Monday, October 31, 2011


नक्कली भ्याट बिल प्रकरणमा ठूला व्यापारिक घराना

नक्कली भ्याट बिल प्रयोग गर्ने ठूला व्यापारिक घरानासहित सरकारले ४ सय ३७ व्यापारिक फर्मको नाम सार्वजनिक गरेको छ। अर्थ मन्त्रालयले आइतबार उपलब्ध गराएको विवरणमा चौधरी ग्रुप, गोल्छा अर्गनाइजेसन, जगदम्बा, दुगडजस्ता प्रतिष्ठित र बढी राजस्व तिर्ने समूहअन्तर्गतका व्यावसायिक फर्मसमेत छन्। भाटभटेनी डिपार्टमेन्ट स्टोर, विश्वकर्मा सिमेन्ट, मारुती सिमेन्ट, मोरङ अटो वर्क्स, बामा मोटर्स, बरुण डेभलपर्स, रसुवा कन्स्ट्रक्सन, युनाइटेड बिल्डर्स, सिटिसिई/कालिका जेभी, चमेलियाजस्ता चल्तीका कम्पनीको नाम पनि विवरणमा छ । राष्ट्रिय सूचना आयोगले 'सूचनाको हकसम्बन्धी कानुनका आधारमा' निर्देशन दिएपछि अर्थसचिव कृष्णहरि बाँस्कोटाले नक्कली भ्याट बिल प्रयोग गरी राजस्व छली गर्ने व्यापारिक फर्महरूको नाम सार्वजनिक गरेका हुन्। विवरणमा ती फर्मले छलेको भ्याट रकम भने खुलाइएको छैन। पत्रकार तथा फ्रिडम फोरमका अध्यक्ष तारानाथ दाहालले सूचनाको हकसम्बन्धी कानुनलाई आधार बनाउँदै उक्त विवरण सार्वजनिक गर्न आयोगमा उजुरी दिएका थिए। त्यसअघि अर्थसचिवकहाँ गएर विवरण माग्दा पनि नपाएपछि उनी आयोग पुगेका हुन्। सार्वजनिक विवरणमा नक्कली भ्याट बिल प्रकरणमा मुछिएका सबै व्यावसायिक फर्मको नाम भने परेको छैन। यसमा ४ सय ३७ फर्ममात्र समेटिएका छन्। विभागले हालसम्म ५ सय १८ फर्मलाई शंकास्पद मानी अनुसन्धान गरिरहेको छ। विभागले असोज मसान्तसम्म ३ सय ६५ फर्मको विवरण हेरी ३ अर्ब ४५ करोड रुपैयाँ कर निर्धारण गरेको छ। यसमध्ये भ्याट १ अर्ब ९१ करोड, आयकर १ अर्ब ५० करोड र अन्तःशुल्क २ करोड छ। विवरणमा हालसम्म कति फर्मको अनुसन्धान पूरा भयो, कति कर निर्धारण गरियो र क-कसले तिरे खुलाइएको छैन। अर्थसचिव बाँस्कोटाले आयोगको निर्देशनका आधारमा 'केही मात्र विवरण उपलब्ध गराएको' बताए। 'सूचना आयोगको निर्देशनका कारण हामीले केही सूचनामात्र उपलब्ध गराएका हौं,' उनले नागरिकसँग भने, 'छलिएको रकम, अनुसन्धान विधि र भविष्यमा यस्ता छली नियन्त्रण गर्ने उपाय सार्वजनिक गर्न मिल्दैन, सूचना आयोगले समेत यी विवरण सार्वजनिक गर्न हामीलाई बाध्य पारेको छैन। 'दाहालले नक्कली भ्याट बिल प्रयोग गरी राजस्व छली गर्ने व्यापारिक फर्मको नाम उपलब्ध गराउन माग गर्दै जेठ २ गते अर्थ मन्त्रालयमा निवेदन दिएका थिए। अर्थले सुनुवाइ नगरेपछि अर्थसचिवकहाँ पुगेको, तर त्यहाँबाट पनि सूचना नपाएको दाहालले बताए। त्यसपछि उनले सूचना आयोगमा निवेदन दिए। आयोगले तीन दिनभित्र सूचना दिन निर्देशन दियो, तर कार्यान्वयन भएन। 'मैले यसविरुद्ध आयोगमै पुनरावेदन दिएँ,' उनले भने, 'नक्कली भ्याट बिलमार्फत् १० अर्ब रुपैयाँ राजस्व छली गर्ने व्यापारिक घरानाहरूको नाम सबैले थाहा पाउनुपर्छ भनी यो पहल गरेको हुँ। 'आयोगले १५ दिनभित्र विवरण सार्वजनिक गर्नू भनी असोज २७ गते निर्देशन दिएको थियो।

Sunday, October 30, 2011

रक्त चन्दन बरामद
तातोपानी भन्सार कार्यालयले २४ भदौ २०६८ मा नेपालबाट चीनको खासातर्फ सामान लोड गर्न जाने खाली गाडीबाट रक्त चन्दन बरामद गरेको छ । तातोपानी भन्सारका कर्मचारी भन्सारमा खटिएका सशस्त्र प्रहरी तथा भन्सार राजस्व गस्तीको संयुक्त प्रयासमा तातोपानी भन्सारको निकासी गेटमा नियमित रुपमा चेकजाँच गर्ने क्रममा ना। २ ख। ५५२० नम्बरको खाली मिनी ट्रकलाई निकासी गेटमा चेकजाँंच गर्दा उक्त गाडीको चालकको क्याविनमाथि फल्स बटन बनाई लुकाई छिपाई ल्याएको अवस्थामा चार थान गोलिया १२८ कि। ग्रा। रक्तचन्दन बरामद गरिएको छ । उक्त बरामद रक्तचन्दन वन ऐन अन्तर्गत कारवाही हुने हुँदा सो दिन समयाभाव भएकोले कार्यालय खुले पछि जिल्ला वन कार्यालय चौतारामा बुझाउने गरी भन्सार कार्यालयले सोही दिन ढुवानीमा प्रयोग भएको उक्त ट्रक सहित सशस्त्र प्रहरीवल सीमा सुरक्षा कार्यालय लामोसांघु बुझाएको छ । यसैगरी अस्थायी भन्सार चेकपोष्ट अंधेरीले १ असोज २०६८ मा बा। २ ख। ५७९३ नम्बरको मिनी ट्रकको फल्स बटनबाट ६ गोटा गोलिया १ सय ९५ कि। गा्र। रक्त चन्दनण् बरामद गरेको छ । उक्त बरामद रक्त चन्दन जिल्ला वन कार्यालय सिन्धुपाल्चोक बुझाइएको छ । यस अघि २९ भाद्र २०६८ मा अस्थायी भन्सार चेकपोष्ट अंधेरीबाटै गाडी चेकजाँचको त्र ु म माना। २ ख। ५ ३ ४ ६ नम्बरको ग ाडीमा चालकको साथबाट १ सय ३० थान मोवाइल फोन सेट बरामद गरिएको थियो । उक्त सामान हाल तातोपानी भन्सार कार्यालयमा कारवाहीको सिलसिलामा रहेको छ ।

पहिलो त्रैमासिकमा लक्षित राजस्व संकलन गर्न सरकार असफल
रोशन कार्की÷राजधानी
काठमाडौं १२ कात्तिक
सरकारले राजस्व संकलन गर्नका लागि सबै योजना लागू गरे पनि चालू आर्थिक वर्ष ०६८÷६९ को पहिलो चौमासिकमा लक्षित राजस्व संकलन गर्न भने असफल भएको छ । सरकारले अनुमान गरेको भन्दा निकै कम राजस्व संकलन भएको र गैरकर लगायत अन्यबाट संकलन हुने शुल्कमा गिरावट आएकाले सरकारी लक्षित राजस्व असुली हुन नसकेको अर्थ मन्त्रालयले जनाएको छ ।
मन्त्रालयले दिएको विवरणअनुसार चालू आर्थिक वर्षको पहिलो चौमासिकमा सरकारी लक्ष्यभन्दा ३ प्रतिशतले कम संकलन भएको जनाएको छ । लामो समयदेखि राष्ट्र बैंकले घरजग्गाको कारोबारमा लगाएको प्रतिबन्धका कारणले गर्दा पनि सो राजस्व संकलनमा गिरावट आएको हो । त्यस्तै मुलुकमा खुलेका विद्यालयहरुले भुक्तानी गर्नुपर्ने शुल्क गैरकर र सवारीसाधन आयातमा लाग्ने करमा समेत गिरावट आएकाले सरकारले राखेको लक्षित राजस्व संकलन हुन नसकेको अर्थ मन्त्रालयले जानकारी गराएको छ ।
सरकारले चालू आर्थिक वर्षको पहिलो त्रैमासिकको दुई महिनामा सरकारले कुल राजस्व संकलनको २० प्रतिशत संकलन गर्ने लक्ष्य राखेकोमा सो अवधिमा १७ प्रतिशत राजस्व मात्र संकलन भएको छ । अर्कोतर्फ भन्सार विभागले समग्रमा राजस्व संकलन सन्तोषजनक रहेको जनाएको छ । सरकारले लामो समयदेखि गिरावट हुँदै आएको राजस्व संकलनलाई सुधार गर्नका लागि नै सबै भन्सार कार्यालयबाट हुने व्यापारिक कारोबारमा १ सय मूल्यका सामानमा भन्सार कर अनिवार्य गरे पनि ठूला आयातकर्ताबाट सोचेअनुसार राजस्व संकलन नभएपछि सो राजस्वमा कमी आएको हो ।
साचालित भन्सार कार्यालयबाट अधिकांश कार्यालयले लक्षित राजस्व संकलन गरेको विवरण केन्द्रीय कार्यालयमा पठाएको भए पनि दक्षिणी नाकाबाट हुने सवारीसाधनको आयातमा कमी आएकाले सो शीर्षकको शुल्कमा गिरावट आएको भन्सार कार्यालयले जनाएको छ । त्यसैगरी मुलुकभर साचालनमा रहेका निजी विद्यालयहरुले समेत सरकारलाई बुझाउनुपर्ने शुल्क नबुझाएकाले पनि राजस्व संकलनमा गिरावट आएको अर्थ मन्त्रालयले जनाएको छ । तेस्रो मुलुक र भारतबाट सवारीसाधनको आयातमा दिन प्रतिदिन कमी आउनु निजी विद्यालयहरुले शुल्क नतिर्नु र गैरकरमा समेत गिरावट आएकाले चालू आर्थिक वर्षको पहिलो त्रैमासिकमा लक्षित राजस्व संकलन हुन नसकेको अर्थ मन्त्रालयका एक उच्च अधिकारीले बताए ।
सरकारले निजी स्कुलहरुलाई शिक्षाकर लागू गरे पनि सो कर भुक्तानी नगर्नेहरुको संख्या मासिक रुपमा बढ्दै गएको अनुमान मन्त्रालयले गरेको छ । यसरी विद्यार्थीबाट शिक्षाकर असुली गरेर तोकिएको कर नबुझाउने विद्यालयहरुमा उच्चपदस्थ कर्मचारी र राजनीतिक दलको संरक्षणमा रहेका विद्यालय पहिलो पंक्तिमा रहेको अर्थ मन्त्रालयको अनुमान छ ।
मन्त्रालयले समग्रमा पछिल्ला दिनमा राजस्व संकलनमा आशा मारिहाल्नुपर्ने अवस्था भने नरहेको जनाएको छ । बढी राजस्व संकलन हुने निकायबाट गत वर्षको तुलनामा राजस्व संकलन घट्दै गएको र साना तथा अन्य शीर्षकबाट राजस्व संकलनमा वृद्धि हुँदै गएको समेत मन्त्रालयले जनाएको छ ।
भन्सार विभागले चालू आर्थिक वर्षदेखि सय रुपैयाँको सामानको आयातमा लगाएको कर र प्रत्येक नाकाबाट घरायसी प्रयोजनका सामान आयातमा गरेको रोकका कारण पनि सबै शीर्षकमा तुलनागत रुपमा राजस्व संकलनमा वृद्धि भएको विवरण सार्वजनिक गरेको छ ।
भन्सार विभागका अनुसार आर्थिक वर्ष ०६८÷६९ को भदौ महिनामा लक्ष्यभन्दा ५८ करोड रुपैयाँ बढी राजस्व संकलन भएको छ । सो महिनामा विभागको ६ अर्ब ६३ करोड १५ लाख ६१ हजार रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य रहेकोमा ८ अर्ब ४ करोड ८१ लाख ७३ हजार रुपैयाँ राजस्व संकलन भएको छ । अघिल्लो वर्षको तुलनामा १४ दशमलव ४० प्रतिशतले राजस्व बढी रहेको छ । भन्सार विभाग र आन्तरिक राजस्व विभागबाट उपलब्ध भएका प्रारम्भिक आँकडाहरुका आधारमा हालसम्म मूल्य अभिवृद्धि करतर्फ १६ अर्ब ७३ करोड आयकरतर्फ ५ अर्ब ६४ करोड भन्सार महसुलतर्फ ९ अर्ब ५४ करोड अन्तःशुल्कतर्फ ६ अर्ब ९१ करोड रजिस्ट्रेसन दस्तुर सवारीसाधन कर र गैरकरतर्फ ५ अर्ब १ करोड असुली भएको छ ।

Saturday, October 29, 2011



विलासी जीवन विताउनेद्धारा कर छली सो जीवन विताउनेको नामावाली  सरकारले संकलन गर्दे


काठमाडौ, कार्तिक १० - आन्तरिक राजस्व विभागले राजस्व छली नियन्त्रण गर्न अकुत सम्पत्तिका मालिक (हाई नेटवर्थ इन्डिभिजुअल) को विवरणसहित सूची बनाउने भएको छ । सरकारले 'कर कार्यान्वयन अभियान वर्ष' घोषणा गरेको चालू आर्थिक वर्षमा अकुत सम्पत्ति आर्जन गरे पनि करको दायरामै नआउने प्रवृत्ति नियन्त्रणका लागि यस्तो सूची बनाएर दायरामा ल्याउने अभियान सुरु गर्न लागेको आन्तरिक राजस्व विभागका महानिर्देशक राजन खनालले जनाए ।

सम्पत्ति शुद्धीकरण र राजस्व छली नियन्त्रणका लागि अन्तर्राष्ट्रिय मुद्रा कोषले भित्र्याएको अवधारणअनुरूप सूची बनाइने उनले जनाए । उनका अनुसार कर तिरेर धनी हुने एक थरी छन् भने अर्का थरीले कर नतिरी अकुत सम्पत्ति आर्जन गरिरहेका छन् । 'सूचीमा कर तिर्नेको समेत विवरण संकलन गरिए पनि कर नतिरी धनी भएका करको दायरामा ल्याउनु यसको उद्देश्य हो,' उनले थपे ।  कारोबार, जीवनशैली, सामाजिक हैसियतको आधारमा यस्तो सूची बनाउने विभागको योजना छ । जीवनशैलीमा महँगा गाडी, घर, भोजभतेर, विदेश भ्रमण लगायतको सूचना लिएर विवरण बनाइने छ ।

समाजमा सम्पत्तिवालाका रूपमा बनेको पहिचान, चन्दा, पुरस्कार, ऋण दिएको कुराको सूचनाको आधारमा सामाजिक हैसियत पत्ता लगाई सूचीमा समावेश गर्ने योजना छ । 'विलासी जीवनशैली भए पनि उद्यम व्यवसाय गरी कर तिरिरहेको छ भने छानबिनमा परिहाल्ने होइन,' महानिर्देशकले भने, 'तर केही नदेखिए पनि विलासी जीवनशैली अपनाउने चाहिँ छानबिनको दायरामा पर्छन् ।' सूचीमा नियमित कर बुझाइरहेका उद्यमी/व्यवसायी, नाम मात्रको कर तिर्ने चिकित्सक, कानुन व्यवसायी, लेखापरीक्षक, परामर्शदाता लगायत पेसाकर्मी, स्कुल कलेज सञ्चालक, घरजग्गा कारोबारीका साथै करको दायरामा नपरेका बिचौलिया, तस्कर, गुन्डाका नाइके, भ्रष्ट नेता/कर्मचारी समेत समावेश हुने छन् । 'कुनै व्यवसाय नदेखिए पनि नेता, कर्मचारी र सेना/प्रहरीले भ्रष्टाचार गरी कमाएको पैसाको व्यवस्थापन गरेर करोडौंको गाडी चढ्नेहरू पनि छन्,' अर्थसम्बद्ध स्रोतले भन्यो, 'त्यस्तालाई चाहिँ तत्काल छानबिनको दायरामा ल्याउनुपर्छ ।'        

