि स्टिकरको रङबाटै व्यक्तिगत र संस्थागत कुन स्वीकृत हो भन्ने सजिलै थाहा हुने भएकाले म्यानपावर एजेन्सीले कामदारलाई झुक्याएर व्यक्तिगत स्वीकृतिमा विदेश पठाउने व्यवस्थाको अन्त्य हुने विश्वास वैदेशिक रोजगार विभागले गरेको थियो ।
म्यानपावर एजेन्सीले वैदेशिक रोजगारीमा जाने गरिब नेपालीलाई संस्थागत रूपमा पठाए पनि व्यक्तिगत स्वीकृतिका नाममा झुक्याएर ठग्ने प्रवृत्तिलाई रोक्न वैदेशिक रोजगार विभागको प्रस्तावमा श्रम मन्त्रालयले मन्त्रीस्तरीय निर्णय गरी संस्थागत र व्यक्तिगत स्वीकृतिमा विदेश जाने व्यक्तिको पासपोर्टमा छट्टाछुट्टै रङको स्टिकर टा“स्ने व्यवस्था लागू गर्ने निर्णय गरेको थियो ।
सोही निर्णयअनुसार वैदेशिक रोजगार विभागले व्यक्तिगत स्वीकृतिमा विदेश जाने कामदारको पासपोर्टमा हरियो र हल्का पहेंलो रङको र म्यानपावर एजेन्सीमार्फत संस्थागत रूपमा जाने कामदारको पासपोर्टमा रातो र हल्का नीलो रङको पृष्ठभूमि भएको स्टिकर टाँसिने व्यवस्थासहित स्टिकरमा सेक्युरिटी कोडसमेत राखिने निर्णय भएको छ ।
वैदेशिक रोजगार विभागका महानिर्देशक पूर्र्णचन्द्र भट्टराईका अनुसार छुट्टाछट्टै रङको स्टिकर टा“सिएपछि कुन कामदार व्यक्तिगत र कुन संंस्थागत स्वीकृतिमा वैदेशिक रोजगारमा जान लागेको हो भन्ने कुरा टाढैबाट स्पष्ट रूपमा पहिचान हुने बताए । नया“ स्टिकर व्यवस्थाले राम्रो काम प्रोफेसन भनेर नराम्रोे र खतरनाक काममा पठाउने र गैरकानुनी काम गर्ने म्यानपावर एजेन्सीमाथि नियन्त्रण गर्नसमेत यस व्यवस्थाले सजिलो हुने महानिर्देशक भट्टराईको भनाइ रहेको छ ।
तत्कालीन श्रममन्त्री सरिता गिरीले चार महिनासम्म फाइल लुकाएर राखिदिएपछि सो निर्णय हुन सकिरहेको थिएन । प्रधानमन्त्रीले गिरीलाई बर्खास्त गरी मालबरिसंह थापालाई नया“ श्रममन्त्री नियुक्त गर्नासाथ छुट्टाछुट्टै स्टिकर लागू गर्ने निर्णय भएको थियो ।

Tuesday, September 18, 2012

काठमाडौंबासीको मेलम्चीको पानी पिउने सपना तीन वर्ष धकेलियो



- मेलम्चीको पानी पिउने काठमाडौंबासीका सपना कम्तीमा थप तीन वर्ष धकेलिने भएको छ। आयोजनामा सुरुङ खन्ने जिम्मा लिएको चिनियाँ ठेकेदार कम्पनीले एकतर्फी निर्माण सम्झौता तोडेपछि नयाँ प्रक्रियामा जाँदा समय लम्बिने निश्चित छ। उसै पनि अहिलेको गतिमा मेलम्ची काठमाडौं आइपुग्न प्राविधिकहरू कम्तीमा चार वर्ष लाग्छ भन्थे। नयाँ प्रक्रियाले थप तीन वर्ष लम्बिन सक्ने देखिन्छ। समयमै सुरुङ निर्माणको काम नसकिने देखिएपछि सुरुङ खन्ने जिम्मा पाएको चिनियाँ ठेकेदार कम्पनीले एकतर्फी रूपमा सम्झौता तोडेको हो। काठमाडौं उपत्यकाको खानेपानी माग पूरा गर्ने मेलम्ची आयोजनाको सुरुङमार्ग निर्माणका लागि तीन वर्षपहिले ठेक्का लिएको चिनियाँ कम्पनी चाइना १५ रेल्वे ब्युरो कर्पोरेसनले २०१३ भित्र सम्पन्न गरिसक्नुपर्ने ठेक्का सम्झौता एकतर्फी तोडेको छ।

'उपत्यकाबासी कहिले मेलम्ची आउला भनेर पर्खिरहेका बेला सम्झौताको तीन वर्षपछि ठेकेदार कम्पनीले एकतर्फी रुपमा सम्झौता तोडिएको जानकारी गराएको छ,' मेलम्ची खानेपानी विकास समितिका कार्यकारी निर्देशक कृष्णप्रसाद आचार्यले भने, 'यसले उपत्यकाबासीको मेलम्ची सपनालाई अझै तीन वर्ष ढिलो गराउने भयो।' आचार्यका अनुसार पुरानो कम्पनीले सम्झौता उल्लंघन गरेलगत्तै पुरानो कामलाई निरन्तरता दिन नयाँ प्रक्रिया थाल्नुपर्ने भएकाले अझै ढिलो हुनेछ। 'स्वदेशी कम्पनीले त्यो स्तरको निर्माणको काम गर्न नसक्ने भएकाले अब फेरि विदेशी कम्पनीलाई टेन्डर खुलाउनुपर्छ,' उनले भने, 'अब नयाँ कम्पनीको छनोट गर्ने र ऊ आएर नेपालमा काम थाल्ने बेलासम्म दुई/तीन वर्ष अलमल हुन्छ।'
२७ अर्ब रुपैयाँ अनुमानित लागतमध्ये सरकारले चिनियाँ ठेकेदार कम्पनीलाई सुरुङ निर्माण गर्न ४ अर्ब १८ करोड रुपैयाँमा ठेक्का दिएको थियो। आचार्य नयाँ ठेकेदार आएर काम थाल्दा ढिलो हुनेमात्र होइन, आर्थिक भारसमेत थपिने बताउँछन्। 'तीन वर्षपहिले भएको सम्झौतामा उसले जुन गतिले काम गर्नुपर्ने हो, त्यो गर्न सकेको थिएन,' उनले भने, 'एकतर्फी रुपमा सम्झौता तोडिँदा आयोजनामा ढिलाइ त हुन्छ नै, त्यसमा जनशक्ति र भौतिक पूर्वाधारसमेत महँगो भएर सरकारलाई थप व्ययभार पर्छ।'

मन्दी गति भए पनि सरकारले चिनियाँ कम्पनीलाई सहयोग गरिरहेका बेला ठेकेदारले एकतर्फी सम्झौता रद्द गर्न खोजेकाले त्यसमा लाग्ने सबै नोक्सान उसैबाट असुलउपर गरिने उनले बताए। उनले नयाँ कम्पनी छनोट नहुन्जेलका लागि चिनियाँ कम्पनीका सबै निर्माण सामग्री जफत गरिने पनि जनाए। उनका अनुसार ठेकेदार कम्पनीले हालसम्म १५ प्रतिशत रकम लगेको छ। उनले आफ्नै ढिलासुस्तीका कारण ठेक्कामा घाटा हुने देखेपछि कम्पनीले ठेक्का रद्द गरेको दाबीसमेत गरे।

