Wednesday, August 31, 2011

विराटनगरमा भन्सारमा चोरी निकासीमा तीब्रता





विराटनगर भन्सार कार्यालयमा गत वर्षको तुलनामा चालु आर्थिक वर्षको साउन महिनामा राजस्व सङ्कलन कम भएको सो कार्यालयको एक तथ्याङ्कले जनाएको छ । आयात निर्यातको कमी, व्यापारीले विराटनगर–जोगवनी बाहेक अन्य नाकाको प्रयोग, सुपारी तथा दलहलनको आयातमा कमी, एलपी ग्यास तथा पेट्रोलियम पदार्थको आयातमा कमी र अवैध चोरी तस्करीले भन्सार राजस्व सङ्कलन कम भएको त्यहाँका कर्मचारी बताउँछन्  । भन्सार प्रमुख विनोदबहादुर कँवरका अनुसार आर्थिक वर्ष २०६८ /६९ को साउन महिनामा रु ७५ करोड ७२ लाख ५६ हजार राजस्व सङ्कलन हुने लक्ष्य रहेकोमा रु ६९ करोड ३२ लाख ६० हजार कुल राजस्व सङ्कलन भएको बताइएको छ । कार्यालयबाट प्राप्त विवरण अनुसार २०६८/०६९ को साउन महिनामा  भन्सार महसुल रु १९ करोड, मूल्य अभिवृद्धि कर रु ४४ करोड ३५ लाख, अन्तशुल्क रु तीन करोड ८८ लाख तथा सडक सुधारवापत रु १४ लाख ८८ हजार कूल राजस्व सङ्कलन भएको छ । यसअघि २०६७/६८ को साउनमा महिनामा रु ६५ करोड ७५ लाख राजस्व सङ्कलन लक्ष्य रहेकोमा त्यो भन्दा अत्याधिक रु ७४ करोड राजस्व सङ्कलन सो कार्यालयले गरेको थियो । हाल सो कार्यालयबाट जेठ महिनाबाट संक्षिप्त कर लागु गरेपछि  रु १०० भन्दा बढीको सामान आयात गर्ने साना व्यापारी तथा सर्वसाधारणले भन्सार राजस्व बुझाउने कार्य व्यवस्थित हुँदै गएको छ ।                                                  विराटनगर, भदौ १४ ।

Monday, August 29, 2011

    रक्तचन्दन लैजाने बाटो  खोजिँदै



रक्तचन्दन निकासीको उपयुक्त समय पर्खिरहेका तस्करहरूले माओवादी र केही पत्रकारहरूको मिलेमतोमा केही दिनभित्रै ठूलो परिमाणमा चन्दन खासा निकासी गर्ने तयारी गरिरहेका छन्। माओवादी पोल्टीब्युरो सदस्य अग्नि सापकोटाका कान्छा छोरा रूपक सापकोटा र पूर्व गृहमन्त्री कृष्णबहादुर महाराका छोरा एटम चन्दन निकासी गर्न प्रत्यक्ष रूपमा संलग्न रहेको माओवादीका एक जिल्ला नेताले जानकारी दिए। सहिद कोटामा चिनियाँ भाषा अध्ययन गर्न ल्हासा गएका सापकोटा दुई महिनाको बिदामा नेपाल आएका थिए। यही बिदाको समयलाई सदुपयोग गर्दे उनीसहितको सक्रियतामा चन्दन निकासी गर्न लागिएको हो। माओवादी सभासद राजकुमार श्रेष्ठका बहिनी ज्वाइँ भीमप्रसादपराजुली र दिपले चन्दन तस्करीहरूलाई सहयोग गर्ने गरेको भए पनि उनी भट्टराई निकट रहेको र उनले पैसा भागबन्डा नगरेपछि  दाहाल पक्षीय सापकोटालाई पनि चन्दन निकासीमा सहयोगका लागि पठाइएको स्रोतको दाबी छ। माओवादी शान्ति प्रक्रियामा आएलगत्तै तातोपानी भन्सार आसपास पार्टीको काम हेर्ने जिम्मा उनैले पाएका थिए।
चन्दन तस्करहरूले केही दिनअघि चन्दन लैजाने योजना बनाए पनि अरनिको राजमार्गको डाक्लङ भन्ने स्थानमा ठूलो पहिरो गएको र बाटो अवरुद्ध हुने गरेपछि निकासी गर्न पाएका थिएनन्। सिन्धुपाल्चोकको राजमार्ग हेर्ने जिम्मा पाएको खाँडीचौरका निलम राजभण्डारी एक साता अघि लाइन क्लियर गर्न सहयोग पुर्यामउन अनुरोध गर्न जिल्ला प्रशासन कार्यालय आएका थिए।  नयाँ आएका प्रमुख जिल्ला अधिकारी कमलमणि काफ्ले र डीएसपी बसन्तकुमार लामाले चन्दन निकासी गर्न नदिने भएपछि सहायक प्रमुख जिल्ला अधिकारी गोविन्द सापकोटालाई मनाउन राजभण्डारी प्रशासन आएको स्रोतको दाबी छ। गत सोमबार डीएसपी लामा मुढे गएको मौका छोपी राजभण्डारी पैसा बोकी काभ्रे र सिन्धुलीको सीमा बन्देउमा रहेको चेक पोष्टमा आएका थिए। उनले प्रत्येक प्रहरीलाई १० लाख रूपैयाँ दिन्छु बाटो खाली गरिदिनुहोस् भनेका थिए तर लामाले नमानेपछि उनी त्यसै फर्किएका थिए। चीनको ल्हासामा हुने सुरक्षा सम्बन्धी बैठकमा भाग लिन प्रमुख जिल्ला अधिकारी र डीएसपी बुधबार जाने भएपछि त्यो समयमा ठूलो परिमाणमा चन्दन निकासी गर्ने तयारी भइरहेको स्रोतको दाबी छ। चन्दन तस्करीहरूले पत्रकारहरूलाई पनि समचार नलेख्न एक पत्रकारमार्फत् च्यानल मिलाएको स्रोतको दाबी छ। उनले यसअघि पनि चन्दन तस्करहरूबाट एकपटक चन्दन निकासी हँुदा १ लाख ६० हजार रूपैयाँ बुझेको स्रोतको दाबी छ।

कर छलीमा लेखापरीक्षक संलग्न





        