करोडौंको गाडी चढेर हिँड्छ तर करको दायरामा छैन वा नाम मात्रको कर तिरेको छ भने छानबिनको दायरामा पर्छ । पटकपटक विदेश भ्रमण गरिरहने, महँगा भोजभतेर आयोजना गरिरहने, ठूलो रकम चन्दा पुरस्कारमा खर्च गर्ने लगायत लाईर् सूचीमा समावेश गरिने छ ।

डाटाबेस बनाएपछि छानबिन गरी आवश्यक कारबाही प्रक्रिया बढाउने योजना बनाइएको छ । छानबिनमा भ्रष्टाचार, बिचौलिया, गुन्डागर्दी/तस्करीका कारण अकुत सम्पत्ति आर्जन गरेको देखिए सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागलाई जिम्मा लगाउन योजना छ । 'कर छली विषयको रहेछ भने आन्तरिक राजस्वले छानबिन अघि बढाउने छ ।

अकुत सम्पत्ति मालिकको सूची बनाउन विभागले आफ्नो सूचना बैंक मजबुत बनाउने योजना बनाएको छ । 'भन्सारमा रहेको निकासी पैठारी सम्बन्धी सूचना, मालपोत कार्यालयबाट ठूलो रकमको घरजग्गा कारोबारको विवरण, स्टक एक्सचेन्जबाट बढी परिमाणमा सेयरको कारोबार, महँगा सवारी नामसारीको विवरण, बैंकिङ कारोबारको नियमित विवरण संकलन गरी मजबुत सूचना बैंक बनाउने योजना छ,'  खनालले भने ।

सरकारले गत आर्थिक वर्षलाई पनि 'कर कार्यान्वयन अभियान वर्ष' घोषणा गरेको थियो । महानिर्देशक खनालका अनुसार गत वर्ष सेवा केन्द्रमार्फत करदाताको घरदैलोमा पुगेर करदातालाई सजिलो बनाउनुका साथै करको दायरामा नपरेकालाई दायरामा ल्याउने प्रयास गरिएको थियो । यसका साथै छानबिनमार्फत ठूला करदातालाई कारबाही गरी कर छली निरुत्साहित बनाउने प्रयास गरिएको थियो । मूल्य अभिवृद्धि कर (भ्याट) को नक्कली बिल छानबिनमा ठूलो संख्यामा ठूला करदातालाई कारबाहीको दायरामा ल्याइएको थियो ।  अभियान सफल भएकाले चालू आवलाई पनि सरकारले कर कार्यान्वयन अभियान वर्ष घोषणा गरेको महानिर्देशकले बनाए चालू वर्षमा विभागले ठूला करदातामा कर छलीको प्रवृत्ति नियन्त्रण गर्ने अभियानलाई निरन्तरता दिँदै सम्पत्ति कमाए पनि कर नतिर्नेलाई कारबाही गर्ने अभियान थाल्न लागेको हो

Sunday, October 23, 2011

ठुला व्यापारिले भरिया र मजदुरको नामबाट कर छली
रोशन कार्की
काठमाडौं५ कार्तिक
सरकारले पछिल्लो समयमा सय रुपैयाँको समान खरिदमा भन्सार कर लगाएपछि ठूला व्यापारिहरुले भरिया र न्यून आय भएका विभिन्न व्यक्ति र चिनजानको नाममा नक्कली मुल्यअभिबृद्धिकर भ्याट विल प्रयोग गरि कर छली गर्ने गरेका छन् । नक्कली भ्याट विलमाथी अनुसन्धान गरिरहेको आन्तरिक राजस्व विभागका अनुसार हाल ठूला घरानाले साना व्यवसायीन्यून आय भएका मजदुर र चिनजान भएका व्यक्तिको नाममा रहेको फर्मबाट नक्कली भ्याट विल छपाई कर छली गर्ने गरेको जनाएको छ ।
सो अनुसन्धानबाट अबैधरुपमा नक्कली विल विजकबाट सामान खरिद गर्ने कार्यामा उच्च घरानीयका साथै जिल्ला उद्योग वाणिज्य संघ र विभिन्न व्यापारिक संघ÷सस्थाबाट सो अबैध कार्य गरेको खुलासा भएको समेत विभागले जनाएको छ ।
नक्कली फर्मको नाममा भ्याट विल छाप्नेमा मोरङ व्यापार संघमा रहेका पदाधिकारीहरु संलग्न भएको पुष्टी विभागले गरेको छ । सो नक्कली भ्याट विल छाप्नेहरुको बारेमा अनुसन्धान भईरहेका कारण उनीहरुको नामभने गोप्य राखिएको छ ।
अबैधरुपमा व्यापारिक कारोबार गर्नेहरुले यसरी वास्तविक नामबाट व्यापारिक फर्महरु सम्बन्धित निकायमा दर्ता हुदाँ संक्कली व्यवसायीको पहिचान गर्न नसकेको विभागका निदॆ्रशक चुडामणी देवकोटाले जनाए । पटक-पटक अबैधरुपमा भन्सार नाकाबाट नेपाल भित्रएका अधिकाशं सामानसहितको मालवहाक कन्टेनर नियन्त्रणमा पर्छ तर वास्तविक व्यापारि सम्र्पकमा नआउदा करोडौ रुपैयाँ राजस्व राज्यलाई घाटा पर्ने गरेको निर्देशक देवकोटाले बताए । यसरी आफ्नो नाममा हालसम्म आधिकारी व्यापारिक फर्मनै दर्ता नगरि आयात÷निर्यात गर्नेमा अधिकाशं छोटी भन्सार र केही मुख्य भन्सारमा सो अबैध फर्महरुको प्रयोग गरिदै आएको छ । हालसम्म आधिकारीक रुपमा आफ्नो नाममा फर्म दर्ता नगरि मजदुर र न्यून आय भएकाहरुको नाममा व्यपारिक फर्म खोली आयात÷निर्यात गर्नेमा गोसाईकुण्ड इन्टरनेशनल विजनेश प्रालिसिन्धु इन्टरनेशनल विजनेश प्रालिजुगल इन्टरनेशन प्राइजेजकान्तिपूर विजनेश गु्रप जिएन इन्टरप्राईजेजएसकेजे इन्टरनेशनल विजनेश प्रालिअरनीको ग्रुप रहेको छ । यसरी आफ्नो वास्तविक नामबाट व्यापारिक फर्म नखोली दैनिक करोडौ मुल्यका सामान आयात गनॆ्र गरेको छ ।
आफुले आयत गरेको सामान भन्सार र राजस्व अनुसन्धान विभागले नियन्त्रणमा लिएको खण्डमा सो कारबाहीबाट बच्नकालागि मजदुरको नाममा फर्म खोल्नेमा राजेन्द्रकुमार श्रेष्ठ,विष्णुबहादुर खत्री,रोशनबहादुर थापा,नविन थापागणेश भण्डारी,सुमन खत्री,गोपाल श्रेष्ठ,निमफुाजो शेर्पा,दुर्गाबहादुर श्रेष्ठ,निलकण्ठ चौलागाई लगायतका रहेका छन् ।
उनीहरुले सो अबैधरुपमा खोलेका कार्यलयहरु अधिकाशंको काठमाडौंको न्यूरोडको राजनागल्ली महाबौद्ध सितापाईला स्वयम्भु बालाजु चाबहिल कोटेश्वरनयाँ बानेश्वर भक्तपुरमा रहेको छ । यसरी अन्यको नाममा खोलीएको फर्ममाबाट सामान आयात गरिको सामान महाबौद्धका होलसेल पसलहरुमा विकि्र वितरण गरिन्छ । दैनिकजसो भन्सार छली गरेको सो सामानहरु अबैध बाटोबाट काठमाडौको महाबौद्धमा लगिने गरेको छ ।
विभागले यसरी कर छली गर्नेहरुको अनुसन्धानबाट असोज मसान्तसम्ममा करिव ४ अर्ब रुपैयाँ कर छली गरेको अनुसन्धानबाट खुल्न आएको छ । सो अनुसन्धाबाट भ्याट छदी १ अर्ब ९१ करोडआयकरतर्फ १ अर्व ५० कारोड अन्तशुल्कतर्फ २ करोड भन्दाबढी रुपैयाँ रहेको छ ।

Saturday, October 22, 2011


सानाको नाउँमा ठूला व्यापारीको कर छली

 ठूला व्यापारिक घरानाहरूले नासा र आफूले चिनेका व्यवसायीका र्फमको नाममा नक्कली भ्याट बिल छाप्ने गरेको फेला परेको छ । नक्कली भ्याट बिल प्रकरणमा अनुसन्धान गरिरहेको आन्तरिक राजस्व विभाग र मातहतका कार्यालयले गरेको छानबिनमा ठूला घरानाले साना र चिनेा व्यापारी र्फमका नाममा नक्कली बिल छाप्ने र त्यसबाट कारोबार देखाउने गरेको फेला परेको हो । ‘ठूला घरानाले साना व्यापारीहरुको नाममा रहेको र्फमको बिल छापेर त्यसमार्फत सामान किनेको देखाएका छन्’, अर्थ मन्त्रालय स्रोतले भन्यो, ‘यही माध्यमबाट उनीहरुले भ्याट र राजश्व छली गरिरहेका छन् । सामान्य व्यवसायिक धर्म पनि पालना गरेकेा देखिएन ।’ नेपाल उद्योग वाणिँय महासंघका दुर्य पदाधिकारीको र्फमको नाममा मोरङ व्यापार संघका एक पदाधिकारीले नक्कली बिल छापेको महासंघका एक कार्यंसमिति सदस्यले जानकारी दिए । विभागले असोज मसान्तसम्म ३ सय ६५ र्फमको अनुसन्धान गरी ३ अर्ब ४५ करोड रुपैयाा कर निर्धारण गरेको छ । यसमध्ये भ्याट १ अर्ब ९१ करोड, आयकर १ अर्ब ५० करोड र अन्तशुल्क २ करोड छ । सबै अनुसन्धान पूरा हुादा पााच अर्ब कर निर्धारण हुने विभागको अनुमान छ । 

४६ छोटी भन्सार बन्द

 सरकारले ४६ ओटा छोटी भन्सार कार्यालय पूर्णरूपमा बन्द गर्ने भएको छ  । उक्त भन्सार बन्द गर्न भन्सार विभागले अर्थ मन्त्रालयमा विवरण पठाइसकेको छ । तर, मन्त्रालयबाट बन्द गर्ने स्वीकृति आउन बाँकी रहेको विभागका महानिर्देशक टङ्कमणि शर्माले बताए । पूर्व-पश्चिम राजमार्गको निर्माण र सञ्चारको विकाससँगै पुराना भन्सार कार्यालय अपायक भएका छन् । उनका अनुसार हुलाकीमार्गलाई लक्षित गरी स्थापना भएका कार्यालयहरू बन्द गर्न लागिएको हो । यस्ता कार्यालय बन्द गर्नाले राजस्वमा कुनै असर नपर्ने पनि उनले बताए ।

सरकारी तथ्याङ्कअनुसार १ सय ४३ छोटी भन्सार कार्यालय छन् । बन्द गर्न लागिएका प्राय: सबै भन्सार कार्यालय भारतसँग सिमाना जोडिएका स्थानका भएको बताइएको छ । विभागका अनुसार भारतसँग ९७ ओटा भन्सार कार्यालयमात्र स्थापना गर्ने सहमति भइसकेको छ । कहाँ-कहाँको छोटी भन्सार बन्द गर्दा राजस्व सङ्कलनमा असर पर्दैन भन्ने विषयमा ठूला भन्सार कार्यालयसँग छलफल भइरहेको विभागको भनाइ छ । विभागले बन्द गर्न लागिएका छोटी भन्सार कार्यालयको विवरण पनि मागेको छ । महानिर्देशकका अनुसार ठूला भन्सार कार्यालयको सिफारिशका आधारमा छोटी भन्सार कार्यालय बन्द गर्ने कि सञ्चालन गर्ने भन्ने टुङ्गो गरिनेछ ।

हाल ३१ ठूला र करीब ७० छोटी भन्सार कार्यालय सञ्चालनमा छन् । सञ्चालित छोटी भन्सार कार्यालयमा कर्मचारीको अभाव भएका कारण केही महीनाअघि विभागले सुब्बा तहका ३५ कर्मचारी खटाएको थियो । जम्मा छोटी भन्सार कार्यालयमध्ये ७० मात्र सञ्चालनमा आउँदा राजस्वमा समेत असर परेको शर्मा बताउँछन् । बन्द हुने भन्सार कार्यालयमध्ये केही चीनसँग सिमाना जोडिएका पनि हुन सक्ने उनको भनाइ छ । अर्थ मन्त्रालयबाट निर्णयभएपछि ठूला ३१ र छोटी ९७ गरी १ सय २८ भन्सार कार्यालय सञ्चालनमा आउने पनि शर्माले बताए ।

यसका साथै विभागले यूएसआईडीको सहयोगमा सबै ठूला भन्सार कार्यालयमा इण्टरनेट पोर्टल (आईपी) जडित क्यामरा जडान गर्ने भएको छ । यो क्यामेरा जडान भएपछि विभागमै बसेर विभिन्न स्थानमा रहेका भन्सार कार्यालयहरुका गतिविधि र काम कारबाही अवलोकन एवम् चेकजाँच गर्न सकिन्छ । महानिर्देशक शर्माले भने, 'यसपछि भन्सार कार्यालयमा भएका कामलाई चुस्त-दुरुस्त बनाउन सहयोग पुग्नुका साथै  त्यहाँ भएका मालवस्तुको चेकजाँच एवम् तिनको भन्सार छुटाउने प्रक्रियालाई विभागमै बसेर हेन सकिन्छ ।'