सिन्धुपाल्चोकको मेलम्चीदेखि काठमाडौंसम्म सुरुङ खन्ने ठेक्का पाएको उक्त कम्पनीले बुधबारमात्रै सरकारलाई पत्रमार्फत सरकारलाई सम्झौता रद्द भएको जानकारी गराएको थियो। स्रोतका अनुसार उक्त आयोजना रद्द भएपछि सुरुङ निर्माणको काममा झन्डै डेढ अर्ब रकम थपिन्छ। 
आचार्यका अनुसार कम्पनीले पटक-पटक हुने बन्दहडतालले आयोजनाको काम प्रभावित बनाएको, सम्झौताअनुसार भुक्तानीमा ढिलाइ गरेको, समयमै कार्यक्षेत्र उपलब्ध नगराएको जस्ता आरोप लगाउँदै ठेक्का तोडेको जनाएको छ। जब कि सन् २००९ मा पाँच वर्षभित्र मेलम्चीको रिवर्मादेखि काठमाडौंको सुन्दरीजलसम्म २६ दशमलव ५ किमि सुरुङ खन्नुपर्नेमा हालसम्म साढे छ किमिमात्रै सुरुङ खनेको छ।
विभिन्न अवरोधका कारण चाइना रेल्वेले सुरुङ निर्माणमा ढिलाइ भएको जनाए पनि समितिले भने यो समस्या वर्ष दिनअगाडि नै समाधान भइसकेको जनाएको छ। आचार्यले सुरुङ निर्माणमा हुन सक्ने अवरोध वर्ष दिनभन्दा पहिल्यै समाधान भइसकेको र उसले २०१३ भित्र आयोजना सम्पन्न गर्न नसके दुई वर्ष थप्न पनि सहमति हुँदाहुँदै पनि उसले एकतर्फी सम्झौता रद्द गर्नुले कम्पनीप्रति धेरै शंका उब्जाएको बताए। 'पाँच वर्षभित्र २६ दशमलव पाँच किमि सुरुङ खन्नुपर्नेले तीन वर्षमा साढे छ किमिमात्रै सुरुङ खनेकाले मात्रै पनि उसको काम सन्तोषजनक थिएन भन्ने प्रस्ट छ,' आचार्यले भने, 'पटक-पटक म्याद थप्दा पनि काम सम्पन्न गर्न नसकेर कालो सूचीमा परिएला भन्ने डरले ऊ आफंैले सम्झौता तोडेको हुनसक्छ।'
सरकार र चाइना रेल्वे १५ ब्युरो कर्पोरेसन, चाइना सिएमआई इन्जिनियरिङ कर्पाेरेसनबीच २००९ फेब्रुअरी १९ मा भएको ठेक्का सम्झौताअनुसार निर्माणको काम सम्पन्न भएको भए २०१४ भित्र मेलम्चीबाट दैनिक १७ करोड लिटर पानी काठमाडौंका धारामा आइसक्थ्यो। तीन वर्षपहिले भएको सम्झौता आगामी वर्ष सेप्टेम्बरमा सकिने भए पनि समितिले २०१५ भित्र आयोजनाको काम सक्ने लक्ष्य लिएको थियो। सम्झौताअनुसार नभएर सरकारले थपिदिएको दुई वर्षसमेत जोड्दा पनि त्यो लक्ष्य पूरा गर्न आयोजनाले मासिक सात सय मिटर सुरुङ खन्नुपर्छ।

परियोजनामा लाग्ने रकममध्ये एसियाली विकास बैंक (एडिबी) ले ८० प्रतिशत ऋण सहयोग र नेपाल सरकारले २० प्रतिशत जुटाउनुपर्ने सहमति भएको थियो। काम ज्यादै सुस्त भएको भन्दै एडिबीले निर्धारित समयमा आयोजना सक्न सरकारलाई पटकपटक दबाब दिँदै आएको छ। यसअघि २०५८ सालदेखि पहिलोपटक भौतिक निर्माण कार्य सुरु भएको मेलम्ची आयोजना सम्पन्न हुने मिति तीनपटक सरिसकेको छ। पहिलोपटक २०६४ सालमा सम्पन्न गर्ने भनिएको उक्त आयोजनाको काम हुन नसकेपछि २०६८ भित्र बनाउने भनिएको थियो। तर त्यसमा पनि काम नबनेपछि पुनः मिति संशोधन गरेर २०७०/७१ (सन् २०१३) तोकिएको थियो। मेलम्चीमा भएको ढिलाइलगत्तै सरकारको महŒवाकांक्षी योजना पनि अलपत्र छ। सरकारले गत माघमा ल्याएको आर्थिक विकास र समृद्धि कार्ययोजनामा मेलम्चीलाई राष्ट्रिय गौरवको आयोजना घोषणा गरिएको थियो।
काठमाडौं, असोज २ 
‘भोटेकोशी बचाउँको नाममा व्यापार गरे’
                                                                               
                                                                                             कुलमान घिसिङ
                                                                                 प्रबन्ध निर्देशक
                                                               चिलिमे हाइड्रो पावर कम्पनी लिमिटेड

सुरुको समयमा २२ मेगावाट Ôमताको चिलिमे जलविद्युत् आयोजना निर्माण गरेर लगानीकर्तालाई राम्रो प्रतिफल दिन सफल चिलिमे हाइड्रोपावर जलविद्युत् निर्माणको क्षेत्रमा छुट्टै पहिचान कायम गर्न सफल भएको छ । एउटा आयोजनाको सफलतासँगै जलविद्युत्मा गरिएको लगानी नडुब्ने पक्का भएपछि अहिले कम्पनी २ सय ७० मेगावाट Ôमताका चारवटा जलविद्युत् आयोजना निर्माण तयारीमा छ ।
नेपाल विद्युत् प्राधिकरण, स्थानीयवासी र सर्वसाधारणबाट शेयर लगानी उठाउने लक्ष्य कम्पनीले लिएको छ । चारवटा आयोजना बनाउने नेतृत्व गरेका प्रबन्ध निर्देशक कुलमान घिसिङ यी आयोजना सम्पन्न भएपछि उत्तरगंगा, माथिल्लो अरूण र लाङटाङजस्ता ठूला विद्युत् आयोजनालाई अघि बढाउने योजनामा छन् । तीनवटा अयोजनाको सर्वेÔण लाइसेन्सका लागि चिलिमेले विद्युत् विकास विभागमा आवेदन दिइसकेको छ ।
कम्पनीस“ग १ अर्ब रूपैया“भन्दा बढी सञ्चित रकम भएकाले थप आयोजना बनाउन समस्या नरहेको बताउँदै नयाँ ठूला आयोजना बनाउने रणनीतिका साथ कम्पनी अघि बढेको छ । चिलिमेले निर्माण गर्न लागेको आयोजना, समस्याको समाधान र भावी रणनीतिका विषयमा केन्द्रित रहेर हिमालय टाइम्सका रोशन कार्कीले प्रबन्ध निर्देशक घिसिङसँग गरेको कुराकानीको मुख्य अंश ः