काठमाडौ, पुस २१ - राजस्व छली र जालसाजिका घटनामा करदाता र सरकारी निकायबीचमा काम गर्ने मध्यस्थकर्ता (लेखापरीक्षक, भन्सार एजेन्ट) हरू नै संलग्न भेटिएका छन् । विभागले अनुसन्धान गरिरहेको नक्कली भ्याट (मूल्य अभिवृद्धि कर) बिलमार्फत राजस्व छली प्रकरणमा ठूलो संख्यामा लेखापरीक्षक तानिँदै छन् । यसमा एक दर्जनभन्दा बढी चार्टर्ड एकाउन्टेन्ट छन् । 'कर छलीमा व्यापारीभन्दा लेखापरीक्षक बढी दोषी देखिएका छन्,' अर्थ मन्त्रालय स्रोतले भन्यो । हालै नक्कली भ्याट बिल छानबिनका क्रममा संलग्न भेटिएपछि आन्तरिक राजस्व विभागद्वारा बयानका लागि बोलाइएका चार्टर्ड एकाउन्टेन्ट राजेश अग्रवाल अहिले फरार छन् । नक्कली बिल लेखापरीक्षकले उपलब्ध गराएको भन्ने करदाताकै बयानका आधारमा विभागले सोधपुछ गर्न बोलाएको थियो । सबै कागजपत्र लिएर भोलि आउँछु भनी तारेख लिएर हिँडेका राजेश त्यसपछि सम्पर्कमा आएनन् । उनलाई सात दिनभित्र हाजिर हुन विभागले बिहीबार सार्वजनिक सूचना जारी गरेको थियो । अभाव भएका बेला भारतीय रुपैयाँ महँगोमा सटही गर्नकै लागि भन्सार एजेन्ट वीरेन्द्र गुप्ताले गत असोजमा महोत्तरीको मटिहानी छोटी भन्सारबाट कर महसुल नलाग्ने किताब र कपास आयात गरेको कागज बनाई ४ करोड भारतीय रुपैयाँ बैंकबाट निकालेको फेला परेको छ । राष्ट्र बैंकले भारतबाट सामान आयात गरेको प्रमाण पेस गरेपछि मात्र भारतीय रुपैयाँ पाइने व्यवस्था गरेपछि उनले किताब र कपासजस्ता कर महसुलमुक्त सामान भित्र्याएको प्रमाण बनाएका थिए । गत आर्थिक वर्ष निकासी नगरे पनि रसुवालगायत भन्सारबाट निकासी गरेको कागज बनाई भ्याट फिर्ता लिएको प्रकरणमा पनि केही लेखापरीक्षक संलग्न देखिएका छन् । करिब ७० करोड रुपैयाँ निकासीको प्रमाण बनाएका र्फमहरूले भ्याट फिर्ता भन्दै ७ करोड रुपैयाँ राज्य कोषबाट झिकेका थिए । स्रोतका अनुसार लेखापरीक्षक थलमान सुवेदीले छोरीको नाममा दर्ता रहेको दिगम्बर ट्रेडर्स यसमा संलग्न देखिएको छ । भ्याट फिर्ता नक्कली बिल प्रकरणसँग जोडिएको फेला परेपछि थप अनुसन्धान भइरहेको आन्तरिक राजस्व स्रोतले जनाएको छ ।
यसअघि गत वर्ष पुसमा नक्कली भौचरमार्फत राजस्व जालसाजीमा पनि सुवेदीलगायत लेखापरीक्षक संलग्न थिए । मकालु आयल स्टोर, जयश्री चन्द्र आयलस्टोर, पायोनियर फ्युल, राजेश ट्रेड कन्सर्नले भ्याट तिर्ने क्रममा नक्कली बैंक भौचर प्रयोग गरी राजस्व चुहावट गरेको फेला परेको थियो । यी र्फमहरूको लेखापरीक्षक सुवेदीका साथै रामहरि भनेर चिनिने सागर खतिवडाविरुद्ध राजस्व चुहावट नियन्त्रण ऐनअन्तर्गत कारबाही चलाइएको छ । सुवेदीविरुद्ध मुद्दा दायर भइसकेको विभागले जनाएको छ । नेसनल डि्रलिङ कम्पनी (प्रा) लिका लेखापालले सञ्चालकसँग लिएको पैसा आफैंले राखेर नक्कली भौचरमार्फत राजस्व छलेको फेला परेको थियो । यो कम्पनीका लेखापरीक्षक पनि सागर खतिवडा हुन् ।
सिर्जना प्लास्टिक, ऋषि फुटवेयर, पिन्टु ओभरसिजका सञ्चालक दामोदर अग्रवालले दलाल कमलकुमार शर्मा र प्रदीप शर्माको सहयोगमा नक्कली भौचर कम्प्युटर प्रविष्ट गरी राजस्व चुहावट गरेको पत्ता लागेको थियो । उनले १ करोड ८४ लाख धरौटीमा कारबाही बेहोरिरहेका छन् । दलाल शर्माद्वय फरार छन् । करदाताले प्रत्येक महिना भ्याट विवरणको साथमा तिर्नुपर्ने करसमेत बुझाउनुपर्छ । कर नबुझाए मासिक रूपमा १० प्रतिशत थप दस्तुरका साथै त्यसमा १५ प्रतिशत ब्याजसमेत तिर्नुपर्छ । बक्यौता भ्याट बैंकमा दाखिला गरेपछि कम्प्युटर प्रणालीमा ब्याच बनाएर स्वीकृत गराई प्रविष्ट (इन्ट्री) गरेपछि आन्तरिक राजस्वको प्रणालीबाट बक्यौता हट्छ । तर अभियुक्तहरूले नक्कली भौचर बनाई कम्प्युटर प्रणालीमा एन्ट्री गराएर बक्यौता हटाएको पत्ता लागेको थियो । करदाता लेखापरीक्ष्ाक/एजेन्टमा निर्भर रहेकाले कर छलीमा सघाउने मात्र होइन नक्कली कागजपत्र खडा गरेर जालसाजी गर्ने प्रवृत्ति देखिन थालेको आन्तरिक राजस्व विभागका महानिर्देशक राजन खनालले बताए । कतिपय करदाताले पठाएको रकम लेखापरीक्षकले आफ्नै गोजीमा हालेर नक्कली भौचर पेस गरेको पनि पाइएको उनले जनाए । 'कतिपय करदताले कर कार्यालय टेकेकै छैनन्,' उनले भने, 'लेखापरीक्षकले सबै काम गरे पनि करदाता आफैं पनि कार्यालयको सम्पर्कमा रहनुपर्छ भन्ने पाठ सिक्नु जरुरी छ ।' नियामक निकायले कडाइ गर्न नसक्दा पनि यस्तो प्रवृत्ति मौलाएको उनी बताउँछन् । राजस्व छलीका घटनामा लेखापरीक्षकको प्रत्यक्ष संलग्नता देखिए पनि नियमनकारी निकाय नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था (आइक्यान) ले कारबाही नगरेको गुनासो पनि बढ्दो छ । केही गम्भीर घटनामा आइक्यानले सामान्य कारबाही गरी छाडिदिने गरेकाले लेखापरीक्षकको मनोबल बढिरहेको छ । गत वर्ष भएको युनिटी प्रकरणमा संलग्न लेखापरीक्षकलाई आइक्यानले पाँच महिना बित्न लाग्दा पनि कारबाहीको टुंगो लगाएको छैन । तरलता अभाव देखिएपछि राष्ट्र बैंकले सहकारी संस्थाको अनुमगन गर्दा नौ लेखा परीक्षकले न्यूनतम मापदण्ड पूरा नगरी लेखा परीक्षण गरेको पाइए पनि आइक्यानले कारबाही गरेको छैन । व्यावसायिक आचरणको पालना नगर्ने लेखापरीक्षकलाई कारबाही गर्न प्रतिबद्ध रहेको अध्यक्ष सुनीर ढुंगेलले बताउँछन् । 'व्यावसायिक आचरण पालना नगर्ने जोकोही भए पनि कारबाहीमा पर्छन्,' उनले भने, 'केहीको छानबिन भइरहेको छ, कारबाही गर्छौं ।' आइक्यानले १ वर्षसम्म लेखापरीक्षण गर्न नपाउने गरी निलम्बनका साथै एक वर्ष कैद सजाय गर्न सक्छ । अध्यक्ष ढुंगेल दर्ता भएका सबै उजुरीको छानबिन गरी कारबाहीमा लगेको बताउँछन् । 'तर कानुनअनुसार प्रक्रिया पूरा गर्न न्यूनतम साढे चार महिना लाग्छ,' उनले भने, 'तैपनि छ महिनाभित्र प्रक्रिया टुंग्याउन प्रयासरत छौं ।'