Friday, October 21, 2011

हुन्डी कारोबार गर्नेमाथि अनुसन्धान तीव्र
रोशन कार्की÷राजधानी
काठमाडौं ३ कात्तिक

काठमाडौंका विभिन्न स्थानबाट अवैध रुपमा साचालन भइरहेको हुन्डीको कारोबार रोक्न र सो कार्यामा संलग्न रहेकामाथि कडा कारबाही गर्ने उद्देश्यका साथ राजस्व अनुसन्धान विभागले अनुसन्धानमा तीव्रता दिएको छ । विभागले गत वैशाख महिनामा राजधानीको विभिन्न स्थानमा छापा मारेर पक्राउ परेकाबाट पाएको विवरणअनुसार विभागले सो कार्यलाई नियन्त्रण गर्न र चाँडोभन्दा चाँडो सो समस्या समाधान गर्न नेपाल राष्ट्र बैंक केन्द्रीय अपराध अनुसन्धान ब्युरो सीबीआई र नेपाल प्रहरीको संलग्नतामा सो विषयमा अनुसन्धान भएको विभागका महानिर्देशक शान्तबहादुर श्रेष्ठले बताए । महानिर्देश श्रेष्ठले भने ुनेपालमा हुन्डीको कारोबार बाहिरबाट नदेखिए पनि भित्रभित्रै चलिरहेकाले विभाग राष्ट्र बैंक र अपराध ब्युरोको सहयोगमा सो कार्य रोक्न तल्लीन रहेको र अनुसन्धान भइरहेको छ अब केही समयमा कानुन वमोजीम कारवाही गर्नेछौं ।ु
हाल केही हुन्डीको कारोबार गर्नेको पहिचान भएको र उनीहरुलाई पनि सबुत प्रमाणसहित नियन्त्रणमा लिई कारबाही प्रकि्रया अगाडि बढाउनेसमेत महानिर्देशक श्रेष्ठले राजधानीसँगको भेटमा बताए ।
अनुसन्धानबाट प्राप्त रिपोर्टका आधारमा सो कार्यमा संलग्न भएको भेटिएको खण्डमा अवैध कार्य गर्नेमाथि राजस्व चुहावट विदेशी मुद्रा अपचलन ऐनअनुसार कारबाही हुने उनले जनाए । विभागका अनुसार हाल राजधानीमा मात्र सो अवैध धन्धा साचालन गर्नेको संख्या करिब चार दर्जनको हाराहारीमा रहेको अनुसन्धानबाट खुल्न आएको जनाएको छ ।
यसरी अन्य व्यवसायको नाममा राजधानीको विभिन्न स्थानमा स्थापना गरेको कार्यालयबाट लामो समयदेखि हुन्डीको कारोबार गर्नेहरुमा नारायण पौडेल बच्चु पौडेल विष्णु खत्री सुमन खत्री राजेन्द्र श्रेष्ठ प्रदीप सरिया गोविन्द सरिया शोभा खरेल मोहन अग्रवाल पवन सरिया हरि चिरानिया राजु मालु मदन केसी कृष्ण ज्ञावाली शिवरत्न पोछार दिनेश श्रेष्ठ अशोक श्रेष्ठ नेत्रविक्रम पौडेललगायत पहिलो पंक्तिमा रहेका छन् ।
विभिन्न स्थानमा भिन्न प्रयोजनका लागि खुलेका कार्यालय होटल र गेस्टहाउसबाट अवैध रुपमा हुन्डीको कारोबार हुने गरेको छ । चीनको स्वशासित क्षेत्र तिब्बतका बजारमा उनीहरुलॆ हुन्डीमार्फत कारोबार गर्ने गरेका छन् । नेपाल र चीनबीचको व्यापारिक कारोबारमा नेपाली व्यापारीहरुले राजधानीको नयाँ बसपार्कस्थित रहेका विभिन्न होटल र गेस्ट हाउस र आफ्नै घरबाट हुन्डीमार्फत रकम तिब्बतको ग्वान्जाउ सहरसम्म पठाउने गरेका छन् ।
ट्राभल एन्ड टुरको कार्यालय स्थापना गरी तेस्रो मुलुक र भारत चीनमा हुन्डीको कारोबार गर्ने भएकाले अर्बौं रुपैयाँ राजस्व देशलाई नोक्सानी भएको भएको समेत विभागले जनाएको छ । ट्राभल्सको कारोबार गर्ने भन्दै खुलेका ट्राभल्स ऐजेन्सीहरु िसंगापुर इन्टरप्राइजेज सुन्धारा धाख्वा विलिङ मनकामना ट्राभल्स दरबारमार्गको इमिरेट्स ट्राभल्स सुन्धाराको युनिक ट्राभल्स एन्ड टुस्र एडभान्स मनी ट्रान्सफर र पशुपति मनी ट्रान्सफरबाट भारत चीन अस्ट्रेलिया दक्षिण कोरिया र खाडी मुलुकमा बढी मात्रामा हुन्डीमार्फत कारोबार हुने गरेका छन् ।
नेपाली पुँजी पलायनमा समेत यसै हुन्डीमार्फत हुने गरेको छ । नेपाल र चीनसँग हुने व्यापारिक कारोबारसमेत यसै हुन्डीमार्फत हुने गरेको छ । राजधानीको नयाँ बसपार्कको होटल रेस्टुरेन्ट चावहिल स्वयम्भू कलंकी सीतापाइलाबाट यस अवैध हुन्डीको कारोबार हुने गरेको छ ।

Thursday, October 20, 2011

मिर्गाैला बेचिसकेका अन्तर कथा 
न पैसा, न ज्यान
मिर्गाैला बेचिसकेका

होक्से-१, काभ्रेका रामकुमार ठकुरी, २९, को अनुहारमा बिग्रँदो स्वास्थ्य र घर्कंदो बैँसले चिन्ताका गाढा धर्साहरू कोरििदएको छ । अरूको घरमा मजदुरी नगरेको दिन उनको घरमा चुलो बल्दैन । तर, गह्रौँ भारी उठाउन सक्दैनन् । गाह्रो काम परेको दिन रातभर िनिद्रा पर्दैन । शारीरकि अशक्तता बढ्दै जाँदा अब आफ्नो बिहेसमेत हुँदैन भन्ने निष्कर्षको नजिक पुगेका छन् उनी । परविारमा आडभरोसा दिने अर्को व्यक्ति छैन । बरु उनीतिरै आशाका नजर पसार्नेहरूको लर्को छ । उनीसहित घरका छ जना सदस्यले मिर्गाैला बेचिसकेका छन् । सबैभन्दा पहिले उनका बुवाले ११ वर्षअघि मिर्गौला बेचेथे । मिर्गाैला झिकिएपछि तीन वर्षपछि पिसाब बन्द भयो । त्यसपछि परविारको साथ छाडे उनले । रामकुमार भन्छन्, "सायद मिर्गाैला नबेचेको भए अलिक धेरै वर्ष बाँच्ने थिए ।" दुई दिदी, एक बहिनी, एक भाइ र भिनाजुले समेत मिर्गाैला बेचिसकेका छन् । अब मिर्गाैला बेच्न उनकी आमा मात्रै बाँकी छिन् ।

मिर्गाैला बेच्न जाँदा उनका बुबाले मद्रासको समुद्रछेउमा उभिएर खिचेको फोटो अहिले पनि उनले घरको भित्तामा टाँगेका छन् । तर, बुवाको तस्िबरमा देखिएको खुसीभन्दा विपरीत उनको घरमा यतिखेर घोर अवसाद बर्सिएको छ । चिन्ता बिर्सन रामकुमार घरीघरी मदिराको सहारा लिन्छन् । मदिराले छाडेपछि उस्तै शिथिलता, पीडा र चिन्ताले घर गर्छ । १० वर्षअघि उनले आफ्नो मिर्गाैला बेचेका कारण यो बेचैनी बेहोररिहेका छन् । होक्सेमा उनी मात्र यस्ता एक्ला पात्र होइनन् । सिंगो होक्से गाविसमा कैयौँ पात्रहरू भेट्न सकिन्छ, जसले केही हजार रुपियाँका लागि आफ्नै शरीरको एक संवेदनशील अंग काटेर दिएका छन् । अनि अहिले रुँग्ण शरीर बोकेर पश्चातापको जिन्दगी बाँचिरहेका छन् । अक्सर पश्चात्तापको पीडा बिर्सन उनीहरू रक्सीको सहारा लिन्छन् र अन्ततः रक्सीकै कारण बर्बादीको सिकार बन्छन् । १५ वर्षअघि सुरु भएको अवैध मिर्गाैलाको व्यापारले धेरैको जिन्दगीमा ग्रहण निम्त्याएको छ ।

अवैध मिर्गाैला व्यापारको शृंखलाले सिंगो होक्सेलाई बदनाम मात्रै गराएको छैन, धेरैको जिन्दगीसमेत बर्बादीतिर धकेलेको छ । तैपनि, स्थानीय बासिन्दा अहिले पनि मिर्गाैला बेच्ने कामलाई पैसा कमाउने प्रभावकारी उपाय ठानिरहेकै छन् । यतिखेर होक्सेलगायत छिमेकी गाउँहरू भारतदेखिका मानव अंग कारोबारीबीच 'बैँक अफ किड्नी'का रूपमा चिनिन्छन् । मिर्गाैला व्यापारका कारण दलालहरू मोटाउँदै गएका छन् र स्थानीयहरू आर्थिक रूपमा मात्रै होइन, शारीरकि रूपले पनि दिनदिनै कमजोर बन्दै गएका छन् ।

मिर्गाैला बेच्नेहरूको सिंगै पुस्ता नै तयार भएको छ । यही पुस्ताको कमजोर स्वास्थ्यका कारण परम्परागत स्थानीय सीप पनि नासिँदै गएर उनीहरूलाई परनिर्भर बनाएको छ । पाँचखाल-७ का मानध्वज तामाङ, ५०, लाई हेरौँ । १० वर्षअघिसम्म उनी पाखुरी खियाएर सजिलै परविार पालेका थिए । मिर्गाैला बेचेर फर्केपछि उनको ताकत घट्दै गयो । स्वास्थ्य बिग्रँदै गयो । मिर्गौला निकाल्नका लागि चिरेको ठाउँमा हुने निरन्तरको दुखाइले उनको अधिकांश समय आच्छु र ऐय्यामा बित्छ । अचेल उनी दिनभर खटेर काम गर्न सक्दैनन् । फलतः आम्दानीको स्रोत घट्दै गएको छ । कहिले त हातमुख जोर्ने समस्या हुन्छ । "अहिले यस्तो दुःख खेप्नुपर्छ भन्ने थाहा पाएको भए किन बेच्थेँ र ?" उनी भन्छन् ।

मानध्वजको भन्दा फरक छैन, होक्से-१ का गोपी सापकोटाको दैनिकी । तर, निरन्तरको मदिरा सेवनका कारण खिइँदै गएको आफ्नै शरीरप्रति भने उनलाई रत्तिभर चिन्ता छैन । बरु मिर्गाैला बेच्दा आफू ठगिएको बोधले उनलाई आजसम्म कोपररिहेको छ । भन्छन्, "पूरै पैसा पाएको भए के-के गरौँला भन्ने थियो ।" काभ्रेभर मिर्गाैला बेच्नेहरूको संख्या १ सय  ५० नाघेको अनुमान छ । पाँचखाल, होक्से र ज्याम्दी गाविसको नाम यसमा अगाडि आउँछ । होक्सेमा त मिर्गाैला नबेचिएको घर नै भेट्न मुस्िकल छ । अनुमान अनुसार होक्से गाविसकै जोरपिप्ले र शिखरापुरका मात्रै ३५ भन्दा बढीले बेचेका छन् । मिर्गाैला बेचेकै कारण गाउँमा कतिको बिहे हुन सकेको छैन भने कतिको घरपरविार विखण्डित छ । होक्सेका स्थानीय अगुवा सागर राईका अनुसार मिर्गाैला बेचेर कमजोर स्वास्थ्य भएकै कारण बिहे हुन नसकेका युवाको संख्या गाउँमा बढ्दै गएको छ । अर्कोतिर विवाहितहरूको कथा पनि दुःखान्तपूर्ण छ । जस्तो ः ध्रुव परयिार, ३५, भारतमा मिर्गाैला बेचेर फर्केपछि उनी शारीरकि रूपमा कमजोर बन्दै गए र  भनेजस्तो काम गर्न सकेनन । आर्थिक अभावले गाँजेपछि घरमा बेमेल बढ्यो ।  श्रीमतीले पनि उनको साथ छाडेर अर्कैसँग हिँडिन् । ध्रुवकी दिदी मैयाँ परयिारको चिन्ता छ, "भाइ सधैँ कोखा दुखिरहन्छ भन्छ । दुखाइ कम गर्न भन्दै रक्सी खान्छ । अब त्यसको भविष्य के होला ?"

ख्यालख्यालमै मिर्गाैला बेचिएकाहरू पनि यहाँ धेरै भेटिन्छन् । भारतीय सहर कोलकाता र मद्रास घुम्न पाउने लोभ, नयाँ कपडा लगाउन पाउने आसमै कतिका मिर्गाैला झिकिएका छन् । "सिंगो होटल नै रजिर्भ गरेर बसियो । नयाँ कपडा लगाइयो । काठमाडौँ बेस्सरी घुमियो, मस्ती गरयिो," होक्सेमा पहिलोपटक मिर्गाैला बेच्नेमध्येका एक गोपी सापकोटा सम्झन्छन् । बिरामीका कुरुवा बनेर मद्रास पुगेका उनले र्फकंदा ६० हजार लिएर फर्केका थिए । त्यही पैसाले उनको अनुहारमा केही दिन खुसी ल्याएको थियो । तर, त्यो धेरै दिन टिकेन । धुलिखेलदेखि काठमाडौँका एकसेएक अस्पताल चहारसिके । ५० हजारभन्दा बढी रुपियाँ खर्च गरसिके । कोखा दुख्न कम हुनुको साटो दिनदिनै बढ्दै छ । पाँचखालका रामबहादुर रजिाल, ३०, को मिर्गाैला थाहै नपाई बेचियो । बाबुआमाका एक्ला सन्तान उनको शारीरकि अशक्तताका कारण परविारमाथि नै चोट परेको छ । उनकी आमा रत्नाकुमारी, ६०, भन्छिन्, "हामीलाई पाल्ला भनेको छोरोको नै यस्तो हालत बनाइदिए, अपराधीहरूले । यसरी मेरो सोझो छोरालाई झुक्याउनेहरूलाई सधैँ सराप दिन्छु ।" यति भनिसकेपछि रत्नाकुमारीले धारे हात लगाइन् । भगवान् पुकारिन् । तीन सन्तानका बाबु रामबहादुरको अवस्थाको बेलिविस्तार लगाउँदालगाउँदै भक्कानिइन् ।आर्थिक समस्या टार्न मिर्गाैला बेचेको बताउनेहरू जताजतै भेटिन्छन् तर मिर्गाैला बेचेर गरबिीबाट उक्सेको बताउने कोही भेटिँदैनन् । मिर्गाैला बेच्न को जाँदैछ भन्ने सिंगै गाउँलाई पहिला नै थाहा हुन्छ । स्थानीयका भनाइमा, सुटुक्क गाउँबाट कोही हरायो भने मिर्गाैला बेच्न गएको ठाने हुन्छ । मिर्गाैला बेचेर र्फकनेहरूको सान-सौकत सुरुका केही महिना त गाउँभर िगफको विषय बन्छ । नयाँ कपडा, नयाँ जुत्ता, काँधमा ट्याग झुन्डिएको झिल्के झोला बोकेर गाउँ छिर्छन् । पैसा नसिद्धिएसम्म तिनीहरूको चुरीफुरी रहिरहन्छ । पैसा सकिएपछि घोर निराशा र दुःखमा बदलिन्छ । गोपी भन्छन्, "सबै छरछिमेक र साथीभाइलाई पैसा भइन्जेल रेस्टुराँ नै रजिर्भ गरेर मदिरा खुवाउनु सामान्य जस्तै मानिन्छ ।" उनी स्वयंले पनि यस्तै गरेका थिए । भन्छन्, "मिर्गाैला बेचेको पैसा कहाँ गयो कहाँ ?"