० चिलिमेले एकैसाथ चारवटा जलविद्युत् आयोजना बनाउ“दै छ, आयोजनाहरू अहिले कुन चरणमा छन् ?
–कम्पनीले २०६० सालमा २२ मेगावाटको चिलिमे अयोजनाबाट विद्युत् उत्पादन थालेको हो । यो आयोजना बनाउन कर्मचारी सञ्चय कोÈबाट लिएको कर्जा चुक्ता गरेपछि चिलिमेले माथिल्लो सान्जेन (१४ दशमलव ८ मेगावाट), तल्लो सान्जेन (४२ मेगावाट), रसुवागढी (१ सय ११ मेगावाट) र मध्यभोटेकोशी (१ सय २ मेगावाट) जलविद्युत् आयोजनाबाट विद्युत् उत्पादन अनुमातिका लागि आवेदन दिएको थियो । यी चारवटा आयोजनाको जडित Ôमता २ सय ७० मेगावाट छ । सरकारले विद्युत् उत्पादनको लाइसेन्स दिनु अगावै कम्पनीले कर्मचारी सञ्चय कोÈबाट १६ अर्ब रुपैयाँ कर्जा प्राप्त गरेको छ । त्यसपछि सरकारले कम्पनीलाई विद्युत् उत्पादनको अनुमतिपत्र दिनुका साथै माउ संस्था नेपाल विद्युत् प्राधिकरणस“ग विद्युत् खरिद सम्झौता (पीपीए) समेत गरिसकेको छ । चिलिमेले चारवटा विद्युत् आयोजना एकसाथ निर्माण थालेको छ । आगामी चार वर्Èमा यी सबै आयोजना निर्माण गर्ने लक्ष्य छ । कम्पनीले दुई सान्जेन आयोजनालाई गाभेर सान्जेन जलविद्युत् कम्पनी लिमिटेड, रसुवागढीका लागि रसुवागढी जलविद्युत् कम्पनी लिमिटेड र मध्यभोटेकोशीका लागि मध्यभोटेकोशी जलविद्युत् कम्पनी लिमिटेड गठन गरी यीनै कम्पनीबाट निमार्ण थालेको छ भने कम्पनीमा सरकारदेखि सर्वसाधारणसम्मको लगानी हुनेछ ।
नया“ चारवटा र पुरानो एक गरी चिलिमेको जडित Ôमता ३ सय मेगावाट पुग्नेछ । ५ सय मेगावाटका आयोजना निर्माण गर्न चिलिमे सÔम भएको छ । यस अतिरिक्त चिलिमेले ५ सय मेगावाटसम्मको ठूला आयोजना अघि बढाउने तयारी गरेको छ । यसमा ३ सय मेगावाटको उत्तरगंगा जलाशय आयोजना, ३ सय ३५ मेगावाटको माथिल्लो अरूण, २ सय ३२ मेगावाटको लाङटाङ अयोजनाको सर्वेÔण गर्न विद्युत् विकास विभागमा आवेदन दिएका छौं । विभागबाट लाइसेन्स आउने क्रममा छ । लाइसेन्स पाएपछि यी सबै आयोजनाको अध्ययन एकसाथ अघि बढाउ“छांै ।
०    चारवटा विद्युत् आयोजना निर्माण प्रक्रियामै रहेकाले कम्पनीलाई थप आयोजनाको सर्वेÔण लाइसेन्सको अनुमतिपत्र दिने सम्भावना छ र ?
कम्पनीले तीनवटा आयोजना सर्वेÔण अनुमतिका लागि विभागमा आवेदन दिएको दुई महिना भयो । विभागस“ग कम्पनीले यस विÈयमा छलफल गरिरहेको छ । कम्पनीको आर्थिक र प्राविधिकको Ôमता हेर्दा ५ सय मेगावाटको विद्युत् आयोजना बनाउन सक्छ भन्नेमा सबै विश्वस्त छन् । उत्तरगंगा आयोजनाको मात्र अनुमतिपत्र प्राप्त भयो भने दुई वर्È सम्भाव्यता अध्ययन पूरा गरी साढे तीन वर्Èमा आयोजनाको निर्माण सुरु गर्न सक्छौं भने अरूण र लाङटाङ आयोजना पनि अध्ययन थाल्नेछौं ।
खिम्ती र भोटेकोशीको हाराहारीमा पीपीए दर भएकाले चिलिमेले बढी नाफा गरेको भन्ने आरोप छ नि ?
चिलिमेको पीपीए दर स्वदेशी लगानीकर्ताले पाइराखेको भन्दा केही मह“गो छ । तर, खिम्ती र भोटेकोशीको तुलनामा यो दर बढी होइन । अहिले हामीले पाइराखेको औसत पीपीए दर ६ रुपैयाँ ४७ पैसा हो । अहिले नै ८ रुपैयाँ ४० पैसा र ४ रुपैयाँ ८० पैसाको हिसाब गर्ने हो भने ५ वर्Èपछि लगभग मूल्य भनेको ६ रुपैयाँ ९० पैसा हुन्छ । यो सरकारले नै दिएको मूल्य हो । त्यसबेलाको मूल्यमा चिलिमेले अलिकति बढी लियो भन्ने कुरा पक्कै सत्य हो । तर, चिलिमेले बढी मूल्य लिएर के–के ग¥यो भनेर पनि हेर्नुपर्छ । बढी मूल्य लिएकाले आज चिलिमेले एकसाथ २ सय ७० मेगावाट Ôमताका चारवटा विद्युत् आयोजना बनाउ“दै छ । चिलिमेमा सरकारका साथै सर्वसाधारणको पनि लगानी छ भने कम्पनीमा ५१ प्रतिशत नेपाल विद्युत् प्राधिकरण को र ४९ प्रतिशत नेपाली जनताको लगानी छ । रसुवाका गरिब जनतादेखि सबै नेपालीको लगानी यस कम्पनीमा छ ।
चिलिमेले गरेको कुल नाफाको ५१ प्रतिशत विद्युत् प्राधिकरणले फिर्ता लैजान्छ । बा“की ४९ प्रतिशत सर्वसाधारणमा जान्छ । यसकारण विद्युत् प्राधिकरणका लागि यो दर मह“गो होइन । अर्को पÔ भनेको कम्पनीले गरेको नाफा नेपाली जनताले पनि पाएका छन् । यसमा कुनै निजी कम्पनीले वा व्यक्तिले मात्र नभई जनताले पाउनु भनेकै नेपाली जनताको आम्दानी बढ्नु हो ।
५ सय कित्ता शेयर भएको व्यक्तिले कम्पनीले दिएको लाभांशबाट वर्Èको ३५ देखि ४० हजार रुपैयाँसम्म आम्दानी गरेको छ । घरबार बेच्दा ५० हजार रुपैयाँ नपाउने नेपालीले चिलिमेको शेयर अहिले बिक्री गरे भने ५ लाख रुपैयाँ आउ“छ । यो भनेको चिलिमेले नेपाली जनता र देशका लागि दिएको ठूलो योगदान हो ।
चिलिमेले स्थानीयलाई १० प्रतिशत शेयर दिएको छ जुन नेपालमै पहिलो हो । हामीले शेयरमात्र नभएर स्थानीयलाई सञ्चालक समितिमा पनि सहभागी गराएका छांै । अब चिलिमेले के ग¥योभन्दा पनि चिलिमेबाट जनताले के पाए भन्ने हेर्नुपर्छ ।