घुमुवा प्रहरी तानिए, सिआइबी टोली वीरगन्जमा
तस्करीका साथै व्यवसायीमाथि जबर्जस्ती असुलीमा आपराधिक समूहलाई संरक्षण दिइरहेको आशंकामा घुमुवा -सादा पोसाकधारी) प्रहरीको समूहलाई कारबाहीस्वरूप यहाँबाट अन्यत्र सरुवा गरिएको छ । तस्करी लाइन र अवैध असुलीमा उनीहरूको संलग्नता लगायतको समाचार सार्वजनिक भएपछि प्रहरी प्रधान कार्यालयको आदेशमा तिनलाई अन्यत्र पठाइएको हो । पहाडी जिल्लामा रहेका घुमुवा समूहलाई मध्य क्ष्ाेत्रका डिआइजी गंगा पाण्डेले काजमा वीरगन्ज भित्र्याएका थिए । प्रहरी हवल्दार मनोज यादवलाई प्रधान कार्यालयमा झिकाएको छ भने उनका दुई सहयोगी जवान मनीष सिंह र विनोद पासवानलाई मध्य क्षेत्र प्रहरी कार्यालय हेटौंडामा हाजिर गराइएको छ । अर्का घुमुवा हवल्दार गोपाल यादव १० दिनको बिदामा भएकाले सहरमै छन् । उनलाई मध्य क्षेत्रले पत्र काटेर बोलाएको डिआइजी कार्यालयका प्रशासन प्रमुख ज्ञानेन्द्र घलानले बताए । गलत काममा संलग्न रहेको उजागर भएपछि उनीहरूलाई कारबाही गरिएको घलानले कान्तिपुरलाई बताए । प्रधान कार्यालयको केन्द्रीय अनुसन्धान ब्युरो -सिआइबी) को टोलीले विवादास्पद प्रहरीको क्रियाकलापबारे अनुसन्धान गर्न यहाँ सक्रिय रहेको भरपर्दो स्रोतले जनाएको छ । तिनले छानबिन प्रतिवेदन आइजिपी रमेशचन्द ठकुरीलाई दिने छन् । अपराध नियन्त्रणका लागि गोप्य सूचना संकलन गर्न सादा पोसाकमा प्रहरी परिचालन गर्ने गरिए पनि तराईका जिल्लामा हाकिमका लागि पैसा असुली गर्न घुमुवा परिचालन गर्ने चलन छ । हाकिमलाई निश्चित रकम बुझाउने सर्तमा परिचालित हुने यस्ता घुमुवाले तस्कर, अपराधीसँग पैसा असुलेर तिनलाई संरक्षण दिने गरेका छन् । उनीहरू आफैंसमेत अपराधकर्ममा संलग्न भएको पटकपटक खुलासा भएको छ ।'घुमुवाको मुख्य काम यहाँका व्यवसायीलाई डर त्रास देखाएर हाकिमको नाममा पैसा असुल्नु हो,' वीरगन्ज उद्योग वाणिज्य संघका एक पदाधिकारीले भने, 'हामीले तिनलाई गोप्य सूचना संकलन प्रहरी मानेका छैनौं ।' अवैध कारोबार बढी हुने वीरगन्जमा तस्करसँगको मिलेमतोमा यिनीहरू हाकिमका नाममा संस्थागत चोरी पैठारीमा समेत संलग्न हन्छन् । प्रायः सादा पोसाकमा घुम्नेहरू महँगा मोटरसाइकल चढ्न रुचाउँछन् । यसअघि तीन पटक कारबाहीमा परी यहाँबाट खेदिएका विवादास्पद हवल्दार यादव पछिल्लोपटक दाङबाट क्षेत्र मिलान गरी सिन्धुली हुँदै फेरि यही भित्रन सफल भएका थिए । तस्करसँग ३ लाख रुपैयाँको मोलमोलाई गरेको फोन टेप प्रधान कार्यालयमा पुगेपछि उनी करिब एक वर्षअघि यहाँबाट तानिएका थिए । डिआइजी पाण्डेले आफ्नो पदिय हैसियत प्रयोग गरी मध्य क्षेत्रको पहाडी भेगमा सरुवा गरी काजमा उनलाई वीरगन्ज पठाएका थिए । रौतहटमा हुँदा विवादमा परी सिन्धुली सरुवा भएका गोपाल यादवलाई पनि डिआइजीले यहाँ भित्र्याएका थिए । विवादास्पद घुमुवाहरूको समूह नै सहरमा घुम्न थालेपछि व्यवसायीको समूह त्रासमा थियो । तल्लो तहलाई कारबाहीस्वरूप झिकाइए पनि अधिकृत तहका विवादास्पद प्रहरी काजमै रहेकाले यहाँका प्रहरी अधिकारी असन्तुष्ट छन् । डीआइजीले काठमाडौंबाट साथै लगेका नायब निरीक्षक अरुण उपे्रतीले अहिले पनि आकर्षक मानिएका चौकीलाई पैसा बुझाउन आउन दबाब दिने गरेको प्रहरी स्रोतले बतायो । यस्तै गण, गुल्ममा रहेका प्रहरीलाई पैसा दिएर आकर्षक चौकी र थानामा जान उनले प्रस्ताव राख्न छाडेका छैनन् । आफ्नो नामसमेत प्रयोग गरेर पैसा उठाउँदै हिँडेको थाहा पाएपछि काठमाडौंका तत्कालीन एसपी रमेश खरेलले आइजिपीलाई भनेर उप्रेतीको सरुवा गराएका थिए । त्यतिबेला उप्रेती महानगरीय प्रहरी आयुक्त कार्यालयमा डिआइजी पाण्डेसँगै कार्यरत थिए ।
इन्स्पेक्टर लोकहरि खनाललाई सिन्धुपाल्चोक सरुवा 


काठमाडौं। प्रहरी प्रधान कार्यालयको कर्मचारी प्रशासन शाखाका एसपी ठाकुर ज्ञवालीले आफ्ना निकट दुई इन्स्पेक्टरलाई आफ्नै शाखामा काजसरुवा गरेर ल्याएका छन्। एसपी ज्ञवालीले नेपालगंज तालिम केन्द्रका इन्स्पेक्टर राकेश तण्डुकार र नुवाकोटको खरानीटार चौकीका इन्स्पेक्टर परशुराम तिवारीलाई काजमा कर्मचारी प्रशासनमा भित्र्याएका छन्। त्यस्तै पोखराको बैदाम, हेडक्वार्टर हुँदै विदेश मिसनबाट भर्खरै फर्र्किएका इन्स्पेक्टर लोकहरि खनाललाई सिन्धुपाल्चोक सरुवा गरेका छन्। रक्तचन्दनलगायत तस्करीको प्रमुख नाकाका रुपमा चिनिएको सिन्धुपाल्चोकमा सरुवा पाउनु भाग्यमानीका रुपमा लिइन्छ। अपराध अनुसन्धानमा भरत जीसी एसपी हुँदा इन्स्पेक्टर रहेका एसपी ज्ञवालीले त्यतिबेलाका मित्र लेखापाल परशुराम तिवारीलाई पनि नुवाकोटको खरानीटारबाट कर्मचारी प्रशासनमा ल्याएका छन्।
एसपीको बनस्थली नजिकैको घरमा मालदार स्थानमा सरुवा हुन चाहनेहरु कोसेलीपात बोक्नेहरुको भीड लाग्ने गरेको कुरा प्रहरी सूत्र बताउँछ। उनले कर्मचारी प्रशासनमा ८ बर्षदेखि कार्यरत असई दीपक थापालाई मोलतोलका लागि खटाएको प्रहरी स्रोतले बतायो। गृहसचिव लीलामणि पौडेलको सहपाठी दाबी गर्ने एसपी ज्ञवालीले आइजीपीको निजी सचिवालयबाट पठाएको सरुवा सूची पुनः परिवर्तन गर्नेगरेको आरोप छ। उनले सचिवालयबाट पठाएको सूची पुनः आइजीलाई देखाउने र आइजीले पनि द्वैध भूमिका खेल्दै डीएसपी दीपक खरेलले दिएको सूचीअनुसार गर्नु नपर्ने संकेत गरेपछि उनले सूची परिवर्तन गर्ने गरेको प्रहरी स्रोतको भनाइ छ। निजी सचिवालयबाट आइजीले एउटा सूची पठाउने तर एसपी ज्ञवालीको कुरा सुनेपछि अर्कै कुरा गर्ने आइजीको शैलीबाट उनकै सचिवालयका अधिकृतहरुसमेत दिक्क हुन थालेका छन्। आइजी शाहको छोटो कार्यकाल प्रहरी हेडक्वार्टर घुस, कोसेलीपातबिना सरुवा बढुवा नहुने स्थिति पैदा भएपछि अन्यायमा परेकाहरुको असन्तुष्टि बढ्दै गएको छ।