मिर्गाैला बेचेकै कारण ज्यान गुमाउनेहरूको संख्या पनि कम छैन । जसलाई प्रहरी प्रश्ाासन र सामाजिक संघसंस्थाहरूले थाहा पाएर पनि केही गर्न सकिरहेका छैनन् । केही वर्षअघिसम्म केही स्थानीय बासिन्दाले मिर्गाैलाको अवैध व्यापार रोक्न पहल पनि गरेका थिए । तर, त्यस अभियानले निरन्तरता पाउन सकेन । अभियानकर्तामध्ये एक सदस्य सागर राई भन्छन्, "सिंगो गाउँका बासिन्दा नै मिर्गाैला बेचेर पैसा कमाएकामा आरसि गर्न थाले भनेर हामीविरुद्ध एक भएपछि केही गर्न सकेनौँ ।" मिर्गाैला बेच्नेहरूको कहाली देखेरै पनि त्यो क्रम रोकिएको छैन । जसको पछिल्लो उदाहरण हुन्, दुई महिना पहिले मात्रै मिर्गाैला बेचेर फर्केका होक्सेका हरबिोल धिताल । पाँचखालकै बालकुमार तामाङ, ३६, हाकाहाकी भन्छन्, "भनेको जति पैसा पाए म पनि मिर्गाैला बेचिदिन्थेँ । सधैँ मजदुरी गर्नुभन्दा एउटा मिर्गाैला बेच्न पाए अनेक थोक गर्न सकिन्थ्यो ।"
                                                                                           साभार नेपाल

बेरुजु फस्यौट गर्न नसक्ने तीन मन्त्रालयका सचिव कारबाहीमा


सरकारले तोकेअनुसार बेरुजु फस्यौट गर्न नसक्ने तीन मन्त्रालयका सचिव, सर्वोच्च अदालतका रजिष्ट्रार र राष्ट्रिय मानवअधिकार आयोगका सचिव र ती कार्यालय लेखाका कर्मचारी कारबाहीमा पर्ने भएका छन्। आर्थिक वर्ष २०६७/६८ मा सरकारले तोकेको न्यूनतम ३५ प्रतिशत बेरुजु पनि फस्यौट गर्न उनीहरू असफल भएका थिए। बेरुजु फछ्यौट मूल्याङकन र अनुगमन समितिका अनुसार गत आर्थिक वर्षमा राष्ट्रिय मानवअधिकार आयोगले सबैभन्दा कम ९.७१ प्रतिशत मात्र बेरुजु फस्यौट गरेको छ। आयोगको ८८ लाख बेरुजु छ। 

त्यसैगरी कारबाहीमा परेको शिक्षा मन्त्रालयको भने धेरै बेरुजु रहेकोमा फर्छ्यौटमा पनि उ पछाडी परेपछि सचिव शंकर पाण्डे र मन्त्रालयका लेखाका कर्मचारी यो वर्षपनि कारबाहीमा पर्ने भएका छन्। मन्त्रालयको चार अर्ब ७१ करोड ७३ लाख बेरुजु रहेकोमा १ अर्ब ७ करोड ५४ लाख मात्र बेरुजु फस्यौट भएको छ। उसको बेरुजु फछ्यौट प्रतिशत २२.८० छ। शिक्षा मन्त्रालय गत वर्ष पनि कारबाहीमा परेको थियो। खासगरी मन्त्रालयअर्न्तगतका विश्वविद्यालयमा ठुलो परिणाममा बेरुजु रहेको त्यसको फर्छ्यौट हुननसक्दा शिक्षा मन्त्रालयको बेरुजु बढ्दै गएको हो। 

कारबाहीमा परेको शान्ति तथा पुर्ननिर्माण मन्त्रालयको पनि फेरुजु फछ्यौट लज्जास्पद छ। मन्त्रालयको ७२ करोड ७५ लाख बेरुजु रहेकोमा गत वर्ष पटक पटक ताकेता गर्दा पनि उसले १२ प्रतिशत मात्र बेरुजु फर्छ्याैट गरेको थियो। शान्तिको नाममा अनियमित रुपमा बाडिएको रकमको बेरुजु आएको स्रोत बताउछ। 

त्यसैगरी कानुन मन्त्रालय पनि कारबाहीमा परेको छ। थोरै बेरुजु भएपनि उसले १७ प्रतिशत मात्र बेरुजु फर्छ्याैट गरेको छ। ६ लाख ११ हजार बेरुजुमध्ये उसले १ लाख ४ हजार मात्र फर्छ्याैट गरेको छ। सर्वाेच्च अदालत पनि यो वर्ष कारबाहीमा पर्ने छ। उसको नाममा ५३ करोड ९ लाख बेरुजु रहेकोमा २७.७८ प्रतिशत अर्थात १४ करोड ७४ लाख मात्र उसले फछ्यौट गरेको छ। 

बेरुजु फछ्यौटमा गत वर्ष भन्दा धेरै कार्यालयले पुरस्कार पाएपछि यो वर्ष समग्रमा फर्छ्याैट प्रतिशत भने थोरै घटेको छ। गत वर्ष ४४ प्रतिशत फर्छ्याैट भएकोमा यो वर्ष ४३ प्रतिशत मात्र भएको छ। जम्मा ३२ अर्ब ८४ करोड बेरुजु रहेकोमा गत आर्थिक वर्षमा १४ अर्ब ३६ करोडमात्र फछ्यौट भएको हो। 

७० प्रतिशत भन्दा धेरै बेरुजु फछर्यौट गर्ने सात वटा कार्यालयलाई सर्वाेत्कृष्ट कार्यालयका रुपमा पुरस्कारका लागि सिफारीस गरिएको बेरुजु फछर्यौट मूल्यांकन तथा अनुगमन समितिका सदस्यसचिव दयानाथ शर्माले बताए। सर्वाैत्कृष्ट हुनेहरूमा सामान्य प्रशासन मन्त्रालय, राष्ट्रपतिको कार्यालय, महालेखा परीक्षकको कार्यालय, युवा तथा खेलकुद मन्त्रालय, प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय, उर्जामन्त्रालय र लोकसेवा आयोग छन्। जसमध्ये सामान्य प्रशासन, राष्ट्रपति कार्यालय र महालेखा परिक्षकको कार्यालयले शत प्रतिशत बेरुजु फछर्यौट गरेका छन्। 

४५ प्रतिशतभन्दा बढी बेरुजु फस्यौट गर्ने अन्य १८ वटा कार्यालयलाई उत्कृष्ट कार्यालयका रुपमा पुरस्कृत भएका छन्। जसमा वाणिज्य तथा आपूर्ती मन्त्रालय, सूचना तथा सञ्चार, भूमिसुधार, सिंचाई, उद्योग, अर्थ, गृह, राष्ट्रिय योजना आयोग,महिला, बालबालिका तथा समाजकल्यण मन्त्रालय, निर्वाचन आयोग छन्। 

त्यसैगरी स्थानिय विकास मन्त्रालय, वातावरण मन्त्रालय, परराष्ट्र मन्त्रालय, विज्ञान तथा प्रविधि मन्त्रालय, महान्यायधिवक्ताको कार्यालय, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय,रक्षा मन्त्रालय र भौतिक योजना तथा निर्माण मन्त्रालयलाई पनि उत्कृष्ट पुरस्कार दिइएको छ। व्यवस्थापिका संसद सचिवालयले पनि ५२.२२ प्रतिशत बेरुजु फर्छ्यौट गरेपनि ७० प्रतिशत तोकिएबमोजोमि पुर्यारउन नसकेकाले उसलाई पुरस्कार नदिने निर्णय गरिएको छ। सचिवालय अर्न्तगत अन्य कुनै कार्यालय नभएकाले उसलाई ७० प्रतिशत फर्छ्यौट गर्न निर्देशन दिइएको थियो। 

त्यसैगरी राष्ट्रिय सर्तकता केेन्द्र, पर्यटन तथा नागरिक उडड्यन मन्त्रालय, संघीय मामिला मन्त्रालय, वन तथा भूसंरक्षण मन्त्रालय, कृषि तथा सहकारी मन्त्रालय र श्रम तथा यातायात व्यवस्था मन्त्रालयले स्ाामान्य मात्र फछ्यौट गरेकोमा उनीहरूलाई सचेत गराइएको छ। समितिले बेरुजु शुन्य हुनेलाई ७ हजार, सर्वाैत्कृष्टलाई ७ हजार ५ सय र उत्कृष्टलाई ५ हजार पुरस्कारको सिफारीस गरिएको छ। उक्त पुरस्कार सम्बन्धित मन्त्रालयको सचिवले बेरुजु फर्छ्याैटमा काम गर्ने कर्मचारीलाई स्वविवेकले निर्णय गर्नेछन्। कारबाहीमा भने सम्बन्धित मन्त्रालयका सचिवलाई नै सचेत गराइन्छ।  

भ्रष्टाचारविरुद्ध काम गर्ने प्रधानमन्त्री प्रत्यक्ष निर्देशनमा चल्ने सर्तकता केन्द्रले नै बेरुजु फछ्यौटमा चासो देखाउन सकेको छैन। उसले ४४ प्रतिशत मात्र बेरुजु फर्छ्यौट गरेको छ। गत वर्ष आर्थिक वर्षमा तीन निकायको भने बेरुजु शून्य थियो। जसमा उपराष्ट्रपतिको कार्यालय, न्यायपरिषद् र अख्तियार दुरुपयोग अनुसन्धान आयोग गरी तीन निकायको बेरुजु शून्य थियो। 

समितिले कुल बेरुजुलाई असुल गुर्नपर्ने, नियमित गर्नुपर्ने र पेश्की गरी तीन भागमा बर्गीकरण गरेको छ। जसमध्ये धेरै बेरुजु पेश्की फर्छ्याैट हुननसक्दा बढेको समितिका सदस्यसचिव शर्माले बताए। त्यसैगरी नेपाल सरकार, समिति र विश्वविद्यालय गरी तीन शीर्षकमा गरी बेरुजु फछर्यौटको विश्लेषण गर्दा सबैभन्दा कमजोर विश्वविद्यालयतर्फ देखिएको छ। विश्वविद्यालयतर्फ ८ अर्ब बेरुजु रहेकोमा १० प्रतिशत मात्र अर्थात ८३ करोडमात्र फछ्यौट भएको छ। 

त्यसैगरी समितितर्फ २१ प्रतिशत मात्र फर्छ्यौट भएको छ। समितितर्फ पनि ८० अर्ब रहेकोमा एक अर्ब ६७ करोड बेरुजु फर्छ्यौट भएको छ भने नेपाल सरकारतर्फ भने ४४ प्रतिशत फछर्याैट भएको छ। नेपाल सकारतर्फ ३२ अर्ब ८४ करोड रहेकोमा १४ अर्ब ३६ करोड फर्छ्यौट भएको हो। 

अन्य मन्त्रालय र कार्यालयको फछर्याैट लक्ष्य    राम्रो भएपनि शिक्षा, कृषि तथा वन मन्त्रालय जस्ता धेरै बेरुजु भएकाले फछर्याैटमा ध्यान नदिएकाले यो वर्ष समग्रमा गत वर्षभन्दा फछर्यौट दर घटेको समितिका सदस्यसचिव शर्मा बताउछन्। लक्ष्यअनुसार बेरुजु फर्छ्यौट नगर्नेलाई कडा कारबाही हुन नसकेकाले पनि बेरुजु फछ्यौटमा अपेक्षाकृत प्रगती हुन नसकेको सम्बन्धित निकायका अधिकारीहरू बताउछन्। 

कारबाही गर्दा पनि कर्मचारीलाई सचेत मात्र गराइन्छ। निजामती ऐनमा उल्ल्ेाख भएअनुसार ग्रेड रोक्का सम्मको कारबाही हुनसके लेखाका कर्मचारीले पनि बेरुजु घटाउने उद्देश्यका साथ काम गर्दै देखिन्छ। लेखाका कर्मचारीलाई हामिकको निर्देशनअनुसार खर्च गर्ने भएकाले हाकिमलाई पनि कारबाही गर्नुपर्ने जानकारहरू बताउछन्। बेरुजु फर्छ्याैटलाई प्रभावकारी बनाउन समितिले एक वर्ष कार्यक्रम बनाएर अघि बढेको शर्मा बताउछन्। समितको अध्यक्षमा मुख्यसचिव हुने गर्दछन्।  काठमाडौँ, कात्तिक ३ ।
रोशन कार्की
भन्सार दस्तुर र अर्थमन्त्रीको कारवाहीको हुङकार
जव मुलुकमा राजनीतिक अस्थितरता बढ्दै जान्छ तव त्यसको असर देशको आर्थिक विकासमा पर्ने गर्दछ । राजनीतिक अस्थिरताको फाईदा उठाउदै व्यापारी कर्मचारी सुरक्षा निकाय र अन्य क्षेत्रबाट आफ्नो स्वार्थकालागि काम गर्ने र योजना बनाउने खेलले तीब्रता पाउने गर्द छ । देशमा आर्थिक अपराध गर्ने र सामाजीक अपराध गर्ने सवैलाई कारवाही गर्ने कानुन छ तर सो कानुन कार्यान्वयन गर्ने गर्ने सरकार नभएका कारण देशमा सामाजीक अपराध र आर्थिक अपराधमा तीब्रता आउने क्रम जारी रहेकोछ । सरकार गठनसंगै विघटन हुने क्रमले पनि देशका अधिकाशं भन्सार नाका सरकारी कार्यलय बैक वित्तिय अपाटमेन्टतरकारी पसल चिया पसल खाद्यन्न पसल लगायत सवैतिर आफ्नै खुशीमा मुल्य बृद्धि र कालाबजारी गर्ने क्रममा पनि नियन्त्रण हुनुको साटो झन बढ्दो रहेकेा छ ।
३ सय ६५ दिनमा मुलकभित्र करिव करिब ३ सय ६६ ओटा चाडपर्व पर्ने गर्दैछन् । सरकारले चाडपर्वको नाममा सार्बजनीक विदा पनि दिने गरेको छ । तर चाडपर्वको नाममा हुने कालाबजारी र अत्याबश्यक खाद्यन्यको कृत्तिम अभाव सृजना गनॆ्र तर्फ नियन्त्रण गर्न सरकारको ध्यान गएको छैन ।
बेलाबखत समाजमा खुलेका संघ÷सस्थाको सहयोग लिएर वाणिज्य विभागले बजारमा गएर अत्याबश्यक सामाग्रीको अनुगमन गरे पनि हाल सम्म अनुगमन गरेको र सिलबन्द गरेको पसलउद्योग लगायत अन्य क्षेत्रमाथि कस्तो कारवाही भयो भन्ने जानकारी कहि कतै बाट भएको छैन । एकदिनमा हुलका हुल सरकारी सवारी साधानमा सहेर गरेर अग्रम जानकारीका साथ पुगेका अनुगमन टोलीले औपचारीकता पुरा गरेको देखिन्छ । विगत ५ वर्षदेखि बाणिज्य विभागले कृतिम अभाब र अखाद्यय बस्तुको विकि्र वितरण गरेकाको कारखाना र पसलमा गई छापा मार्ने र ३ दिनको म्याद थमाएर कार्यालय फर्किए पछि २ दिनमा सवै कुरा भित्रभित्रै मिलाई कारवाही नगरेका उदाहरण धेरै रहेका छन् ।
यता सधैजसो हुने विषय भए । अब लागौ राज्यको खर्चमा ८० प्रतिशत रकम संकलन गर्ने मुलुको भन्सार कार्यालय तर्फ । अस्थिर सरकारको फाईदा उठाउदै विगत १ वर्षदेखि बन्द भइको अबैध दस्तुरी संकलन कार्य फेरी एकीकृत माओबादीको नेतृत्वमा गठीत सरकारसंगै पुन भन्सार कर्मचारीबाट दस्तुरी संकलन हुन थालेको छ । मुलुकको अधिकाशं मुख्य भन्सार कार्यालयका कर्मचारीले चाडपर्व खर्चको नाममा भन्सार जाँच गर्ने क्रममा अतिरित्त शुल्कको रुपमा दस्तुरी संकलन हुन थालेको हो ।
तत्कालीन अर्थमन्त्री डा।बाबुराम भट्टराईको पालामा बन्द गराएको भन्सार दस्तुरीमेसको नाममा रकम संकलन पुन उनैको नेतृत्वमा सरकार साचालन भएकै दिनदेखि मुख्य भन्सार नाकामा दस्तुरी संकलन सुरु भयो । डा। भट्टराईले सरकारको वागडोर सम्हालेको दिनमै त्रिभुबन अन्तराष्ट्रिय भन्सार कार्यलयबीरगन्ज भन्सार कार्यलयतातोपानी भन्सार कार्यालयभैरहवा भन्सार कार्यालयविराटनगर भन्सार कार्यलयका कर्मचारीहरुले चाडपर्वको नाममा अतिरिक्त रकम संकलन गर्न आफ्ना कर्मचरीलाईं निर्देशन जारी भएको थियो । सोही निर्देशन अनुसार बीरगन्ज र सुख्खा बन्दरगाहबाट तेस्रो मुलुकको सामान आयात गरिदाँ ४० फिटको कन्टेनर भ्यानबाट ५० हजार र २० फिटको कन्टेनरबाट ३५ हजार रुपैयाँ अतिरिक्त शुल्कको नाममा असुली गर्न थालेको खुलासा हुदै गएको छ । भारतसंग सिमाना जोडिएका मुख्य भन्सार कार्यालयमा व्यापारीले सामान आयात÷निर्यात गर्दा भन्सार प्रकृया पुरा गर्दानै कर्मचारीहरुले अतिरिक्त शुल्क असुल गरेर मात्र सामान भन्सार चेकजाँच गर्ने गरेको गुनासो पिडीत व्यापारिको रहेको छ ।
भन्सार विभागले आफ्ना कर्मचारीहरुको आचरणमा सुधार ल्याउन विभिन्न नीति नियम लागु गरेपनि कर्मचारीबाटै सोको वेबस्था गर्दै सो रकम असुली गर्न कर्मचारीहरु सकृय भएका छन् । विभागले भन्सार सुधारकालागि आफुमातहतका कर्मचारीलाई तलवको दोव्वर प्रोत्साहन भत्ताको रुपमा दुई सय प्रतिशत भत्ता दिदै आए पनि सो विभाग अन्तरगतका अधिकाशं कर्मचारीहरुको मिलेमतोमा दस्तुरी संकलन भएको हो ।
यस कार्यमा विरगन्ज भन्सार कार्यलयमा खरिदार रामकैलाश रायले सो शुल्क संकलन गरि सवै तहका कर्मचारीलाई बाड्ने जिम्मा समेत विरगाज भन्सार कार्यालयले दिएको छ । सोही जिम्मेवारी खरिदार रायले निभाउदै आएका छन् ।
भन्सार कर्मचारी र व्यवसायीको मिलेमतोमा भने तातोपानी भन्सार नाकामा पुनःमेसको नाममा रकम असुली गर्न थालीएको छ । सो नाकाबाट आयात÷निर्यात हुने सवै सामानबाट प्रति कन्टेनर निर्यातका हकमा २० हजार र आयातको हकमा ४० हजार रुपैयाँ असुली गर्ने भन्सार कर्मचारीको सहयोगमा ठूला व्यापारिले रकम असुली गर्न थालेका छन् । त्यसैगरि त्रिभुबन अन्तराष्ट्रिय भन्सार कार्यलयमा पनि सो शुल्क संकलन गरे वापत राजस्व नै नतिरी आयातकर्ताको गोदाममा पुगेको ब्राण्डेड सामानलाई राजस्व अनुसन्धान विभागले बरामद गरेपछि सो कुरा वाहिर आएको हो ।
कर्मचारीको मिलेमतोमा भएको सो समान पिएस मार्केटिङको नाममा आयात गरेको अनुसन्धान विभागले जनाएको छ । विभागले बरामद गरेका सो समानमा क्यामेराआईपोट र अन्य विद्युतिय सामान छन् । यस्तो अबैधकार्य गर्नकालागि भन्सार कार्यलयले छुट्टै दलालएजेन्ट राखेर सो कार्य गरेको खुलासा समेत अनुसन्धानबाट खुल्न आएको छ । अर्थमन्त्री वर्षमान पुन कारवाही गर्नुको साटो सो दस्तुरी प्रथा हाल आएर पून सुरु भएको भन्ने सूचना पाएको सो बारेको सत्यतथ्य बुझ्न म आफै मुख्य भन्सार कार्यालयको निरिक्षणमा जाने कुरामा गर्भका साथ उनले भने ।
एकातर्फ दैनिक दस्तुरी संकलन भईरहेको सुचना पाउदाँ पनि अर्थमन्त्री वर्षमान पुनलॆ भने भाषणमा कडा कारबाही गर्ने बताएपनि हाल सम्म सो कार्यामा मन्त्री पुनले नै चासो दिएकाछैनन् । राजधानीमा हुने अधिकाशं कार्याक्रममा भारतीय रुपैयाँको अपचलनमा ठुला बैकहरुको संलग्नता रहेको सूचना आएको बताए तर कुनकुन हुन भन्ने बारेमा उनले खोल्न चाहेनन ।उनले खाली कारवाही गर्ने मात्र बताउदै मात्र आए । हाल सम्म कुनै कारवाही गरेका छैनन ।
दैनिक बढ्दै गएको वित्तिय अपराधमा संलग्न भएकालाई कारवाही गर्न भनेर छानविन समिति गठन वाहेक अन्य उपलव्धी अरु हुन सकेको छैन । उनले हाल चर्चामा रहेको नक्कली मुल्य अभिबृद्धि करभ्याटविल प्रयोगगरि अर्बौ रुपैयाँ सरकारी राजस्व ठगी गर्नेहरुको नाम र कम्पनीलाई कानुन बाधक भएको सम्म बताए । तर भ्याट विल नक्कली प्रयोग गरि कारोबार गर्नेलाई हालको कानुन बाधक नभएको आन्तरिक राजस्व विभागले जनाएको छ । सरकारले चाहेको खण्डमा नक्कली भ्याट विल प्रयोग गरि राजस्व हिनामिना गर्नेलाई कारवाही गर्न कानुन बाधक बन्दैन विभागका एक निर्देशकले बताए । यसरी अर्थमन्त्री वित्तिय अपराध गर्नेलाई कारवाही गर्ने हुङकार गरेपनि उनको हुङकार न भन्सारका कर्मचारीले सुने नत अन्य क्षेत्रका व्यक्तिले पत्याए । त्यसैले कारवाहीको हुङकार गर्नुको साट्टो कारवाही गरेर डुग्राउने होकी
                                                                                         karkirimn@gmail.com