चारवटामध्ये पहिला कुन आयोजनाबाट विद्युत् उत्पादन हुन्छ ?
हामीले चारवटा आयोजनाको निर्माण एकैसाथ अघि बढाइरहेका छौं, तर पनि मथिल्लो सान्जेन र तल्लो÷माथिल्लो सान्जेन अन्य दुई आयोजनाभन्दा अघि निर्माण सम्पन्न हुनेछ । यी आयोजना निर्माणको चरणमा पुगिसकेका छन् । सबै आयोजनाको बोलपत्रको काम सकिएको छ । सन् २०१३ सम्ममा सान्जेनको काम सुरु हुनेछ । सान्जेनबाट सन् २०१५ मा र २०१६ को डिसेम्बरसम्म मध्यभोटेकोशी र रसुवागढी सम्पन्न हुनेछ ।
प्राधिकरणले समयमा आयोजना बनाउन नसकेका बेला चिलिमेले एकैपटक चारवटा आयोजना बनाउ“दै छ, यी सबै आयोजना निर्धारित समयमा सकिन्छन् त ?
वित्तीय व्यवस्थापन र पीपीए गरेर टेन्डरमा गइसकेको अवस्थामा चारवटा आयोजना समयमै सम्पन्न हुन्छन्, हामी यसमा प्रतिबद्ध छौं । समयमा आयोजना बन्न सकेन भने आयोजनाको लागत बढ्छ भने एक वर्È ढिलाइ हु“दा कम्पनीले बिजुली बिक्रीबाट पाउने अर्बाैं रूपैया“को आम्दानी पनि गुमाउन सक्छ । चारवटा आयोजनामा चिलिमेले ७ अर्ब रुपैयाँ लगानी गर्दै छ । कम्पनीस“ग पर्याप्त नगद सञ्चिती भएकाले यो रकम जुटाउन समस्या छैन । अर्को कुरा, चिलिमेले बनाउन लागेको सबै आयोजनाको डिजाइन एकै किसिमको भएकाले काम गर्न समस्या हु“दैन । चिलिमेले स्थानीयलाई लगानी गर्ने अवसर दिने भएकाले स्थानीयस्तरमा समस्या आउने अवस्था पनि छैन । यसले स्थानीय बासिन्दालाई आयोजना आफ्नै भएको महसुस गराउने छौं ।
आयोजना कुन मोडेलबाट बन्दै छ ?
मध्यभोटेकोशी र रसुवागढीको इन्जिनियरिङ प्रक्युमेन्ट कन्ट्रयाकट (इपीसी) मोडेलबाट बन्नेछ भने माथिल्लो र तल्लो सान्जेन बीओके कन्ट्रयाक्टमा बन्नेछन् । हालसम्म नेपालमा बीओके मोडलमा मात्र विद्युत् आयोजना बन्ने गरेको छ । इपीसी भनेको डिजाइन, निर्माण सबै इन्जिनियरले गर्छन् भने आयोजना बनेपछि ठेकेदारले कम्पनीलाई हस्तान्तरण गर्छ । अनुगमनका लागि हामीले छुट्टै विशेÈज्ञ समूह राखेका छौं । भेरिएसन, आर्थिक दुवै हिसाबले पनि इपीसी मोडल बढी प्रभावकारी हुन्छ । विदेशतिर पनि यही प्रणालीमा विद्युत् आयोजना निर्माण भइरहेको छ ।
मध्यभोटेकोशीमा ¥याप्mटिङ विवाद छ, यसलाई कसरी समाधान गर्दै हुनुहुन्छ ?
यसमा विवादभन्दा पनि जलविद्युत् कि ¥याफ्टिङ भन्ने बहस उठेको छ । ‘सिन्धुको जलविद्युत् र पर्यटन अपार, मध्यभोटेकोशी हो, समग्र विकासको आधार’ भन्ने नाराका साथ यो आयोजना बनाउँदै छौं । यसमा मध्यभोटेकोशी जलविद्युत् बनेर ¥याफ्टिङ जाने र ¥याफ्टिङ बनेर जलविद्युत् परियोजना नहुने कुरा होइन । यहाँ केही व्यक्तिले ¥याफ्टिङ र केहीले भोटेकोशी बचाउको नाममा व्यापार गरेका हुन् । यसबाट हामीले सुरु गरेको जलविद्युत् आयोजनामा कुनै असर पर्दैन । आफ्नो इच्छाअनुसार व्यापार गर्नेहरूको एक÷दुईजनाले आयोजनाको विरोध गर्दैमा र राष्ट्रिय महŒवको आयोजनाविरुद्ध आवाज उठाउँदैमा हामीपछि हट्नुपर्ने अवस्था छैन । स्थानीय प्रभावित बासिन्दा हाम्रो पक्षमा रहेका छन् ।
यसमा ¥याफ्टिङ ९५ किलोमिटर सुरु हुन्छ भने पावरहाउस भनेको ९२ मा हुन्छ । यो भनेको ३ किलोमिटरमात्र फरक हो । यसमा ड्याम साइडसम्म १८ मिटर बा“की हुन्छ भने सुनकोशी पावरहाउसबाट बलेफीसम्म १२ किलोमिटर दोलालघाटसम्म २५ किलोमिटर छ । आयोजना बनेपछि पनि ५० किलोमिटरभन्दा बढी ¥याफ्टिङको स्टेज रहन्छ । अर्को वर्Èाको समयमा यहा“ ¥याफ्टिङ नै हु“दैन । यसमा यस वर्È त झनै त्यहा“बाट एकजनाले पनि ¥याफ्टिङ गरेका छैनन् । ¥याफ्टिङ तलबाट मात्र हुन्छ । त्यसैले जलविद्युत्ले ¥याफ्टिङलाई असर गर्दैन ।
त्यतिमात्र होई, नेपालमा हालसम्म ¥याफ्टिङको प्रमोशन हुन नसक्नुको कारण ¥याफ्टरहरू नेपालमा छैनन् । यसका तालिम केन्द्र पनि खोल्नसक्ने हो भने अझ यसको विकास हुन्छ । यो सिन्धुपाल्चोकको ठूलो विद्युत् आयोजना मात्रै होइन, यसले जिल्लाका साथै समग्र देशको विकासमा ठूलो योगदान पुग्नेछ । हामी पनि हाइड्रो टुरिजमका लागि लागेका छौं । रसुवामा जाने जो कोही पर्यटक पनि मध्यभोटेकोशी नगई फर्कंँदैनन् ।

चारवटा परियोजनामा लगानी र शेयर बा“डफा“ड कसरी छ ?
चिलिमेले चारवटै आयोजना ‘फोर पी’ मोडलमा बनाउ“दै छ । यो भनेको पिपुल पब्लिक प्राइभेट पार्टनरसीप हो । यसमा ‘थ्रीसिक्स्टी डिग्री’ अनुसारको सहभागिता छ । यो भनेको निजी लगानी, सरकारी निकाय, योजना बनाउने कर्मचारी, विद्युत् किन्ने निकाय र उपभोग गर्ने जनताको पनि सहभागिता छ । पिपुल फोकसमा आयोजना बनाउ“दै छौं ।
भोटेकोशीमा हामीले तीनवटा कम्पनीलाई १÷१ प्रतिशत शेयर दिएका छौं । पब्लिक कम्पनी भएकाले हामीले कसैलाई पनि सित्तैमा शेयर दिन सक्दैनौं । यसमा तीनवटा कम्पनीले १८ करोड रुपैयाँ लगानी गरिसकेका छन् ।
चारवटा आयोजनामा ३२ अर्ब ६१ करोड लगानी हु“दैछ, जसमा सञ्चय कोÈले १६ अर्ब रुपैयाँ कर्जा दिनेछ । बा“की १६ अर्बमा साढे ६ देखि ७ अर्ब रुपैयाँ चिलिमेको हुने लगानी हुनेछ । विद्युत् प्राधिकरणका ३ अर्ब, बा“की सर्वसाधारणबाट ८ अर्ब उठ्नेछ । भोटेकोशीको लागत निर्माण अवधिको ब्याजसहित साढे १४ अर्ब, रसुवागढीमा साढे १४ देखि १५ अर्ब, माथिल्लो र तल्लो सान्जेनमा साढे ७ अर्बदेखि ८ अर्ब रुपैयाँ लगानी हुनेछ ।
बजेट अभावले प्रसारणलाइन निर्माण हुन सकेको छैन, चारवटै आयोजना बन्ने बेलासम्म प्रसारणलाइन निर्माण हुन्छ र ?
सान्जेन र रसुवागढीलाई एउटै प्रसारणलाइनमा जोडिनेछ । चिलिमेबाट प्रसारणलाइन त्रिशूलीमा ल्याउने विÈयमा सरकारस“ग छलफल भइरहेको छ । यसमा प्राधिरकणले सर्वे गरिरहेको छ । भोटेकोशीमा विश्व बैंक र एसियाली विकास बैंक (एडीबी) ले तामाकोशी बाह्रबीसे काठमाडौं जोड्ने प्रसारणलाइन बनाउन सहयोग गर्दैछ । मध्यभोटेकोशीको बिजुली बाह्रबीसे हवमा जोड्नेछौं । यसका लागि साढे ४ किलोमिटर मात्र लाइन बनाउनुपर्छ । त्यसैले विद्युत् उत्पादनहुनु अघि प्रसारणलाइन निर्माण भइसक्छ ।
पूर्ण सरकारी मातहतको मेलम्ची खानेपानी आयोजना त समयमा सम्पन्न हुन नसेको अवस्थामा तपाईंहरूको आयोजना कसरी समयमै सम्पन्न होला र ?
मेलम्ची र हाम्रो आयोजनमा फरक छ । तपाईंले भनेझै मेलम्ची सरकारी भएकाले समयमा निर्माण हुन नसकेको यहाँलाई थाहानै छ । तर, हामी जनताको रकम र जनताको सहयोगमा आयोजना निर्माण गर्न लागेका कारण समयमै हामी सम्पन्न गराएर छाड्छौं । कुनै पनि विरोधका स्वरले केही गर्न सक्ने अवस्था छैन ।