Wednesday, August 24, 2011



    अन्ना क्यासिनो कब्जा गर्दै माओवादी
काठमाडौँ । हत्या र अपहरणको घटनाका अभियुक्त बनेर केही दिन प्रहरी हिरासतको पाहुना बनेका माओवादीका एक छोटे मजदुर नेता क्यासिनोका मेनेजर बनेका छन्। शालिकराम जमकट्टेलको आडमा होटल क्षेत्रमा मजदुर संगठनको नाममा आतंक मच्चाइरहेका कल्पदीप रार्ई नामक व्यक्ति प्रचण्ड पक्षधर मजदुर नेताहरूको दबाबमा अन्ना क्यासिनोका निमित्त महाप्रबन्ध बनाइएका हुन्। गृहमन्त्री र प्रहरीसँग लाईन मिलाएर क्यासिनोमा नेपालीलार्ई छिराउने ठेक्का लिने सर्तमा उनलार्ई राजस्वमारा अर्का ठग राकेश बाधको निमित्त महाप्रबन्धक बनाएका हुन्। महाप्रबन्ध बनेलगत्तै लाखौं रकम हिनामिना गरेपछि बाधवासँग पनि उनको लफडा सुरु भइसकेको छ। केही समयअघि रार्ई बाधवालार्ई भेट्न गोवा गएका थिए। त्यसबेला पनि बाधवाले रार्ईसँग १९ करोडको हिसाब मागेका थिए। तर, 'काले काले मिलेर खाउ भाले' भन्ने उखानजस्तै कालो धनका विषयलाई लिएर भएको उनीहरूको विवाद केही दिनभित्रै मिल्यो। तर १९ करोडको हिसाब भने राईले अहिलेसम्म बाधवालाई दिएका छैनन्। स्रोतका अनुसार पार्टीको आडमा रार्ईले क्यासिनो नै कब्जामा लिने योजना बनाएका छन्। जसका लागि माओवादीभित्र आपराधिक मनस्थिति भएका मजदुरहरूको समेत स्वामित्व बाँडेर क्यासिनो कब्जामा लिने सहमति भएको छ। यसअघि माओवादीले क्यासिनो बाधवाकै देखाएर सबै आम्दानीजति आफैले लिएका थिए। माओवादीकै मिलेमतोमा बाधवाले करोडौं रोयल्टी बुझाएका छैनन्। सरकारले कडाइ गरेपछि बाधवा 'फरार' भएको बहाना बनाएर माओवादी मजदुर संगठनले क्यासिनोलार्ई कब्जामा लिई दुहुनो गाई बनाएर लुट मच्चाइरहेका छन्। उक्त योजनामा माओवादी अध्यक्ष प्रचण्डको समेत साथ रहेको स्रोत बताउँछ।  प्रचण्डकै विश्वासपात्र भएकाले रार्ई बाबुराम भट्टरार्ई पक्षका मजदुरलार्ई कुटपिट गरेको आरोपमा बैशाखको अन्त्यमा डाँका र ज्यान मार्ने उद्योगअन्तर्गत पक्राउ परेका थिए। आफ्नै सहकर्मी तथा क्यासिनो अन्नाका इकाई कोषाध्यक्ष ज्ञानुमान डंगोललार्ई मरणासन्न होउन्जेल कुटेको अभियोगमा त्यतिखेर पक्राउ गर्दा प्रचण्ड पक्षकै नेताको दबाबमा छुटाइएको थियो। सल्यान जिल्ला जन्म घर भएका रार्ई हाल ललितपुरको लामाटारमा दुई रोपनी क्षेत्रफलको जमिनमा बनेको घरमा बस्छन्। जबकि भत्तासहित उनको मासिक तलब १० हजार मात्र छ। ०६० सम्म उनी एमालेको विद्यार्थी संगठनमा आबद्ध थिए। ०६० को वार्ताकालमा रार्ई माओवादीको सम्पर्कमा पुगे। त्यसबेला माओवादीले मजदुर र विद्यार्थी क्षेत्रमा आफ्नो संगठन विस्तारलार्ई तीव्रता दिएका थिए। माओवादी भइसकेर पनि चार महिनाअघि सुरेन्द्र पाण्डे अर्थमन्त्री रहेका बेला एक भेटमा रार्ईले म पनि एमाले नै हुँ भन्दै पुरानो कार्ड देखाएर आफ्नो स्वार्थी चरित्र भजाएका थिए। ट्याक्सी ड्राइभर र ठेकेदारका कुल्लीको हाजिर राख्ने काम गर्दै उनी होटल क्षेत्रमा छिरेका थिए। करिब ३२ वर्षका रार्ईका दुई छोरी छन्। तीन वर्षअघिसम्म उनी 'घर ज्वाइँ' बसेका थिए। माओवादी शान्ति प्रक्रियामा आएपछि उनी नौ महिनाबाहेक निरन्तर होटल इकाईका अध्यक्ष रहँदै आएका थिए।

            कति छन् अभियोग ?
राईविरुद्ध जिल्ला प्रहरी कार्यालय काठमाडौं, धादिङ र विभिन्न प्रहरी वृत्तहरूमा गरी करिब एक दर्जन किटानी जोहरी परेका छन्। तर जम्कट्टेल पक्षको दबाबमा प्रहरीले डङ्गोल कुटपिटको मात्र मुद्दा दायर गरेको छ। वैशाख ३१ गते सभासद्समेत रहेका जम्कट्टेल र अर्का मजदुर नेता बाबुराम गौतम उनलार्ई भेट्न हनुमानढोका पुगेका थिए। प्रहरीले भेट गर्न नदिएपछि जेठ १ गते केही मजदुरहरूलार्ई जबरजस्ती हुनमानढोका लगेर रार्ईको पक्षमा नाराबाजी गर्न लगाएका थिए जम्कट्टेलहरूले। ०६६ असोजमा काठमाडौ स्युचारटारका दुई युवा निर्मल पन्त र पुष्कर डङ्गोललार्ई माओवादीले धादिङमा अपहरण गरी हत्या गरेका थियो। त्यो हत्यामा संलग्न रहेको भन्दै रार्ईलगायत १७ जनाविरुद्ध किटानी जाहेरी परेको छ। सभासद्समेत रहेका जम्कट्टेलको निर्देशनमा युवाद्वयको हत्या भएको थियो। जम्कट्टेलमाथि पनि यो हत्यामा किटानी जाहेरी परेको छ। त्यसै गरी रार्ईकै नेतृत्वमा दरबारमार्गस्थित उडल्यान्ड होटलका मालिक हरिलाल श्रेष्ठलार्ई अपहरण गरी जबरजस्ती डेढ करोडको कागज गर्न लगाएको मुद्दा पनि प्रहरीमा दर्ता छ। प्रचण्ड सरकारका पालामा क्यासिनोमा छापा मार्न गएको प्रहरीको सञ्चारसेट रार्ईले खोसेर बेपत्ता पारेका थिए। त्यसबेला माओवादीकै दबाबमा होटलले रार्ईलार्ई जोगाउँदै ६० हजार रुपैयाँ तिरेको थियो। त्यस्तै रार्ईले होटल हायातका इकाई अध्यक्ष (जो भट्टरार्ई निकट हुन्) मुक्ति दाहाल, अन्ना क्यासिनोकै अर्जुनलाल श्रेष्ठलार्ई ज्यान मार्ने धम्की दिएको उजुरी पनि प्रहरीमा परेको छ।