Sunday, October 16, 2011

हुण्डीको हुण्डरी रोक्ने चुनौती
राजस्व अनुसन्धान विभागले गैरकानूनी रहेको हुण्डीको कारोबार रोक्नका लागि कारबाही थालेको छ । नेपालमा हुण्डी कारोबार बाहिर नदेखिए पनि भित्रभित्रै व्यापक प्रचलनमा आइसकेको अवस्थामा विभागले कारबाही थाल्नै ढिलो भइसकेको थियो । त्यसैले कारबाही थालिनु सकारात्मक हो । तर, एकदुई ठाउ“मा छापा मारेकै भरमा वा एकदुई जनालाई दण्डित गरेकै भरमा हुण्डीको कारोबार रोक्न सम्भव छैन । उच्च राजनीतिक संरक्षण र प्रतिष्ठित व्यावसायिक पृष्ठभूमिका व्यक्तिहरुको संलग्नतामा हुण्डीको कारोबार वर्षौंदेखि भइरहेको भन्ने प्रहरीको भनाइले पनि यो समस्याको अन्त्य जटील भएको देखाउ“छ । त्यसैले जबसम्म उच्च राजनीतिक तथा व्यावसायिक व्यक्तिहरु कालो धनलाई सेतो बनाउन र कालो धन हुण्डीमार्फत भित्र्याउन रकम स्थानान्तरण गरिरहन्छन्, जबसम्म व्यवसायीहरुले कालोबजारीलाई आफ्नो मूलमन्त्र ठानिरहन्छन्, तबसम्म हुण्डीको कारोबार रोकिने सम्भावना छैन । केही हदसम्म आर्थिक (वित्तीय) साक्षरताको अभाव र औपचारिक क्षेत्रको अनुपस्थितिका कारण पनि हुण्डी भइरहेको छ । त्यसलाई भने रोक्न सकिने सम्भावना हुन्छ ।
पहिलो त ठूला राजनीतिक नेताहरु, उच्च ओहोदाका कर्मचारीहरु अनि अवैध धन्दामा संलग्न व्यवसायीहरुले कालो धनलाई अनौपचारिक (हुण्डी)का माध्यमबाट विदेश पठाउने गरेको आशंका गरिएको छ । वैधानिक रुपमा व्यवसाय गरेकाहरुले पनि नेपालमा आफ्नो लगानी तथा सम्पत्तिको सुरक्षाको प्रत्याभूति महसुस नगरेकाले यही माध्यम भएर पु“जी पलायन गरिरहेको बताइन्छ । यदि नेपालमा लगानीमैत्री वातावरण बन्ने हो र सम्पत्तिको सुरक्षाको प्रत्याभूति हुने हो भने दोस्रो समस्याको समाधान हुन्छ । तर, पहिलो समस्या त्यस्तो होइन । त्यो समस्या समाधान गर्नका लागि भ्रष्टाचारमा संलग्न नेता तथा कर्मचारी एवम् अवैध धन्दामा संलग्न व्यवसायीलाई कानूनको कठघरामा ल्याउनुपर्छ । तर, अख्तियार दुरुपयोग अनुसन्धान आयोगजस्तो नेपालको ‘अम्बुड्समेन’ निकायले भ्रष्टाचार र कालोबजारीको दायरालाई त ठम्याउन सकेको छैन भने कारबाही त परको कुरा । त्यसो हु“दा राज्यकोष र उपभोक्ताको रगत चुसेर ठालू बनेकाहरुको संरक्षणमा भइरहेको हुण्डी रोक्ने राजस्व अनुसन्धान विभागको साहस दुस्साहसमा परिणत हुने सम्भावना छ ।
दोस्रो, यकीन तथ्याङ्क नभए पनि धार्मिक क्षेत्रमा काम गर्ने गैरसरकारी तथा अन्य किसिमका संस्थाहरुलाई निकै ठूलो मात्रामा रकम हुण्डीमार्फत आइरहेको आशंका गरिन्छ । त्यस्तो रकम पठाउनेमा चिनेजानेका ठूला देश तथा दातृसंस्था हुने भए पनि खुलेर भने आउ“दैन । अर्कातिर विदेशमा अस्वाभाविक रुपमा पैसा कमाउने नेपालीहरुले नेपालमा पैसा पठाउन यस्तै अनौपचारिक मँध्यमको प्रयोग गर्ने गर्छन् । अझ भारतीय अधिकारीहरुको आरोपलाई आधार मान्ने हो भने त हुण्डीमार्फत आतंककारी गतिविधिका लागिसमेत रकम भित्रन्छ । यी तथ्यलाई विश्लेषण गर्ने हो भने हुण्डीले ठूलै हुण्डरी सिर्जना गर्ने स्थिति बनिसकेको छ ।
दोस्रो, भारत, चीन र अन्य तेस्रो राष्ट्रबाट हुने प्रायः सबै आयातका लागि हुण्डीको माध्यमबाट पैसा पठाउने गरिन्छ । त्यो किनभने नेपालमा आयात हुने प्रायः सबै सामान न्यून बिजकीकरण गरी कम भन्सार तिरेर भित्रन्छन् । भन्सारमा पेश गर्नका लागि त्यस्ता सामानको कम मूल्यको बिल बन्छ, वास्तविक मूल्य अर्कै (अधिक) हुन्छ । त्यसो हु“दा वस्तुको बिलमा उल्लेख भएको मूल्यबराबरको रकम औपचरिक माध्यमबाट जान्छ, वास्तविक मूल्यबराबरको रकम चाहि“ हुण्डीको माध्यमबाट सम्बन्धित देशमा पठाउने गरिन्छ । नेपालमा हुण्डी व्यवसाय गर्नेहरुका नियमित, ठूला र भरपर्दा ग्राहक यस्तै व्यापारीहरु हुन् । त्यसैले भन्सारमा हुने न्यून बिजकीकरणको समस्यालाई समाधान गर्ने हो भने हुण्डीलाई नियन्त्रण गर्न त सकिन्छ नै, सरकारलाई ठूलो मात्रामा राजस्व समेत प्राप्त हुन्छ ।
तेस्रो, रोजगारीको सिलसिलामा भारतलगायतका देशमा रहेका नेपालीहरुले यहा“ रकम पठाउन औपचारिक स्रोत नभेट्टाउ“दा बाध्य भएर हुण्डीको सहारा लिनु परिरहेको छ । तीमध्ये धेरैजसो बैंकलगायतका औपचारिक माध्यमबाट रकम पठाउ“दा सुरक्षित र भरपर्दो हुन्छ भनेर थाहा नपाउनेहरु छन् । तिनीहरुलाई हुण्डीको कारोबार गैरकानूनी हो भन्ने पनि थाहा नहुन सक्छ । यो समस्या समाधान गर्न पहिलो त वित्तीय साक्षरताका कार्यक्रमहरु सञ्चालन गर्नु आवश्यक छ । दोस्रो, विशेषगरी भारतमा नेपाली विप्रेषण कम्पनीहरुलाई शाखा खोल्न अनुमति दिलाउन कुटनीतिक पहल गर्नु आवश्यक छ । अहिले पनि सीमित बैंक तथा विप्रेषण कम्पनीहरुले यस्तो काम गरिरहेका छन् । तर, तिनीहरुको सञ्जाल भारतमा काम गर्ने कामदार तथा नेपालस्थित तिनका नातेदारको पहु“चमा छैन । यदि नेपाली विप्रेषण कम्पनीले खाडी देशहरुमा जस्तै भारतमा पनि आफ्नो शाखा विस्तार गर्ने अवसर पाए भने हुण्डीको कारोबारलाई निरुत्साहित गर्न सकिन्छ ।


 भारी बोक्ने भरियालाई साढे दुई अर्ब जरिवाना !

उनी कहाँ छन् ? यसको पत्तो कसैलाई छैन । तर जहाँ भए पनि सर्लाहीका पदमबहादुर राउतले २ अर्ब ५० करोड जरिवाना तिर्नुपर्नेछ । काठमाडौं जिल्ला अदालतका न्यायाधीश बालेन्द्र रुपाखेतीले हालै गरेको फैसलाअनुसार उनी दुई वर्ष जेल पनि बस्नुपर्नेछ । भ्रष्टाचारमा मुद्दा चलाएका देशका सबै अभियुक्तको बिगो जोड्दा पनि राउतको जति पुग्दैन । सर्वोच्च अदालत स्थापना भएदेखि उठ्न बाँकी बिगो र जरिवाना मात्रै साढे चार अर्ब छ । तर यी राउत एक्लैले साढे २ अर्ब जरिवाना तिर्नुपर्ने भएको छ । यतिका रुपैयाँ बिगो तिर्नुपर्ने अपराधी यी राउत को  हुन्  त ?

उनीविरुद्ध पेस भएको अभियोग पत्रअनुसार यिनी सामाखुसीस्थित ‘न्यु दाहाल बिजनेस इन्टर प्राइजेज’ का मालिक हुन् । यही र्फमको कागज देखाएर यिनले हिमालयन र इन्भेस्टमेन्ट बैंकबाट ३ करोड ३४ लाख ६० हजार ६ सय ३७ अमेरिकी डलर अर्थात् अढाई अर्ब नेपाली रुपैयाँ नक्कली बिल देखाएर भुक्तानी लिए । राजस्व अनुसन्धान विभागका अनुसार यही नै यिनको कसुर थियो । विभागका तत्कालीन उपमहानिर्देशक राममणि दुवाडीले १३ महिनाअघि मुद्दा दायर गरेका थिए ।

अनेक प्रमाण र साक्षी बुझेपछि न्यायाधीश रुपाखेतीले उनी दोषी ठहर्‍याउँदै विभागको दाबीअनुसारै फैसला गरिदिए । तर यतिका पैसा घोटाला गर्ने अभियुक्त राउतका बारे अदालत, प्रहरी र सरकारी वकिल कसैलाई पनि जानकारी छैन । ‘हामीले पनि निकै खोज्यौं,’ दुवाडी भन्छन्, ‘उनी त भरिया अरे, अन्नपूर्ण क्षेत्रतिर भारी पो बोक्छन् अरे ।’

दुवाडीका अनुसार विदेशी मुद्राको अवैध कारोबार गर्ने गिरोहले अरूको नागरिकता राखेर र्फम खोल्छन् र उसैका नाममा कारोबार गर्छन् । ‘राउतका सम्बन्धमा पनि भएको त्यही हो,’ उनी भन्छन्, ‘धेरै खोजबिन गरेपछि हामीले नारायण पौडेललाई पक्रन सफल भयौं ।’ सिन्धुपाल्चोक फुटिङका पौडेल नै उक्त डलर काण्डका मुख्य दोषी भएको विभागको अनुसन्धानले देखाउँछ । तर कागजमा उनी कहीँ मुछिएका छैनन् । अदालतको बयानमा उनले उल्टै राउतलाई चिन्दिनँ भनेका छन् । तैपनि अदालतले पौडेललाई समेत दोषी मान्दै ३ करोड जरिवाना र १ वर्ष ३ महिना जेल सजाय हुने फैसला गरेको छ । पौडेल २०६६ माघ २० गते बैंकमा पैसा साट्न जाँदा विभागको सुराकीमा परेर समातिएका थिए । त्यसबेलादेखि उनी थुनामै छन् ।
- अवैध मोबाइल बेच्ने ३ चिनियाँ पक्राउ

मोबाइल एसेम्बल गर्ने दुई कम्पनी दर्ता गरी मोबाइलको चोरी पैठारीमा संलग्न तीन चिनियाँ नागरिकलाई आन्तरिक राजस्व विभागले पक्राउ गरेको छ । चोरी पैठारी गरी भित्र्याइएका १६ करोड रुपैयाँभन्दा बढीको मोबाइल कारोबार गरे पनि राजस्व नतिरेका उनीहरूलाई थप अनुसन्धान र कारबाहीका लागि मंगलबार राजस्व अनुसन्धान विभागको जिम्मा लगाइएको छ ।  मियु मोबाइल एसेम्बल कम्पनी (प्रा) लि नामको कम्पनी दर्ता गरी मोबाइलको अवैध कारोबारमा संलग्न मेलभिन भनिने मियु र आफेई नामका चिनियाँलाई आन्तरिक राजस्व विभागले सोमबार पक्राउ गरेको थियो । एसेम्बल कम्पनी दर्ता गरे पनि उनीहरूले महाबौद्धस्थित प्रधान आर्केडमा पसल खोलेर चोरी पैठारी गरी भित्र्याइएका मोबाइलको थोक कारोबार गरिरहेका थिए ।