Monday, September 17, 2012

                वैदेशिक रोजगारः ढुक्कको ठगी

सम्बन्धित निकायले नियमन नगर्दा वैदेशिक रोजगार खुलेआम ठगीको माध्यम बनिरहेको छ ।

नेपालीहरूको प्रमुख आकर्षा वैदेशिक रोजगारीमा ठगी पनि त्यत्तिकै छ । विदेश गएर पैसा कमाउने लालसाले मानिसहरू केही नबुझी र भरपर्दो कागजात नखोजी आँखा चिम्लेर रोजगार व्यवसायी र दलालहरूलाई पैसा बुझाउँछन् । नेपाली कांग्रेसकी नेतृ आरजु देउवा भन्छिन्, “अमेरिका लैजाने भनेर मैले चिन्दै नचिनेकाले मेरो नाममा समेत पैसा उठाएछन् ।” वैदेशिक रोजगार व्यवसायी संघका पूर्व अध्यक्ष सोमलाल बटाजु यस क्षेत्रमा भएको ठगीले म्यानपावर व्यवसायीकै साख गिरेको स्वीकार्छन् ।
वैदेशिक रोजगार पीडितहरूलाई सघाइरहेको पिपुल फोरमका अधिवक्ता वीरबलकाजी र्राई धेरैजसो गाउँदेखि नै ठगिएर आउने गरेको बताउँछन् । वीरगञ्जका मोहम्मद मियाँ -जेम्स) ले इराक र चितवन भरतपुर-११ का भागीरथ पौडेलले दक्षिण अप्रिmकामा मासिक यूएस डलर १००० को काम पाइने आशमा तनहूँका रामप्रसाद पोखरेललाई रु.५ लाख ५० हजार बुझाए, तर न जान पाए न पैसा फिर्ता । ललितपुर बागडोलका जितबहादुर बस्नेतलाई प्रति व्यक्ति रु.२ लाख ५० हजार तिरेर २२ पुस २०६८ मा दुबई र त्यसपछि इरान पुगेका झापाका चार युवा त्यहाँ काम नपाएर अरूसँग खर्च माग्दै नेपाल फर्किए । “त्यत्तिका पैसा माया मार्ने कुरा भएन”, जोरोपानी-७ का विकेशकुमार राजवंशी भन्छन्, “तर, अहिले जितबहादुर सर्म्पर्कमै आउँदैनन् ।”
एनएफसी इम्प्लोइमेन्ट म्यानपावरबाट ड्राइभरको काम गर्न कतार पुगेका सिन्धुपाल्चोक साँगाचोकका राजु गिरीले सम्झौताअनुसार काम नपाएर फर्केपछि मात्र फरक-फरक म्यानपावरबाट कामदार भिसा र श्रम स्वीकृति निकालिएको थाहा पाए । काठमाडौं महाराजगञ्जकी जुनुदेवी थपलिया म्यानपावरले प्रति व्यक्ति रु.२५ हजार भिसा शुल्क लिएर पनि आफ्नो मामाका दुइ छोरालाई दुबई नपठाएपछि पैसा उठाउन वैदेशिक रोजगार विभाग धाइरहेकी छिन् । भन्छिन्, “त्यति थोरै पैसा पनि फिर्ता दिंदैनन्, मुद्दामामिला गरौं उठ्ने पैसाभन्दा धेरै खर्च होला !”
विदेश जाने युवालाई ठग्ने कर्ममा वैदेशिक रोजगार व्यवसायी र तिनका दलाल मात्र होइन होटल व्यवसायी, कन्सल्ट्यान्सी, स्वास्थ्य संस्था, ट्राभल एजेन्सी, गैर-आवासीय नेपाली, गैर-सरकारी संस्था, खेलकुद संस्था र उच्चपदस्थ सरकारी कर्मचारी समेत लागेका वैदेशिक रोजगार विभागमा परेको उजुरीले देखाउँछन् । प्रधानमन्त्री कार्यालयमा स्थापित ‘हेलो सरकार’ मा आएका गुनासोका आधारमा भ्रष्टाचार धेरै देखिएका १२ निकायमा वैदेशिक रोजगार विभाग, केन्द्रीय राहदानी कार्यालय र अध्यागमन विभाग पनि पर्दछन् ।
गएको ३० फागुनमा तत्कालीन श्रम तथा यातायात व्यवस्था मन्त्री सरिता गिरीले वैदेशिक रोजगार विभागको महानिर्देशकबाट हटाएकी पूर्णचन्द्र भट्टर्राईको पुनर्वहालीपछि अवैध काम गरेको आरोप लागेका केही म्यानपावर कम्पनीका फाइल रोकिएका छन्, व्यक्तिगत श्रम स्वीकृतिमाथि कडाइ गरिएको छ । तैपनि दलालहरूको चलखेल चलिरहेकै छ । महानिर्देशक भट्टर्राई भन्छन्, “जिल्लामा वैदेशिक रोजगार विभागसँग सम्बन्धित कार्यालय नहुनाले नियमन प्रभावकारी हुनसकेको छैन । यसलाई व्यवस्थित गर्न नीति, नियम र निर्देशिकाहरू बनाएका छौं । विभागमा तीन निर्देशक थपिएका छन् ।”
                          ठग नै बलिया
कानूनले वैदेशिक रोजगारका कसुरमा दण्डसजायको व्यवस्था गरेको छ, तर कैयौं मुद्दा सहमतिमै टुंगिने गरेकाले ठगहरू कारबाहीबाट जोगिन्छन् । विभागका अनुसन्धान अधिकृतहरू मुद्दा धेरै पर्ने हुनाले चाँडो टुंगो लगाउन सहमतिमा जोड दिने गरिएको बताउँछन्, तर यसले राम्रा-नराम्रा दुवै खाले व्यवसायीलाई एउटै कित्तामा पारेको छ ।
वैदेशिक रोजगार व्यवसायी संघका सल्लाहकार हंसराज वाग्ले आचारसंहिता कडाइका साथ पालना गराउनु जरुरी देख्छन् । तर, यो पनि गफमै सीमित छ । स्वास्थ्य जस्तो संवेदनशील विषयमा समेत विना जाँच कामदारको मेडिकल रिपोर्ट बनाउने र अनुमति नपाएकाले समेत यो काम गरेको पाइएको छ । नेपाल स्वास्थ्य व्यवसायी महासंघका पर्ूवअध्यक्ष खड्गबहादुर श्रेष्ठका अनुसार स्वास्थ्य परीक्षणको अनुमति पाएका २६ संस्थामा निरीक्षण गर्दा सात वटाको मापदण्ड पुगेको थिएन, तर तिनलाई खारेज गर्न पटक-पटक सिफारिस गर्दा पनि कारबाही भएको छैन । खाडीका लागि स्वास्थ्य परीक्षण गराउने ‘गल्फ अप्रुभ्ड मेडिकल सेन्टर एसोसिएसन नेपाल’ (गाम्का) मा आबद्ध १२ मध्ये सात संस्थाले विना स्वीकृति स्वास्थ्य परीक्षण गरिरहेको तथ्य बाहिर आउँदा पनि कारवाही भएन । बरु यसमा तत्कालीन स्वास्थ्यमन्त्री शक्तिबहादुर बस्नेत, स्वास्थ्यसचिव डा. सुधा शर्मा र श्रममन्त्री मोहम्मद इस्तियाक राय नै मुछिएको पाइए । वाणिज्य विभागको अनुसन्धानमा गाम्का नेपालले कामदारहरूबाट सरकारले तोकेभन्दा बढी रकम असुलेको र राजस्व छलेको समेत पुष्टि भएको छ ।