              कसरी जोडे सम्पति ?

सामान्य परिवारका रार्ईले कसरी चार करोडभन्दा बढी सम्पति जोर्न सफल भए? कुन–कुन कालो खेलमा उनले हात हालेका थिए? निकै चासोको विषय बनेको छ। त्यही बुझ्नका लागि प्रहरीले उनका अन्य पाटो अनुसन्धान गरिरहेको छ। रार्ईको सम्पति उजागर भएपछि होटलका इकाई अध्यक्षले त त्यति धेरै सम्पति जोहो गरिसकेका रहेछन् भने त्यसभन्दा बढी चलखेल गर्ने माओवादी नेताहरूले कति सम्पति कुम्ल्याएर लुकाएका होलान्? अनुसन्धानको विषय बनेको छ। स्रोतका अनुसार रार्ईको नेतृत्वमा क्यासिनोका बाउन्सरहरूको एउटा समूह नै लुटपाट धन्दामा लागेको थियो। उनीहरूको लुटपाट शैली पनि अचम्मको थियो। क्यासिनोमा कसैले जुवा जितेपछि रार्ईको निर्देशनमा बाउन्सरहरूको एउटा समूह होटलको गेटमा बस्दथ्यो। जुवामा जितेको व्यक्ति निस्कन लागेका बेला गेटमै पैसा लुटिन्थ्यो। जुवामा जितेको पैसा लुटिएको हुनाले लुटिने व्यक्तिले पनि प्रहरीमा उजुरी गर्न सक्दैनथे। यद्यपि लुटिएको घटनाका एक दर्जन उजुरी दरबारमार्ग प्रहरी प्रभागमा दर्ता भएका छन्।  
रार्ईले घर खरिद गरेको कथा पनि निकै रमाइलो छ। स्रोतका अनुसार तीन वर्ष पहिले उनले लामाटारमा जग्गासहितको घर ३६ लाख रूपैयाँमा किन्ने सहमति गरी ३ लाख दिएर बैना गरे। तर डेड वर्षसम्म उनले घर धनीलार्ई बाँकी पैसा दिएनन्। माओवादीले लुकाएको कालो धनकै कारण राजधानीमा दिनदिनै जग्गाको मूल्य आकासिँदै गएपछि थुप्रै ग्राहक त्यो घर खरिद गर्न पुगेर ६८ लाख रुपैयाँसम्म दिने भए। त्यसपछि घरधनीले दुई वर्षसम्म पैसा दिनुभएन, अब बैना फिर्ता लैजानुस्, मैले घर अरुलार्ई नै बेच्ने भएँ भनेका थिए। तर, रार्ईले आफू माओवादी भएकाले पुरानै मूल्यमा घर नदिए जे पनि गर्न सक्ने भन्दै धम्की दिएपछि ३६ लाखमै घरधनी घर छोड्न बाध्य भएका थिए। त्यो घर जग्गाको मूल्य मात्र अहिले तीन करोडभन्दा माथि पुगेको छ। यसबाहेक राजधानीका उद्योगी व्यापारी अपहरण गरेर र टेलिफोनमा धम्क्याएर पनि रार्ईले लाखौं पैसा कुम्ल्याएका उनका सहकर्मीहरूको भनाइ छ। उनलार्ई पक्राउ गर्न गएको प्रहरी टोली उनको आलिशान घर देखेर अचम्ममा परेको थियो। 
'सर्वहारा वर्गको मुक्तिभन्दा हाम्रो अर्को कुनै स्वार्थ छैन। मृत्यु वा मुक्तिबाहेक निजी सम्पति जोड्न हामी लागिपर्ने छैनौं,' एकीकृत नेकपा माओवादीले युद्धकालमा यसै भनेर हजारौं गरिब जनताका छोरीछोरीहरूलार्ई आफ्नो पछि लगाएको थियो। तर, त्यही पार्टीका नेताहरूको आरामदायी जीवन र सम्पतिको त कुरै छोडौं, छोटे कार्यकर्ताहरू समेतले करोडांै सम्पति जोडेको पाइएपछि विगतको वाचा 'उडायो सपना सबै हुरी'ले भन्ने गीतमा रूपान्तरण भएको छ।

   