गत जेठमा कम्पनी दर्ता गरेका उनीहरूले ४ करोड ९४ लाख रुपैयाँ बराबरको हजारौं मोबाइल सेट बिक्री गरिसकेका थिए । चीनको सीमावर्ती बजार खासामा पसल सञ्चालन गरिरहेका उनीहरूले त्यहाँबाट मोबाइल ओसारेर राजधानीमा थोक कारोबार गरिरहेका थिए । मियु नेपाली युवतीसँग बसोवास गरिरहेका थिए । टेली इलेक्टि्रकल एसेम्बल कम्पनी नामको कम्पनी दर्ता गरेर अवैध कारोबारमा संलग्न ली वाङलाई आन्तरिक राजस्वको २ नम्बर कार्यालयले पक्राउ गरेको हो । कम्पनी नवीकरणका लागि उनले पेस गरेको कर चुक्ताको प्रमाणपत्र कीर्ते भएको आशंकामा उद्योग विभागले जानकारी गराएपछि बबरमहलस्थित २ नम्बर कर कार्यालयले आइतबार उनलाई नियन्त्रणमा लिएको हो । उनले न्युरोडको पाकोस्थित ताम्राकार हाउसबाट कारोबार गरिरहेका थिए । २०६५ सालमा दर्ता भएको यो कम्पनीले ११ करोडभन्दा बढीको कारोबार गरेको प्रारम्भिक अनुसन्धानमा देखिएको छ । मूल्य अभिवृद्धि कर ऐन (भ्याट) अन्तर्गत थुनामा राख्ने अधिकार नभएका कारण उनीहरूलाई भन्सार चोरी पैठारीअन्तर्गत कारबाही गर्न राजस्व अनुसन्धान पठाएको विभाग स्रोतले जनाएको छ । 'थुनामा नराख्दा भाग्ने सम्भावना भएका कारण उता पठाइएको हो,' एक जना अधिकारीले भने ।
हेलम्बु अब 'गुम्बा गाउँ’
 कुनै वेला स्याउका लागि प्रख्यात सिन्धुपाल्चोकको हेलम्बु गाउँ अहिले गुम्बा गाउँका रूपमा चिनिन थालेको छ । केही वर्षअघिदेखि स्याउ फल्न छाडेपछि गुम्बाहरूले भरिएको हेलम्बुलाई 'गुम्बा गाउँ' भन्न थालिएको हो ।

'हेलम्बुलाई स्याउको गाउँ होइन, अब गुम्बाको गाउँ भन्नु ठीक हुन्छ' हेलम्बुका बासिन्दा भन्छन् । यहाँ साना-ठूला ३० भन्दा बढी गुम्बा छन् । एक वर्षमा मात्र यहाँ आठवटा गुम्बा थपिएका छन् । स्याउ फल्न छाडेपछि नयाँ परिचय बनाउन गाउँलेले गुम्बा निर्माणमा जोड दिएको स्थानीयवासी बताउँछन् । 'अब हेलम्बुलाई गुम्बाहरूको गाउँ भनेर चिनाउने अभियानमा छौँ,' तार्केघ्याङ गुम्बा संरक्षण समूहका अध्यक्ष कुइसाङ लामाले, 'ह्योल्मो समुदायको बाहुल्य रहेको हेलम्बुमा गुम्बालाई सुरुमा धर्म र संस्कारसँग जोडिन्थ्यो भने अहिले धार्मिक पर्यटनसँग जोड्न थालको छौँ ।' तिब्बतीयन संस्कृति रहेको हेलम्बुमा बुद्धिस्ट पर्यटकलाई आकषिर्त गर्न सकिने सम्भावना रहेको उनले बताए ।
अहिले गाउँमा आएको बजेट पर्यटक लोभ्याउन स्थानीयबासीले गुम्बामा खर्च गर्न थालेका छन् । गुम्बाभित्रका बुद्धका मूर्ति तथा आकृति मन लोभ्याउने खालका छन् । हालै मात्र यहाँको पुरानो चिरी गुम्बा जीर्णोद्धार गरेर आकर्षक बनाइएको छ । राष्ट्रपति रामवरण यादवले दुई साताअघि यहाँ आएर गुम्बाको उद्घाटन गरेका थिए । चन्दा संकलन गरेर सामूहिक प्रयासमा मात्र होइन, व्यक्तिगत लगानीमा समेत गुम्बा बनाउने क्रम सुरु भएको छ ।
पछिल्लो समयमा यहाँका युवा वैदेशिक रोजगारीमा जाने क्रम बढेकाले आर्थिक स्तर राम्रो भएका कारण निजी स्तरमा पनि गुम्बा निर्माण हुन थालेको हो । यहाँका एउटै गुम्बामा पाँच लाखदेखि एक करोड रुपैयाँसम्म लगानी भएको छ । स्थानीय ह्योल्मो भाषामा गुम्बालाई 'घ्याङ' भनिन्छ । हेलम्बुको मेलम्चीघ्याङ, तार्केघ्याङ, घ्याङगुल, नाखाते गाउँ गुम्बाले भरिन थालेका छन् । एकै टोलमा तीनवटासम्म गुम्बा छन् । यहाँका केही गुम्बा अत्यन्तै पुराना छन् । चिरिघ्याङ हेलम्बुको सबैभन्दा पुरानो गुम्बा हो । यो गुम्बा ६ सय ७५ वर्ष पुरानो भएको बताइन्छ । त्यतिवेलै ५० लाख रुपैयाँभन्दा बढी खर्चेर बनाइएको तार्केघ्याङ गुम्बाको ०२८ सालमा तत्कालीन राजा महेन्द्रले उद्घाटन गरेको स्थानीयबासी बताउँछन् । शाहीकालमा गुम्बा निर्माणका लागि राजपरिवारबाट जग्गा उपलब्ध गराइएको थियो । हेलम्बुका केही पुराना गुम्बामा बौद्ध शिक्षासमेत सञ्चालन गरिँदै आएको छ । गुम्बा संरक्षणका लागि भने सरकारबाट खासै सहयोग नपाएको स्थानीयवासीको गुनासो छ । सरकारले सहयोग नगरेपछि निजी खर्चमा गुम्बा संरक्षण गरिँदै आएको छ । 'यहाँका गुम्बा हामीले नै संरक्षण गर्दै आएका छौँ । सरकारले कुनै सहयोग गरेको छैन,' संरक्षण समूहका अध्यक्ष लामाले भने ।


सरकारले सम्पत्ति स्रोत लुकाउने र महँगा सवारी साधान खरिद गर्नेमाथी छानविन सुरु

रोशन कार्की÷राजधानी
काठमाडौं२८ असोज
सरकारले आम्दानीको स्रोत लुकाई महँगा सवारी साधन र आलिसान महलमा बस्नेहरुको गोप्यरुपमा सम्पत्तिको छानविन गर्ने भएको छ । यस कार्यमा आफ्नो आम्दानीको स्रोत लुकाई कम सम्पत्ति देखाउने तर महँगा सवारी साधान खरिद गरि चढ्ने र महलमा बस्नेहरुको सम्पत्तिको छानविन गर्न थालेको राजस्व अनुसन्धान विभागले जनाएको छ ।
विभागका अनुसार कम आयस्रोत देखाउनेहरुलाई विलासी जीवनयापनको भरपर्दो आधर उनीहरुसंग पहिलो चरणमा माग्ने तयारी विभागले गरेको छ । यसरी विवरण पेसगर्न नसकेको खण्डमा उनीहरुमाथी कानुनी कारवाही गरिने समेत विभागले जनाएको छ ।
विभागका एक अधिकृतले भनेुसम्पत्तिको स्रोत र आयस्रोत कम देखाउनेहरुले कसरी महँगा गाडी र आलिसान महल बनाए सो रकम कहाँबाट आयो सो बारे छानविन गरिन लागेको हो ।ु विभागका उपमहानिर्देशक शिशिर ढुंगानाले यस्ता धनाढ्यहरुको सम्पत्तिको स्रोत नखुले सोको कारवाहीका लागि सम्पत्ति शुद्धिकरण नियन्त्रण कानुन अनुसार सरकारले कारवाही गर्ने स्वीकार गरे । उनका अनुसारस्राृुेृत नखुलेको सम्पत्ति सरकारले जफत गर्ने छ । यदी स्रोत खुलेको तर कर् नतिरेको फेला परेमा कानुन अनुसार जरिवाना र व्याजसहित असुल गरिने कानुन विद्यमान रहेको उपमहानिर्देशक ढुङगानाले जानकारी दिए ।
विभागले दिएको जानकारी अनुसार पहिलो चरणमा वाग्मती अाचलनमा दर्ता भएका पछिल्ला आठौं लटका मोटरगाडीमा अनुसन्धान सुरु गरिने भएको छ । सो लटमा जो कोहीले खरिद गरेको ५० लाख भन्दाबढीको सवारी साधान चढ्ने व्यक्ति तथा कम्पनीलाई विभागले अनुसन्धान गर्ने भएको छ । सो सम्बन्धमा यातायात व्यवस्था विभागको तथ्याङकमा सो लटमा ५० लाख भन्दामाथीको सवारी साधानहरु १० ओटा दर्ता भएको जनाएको छ । राजस्व अनुसन्धान विभागले सोही १० ओटा सवारी साधान मालिकको कारोबार र कर विवरणबाट अनुसन्धान सुरु गरेको छ ।
आम्दानी र सम्पत्तिको स्रोत लुकाउनेहरुले बढीमात्रामा राजस्व हिनामिना गरेको र कर छली गरेको विभगको अनुसन्धानबाट खुल्न आएको छ । विभागले गरेको अनुसन्धानमा २ करोड १० लाख रुपैयाँमा खरिद गरेको कम्पनीले त्यही गाडीको खरिदमा तिरेको मुल्यअभिबृद्धि करभ्याटबाहेक अन्य कर नतिरेको खुल्न आएको छ । त्यस्ता कम्पनीलाई सरकारले कालो सुचीमा राखी कारबाहीकालागि सिफारीस गरेको समेत विभगले जनाएको छ ।
विभागको अनुसन्धानमा सामान्य उपहारका सामानको पसलगरि बस्ने व्यक्तिले ७० लाखको पजेरो खरिद गरेकोजग्गाको कारोबार गर्नेहरुले एक कारोड ३० लाखको प्राडो किनेको र एक करोड भन्दाबढीको मसर्िडिज गाडी दाइजोमा पाएको अनुसन्धानबाट खुलेको छ । विभागले तीनीहरुमाथि अनुसन्धान गरिरहेको छ भने एक कारोड भन्दाबढीको मसर्िडिज गाडी दाईजोमा दिनेको हैसियत र कारोबारमाथी पनि गोप्य रुपमा अनुसन्धान गरि रहेको छ ।
त्यसैगरि सरकारले सामान्य व्यवसाय गरेको तर आलिसान महल बनाई विलासिता जीवन विताउनेहरुमाथीपनि अनुसन्धान सुरु गरेको विभागले जनाएको छ । यस सम्बन्धमा विभागमा अबैधरुपमा सम्पत्ति कमाई राजस्व छली गर्ने र आलिसान महल र गाडी चढ्नेहरुको सूचना प्राप्त भईरहेको र सोही सूचनाका आधारमा आरोपीत व्यक्तिको डाटावेस बनाई निगरानी समेत सुरु गरेको उपमहानिर्देशक ढुङगानाले बताए । उनका अनुसार व्यवसाय सामान्य देखाउने तर स्वीमिङ पुलसमेत बनाएर घर बनाउनेहरुमाथि विभागले पहिलो प्राथमिकतामा राखी अनुसन्धान सुरु गरेको छ । व्यवसाय गर्ने र अन्य तबरबाट सम्पत्ति कमाउनेहरुले प्रत्येक वर्ष सम्पत्तिको विवरण बुझाउनु पर्ने व्यवस्ता सरकारले गरको छ । यसरी सम्पत्ति विवरण बुझाउदा सम्पत्ति बढेअनुसार कर बुझाउनु पर्ने ऐनमा उल्लेख गरिएको छ ।

Friday, October 14, 2011


वन मन्त्री मोहमद वकिल मुसलमानको निर्देशनमा रक्तचन्दन तस्करलाई उन्मुक्ति

एक महिनाअघि भैरहवामा समातिएको रक्तचन्दनको मुद्दामा रुपन्देही जिल्ला वन कार्यालयले वन मन्त्री मोहमद वकिल मुसलमानको निर्देशनमा खास तस्करलाई उन्मुक्ति दिएर भरियालाई फसाउने गरी रुपन्देही जिल्ला अदालतमा मुद्दा दायर गरेको छ।

रुपन्देही जिल्ला वन कार्यालयले रक्तचन्दन तस्करीमा संलग्न रुपन्देहीको बेलहियाका सुरेन्द्र जयसवाल र हरिषचन्द्र गुप्तालाई उन्मुक्ति दिन लागेको हो। फोरम लोकतान्त्रिकका जिल्ला सचिव सन्तोष पाण्डेले हरिषचन्द्रलाई लिएर काठमाडौं गई वन मन्त्रीलाई भेटाएपछि मन्त्री मोहमद वकिलले जिल्ला वन अधिकृत शिव वाग्लेलाई आवश्यक सहयोग गर्न भन्दै मुद्दालाई कमजोर बनाउन निर्देशन दिएको स्रोतको दाबी छ।

वन मन्त्रीको निर्देशनपछि गाडी भाडाको लोभमा खुर्सानी भनेर रक्तचन्दन बोकेका जीपका चालक गोरखपुरका अलाउद्दिन साह, मोहम्मद कलाम र राजु गुप्तालाई प्रष्ट किटान गरी अन्यको हकमा पछि नाम थर र प्रमाण पेश गर्ने गरी वन कार्यालयले रुपन्देही जिल्ला अदालतमा मुद्दा दायर गरेको छ।

‘प्रहरीले गाडीसहित बुझाएका तीन जनाको आवश्यक प्रमाण पुग्छ, अन्यको हकमा नाम थर र ठेगाना नखुलेकाले खुलेपछि पेश गर्ने तथा कानुनबमोजिम हुनेगरी मुद्दा दायर गरिएको छ– रुपन्देही जिल्लाका प्रमुख वन अधिकृत शिव वाग्लेले बताए।

प्रहरी स्रोतका अनुसार ५ सय ७८ किलो रक्तचन्दनसहित भदौ २४ गते पक्राउ परेका तीन व्यक्ति र गाडी एवम् अनुसन्धानमा खुलेको आवश्यक प्रमाण बुझाएपछि  वन कार्यालयले प्रहरीले बेलहियाका सुरेन्द्र जयसवाल र हरिषचन्द्र गुप्तालाई पक्राउ गरी पेश गर्न आग्रह गर्दै पत्राचार गरेको थियो। प्रष्ट किटान गरी पक्राउ गर्न आग्रह गरेको वन कार्यालयको पछिल्लो रवैया देखेर प्रहरी अधिकारी आश्चर्यचकित भएका छन्।

रक्तचन्दन तस्करीमा सुरेन्द्र र हरिषचन्द्रको संलग्नता भएको प्रयाप्त प्रमाण फेला परेको रुपन्देहीका एसपी रवीन्द्र रेग्मीले बताए । ‘पक्राउ परेकाको बयान र पक्राउ परेका व्यक्तिसँग' सुरेन्द्र र हरिषचन्द्रको टेलिफोन सम्पर्कलगायत् पर्याप्त प्रमाण पाइएका छन्– उनले भने। ‘वन कार्यालयले किन त्यसो गरी मुद्दा दायर गर्‍यो, वन कार्यालयलाई नै सोध्नुस्'– उनले भने।