अफगानिस्तान जान खोज्दा दुबईमा अड्किएर ठगिएको थाहा पाएका मकवानपुर इपा-५ का सागर घलान आफूलाई लैजाने मानिस भेटिए पनि विभागले कारबाही गर्न नसकेको बताउँछन् । मुनलाइट र्सर्भिसेज भन्ने हुँदै नभएको कम्पनीको लेटरप्याड प्रयोग गरेर अमेरिका पठाइदिन्छु भनी खाडीमा काम गर्ने धेरै नेपालीलाई ठगेका महेश राणा पनि बेपत्ता छन् । विभागमा ३० वटा उजुरी परेको काठमाडौं बसुन्धरास्थित भेरी एण्ड कर्णाली म्यानपावर कम्पनीकी सञ्चालक कल्पना राउतले दिएकी बैंक अफ काठमाण्डू, लक्ष्मी, ग्लोबल, हिमालयन र स्टार्न्र्डड चार्र्टर्ड बैंकका चेकहरू बाउन्स भएका पीडितहरू बताउँछन् । वैदेशिक रोजगारमा खुला नगरिएका इराक र अफगानिस्तान पठाउन समेत पैसा उठाएकी कल्पनालाई विभागले २१ चैतमा कागज गरेर छाडेको थियो । हाल उनी ‘फरार’ छिन् ।
पायोनियर ओभरसिजका सञ्चालक सुकबहादुर गुरुङका अनुसार कतिपय म्यानपावरलाई अन्तष्र्ट्रिय ठगले प्रयोग गरिरहेका छन् । उनी भन्छन्, “मकाउबाट आउने ७५ प्रतिशत र दक्षिण अप्रिmकाबाट आउने १०० प्रतिशत माग नक्कली हुन्छ, तर कतिपय म्यानपावर तिनकै पछाडि दौडिरहेका छन् ।” विदेशका दलालले नेपालका कम्पनीलाई कमिसनको लोभमा पारेर तलब सुविधा घटाघटमा कामदार लैजान्छन् । नेपाल ट्रेड युनियन महासंघ -जिफन्ट) का विदेश विभाग सचिव रमेश बडालका अनुसार, दलाल र म्यानपावर कम्पनीको यस्तो चलखेल मात्र रोकिने हो भने नेपाली कामदारको ९५ प्रतिशत समस्या समाधान हुन्छ । उनी भन्छन्, “यो काम गर्न सकिन्छ । चार वर्षघिसम्म मलेशियामा पनि यस्तै हुन्थ्यो, तर अहिले उनीहरू कामदार मैत्री भएका छन् ।” खाडी क्षेत्रका धेरैजसो रोजगारदाता कम्पनीले प्रायः निःशुल्क भिसामा कामदार मगाउँछन् र कामदारको अभाव भएका बेला निःशुल्क हवाइ टिकट पनि दिन्छन् । यता म्यानपावर कम्पनीहरू त्यस्तो भिसा र टिकटको समेत पैसा असुल्न पछि पर्दैनन् ।
नेपालमा म्यानपावर कम्पनी धेरै शक्तिशाली भएको अनुभव गरेकी कतारमा हालै नियुक्त नेपाली राजदूत मायाकुमारी शर्मा आफ्ना पर्ूववर्तीले कारबाहीका लागि सिफारिस गरेका कुनै कम्पनीलाई सरकारले छुन नसकेको बताउँछिन् । ठगहरू कारबाहीबाट बच्न र अनुसन्धानलाई प्रभावित गर्न अनेक प्रपञ्च रच्छन् । वैदेशिक रोजगार विभागका अनुसन्धान अधिकृत हरिसिंह धामी जति ठूला ठग उति धेरै पैसा र शक्तिको चलखेल हुने गरेको बताउँछन् ।
                        दलाल मालामाल
नेपालमा चार म्यानपावर कम्पनीका आठ जना मात्र वैधानिक एजेन्ट छन्, तर गाउँ-गाउँमा म्यानपावरको एजेन्ट भनेर मानिस जम्मा गर्ने दलालहरू ६० हजार हाराहारी भएका अध्ययनले देखाएका छन् । प्रवासी नेपाली समन्वय समितिले जनवरी २०११ देखि मार्च २०१२ को बीचमा झापामा गरेको अध्ययनबाट जिल्लामा सक्रिय १०५ म्यानपावरमध्ये ११ वटा मात्र वैध भएको, तर सबैले दलाल परिचालन गरेको र दलालहरूले खाडी र मलेशिया जाने कामदारबाट रु.३-४ लाख असुलेको भेटिएको छ । समितिका अध्यक्ष महेन्द्र पाण्डे भन्छन्, “केही वर्षघिसम्मका भोकानाङ्गा दलालहरू अहिले शहरमा घर-सम्पत्तिका मालिक र प्रभावशाली व्यक्ति भएका छन् ।”
विदेश जान खोज्नेहरूलाई दलालले प्रायः अवैधानिक बाटोबाट पठाउने हुनाले नक्कली धन्दा पनि बढिरहेको छ । स्टेशनरी पसल, कम्प्युटर इन्ष्िटच्युट, शैक्षिक परामर्श संस्था, तालिम केन्द्र, स्वास्थ्य परीक्षण संस्था, मनी चेन्जर र म्यानपावर कम्पनीहरूको मिलेमतो हुने यस्तो धन्दामा उनीहरू पासपोर्ट र नागरिकतादेखि कामदारको मागपत्र, श्रम स्वीकृति, दूतावासको लेटरप्याड, छाप र हस्ताक्षर किर्ते गर्छन् । जिफन्टका विदेश विभाग सचिव वडाल कुवेतमा म्यानपावरले नै नक्कली पासपोर्ट बनाउने गरेको बताउँछन् ।
रु.५ हजारदेखि रु.२५ हजारमा उपलब्ध हुने नक्कली पासपोर्ट एमआरपी आएपछि पनि रोकिएको छैन, तर कानूनको फन्दामा पासपोर्ट बोक्नेहरू पर्छन् भने ठगहरू उम्किन्छन् । वैदेशिक रोजगार विभागले सन् २०११ मा ७६ महिला र ३२ पुरुषलाई जाली राहदानी र नक्कली भिसा बोकेको अभियोगमा मुद्दा चलाएको छ । गएको २९ फागुनमा सिलगुढीकी कान्छी तामाङ(दोर्जी) ठोक्सिला-९ उदयपुरकी जानुका सुवेदीको पासपोर्टमा र दार्जीलिङकी पिंकी प्रधान धादिङकी सुनिता तामाङको पासपोर्टमा कुवेतबाट फर्किएका थिए । पिंकीका अनुसार उनीहरू १७ जनालाई नेपाली महिलाको पासपोर्टमा कुवेत लगिएको थियो ।