Sunday, August 21, 2011


सय रुपैँयाभन्दा महँगो सामानका लागि भन्सार  तिर्नुपरेपछि व्यापार बढ्यो

बुटवल, भदौ ४- पैदल मार्ग हुँदै नेपाल प्रवेश गर्ने यात्रुले १ सय रुपैयाँभन्दा बढी मूल्यको सामान ल्याउँदा भन्सार महसुल तिर्नुपर्ने भएपछि नेपाली बजारमा चहलपहल देखिएको छ। यो नियमले बुटवल, भैरहवा र ग्रामीण भेगको व्यापार बढेको व्यवसायीले बताएका छन्।
गएको जेठ ८ देखि सरकारले नेपालका मुख्य भन्सारमा कडाइ गर्ने निर्देशन दिएपछि सामान्य दैनिक उपभोग्य सामग्री किन्न सीमापारि नै जाने प्रवृत्ति हटेको छ। भन्सार नाकामा गर्न थालिएको कडाइका कारण यहाँका व्यवसायीले उपभोक्ता वारि नै बजार गर्न थालेको पाएका छन्।
बुटवल ट्राफिक चोकस्थित कञ्चन स्टोर्सका सञ्चालक उपेन्द्र श्रेष्ठले व्यापारमा सुधार आउँदा व्यवसायी उत्साहित भएको बताए। ‘पहिलेभन्दा व्यापारमा सुधार आएको छ, ३० प्रतिशतसम्म व्यापार बढेको छ,' उनले भने। व्यवसायीका अनुसार धेरैजसो सस्तोका नाममा उपभोक्ता सीमावर्ती भारतीय बजारमा किनमेलका लागि गए पनि वास्तवकिता त्यस्तो छैन। भारतीय बजारमा चिनी सस्तो भए पनि अन्य कतिपय सामान नेपालभन्दा महँगो भएको उनीहरू बताउँछन्। व्यवसायीका यो भनाइसँग उपभोक्ता पनि सहमत छन्। ‘चिनी सस्तो दिएर अन्य सामानमा भारतीय व्यापारीले ठग्ने गरेका छन्,' बुटवल मिलनचोककी सावित्रा आचार्यले भनिन्।
बुटवल मुन इन्टरप्राइजेजका मोहन श्रेष्ठले भन्सारमा गरिएको कडाइलाई अझै व्यवस्थित बनाउँदै दीर्घकालसम्म जारी राख्नुपर्ने बताए। 'यसले नेपाली बजार फस्टाएको छ, अझै व्यवस्थित गर्न सके नेपाली उपभोक्ता सुनौली जान छाड्छन्,' उनले भने।
भन्सार नाकामा कडाइ गरी संक्षिप्त प्रज्ञापनपत्र लागु भएपछि राजस्व संकलनसमेत बढेको छ। दैनिक ३० देखि ४० हजार रुपैयाँसम्म राजस्व संकलन भएको भैरहवा भन्सार कार्यालयले जनाएको छ। तीन महिनायता हालसम्म २४ लाख रुपैयाँ राजस्व संकलन भएको छ।
भारतको सुनौलीलगायत सीमावर्ती भारतीय बजारमा सामान सस्तो पाइने भन्दै नेपाली उपभोक्ता ओइरो लागेर नेपाली बजारको व्यापार व्यवसाय खस्केपछि व्यापार बढाउने उद्देश्यका साथ यो नियम लागु गरिएको हो।
बुटवल उद्योग वाणिज्य संघका अध्यक्ष शंकर श्रेष्ठका अनुसार सस्तोका नाममा नेपाली उपभोक्ता सीमावर्ती बजारमा ठगिरहेका हुन्छन्, जुन कुरालाई नेपाली उपभोक्ताले अझै बु‰न सकिरहेका छैनन्। उनले संक्षिप्त प्रज्ञापनपत्र कार्यक्रमलाई प्रचार माध्यमभन्दा अझै कडाइ गरे निराश यहाँका व्यवसायी उत्साहित हुने बताए।
भैरहवा भन्सार कार्यालयका अनुसार अहिले सीमावर्ती बजार जाने उपभोक्ता संख्यामा ५० प्रतिशतले कमि आएको छ। सस्तो पाइने नाममा अर्घाखाँची, गुल्मी, पाल्पा र स्याङ्जाबाट पनि उपभोक्ता सीमावर्ती बजारमा आउँछन्।
भन्सारमा कडाइ भएपछि व्यापारीले भन्सार छलेर ल्याउने सामान आयात पनि रोकिने आशा नेपाली व्यवसायीको छ। व्यवसायी श्रेष्ठले सीमावर्ती बजारसँग प्रतिस्पर्धाका लागि भन्सार नतिरी आउने सामान आयात रोक्न पनि भन्सारले ध्यान दिनुपर्ने बताउँछन्।
उपभोक्तालाई पनि भन्सार लगाएपछि व्यापारीले पनि भन्सार नतिरेको सामान ल्याउन नपर्ने व्यवसायी बताउँछन्। नेपाली भन्सारमा कडाइ भएपछि सुनौली बजारको चहलपहल घटेको छ। सुनौली व्यापार मण्डलले केही दिनअघि 'नेपाल र भारतबीच रोटी र बेटीको सम्बन्ध' रहेको भन्दै भन्सारमा कडाइ नगर्न भैरहवा भन्सार कार्यालयमा ज्ञापनपत्र बुझाएको थियो। भन्सार कार्यालयले संक्षिप्त प्रज्ञापनपत्र कार्यक्रम व्यवस्थित गर्न छुट्टै डेस्क खडा गर्न लागेको प्रमुख भन्सार अधिकृत डिकरदेव भट्टले बताए।