हरिषचन्द्र र सुरेन्द्र बेलहियामा बसेर विभिन्नखालका तस्करीमा संलग्न व्यक्ति हुन्। एक महिनाअघि प्रहरीले बेलहियाबाट हरिषचन्द्रको १ सय ८३ बोरा चामल बरामद गरेको थियो। चामलभित्र रक्तचन्दन आएको सुराकीका आधारमा  छापा मारेको प्रहरीले प्रज्ञापनविनाको चामल बरामद गरेको थियो। चामल छुटाउन दबाब दिएको हरिषचन्द्र र सुरेन्द्र समूहले प्रहरीले नमानेपछि एसपी रवीन्द्र रेग्मीलाई सरुवाको धम्की दिएका थिए। स्रोतका अनुसार उनीहरुले फोरम जिल्ला नेतृत्वसँग रेग्मीको सरुवा भए २० लाख रुपियाँ खर्च गर्ने प्रस्ताव गरेका थिए। यो घटना लगत्तै उनीहरुको रक्तचन्दन बरामद भएको थियो । रक्तचन्दन बरामद भएलगत्तै फरार भएका हरिषचन्द्रगुप्ता र सुरेन्द्र जयसवाल वन कार्यालयले मुद्दा कमजोर बनाएर अदालतमा पेश गरेपछि पुनः भैरहवामा आएका छन्।   प्रहरीले भदौ २३ गते  हरियो खुर्सानी बोकेको गाडी चेकजाँच गर्दा भैरहवाको सभा हलनजिकै खुर्सानीभित्र रक्तचन्दन फेला पारेको थियो। प्रहरीले गोरखपुरबाट काठमाडौंसम्मको गाडीको अन्य खर्चबाहेक गाडी चालकले १४ हजार पाउने गरी रक्तचन्दन बोकेको पाइएको बताएको छ।
पिकअप जीपको बाहिरी भागमा हरियो खुर्सानी लोड गरेर भित्रपट्टि  १० वटा जुटका बोरामा प्याकिङ गरेर रक्तचन्दन राखिएको अवस्थामा रक्तचन्दन बरामद भएको थियो।

Thursday, October 13, 2011

ROSHAN KARKI

ROSHAN KARKI
हुन्डीमार्फत चीनमा ठूलो रकम निकासी
रोशन कार्की÷राजधानी
काठमाडौं २५ असोज
काठमाडौंको विभिन्न स्थानबाट दसैंको सामान खरिद गर्नका लागि मात्र नेपाली हुन्डी ऐजेन्टहरुले अवैध रुपमा चीनको स्वशासित क्षेत्र तिब्बतको खासामा ठूलो रकम निकासी भएको छ ।
राजधानीमा खुलेका कार्यालय होटल र गेस्ट हाउसबाट अवैध रुपमा हुन्डीको कारोबार गरिँदा दसैंको समयमा मात्र सो रकम हुन्डीमार्फत चीन निकासी भएको एक व्यवसायीले बताए । एक व्यवसायीले दिएको जानकारी अनुसार नेपाल र चीनबीचको व्यापारिक कारोबारमा नेपाली व्यापारीहरुले राजधानीको नयाँ बसपार्कस्थित रहेका विभिन्न होटल र गेस्ट हाउसबाट हुन्डीमार्फत रकम तिब्बतको ग्वाझाउ सहरमा करिब १ खर्ब रुपैयाँ पठाएको जानकारी दिएका छन् । सो कार्यमा विगतमा अवैध रुपमा हुन्डीको कारोबार गर्दा दुई वर्ष अगाडि पक्राउ परेका व्यापारी नारायण पौडेले बच्चु पौडेल विष्णु खत्री सुमन खत्रीले सो कारोबार गरेको बताइएको छ ।
यसैगरी लामो समयदेखि अवैध रुपमा हुन्डीको कारोबार गर्दै आएको प्रदीप सरिया गोविन्द सरिया शोभा खरेल मोहन अग्रवाल पवन सरिया हरि चिरानिया राजु मालु मदन केसी कृष्ण ज्ञवालीले यस पटकको दसैंमा करोडौं रुपैयाँको कारोबार हुन्डीमार्फत गरेका छन् ।
मैतीदेवीस्थित घरमा डेरा गरी बस्ने शिवरतन पोछारले हुन्डीमार्फत कारोबार गरिरहेको अवस्थामा २५ लाख ५० हजार रुपैयाँसहित पक्राउ गरेपछि घर-घरबाट समेत हुन्डीको कारोबार हुने गरेको रहस्य खुलेको छ । राजस्व अनुसन्धान विभागको अनुसन्धानबाट सो कारोबार घर-घरबाट हुने गरेकोसमेत पत्ता लागेको जनाएको छ । विभागका अनुसार पोछारले दैनिक ४० लाख रुपैयाँसम्म हुन्डीमार्फत कारोबार गरेको खुल्न आएको हो ।
ट्राभल्स एन्ड टुरको कार्यालय स्थापना गरी तेस्रो मुलुक र भारत चीनमा हुन्डीको कारोबार गर्ने भएकाले अर्बौं रुपैयाँ राजस्व देशलाई नोक्सानी भएकोसमेत राजस्व अनुसन्धान विभागले जनाएको छ । ट्राभल्सको कारोबार गर्ने भन्दै खुलेका ट्राभल्स ऐजेन्सीहरुले िसंगापुर इन्टरप्राइजेज सुन्धारा धाख्वा बिलिङका साचालक रवि कचुरिया मनकामना ट्राभल्सका साचालक मदन केसी दरबारमार्गको इमिरेट्स ट्राभल्सका साचालक राजु मालु सुन्धाराको युनिक ट्राभल्स एन्ड टुस्र एडभान्स मनी ट्रान्सफर र पशुपति मनी ट्रान्सफरलगायत अन्यबाट यस प्रकारको कारोबार हुने गरेको छ ।
अवैध रुपमा नेपालबाट भारत अस्ट्रेलिया दक्षिण कोरिया र खाडी मुलुकमा बढी मात्रामा हुन्डीमार्फत कारोबार हुने गरेका छन् । विभागले युनिक ट्राभल्सका साचालक कृष्ण ज्ञवालीलाई तारिकमा छोडेकै अवस्थामा उनले यस दसैंको मौका छोपी पुनः हुन्डीमार्फत नै रकमको कारोबार गरेका छन् । मनकामनाका साचालक अझै फरार भएको विभागले जनाएको ।
युजिन र एडभान्सका साचालक ज्ञवालीले ट्राभल्सको बोर्ड राखेर हुन्डीको कारोबार गर्दै आएको अनुसन्धानमा खुल्न आएको छ । काठमाडौंमा एउटा व्यवसायको बोर्ड राखेर अवैध हुन्डीको कारोबार गर्ने गरेको समेत विभागले गरेको अनुसन्धानबाट खुलेको छ । नेपाली व्यापारीले नेपाल भारत चीन दक्षिण एसिया पूर्वी एसिया र युरोपसम्म हुन्डीबाटै कारोबार गर्ने गरेका छन् ।
यसबाट कारोबार गर्दा व्यापारीले कुनै डकुमेन्ट बनाउनु नपर्ने र पर्यटन भिसामा बस्नेले सस्तोमा अवैध रुपमा रकम पठाउने भएकाले यसबाट राजस्व घाटामा परेको छ । अधिकांश व्यापारीले सामान एउटै भन्सार ऐजेन्टबाट भन्सार पास गराइदिने गरेकाले यसको कुनै वैधानिक प्रमाण हुँदैन । यसरी सयौं व्यापारीले हुन्डीमार्फत व्यापारिक कारोबार गर्दा खर्बभन्दा बढी एकै महिनामा रकम पलायन हुने गरेको छ ।

Wednesday, October 12, 2011


राजस्व अनुसन्धान विभागले 'नवधनाढ्यहरू' छानबिनमा
राजस्व अनुसन्धान विभागले आम्दानीको चित्तबुझ्दो स्रोत नदेखिए पनि महँगा गाडी चढ्ने, महलमा बस्ने नवधनाढ्यको  छानबिन सुरु गरेको छ । विलासी जीवनयापनको भरपर्दो आधार पेस गर्न नसके उनीहरूमाथि कारबाही गर्ने विभागको योजना छ ।
'महँगा गाडी किन्न र आलिसान महल बनाउन पैसा कहाँबाट आयो ?' विभागका उपमहानिर्देशक शिशिर ढुंगानाले भने, 'उनीहरूमाथि छानबिन हुन्छ ।' यस्ता धनाढ्यको सम्पत्तिको स्रोत नखुले सम्पत्ति शुद्धीकरण नियन्त्रण कानुनअन्तर्गत कारबाही हुनेछ । यो कानुनअनुसार स्रोत नखुलेको सम्पत्ति जफत हुन्छ । स्रोत खुले पनि कर छलेको फेला परेमा कानुनअनुसार जरिवाना र ब्याजसहित असुल गरिनेछ ।
पहिलो चरणमा विभागले वागमती अञ्चलमा दर्ता भएका पछिल्लो (आठौं) लटका ५० लाख रुपैयाँभन्दा बढी मोलका गाडी चढ्ने व्यक्ति/कम्पनीलाई अनुसन्धानको दायरामा ल्याएको छ । यातायात व्यवस्था कार्यालयले उपलब्ध गराएको तथ्यांकअनुसार उक्त लटमा ५० लाख रुपैयाँभन्दा बढी मोलका १० गाडी दर्ता छन् । ती दस गाडीवालाको कारोबार र कर विवरण हेरी अनुसन्धान सुरु गरिएको छ ।
यस्ता गाडी खरिद गर्नेले राजस्व छलेको संकेत अनुसन्धान सुरुमै देखिएको छ । ढुंगानाका अनुसार दुई करोड १० लाख रुपैयाँको गाडी खरिद गरेको र्फमले त्यही गाडीको खरिदमा तिरेको मूल्य अभिवृद्धि कर (भ्याट) क्रेडिट दाबी गरेबाहेक कुनै कर तिरेको फेला परेको छैन । विभागले ती र्फमका सञ्चालकलाई बयानका लागि चिठी काटिसकेको छ । यस्तै उपहार सामग्रीको सामान्य पसल गरी बसेका व्यक्तिले ७० लाख रुपैयाँको पजेरो चढेको भेटिएको छ । जग्गाको कारोबार गर्ने सिन्धुपाल्चोकका एक जनाले एक करोड २० लाख पर्ने प्राडो चढेको फेला परेको छ । एक करोड रुपैयाँको मर्सिडिज चढ्ने दाइजोमा पाएको पनि खुलासा भएको छ । यसमा दाइजो दिनेको हैसियत र कारोबारमाथि अनुसन्धान हुनेछ ।
विभागले सार्वजनिक सूचना गरी खासै व्यापार व्यवसाय नदेखिए पनि महल खडा गर्नेको सूचना दिन आह्वान गरेको छ । 'केही सूचना आएका छन्,' उपमहानिर्देशक ढुंगानाले भने, 'तिनको डाटाबेस बनाएर निगरानी सुरु गरिएको छ ।' स्वीमिङ पुलसमेत भएका घरलाई अनुसन्धानको प्राथमिकतामा राखिएको छ ।
यस्तो कदमले राजस्व छलीका साथै अपराधीकर्मबाट सम्पत्ति आर्जन गर्ने प्रवृत्ति निरुत्साहित हुने ढुंगाना बताउँछन् । उनका अनुसार विलासी जीवन बिताए पनि राजस्व छली गरेको फेला परे जरिवाना र ब्याजसहित तिर्नुपर्ने हुन्छ । अपराधकर्मबाट आर्जित सम्पत्तिको स्रोत नखुल्ने भएकाले सम्पत्ति शुद्धीकरण नियन्त्रण कानुनअन्तर्गत जफत हुनेछ ।
कारबाही सुरु भएपछि पुँजी पलायन बढ्नसक्ने भएकाले हुन्डीलाई नियन्त्रण गर्न सुरु गरिएको विभागले जनाएको छ । विभागले मैतीदेवीस्थित एउटा घरमा डेरा गरी हुन्डी चलाइरहेका शिवरतन पोद्दारलाई बुधबार २५ लाख ५० हजार रुपैयाँ नगदसहित पक्राउ गरेको छ । उनले दैनिक ३५ लाख रुप्ौयाँको हाराहारीमा रकम हुन्डी गरी बाहिर पठाइरहेको खुलेको छ ।
अवैध कारोबार र कर छलीमार्फत रातारात नवधनाढ्य हुने क्रम नियन्त्रण गर्न सम्पत्तिको सीमा तोकेर सीमाभन्दा बढी सम्पत्ति भएकाले प्रत्येक वर्ष सम्पत्तिको विवरण बुझाउनुपर्ने व्यवस्था विकसित मुलुकमा हुने चार्टर्ड एकाउनटेन्ट एलडी महत बताउँछन् । उनका अनुसार यसरी बर्सेनि सम्पत्ति विवरण बुझाउँदा सम्पत्ति बढेअनुसार कर नतिरेको शंका लागेमा उनको वाषिर्क कारोबारको अनुसन्धान गरी छलेको फेला परे असुल गर्ने गरिन्छ । कतिपय मुलुकमा बढेको सम्पत्तिमा छुट्टै सम्पत्ति कर तिर्नुपर्छ ।
विभागले सुरु गरेको काम सराहनीय भए पनि कार्यान्वयन हुनेमा मन्त्रालयका एक अधिकारीले शंका व्यक्त गरे । अवैध धन्दा गरी पैसा कमाउनेको पहुँच राजनीतिक नेतृत्वसँग हुन्छ । 'एकाएक धनाढ्यको रूपमा उदाएका कतिपय त भ्रष्ट नेता र कर्मचारीको पैसा व्यवस्थापन गर्ने पात्र पनि हुन्,' तिनले भने, 'यसैले यस्तो कारबाही रोक्न चर्को दबाब झेल्नुपर्ने निश्चित छ ।' बहाली हुनासाथ नक्कली बिलको अनुसन्धान रोक्न बल लगाउने मन्त्री र विभिन्न देशका नागरिकता प्रयोग गर्ने राज्यमन्त्री हुने सरकारले यस्तो काम इमान्दारीपूर्वक गर्नेभन्दा पनि तर्साएर पार्टी र नेताका खातामा पैसा जम्मा गर्ने सम्भावना बढी भएको तिनले शंका व्यक्त गरे ।     

Sunday, October 9, 2011

कृषि मन्त्रालयको अर्बौं पर्ने जग्गा व्यक्तिगत नाममा


राजधानीको मुटुमा रहेको र मुख्य राजमार्गसित जोडिएको अर्बौं रुपैयाँ मूल्य पर्ने सरकारी कार्यालयको परिसरमा रहेको जग्गामध्ये २१ रोपनीभन्दा बढीको लालपुर्जा विभिन्न व्यक्तिका नाममा रहेको खुलासा भएको छ ।

राजनीतिक नेता, भूमाफिया र गुन्डाको आडमा आठ जनाले उक्त जग्गा आफ्नो भएको दाबी गर्दै भोगचलन गर्न दिन वा हालको मूल्यलाई आधार मानी मुआब्जा दिन माग गरी निवेदन दिएपछि उक्त तथ्य खुलासा भएको हो । सरकारले कृषि मन्त्रालय मातहतका दुई कार्यालयका लागि ४० वर्षभन्दा अघि अधिग्रहण गरी मुआब्जा दिइसकेको उक्त बहुमूल्य जग्गाको लालपुर्जा मालपोत कार्यालयको भ्रष्टाचार र भूमाफियाका कारण व्यक्तिको नाममा गरिएको हुन सक्ने सरकारी अधिकारीले बताएका छन् ।

स्रोतका अनुसार त्रिपुरेश्वरस्थित पशु सेवा केन्द्रको कम्पाउन्डभित्र रहेको ३९ रोपनीमध्ये १३ र बालाजुको चक्रपथ नजिकको मत्स्य विकास केन्द्रको कम्पाउन्डभित्र रहेको ५६ रोपनी जग्गामध्ये ८ रोपनीभन्दा बढी जग्गाको लालपुर्जा व्यक्तिको नाममा समेत छ । सरकारले दुई केन्द्रीय कृषि कार्यालयका लागि २०२४, २०२६ र २०३१ सालमा ती दुई ठाउँको जग्गा मुआब्जा दिई अधिग्रहण गरेको हो । ती दुई कार्यालयले नै आफ्नो कम्पाउन्डभित्र रहेको सम्पूर्ण जग्गा भोगचलन गर्दै आएका छन् ।