कमोडिटिजको लगानी गैरकानुनी

काठमाडौं, भाद्र २९ - कमोडिटिज एक्सचेन्जले विदेशी मुद्रासहित डेरिभेटिभ उपकरण खरिद बिक्री गराइरहे पनि कानुनी रूपमा यसमा लगानी गर्न पाइँदैन । यी एक्सचेन्जको नियमन नभएर मात्र होइन राष्ट्र बैंकको कानुनले नै यस्तो कारोबारलाई अनुमति दिएको छैन । राष्ट्र बैंकले वाणिज्य बैंक र विकास बैंकलाई मात्र विदेशी मुद्रा र डेरिभेटिभ उपकरणमा लगानी गर्न अनुमति दिएको छ । 'यस्तो लगानी बैंकहरूले मात्र गर्न पाउने हुन्,' राष्ट्र बैंकका प्रवक्ता भाष्करमणि ज्ञवालीले भने, 'अन्यले गर्न पाउँदैनन् ।' सर्वसाधारणले बैंकमार्फत आयत/निर्यातका लागि उपलब्ध 'फरवार्ड कन्ट्राक्ट' मा भने लगानी गर्न मिल्ने उनले बताए । 'यीबाहेक हुने अन्य कारोबार अवैध हुन्,' उनले भने ।
नियमन गुहारिरहेका कमोडिटिज एक्सचेन्जले विदेशी मुद्रा, सुन, कच्चा तेललगायत वस्तुको कारोबार गराइरहेका छन्, जसमा एक्सचेन्जले विदेशी बजारको मूल्यअनुसार डलरलाई नेपाली मुद्रामा परिवर्तन गरेर कारोबार गराउँछन् । यसरी विदेशी मुद्राको विनिमय दर तोक्ने अधिकार पनि राष्ट्र बैंकसँग मात्र निहित छ । 'विदेशी विनिमय दर तोक्ने वा भुक्तानीको दायित्व सिर्जना गर्ने अधिकार राष्ट्र बैंक र वाणिज्य बैंकसँग मात्रै छ,' उनले भने, 'यीबाहेक अन्यबाट हुने कारोबार अवैध हो ।'
सञ्चालनमा रहेका ७ एक्सचेन्जले सर्वसाधारणलाई वस्तुको मूल्यमा हुने उतारचढावको आधारमा कारोबार गर्न व्यवस्था मिलाएका छन्, जसमा लगानी गर्नेको संख्या पछिल्ला वर्ष बढेको छ । एक्सचेन्जहरू करिब १० हजार लगानीकर्ता कमोडिटिज बजारसँग आबद्ध भएको बताउँछन् ।
राष्ट्र बैंकले वाणिज्य बैंक र विकास बैंकलाई विदेशी विनिमय दरमा हुने उतारचढावका कारण हुन सक्ने जोखिम व्यवस्थापनका लागि विभिन्न डेरिभेटिभ्स उपकरणमा लगानी गर्न छुट दिएको छ । यस्तो लगानी बैंक सञ्चालक समितिले तोकेको मापदण्डभित्र रहेर गर्न सकिने उल्लेख छ । राष्ट्र बैंकले डेरिभेटिभ्स बजारअन्तर्गत फरवार्ड, फ्युचर्स, अप्सन्स र स्वापमा लगानी गर्न छुट छ । तर यस्तो कारोबार गर्दा हुने जोखिमको जिम्मेवार सम्बन्धित बैंक वित्तीय संस्था हुनुपर्ने राष्ट्र बैंकले उल्लेख गरेको छ ।
अध्ययन नै पुगेन धितोपत्र बोर्डले कमोडिटिज एक्सचेन्जमा रहेको संस्थागत सुशासन र अन्य बेथितिबारे अध्ययन सार्वजनिक गरे पनि सरकारले थप बुझ्न र नियमन गर्न कुनै हतार देखाएको छैन । अर्थतन्त्रमा ठूलो प्रभाव पार्ने कमोडिटिज बजारलाई व्यवस्थित गर्न एक्सचेन्ज आफैंले आह्वान गरिरहेका छन् ।
नियमनको अभावमा एक्सचेन्जले बुझाएका तथ्यांकलाई मात्रै आधार मानेर सरकारले नियमावलीमार्फत कारोबारलाई धितोपत्र बोर्ड मातहत ल्याउने तयारी गरेको छ । तर जटिल र प्राविधिक कमोडिटिज बजारको गहिराइ र त्यसले पार्ने प्रभावबारे बुझ्न जरुरी ठानेको छैन । 'प्रविधिमा परिवर्तन आउने बित्तिकै त्यसको पहिलो असर पुँजी र कमोडिटिज बजारमा देखिन्छ,' धितोपत्र बोर्डका पूर्वअध्यक्ष चिरञ्जीवी नेपाल भन्छन्, 'त्यसैले यो बजारलाई हल्का लिएर हुँदैन, नियमन गर्नुअघि विस्तृत जानकारी लिन जरुरी छ ।'
कम्पनी रजिस्ट्रारको कार्यालयमा दर्ता भएर ७ एक्सचेन्ज सञ्चालनमा आइसकेका छन् । थप तीनले सञ्चालनको तयारी गरेका छन् । सञ्चालनमा रहेका एक्सचेन्ज मातहत करिब १५ राफसाफ सदस्य र २ सय ब्रोकरले कारोबार गरिरहेका छन् । सरकारले नियमन गर्ने बताइरहे पनि कुनै निर्णय गरी नसकेकाले बजारमा अन्योल देखिएको छ । एक्सचेन्जले आआफ्नै ढंगमा धेरै उतारचढाव हुने वस्तुको कारोबार गराइरहेका छन् । तथ्यांक र सफ्टवेयरमा एकरूपता नभएका एक्सचेन्जले सुधारका लागि सरकारले छिट्टै निर्णय गर्नुपर्ने माग राखेका छन् ।
थोरै रकममा महँगो वस्तुको कारोबार गर्न पाइने भएकाले यो बजार जोखिमपूर्ण छ । लगानीकर्ताले मार्जिन रकम बुझाएर पूरै रकममा हुने उतारचढावको जोखिम यो बजारमा बहन गर्नुपर्छ । विश्वका अधिकांश बजारमा कमोडिटिज कारोबारलाई तरलता उत्पादन गर्ने क्षेत्रका रूपमा लिइन्छ । यसमा हुने सट्टेबाजीका कारण बजारमा तरलता आउने हो । अन्य मुलुकको कमोडिटिज एक्सचेन्जमा निश्चित आय भएका व्यक्तिलाई मात्र लगानीको अवसर दिइन्छ ।
सरकारले चाहे १५ दिनमै नियमन सरकारले बजार नियमन गर्ने र आवश्यक ऐन ल्याउने हो भने कमोडिटिज बजारबाट कृषिको कारोबार तुरुन्तै थाल्न सकिने एक्सचेन्ज बताउँछन् । 'सरकारले चाहने हो भने १५ दिनमा नियमन गर्न र कृषिको कारोबार गराउन सक्छ,' मर्केन्टाइल एक्सचेन्जका प्रबन्ध निर्देशक दीपेन्द्र खतिवडा भन्छन्, 'त्यस्तो हुन सके बजारबाट धेरै सकारात्मक काम छिट्टै सुरु हुन्छ ।' कमोडिटिज एक्सचेन्जले गरेको अध्ययनबाट मुलुकका २२ भन्दा बढी कृषि उत्पादनको कारोबार हुन सक्ने देखिएको उनले बताए । 'सरकारकै स्वामित्वमा रहेका खाद्य संस्थानलगायतको भण्डार प्रयोग गरेर कृषिका कारोबार थाल्न सकिन्छ,' उनले भने, 'यसमा राष्ट्र बैंकको पनि सहयोग चाहिन्छ ।
नक्कली स्वास्थ्य रिपोर्ट बनाउने स्वास्थ्य      संस्थामाथि कारबाहीको तयारी
रोशन कार्की
काठमाडौं, भदौ २९ ।