न्युज २४ ले झण्डै दुई दर्जन कर्मचारीको तलब कुम्ल्यायो


काठमाडौं, भदौ ४ ।

सधै जसो अरुले एक या दुई जनाको पाच या दश हजार ठगेको समाचारलाई बिग न्युजका नाममा बबण्डर समाचार बनाउदै हिड्ने न्युज २४ ले बिभिन्न बहानामा बर्खास्ता गरेर तलब नपाउने पत्रकारहरुको संख्या झण्डै दुई दर्जन पुगेको छ ।अरु मिडियाहरुमा नाम चलेका र अनुहार देखाएकाहरु मात्रै खतरा पत्रकार हुन् भन्ने हावा लागेको न्युज २४ को कर्मचारीलाई तलब नदिने र बिभिन्न बहानामा हायर एण्ड फायर गर्ने परम्परा त पुरानै हो ।यद्यपि माथि उल्लेख गरेका पत्रकारहरुको संख्या भने उही स्वयं टेलिभिजन संस्था आफैले महिनौ सम्म तलब नदिएको, बिशेष गरेर प्रमुख संयोजक चिरञ्जीवी देबकोटासंग टसल भएका र उसले नै मनोमानी ढंगमा अध्यक्ष अनिल जोशीलाई अनुरोध गरी बर्खास्त गर्न लगाइएका पत्रकारहरुको संख्या सबैभन्दा बढी छ ।
आफूलाई निकाल्ने कुरा पहिलादेखि कै रणनीति भए पनि एकाएक अध्यक्ष जोशीका बिशेष सहयोगीका रुपमा चिनिने देबकोटाकै सिफारिशमा आफू बर्खास्त भएको बताउने पत्रकारहरु दर्जन भन्दा बढी छन् भने अरुहरु कामको बहाना बनाएर या अन्य बिभिन्न आरोप प्रत्यारोपका आधारमा निकालिएकाहरु छन् । गत बर्षको माघमा पनि यो टेलिभिजनले बिभिन्न बहानामा झण्डै आधा एक दर्जन पत्रकारहरुलाई फायर गर्यो । पत्रकार डिल्लीराम भट्टराई, त्रिलोचन प्रधान आदिको नेतृत्वमा त्यस वेला पीडित पत्रकारहरुले आफूलाई संस्थाले जवरजस्ती बर्खास्त गरेको भन्दै पत्रकार महासंघमा उजरी पनि गरेका थिए ।
उनीहरुको समस्या समाधान गर्ने भन्दै तत्कालीन कार्य समतिका महासचिव पोषण केसी न्युज २४ मा गए र देबकोटा, अध्यक्ष जोशीसंग दारु पानी खाएर उनीहरुको समस्या समाधान भयो भन्दै बाहिरिएका थिए, एक पीडित पत्रकारले बताए ।हाल बर्खास्त गरिएका, काम गर्ने वातावरण नभएको भन्दै स्वइच्छाले न्युज २४ छोडेका पत्रकारहरुको संख्या झण्डै दुई दर्जन पुगिसकेको छ भने उनीहरु मध्ये कसैले पनि संस्थाले कम्तीमा दुई महिनाभन्दा बढीको तलब नदिएको गुनासो गरेका छन् ।
मलाई निकाल्ने उनीहरुको शुरुदेखिकै रणनीति थियो, शुरुमा बिभिन्न बहानामा मलाई निकाल्ने प्रयास भयो तर सकेनन्, पछि निकालेरै छोडे, एक पत्रकारले नाम नबताउने शर्तमा बताए । उनका अनुसार अधिकांश साथीहरुको दुईदेखि चार महिना सम्मको तलब टेलिभिजनले दिएको छैन । यसरी निकालिएका पत्रकार, चालक, मार्केटिङका अधिकृत या कर्मचारी, क्यामेरा पर्सन, कार्यक्रम सञ्चालक, एडिटिङ डेस्ककाहरु छन् ।उनीहरुकै एक साथीले आगामि केही दिन भित्रै आफूहरुलाई तलब नदिएको बिषय खुलाए न्युज द्दद्धलाई आवश्यक कारबाही गरी पाऊ भनी महासंघमा निबेदन दिने कार्यक्रम छ । जस अनुसार उनीहरुले महासंघका वर्तमान अध्यक्ष शिब गाउले लगायतका प्रतिनिधिहरुसंग आवश्यक परामर्श गरिरहेको प्राप्त न्युजमा जनाइएको छ ।
यसरी कहिले ग्यालेशीले राष्ट्रिय गान बजाएन या बिदेशीको पक्षपोषण गर्यो, कहिले धन लक्ष्मीको धन्दा नेपालीलाई फन्दा जस्ता नारा लगाएर समाचार बनाउने न्युज २४ ले आफ्नै कर्मचारीलाई जवरजस्ती गलहत्याउने र तलब नदिइ दादागिरी देखाएको समाचारलाई किन आम सञ्चार माध्यमहरु हट न्युज बनाउदैनन्, किन विज्ञापन दिन्छन् भनेर कतिपय गौण समस्या बाहिर ल्याउदैनन् र बिकिसकेको बासी समाचारलाई फलो अप गर्दै यो धमाकेदार समाचार बन्छ भन्दै हिड्छन्।
  उत्पत्ति प्रमाणपत्र कार्यविधि कार्यान्वयन ढिला
उत्पत्तिको प्रमाणपत्र जारी गर्ने अधिकारसम्बन्धी कार्यविधि तयार भएको ७ महीना भइसक्दा पनि कार्यान्वयनमा आउन सकेको छैन । उत्पत्तिको प्रमाणपत्र जारी गर्ने अधिकारबारे उद्यमी व्यवसायीहरूको छाता सङ्घसंस्थाबीच चर्को विवाद भएपछि वाणिज्य तथा आपूर्ति मन्त्रालयले कार्यविधि तयार पारेको थियो । योग्यता पुगेका जुनसुकै छाता सङ्घसंस्थालाई उत्पत्तिको प्रमाणपत्र जारी गर्ने अधिकार हुने कार्यविधिमा उल्लेख भएको मन्त्रालयका प्रवक्ता गणेशप्रसाद ढकालले बताए । उनका अनुसार व्यवसायीहरूको छाता सङ्गठनहरूबीच उत्पत्तिको प्रमाणपत्र जारी गर्ने विषयमा हानथाप हुन थालेपछि विवाद टुङ्ग्याउन मन्त्रालयले कार्यविधि बनाएर योग्यता पुगेका सबै व्यावसायिक सङ्घसंस्थालाई त्यस्तो अधिकार दिएको हो । तर, लामो समय बितिसक्दा पनि कार्यविधि कार्यान्वयनमा आउन नसकेको प्रवक्ता ढकालले बताए । उनले भने, 'कार्यविधिलाई जतिसक्दो चाँडो कार्यान्वयनमा ल्याउने तयारीमा मन्त्रालय सक्रिय छ ।’ कार्यविधि कार्यान्वयनमा नआएपछि उत्पत्तिको प्रमाणपत्रको व्यवस्थापकीय तथा अनुगमनका लागि गठन हुनुपर्ने बोर्ड पनि गठन हुन नसकेको उनले जानकारी दिए । प्रमाणपत्र जारी गर्ने प्रक्रियालाई सरल, भरपर्दो र मितव्ययी बनाउन मन्त्रालयले यो अधिकार योग्यता पुगेका सबै सङ्घसंस्थालाई प्रदान गर्न लागेको मन्त्रालय स्रोतको भनाइ छ । 'कार्यविधि कार्यान्वयनमा आउनुअघि उद्यमी व्यवसायीबीच अधिकारसम्बन्धी चर्को विवाद भएको थियो, तर त्यसबेलाको ऊर्जा सेलाएपछि कार्यविधि अहिले मन्त्रालयमा थन्किएको छ’, प्रवक्ता ढकालले भने । सरकारी नियमसम्मत ढङ्गले दर्ता भएका, लेखापरीक्षण गराएका, कर तिरेका, प्राविधिक जनशक्ति भएका सङ्घसंस्थाले उक्त प्रमाणपत्र जारी गर्ने अधिकारका लागि दाबी गर्न सक्ने कार्यविधिमा उल्लेख छ । नेपालमा उत्पादन भएका वस्तुलाई नेपाली हो भनी प्रमाणित गर्न दिइने 'निर्यातयोग्य छाप’लाई उत्पत्तिको प्रमाणपत्र भनिन्छ । उत्पत्तिको प्रमाणपत्र जारी गरेबापत आउने प्रतिसय १२ पैसाको कारणले निजीक्षेत्रका सङ्घसंस्थाबीच विवाद आएको प्रवक्ता ढकालको भनाइ छ । अहिलेसम्म उक्त प्रमाणपत्र नेपाल उद्योग वाणिज्य महासङ्घको नाम र छापमा जारी हुँदै आएको छ । कुनै पनि उत्पादकले वस्तु निर्यात गर्दा सरकारले तोकेको संस्थाबाट आवश्यक शुल्क तिरेर उत्पत्तिको प्रमाणपत्र लिनुपर्ने प्रावधान छ । हालको व्यवस्थालाई नै निरन्तरता दिँदा उद्यमी व्यवसायीहरूको सङ्गठनलाई काखा र पाखा गरेकोजस्तो देखिएकाले पनि सरकारले नयाँ खाका तयार पारेको हो  ।   कार्यविधिमा उत्पत्तिको प्रमाणपत्र जारी गर्ने प्रयोजनका लागि विभिन्न व्यावसायिक सङ्घसंस्थालाई उपलब्ध गराइएको प्रमाणपत्रको विस्तृत अभिलेख बोर्डको सचिवालयमा राख्नुपर्ने प्रावधान पनि छ । अहिलेसम्म यस्तो वस्तुको अभिलेख जारी गर्ने संस्थाले नै राख्दै आएको छ । कार्यविधि कार्यान्वयनमा आएमा हाल वितरण प्रक्रियामा देखिएको विवाद समाप्त भई सहजता आउने प्रवक्ता ढकालले बताए । कार्यविधि कार्यान्वयनमा आएपछि प्रमाणपत्र जारी गर्ने अधिकार नेपाल उद्योग वाणिज्य महासङ्घ, नेपाल उद्योग परिसङ्घ, नेपाल चेम्बर अफ कमर्श, नेपाल घरेलु तथा साना उद्योग महासङ्घ, साना तथा मझौला व्यवसायी महासङ्घलगायत सङ्घसंस्थाले पाउने छन् । हाल उक्त प्रमाणपत्र वितरण कार्य भारतका लागि नेपाल उद्योग वाणिज्य महासङ्घ र यससँग सम्बद्ध ३४ ओटा कार्यालयबाट हुँदै आएको छ भने तेस्रो मुलुकमा गरिने निर्यातका लागि उत्पत्तिको प्रमाणपत्र महासङ्घ, नेपाल उद्योग परिसङ्घ र नेपाल चेम्बर अफ कमर्शले पनि दिँदै आएको छ । साउन २८, काठमाडौं ।
              चन्दन तस्कर फेरि सक्रिय
काभ्रे , भाद्र ३ -
राजनीतिक अस्थिरताको फाइदा उठाउँदै अरनिको राजमार्ग हुँदै तातोपानी नाकाबाट चीनको बजारमा रक्तचन्दन निकासी गर्नका लागि फेरि तस्करहरू सक्रिय भएका छन् ।
पछिल्ल्ाो समय उनीहरूले चन्दन निकासीका लागि थालेको केही प्रयासहरू असफल भएका छन् । वैशाख १० मा तातोपानी नाका कटाइसकेको साढे सात टन रक्तचन्दन प्रहरीले पक्राउ गरेको गर्‍यो । त्यस्तै असार १७ को राति चीनको खासातर्फ लैजान तातोपानीको कोदारी गाउँमा लुकाइराखेको १ हजार ४ सय किलो रक्तचन्दन पनि प्रहरीले छापामारी बरामद गरेको थियो । राजनीतिक संक्रमणकालको फाइदा उठाउँदै पुनः रक्तचन्दन तस्कर सक्रिय भएको वाग्मती अञ्चल प्रहरी कार्यालयका प्रमुख एसएसपी प्रेम चन्द स्विकार्छन् । उनले भने, 'तर हामीले अवैध रूपमा लैजान लागेको चन्दन पक्राउ गर्न, नियन्त्रण गर्न कुनै कसुर बाँकी राखेका छैनौं ।' उनकै कमान्डमा गएको एक टोलीले तातोपानीतर्फ लैजान लागेको साढे सात टन रक्तचन्दन वैशाख १० मा सिन्धुपाल्चोकबाट पक्राउ गरेको थियो । चन्दका अनुसार रक्तचन्दन तस्करी रोक्नकै लागि प्रहरीले चेकिङ निगरानी बढाएको र सुराकीका लागि ठूलो संख्यामा राजमार्गमा प्रहरी परिचालन गरिएको छ ।
सुरक्षा निकायको कडाइपछि चिनियाँ बजारमा निकासी गर्न नसकेर काठमाडौं, भक्तपुरको विभिन्न स्थानमा लुकाइराखेको करिब ७० टन रक्तचन्दन खासा निकासीका लागि तस्करहरू सक्रिय रूपमा च्यानल बनाउन लागिपरेको व्यापारिक स्रोतको दाबी छ । 'बारम्बारको बैठकपछि सबै जना सहमति नजिक पुगेेकाले केही दिनभित्रै ५० टनभन्दा बढी रक्तचन्दन खासा लगिँदैछ,' स्रोत भन्छ, 'चन्दन  कसरी लैजाने र क-कसले लगानी गर्ने भन्ने विषयमा तस्कर, गुन्डा र व्यापारीहरूबीच दैनिक बैठक बस्ने गरेको छ ।' गृह मन्त्रालय र प्रहरीको माथिल्लो निकायसँग चन्दन तस्करीहरूले च्यानल सेट गरिसके पनि गृहका सचिव लीलामणि पौडेल भने रक्तचन्दन तस्करीको विपक्षमा उभिएकाले च्यानल पूर्ण रूपमा मिल्न नसकेको र पौडेललाई कुनै पनि हालतमा मनाउनुपर्छ भन्ने पक्षमा चन्दन व्यापारीहरू पुगेका छन् । हाल चिनियाँ बजारमा रक्तचन्दनको मूल्य विगतको तुलनामा अकासिएको छ । प्रतिकिलो ९ हजार रुपैयाँमा बिक्री हुने गरेको छ ।
अरनिको राजमार्गको विकल्पमा तस्करहरूले रसुवागढीको बाटो हुँदै चिनियाँ बजारमा चन्दन लैजान नसकेपछि अरनिको राजमार्गलाई नै प्रयोग गर्ने उनीहरूको योजना रहेको छ । 'रसुवागढीको बाटोबाट चन्दन निकासी गर्नु अहिले असम्भव नै रहेको छ,' स्रोतले भन्यो, 'किनकि सेनाले बाटोको चेकजाँच कडा बनाएको छ ।'
पूर्वसूचना तथा सञ्चारमन्त्री अग्नि सापकोटा र सिन्धुपाल्चोकका माओवादी सभासद राजकुमार श्रेष्ठबीच त रक्तचन्दन तस्करी गरेको एकअर्कामाथि आरोप-प्रत्यारोप नै चलेको छ । कसैले पनि काभ्रेको नाका कटाएर रक्तचन्दन लैजान नसक्ने व्यवस्था मिलाएका जिल्ल्ाा प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक सुरेन्द्रप्रसाद मैनाली बताउँछन् ।