त्रिपुरेश्वरस्थित पशु सेवा केन्द्रको कम्पाउन्डभित्रको ३९ रोपनी जग्गामध्ये तीन जनाले १३ रोपनी र बालाजुस्थित मत्स्य विकास केन्द्रको कम्पाउन्डभित्र रहेको जग्गामध्ये पाँच जनाले ८ रोपनी आफ्नो नाममा रहेको लालपुर्जासहित कृषि मन्त्रालयमा दाबी गरेका छन् । उनीहरूले सरकारी कार्यालयको कम्पाउन्डभित्र रहेको 'आफ्नो जग्गा' आफूलाई भोगचलन गर्न दिन वा हालको मूल्य आधारमा मुआब्जा दिन निवेदनमा माग गरेका छन् ।

राजनीतिक नेता, गुन्डा र भूमाफियाले मन्त्रालयका अधिकारीहरूलाई उक्त जग्गा दाबी गर्ने व्यक्तिलाई हस्तान्तरण गर्न या हालको मूल्यमा मुआब्जा दिन बारम्बार दबाब दिइरहेको जानकारी एक अधिकारीले दिए । स्रोतका अनुसार जग्गा आफ्नो हो भन्ने दाबी गर्नेहरूमध्ये अधिकांशले केही नेता, गुन्डा र भूमाफियालाई मन्त्रालयमै ल्याई कृषिका अधिकारीहरूलाई धम्की दिने गरेका छन् । भूमाफियाको दबाबमा हरेक नयाँ प्रधानमन्त्री, भूमिसुधार र कृषिमन्त्रीले समेत सरकारी जग्गा आफ्नो हो भनी दाबी गर्ने व्यक्तिको निवेदनमा सहानूभूतिपूर्वक विचार गरिदिन तोक लगाउने गरेका छन् । त्यसले मन्त्रालयका अधिकारी चेपुवामा पर्ने गरेका छन् ।

सरकारले ४० वर्षभन्दा अघि तत्कालीन मूल्यअनुसार ८ हजार रुपैयाँ रोपनीका दरले अधिग्रहण गरेको जग्गाको हाल आनाकै करोडभन्दा बढी पर्छ । 'आनाको करोडको दरले २१ रोपनीको पुनः मुआब्जा दिनुपर्‍यो भने राज्यले सवा तीन अर्ब रुपैयाँभन्दा बढी तिर्नुपर्छ,' कृषिका एक अधिकारीले भने ।

मत्स्य विकास केन्द्रको सम्पूर्ण जग्गाको लालपुर्जा कृषि मन्त्रालयको नाममा छ । केन्द्रको कम्पाउन्डभित्र रहेको जग्गामध्ये १०६, १०७, १०८, १९६ र १९७ नं. कित्ता आफ्नो भएको दाबी गर्नेमा डम्बरजंग पाण्डेसहित पाँच जना छन् । मन्त्रालयका अधिकारीका अनुसार केन्द्रका लागि जग्गा अधिग्रहण गर्दा प्रमाण पुग्ने जग्गाधनी सबैलाई मुआब्जा दिइएको थियो । उक्त पाँच कित्तामा खेतीपाती गर्ने व्यक्तिको प्रमाण नपुगेकाले मुआब्जा पाएका थिएनन्, तर उक्त जग्गा भोगचलन गर्दै आएका व्यक्तिले नै केन्द्रसित त्यतिबेलै आफ्नो प्रमाण नपुगेको भन्दै मुआब्जा नपाए पनि अधिग्रहणलाई स्वीकार गरी राजीखुसी कागज गरेर दिएका थिए ।

एक अधिकारीका अनुसार अहिले तिनै व्यक्तिका छोरानाति आएर जग्गा दाबी गरेका हुन् । 'राजीखुसी जग्गा अधिग्रहणलाई स्वीकार्ने व्यक्तिका छोरानातिले नै मेरा बाबुले जग्गा या मुआब्जा नलिए पनि हामीलाई दिनैपर्छ भन्दै पाँच कित्ता जग्गा आफूलाई भोगचलन गर्न या हालको मूल्यमा मुआब्जा दिन माग गरेका हुन् । केन्द्रको नाममा सम्पूर्ण जग्गाको लालपुर्जा छ, तर त्यसमध्ये पाँच कित्ताको लालपुर्जा प्रमाणै नभएका ती व्यक्तिका नाममा समेत कसरी बन्न पुग्यो भनेर अधिकारीहरू आश्चर्यचकित छन्, उनीहरू मातपोत कार्यालयका कर्मचारीको नाजायज मिलेमतोले अनधिकृत व्यक्तिका नाममा पुर्जा बनाइएको हुन सक्ने बताउँछन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २०६५ मा नै ती पाँच कित्ता मत्स्य विकास केन्द्रकै भएको र हकदाबी गर्नेको कुनै प्रमाण नभएकाले मुआब्जा दिनु नपर्ने ठहर गरेको थियो । त्रिपुरेश्वरस्थित पशु सेवा केन्द्रको कम्पाउन्डभित्र रहेको ३९ रोपनी जग्गाको धनीपुर्जा कृषि मन्त्रालयसित छैन । मन्त्रालयले अधिग्रहण भएको ४० वर्ष बढी भइसक्ता पनि धनीपुर्जा लिनेतर्फ चासो नदिएका ्रकारण भूमाफियाले खेल्ने मौका पाएको स्रोतले बतायो ।

मन्त्रालयले २०२४ र २०३१ मा केन्द्रका लागि अधिग्रहण गरेको जग्गाको धनीपुर्जा बनाइदिन ३५ वर्षभन्दा बढी पछि आएर मालपोत कार्यालयलाई आग्रह थियो । अधिग्रहण गरेको प्रमाण हुँदाहुँदै मालपोत कार्यालय, काठमाडौंले भने भूमाफियासित मिलेर २०६० सालमा उक्त जग्गामा कसैको हकदाबी छ भन्ने निवेदन माग गरी सार्वजनिक सूचना प्रकाशित गरेपछि तीन जना व्यक्तिले १३ रोपनी जग्गा आफ्नो भएको दाबी गर्न आइपुगेका हुन् । स्रोतका अनुसार मालपोत कार्यालयले केन्द्रको ३९ रोपनीमध्ये १३ रोपनीमा तीन जना व्यक्तिको हकदाबी छ भन्दै मन्त्रालयलाई पूरै जग्गाको धनीपुर्जी बनाउन अस्वीकार गरिदिएको थियो । केन्द्रको जग्गामध्ये महेशविक्रम शाहले ६ रोपनी, कैलाशभक्त राजभण्डारीले ४ रोपनी र कन्हैया राजभण्डारीले तीन रोपनी आफ्नो भएको हकदाबी गरेका छन् । उनीहरूसित मालपोत कार्यालयले दिएको उक्त जग्गाको धनीपुर्जीसमेत छ । जबकि मालपोत कार्यालय, काठमाडौंले मन्त्रालयलाई पठाएको प्रत्युत्तरमा नै १३ रोपनीमा तीन व्यक्तिको हकदाबी परे पनि नापीको रेकर्डमा भने सम्पूर्ण जग्गा ३९ रोपनी नै केन्द्रको नाममा रहेको उल्लेख छ । नापीको रेकर्डमा केन्द्रको नाममा भएको, अधिग्रहणको प्रमाणसमेत भएको सरकारी कार्यालयको कम्पाउन्डभित्र रहेको जग्गाको धनीपुर्जा मालपोतका तत्कालीन अधिकारीले भ्रष्टाचारको आडमा केही वर्षअगाडि तीन व्यक्तिको नाममा गरेको कृषिका अधिकारीले उल्लेख गरेका छन् । दुई सरकारी कार्यालयको जग्गाबारे जिज्ञासा राख्दा भूमिसुधार मन्त्रालयका जग्गा प्रशासन महाशाखा प्रमुख कृष्णप्रसाद लम्सालले जग्गाको दोहोरो श्रेस्ता हुन नसक्ने दाबी गर्दै भए छानबिन गरी खारेज गरिने बताए । 'कुनै पनि जग्गाको दोहोरो श्रेस्ता हुन सक्तैन । कृषि मन्त्रालयबाट त्रिपुरेश्वर र माछापोखरीको पशु र मत्स्य विकास केन्द्रको कम्पाउन्डभित्र रहेको जग्गामध्ये केही भागको धनीपुर्जा कसरी व्यक्तिको नाममा पुग्यो भनेर सोध्दै त्यसलाई खारेज गर्न पत्र आएको छ । प्रमाण जसको पक्षमा पुग्छ, उसैको नाममा दर्ता र धनीपुर्जा बन्छ,' उनले भने । भूमिसुधार मन्त्रालयले सम्बन्धित कार्यालय -मालपोत कार्यालय काठमाडौं) लाई कृषि मन्त्रालयको उक्त जग्गाको छानबिन गरी दोहोरो श्रेस्ता खारेज गर्न अघिल्लो साता पत्र लेखिसकेको जानकारी दिए । उनका अनुसार दोहोरो श्रेस्ता खारेज गर्ने अधिकार मालपोत कार्यालयलाई छ ।                                                 बलराम बानियाँ/काठमाडौ,
                                                          प्रकाशित मिति: २०६८ आश्विन २२ ०८:२१

Saturday, October 1, 2011

ROSHAN KARKI: रक्तचन्दन तस्करीमा डीआईजी तानिने रक्तचन्दन तस्क...

ROSHAN KARKI:
रक्तचन्दन तस्करीमा डीआईजी तानिने


रक्तचन्दन तस्क...
: रक्तचन्दन तस्करीमा डीआईजी तानिने रक्तचन्दन तस्करीको अभियोगमा दुई डीएसपीमाथि कारबाहीको सिफारीस भएको छ। प्रहरीको आन्तरिक छानबिनमा तस्करीमा...

रक्तचन्दन तस्करीमा डीआईजी तानिने



रक्तचन्दन तस्करीको अभियोगमा दुई डीएसपीमाथि कारबाहीको सिफारीस भएको छ। प्रहरीको आन्तरिक छानबिनमा तस्करीमा मिलेमतो देखिएको भन्दै जिल्ला प्रहरी कार्यालय रसुवाका तत्कालीन डीएसपी ओम रानामगर र नुवाकोटका बालकृष्ण थापालाई कारबाहीको सिफारिस गरेको हो। गृहमन्त्रालयले भने उक्त प्रकरणमा सहसचिवको संयोजकत्वमा छानिबन बोर्ड बनाएर हालै छुट्टै अनुसन्धान थालेको छ। रसुवा नाका हुँदै रक्तचन्दन कारोबारमा संलग्न रहेको आरोपमा प्रहरी प्रधान कार्यालयले डिएसपी रानालाई दुई महिनाअघि नै सरुवा गरिसकेको भए पनि नुवाकोटका डीएसपीको भने सरुवा समेत गरिएको छैन। सोही घटनाम मुछिएका नेपाली सेनाका कर्र्णेल भने जेल गइसकेका छन्। प्रहरीको छानबिन समिति स्थलगग रुपमा गई अनुसन्धान गर्दा उनीहरूको गम्भीर लापरबाही र मिलेमतो रहेको भन्दै प्रहरी नियमावलीअनुसार कारबाही गर्न प्रहरी महानिरीक्षक रवीन्द्रप्रताप शाहलाई सिफारिस गरिएको हो। तर गृहबाट छुट्टै अनुसन्धान भइरहेकाले उनीहरूलाई कारबाहीलाई स्थगित गरिएको छ।
गृहले प्रहरी किताबखानाका महानिर्देशक नारायणप्रसाद सञ्जेलको संयोजकत्वमा गठन गरेको छानबिन समिति पनि एक हप्ताअघि रसुवा पुगी स्थलगत अनुसन्धान गरी फर्किसकेको छ। छानबिन समितिमा नेपाल प्रहरीका एसएसपी रमेश फुँयाल र राष्टिय अनुसन्धान विभागका एसएसपी राजु अर्याल छन्। समितिले रसुवाका तत्कालीन डिएसपी रानासँग लगातार चार दिनसम्म घटनाको विषयमा बयान लिएको छ। उनले तस्करीमा आफ्नो संलग्नता अस्वीकार गरेका छन् तर नैतिक जिम्मेवारी भने लिएका छन्। तर घटनाको संलग्न रसुवाका तत्कालीन प्रमुख जिल्ला अधिकारी श्रीकृष्ण श्रेष्ठ र नुवाकोटका डीएसपी थापासग भने बयान लिएको छैन। आफूहरूलाई सिमित म्यान्डेट भएकाले विस्तृत अनुसन्धान गर्न नमिल्ने छानबिन समितिका एक अधिकारील बताए। स्रोतका अनुसार दुई महिनाअघि रसुवा नाका हुँदै आठ टन रक्तचन्दन चीन निकासी भएको थियो। ना.३.ख २८९४ नम्बरको टकमा सात करोड २० लाख मूल्यबराबरको रक्तचन्दन निकासी भएको हो। जुन रक्तचन्दन सेनाको ब्यारेक हुदै पास भएको सेनाको छानबिनले पुष्टि गरेको छ।  प्रहरीसँगको मिलेमतोमा उक्त रक्तचन्दन तस्करी हुन नसक्ने भन्दै प्रहरीले पनि छानबिन सुरु गरेको थियो। रक्तचन्दन तस्करी हुने बाटो सेनाको ब्यारेकभित्र पर्छ। कुनै पनि गाडी उक्त बाटोबाट प्रबेश गराउन सेनाको अनुमति लिनुपर्ने हुन्छ। तर ट्राफिकको रेडर्कमा उक्त टक नाका गएको देखिन्छ भने सेनाको रेकर्डमा देखिन्न। त्यसकारण सेनाकै अधिकारीको मिलेमतो भएपछि सेनाका अधिकारीलाई कारबाही गरिएको हो।
छानबिन समिति स्रोतका अनुसार सिमेन्ट भन्दै तस्करी गरिएको उक्त टक नुवाकोटमा मात्र ६ ठाउमा चेकजाच गरिएको थियो। बेत्रावती, कालिकास्थान, धुन्चे, स्याफ्रुबेशी, टिम्बुरे र रसुवागढी नाकामा प्रहरीले रक्तचन्दन बोकेको ट्रकलाई पास गराएका थिए। स्रोतका अनुसार चेकजाचमा संलग्न प्रहरीसमेत छानबिनको दायरामा छन्। हालसम्मको अनुसन्धानमा तस्करीमा प्रहरीको अप्रत्यक्ष संलग्नता देखिएको थप अनुसन्धानका लागि छानबिन समितिले प्रहरी, सेना, सिडिओलगायतका अधिकारीको कल डिटेलबाट अनुसन्धान गरिरहेको छ।
साइटिक्स कानुनअनुसार कारोबारमा प्रतिबन्ध रक्तचन्दन भारतको कर्णाटक र केरलाबाट नेपालको बाटो हँुदै केही वर्षयता चीनमा तस्करी हँुदै आएको छ। खासगरी तातोपानी नाकाबाट रक्तचन्दनको तस्करी हुँदै गरेकोमा गत वर्षबाट रसुवा नाकाबाट पनि तस्करी हुन थालेको प्रहरी अधिकारीहरू बताउँछन्। अरनिको राजमार्गबाट हुने रक्तचन्दनको तस्करीमा त प्रहरीको प्रत्यक्ष मिलेमतो देखिएपछि तीन जना प्रहरी हाल थुनामा छन् भने जगाती प्रभागका सई राजु निलम्बनमा परेका छन्।
देउवाले आफ्नो प्यानलवाट महामन्त्रीमा उम्मेदवार बनाएर पराजित भएका विमलेन्द्र निधिलाई पार्टी विभाजनका लागि अग्रसर गराएको आशंका कांग्रेस भित्र ब्याप्त छ। निधि पुन पार्टीमा फुटको नेतृत्व गरेर पार्टी सभापति बन्ने ध्याउन्नमा लागेको कांग्रेस भित्र चर्चा हुन थालेको छ। देउवाले भने आफू प्रधानमन्त्री हुन नपाएको झोक भातृ संगठनको विघटनको निर्णयमा मात्र फेरेका हुन्।

सरकारले असुली गरेन विनोद चौधरीसँग कर छलीको १० अर्ब रुपैयाँ

रोशन कार्की काठमाडौं । सरकारको नेतृत्व गरेकाहरुले देशको भुभाग प्रयोग गरी उद्योग व्यवसाय गर्दै आएकाहरुले छली गरेको राजश्व र कर असुली नगरि ...