 लामो समयदेखि नक्कली स्वास्थ्य रिपोर्ट तयार गरी वैदेशिक रोजगारीमा जाने कामदारलाई विदेश पठाउने ३२ भन्दा बढी स्वास्थ्य संस्था कारबाहीमा परेका छन् । विदेश जानेको स्वास्थ्य परीÔण नै नगरी नक्कली रिपोर्र्ट बनाइदिने ती स्वास्थ्य संस्थालाई कारबाही हुन लागेको हो ।
श्रम तथा रोजगार मन्त्रालयअन्तर्गतको चिकित्सकसहितको एक विशेÈज्ञ समितिले गरेको अनुगमनबाट ३२ वटा स्वास्थ्य संस्थाले महँगो शुल्क असुल गरी नक्कली परीक्षण रिपोर्ट बनाइदिने गरेको तथ्य पत्ता लागेको हो । समितिले त्यस्ता संस्थाबारे सत्यतथ्य बुझ्न स्थलगत अनुगमन गरी मापदण्डअनुसार कारबाहीका लागि सम्बन्धित निकायमा सिफारिस गरेको छ ।

वैदेशिक रोजगार विभागले एक महिनाअघि ३ सय १ नेपाली कामदारको नक्कली रिपोर्र्टसहित ३२ स्वास्थ्य संस्थालाई कारबाहीका लागि विशेÈज्ञ समितिमा सिफारिस गरेको थियो । नक्कली स्वास्थ्य विवरण भरिदिएका ३६ जनाको हेमोग्लोबिन शून्य रहेको उल्लेख गरेको छ, जहाँ हेमोग्लोबिनको मात्रा ४ हु“दासमेत मान्छे हि“ड्डुल गर्न नसक्ने चिकित्सकहरु बताउछन् ।
विशेष समितिको रिपोर्र्टमा २५ भन्दा बढी कामदारको हेमोग्लोबिन ५ दशमलव ५ र उचाइ÷तौलसमेत एउटै उल्लेख गरेको छ । अन्तिम श्रम स्वीकृतिका लागि अनिवार्य रूपमा स्वास्थ्य ‘ठीक’ भएको रिपोर्र्ट पेस गर्नुपर्ने हुन्छ । श्रम मन्त्रालयका अनुसार वैदेशिक रोजगारीमा जाने कामदारलाई नक्कली मेडिकल रिपोर्र्ट दिने संस्थालाई कारबाही प्रक्रिया अघि बढाइएको छ ।
मन्त्रालयका अनुसार नक्कली विवरण भरी स्वास्थ्य परीक्षण प्रमाणपत्र दिनेका बारेमा परेको गोप्य उजुरी परेपछि सम्बन्धित निकायले मेडिकलको सत्यतथ्य बुझ्न स्थलगलत अनुगमन गरेको थियो । सो अनुगमनबाट मापदण्डविपरी कार्य गर्ने ३२ वटा स्वास्थ्य संस्थामाथि कारबाही गर्न लागिएको हो ।
मेडिकल रिपोर्र्टमा नक्कली भएको प्रष्टै भए पनि त्यहा“भित्रको थप वास्तविक स्थिति बुझ्न अनुगमन गरिएको थियो । अनुगमनबाट केही चिकित्सकले आफ्नो किर्ते हस्ताÔरसमेत प्रयोग गरी स्वास्थ्य प्रमाणपत्र दिने गरेको भेटिएको छ । वैदेशिक रोजगारीमा जाने कामदारको मेडिकल नै नगरी नक्कली रिपोर्र्ट पेस गर्न केही मेनपावर संलग्न रहेकोसमेत भेटिएको छ । यसरी नक्कली रूपमा स्वास्थ्य परीक्षण नगरी स्वास्थ्य संस्थाले जारी गरेको मेडिकल रिपोर्र्टमा नेपाल स्वास्थ्य व्यवसायी महासंघको होलोग्राम (स्टिकर) टाँस्ने गरेको अनुगमनबाट खुल्न आएको छ ।


नक्कली रिपोर्र्ट दिने स्वास्थ्य संस्थाहरू
१ हिमालयन समृद्धि मेडिकल
२ उपत्यका मेडिकल सेन्टर
३ पूर्णचन्द्र डाइग्नोस्टिक
४नेपाल सिद्धा अल्का
५ हवान मेडिकल
६ ओरेक मेडिकल सेन्टर
७ सिरत मेडिकल सेन्टर
८ युनिभर्सल मेडिकल सेन्टर
९ सोसल मेडिकल सेन्ट
१० सभ्य मेडिकल सेन्टर
११ सुधा हेल्थकेयर
१२ एसियन राय केयर
१३ चेतना मेडिकल सेन्टर
१४ सिद्धकाली मेडिकल
१५ नेपाल सिद्धार्थ सदन
१६ अल्का पोलिक्लिनिक
१७ मधुहोम काउन्सिल सेन्टर
१८ मधु हेल्थ सेन्टर बुढासुब्बा
१९ रिलायन्स मेडिकल सेन्टर
२० अखण्ड मेडिकल सेन्टर
२१ हेल्थी मेडिकल सेन्टर
२२ एसिया प्यासाफिक मेडिकल
२३ भानु मेमोरियल मेडिकल
२४ बुढासुब्बा मेडिकल सेन्टर
२५ पाथीभरा मेडिकल सेन्टर
२६ पूर्णिमा मेडिकल सेन्टर
२७ मेडिकेयर मेडिकल सेन्टर
२८ एसिया पोलिक्लिनिक मेडिकल
२९ ओम पोलिक्लिनिक मेडिकल
३० सिलिङ मेडिकल सेन्टर
३१ स्रिस्टा मेडिकल सेन्टर
३२ वल्र्डवाइड मेडिकल सेन्टर

सरकारले असुली गरेन विनोद चौधरीसँग कर छलीको १० अर्ब रुपैयाँ

रोशन कार्की काठमाडौं । सरकारको नेतृत्व गरेकाहरुले देशको भुभाग प्रयोग गरी उद्योग व्यवसाय गर्दै आएकाहरुले छली गरेको राजश्व र कर असुली नगरि ...