Friday, August 19, 2011

केन्द्रबाटै भन्सार नाकामा हुने सामानको जाँचपासको अवलोकन गरिने
रोशन कार्की/ काठमाडौं १ भदौ
भन्सार नाकाबाट बढी मात्रामा चोरीनिकासी कार्यमा नियन्त्रण नआएपछि भन्सार विभागले प्रमुख भन्सार कार्यालयहरुमा इन्टरनेट प्रोटोकल आईपी क्यामरा जडान गर्ने कार्य सुरु गरेको छ । विभागले विभिन्न भन्सार नाकाबाट कर्मचारीको मिलेमतोमा कम भन्सार मूल्यांकन गरी सामान छुटाउने कार्य नियन्त्रणमा नआएपछि विभागले केन्द्रबाटै भन्सार कार्यालयमा हुने सामानको चेकजाँचलाई प्रत्यक्ष रुपमा अवलोकन गर्ने उद्देश्यले इन्टरनेट प्रोटोकल आईपी क्यामरा जडान गरी सो प्रणालीको सुरुआत गरेको भन्सार विभागले जनाएको छ । विभागका अनुसार सो प्रणाली जडानको पहिलो चरणमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित भन्सार कार्यालयबाट सुरु गरेको भन्सार विभागका महानिर्देशक टंकमणि शर्माले बताए । महानिर्देशक शर्माले भने ुभन्सार सुधारीकरणअन्तर्गत रहेको योजनाअनुसार सो कार्य सुरु गरेको हो अब यो प्रणालीलाई मुख्य भन्सार कार्यालयमा चरणबद्ध रुपमा जडान गदै जानेछौं ।ु विभागले सो प्रणाली अन्तर्राष्ट्रिय त्रिभुवन अन्तर्राष्ट्रिय भन्सार कार्यालयमा सुचारु भएको छ । त्यस्ौगरी चरणबद्ध रुपमा वीरगन्ज भैरहवा तातोपानी भन्सार कार्यालयमा दोस्रो चरणमा र अन्य चरणमा मेची सुक्खा बन्दरगाह कृष्णनगर नेपालगन्ज धनगढी भन्सार कार्यालयमा सो प्रणाली जडान गरिने जनाइएको छ ।
यूएसआईडी को आर्थिक सहयोग जडान कार्य सुरु गरेको सो कार्यले शंका लागेको समानमा केन्द्रबाटै अवलोकन गरी सम्बन्धित सामान खोलेर हेर्नेलगायतको सुविधा सो इन्टरनेट प्रोटोकल क्यामरामा रहेको विभागले जनाएको छ । विभगाले बृहत् सूचना प्रणाली जडान गरेपछि २ करोड रुपैयाँ थप राजस्व संकलन भएको समेत जनाएको छ । सो प्रणालीका कारण चुहावट हुने गरेको सबै राजस्व नियन्त्रण गर्न नसकिए पनि केही मात्रामा चुहावट नियन्त्रण भएको विभागले जनाएको छ । सो प्रणाली जडान गरेपछि भन्सार कार्यालयमा कर्मचारीले अरुको सामान झिकिदिने भन्ने जनगुनासोसमेत नियन्त्रण हुने दाबी महानिर्देशक शर्माले गरेका छन् ।
विभागले गत वर्षको भदौबाट मुलुकको मुख्य १० ओटा भन्सार कार्यालयमा जडान गरेको बृहत् सूचना साजाल कारण पनि केही मात्रामा भन्सार चुहावट कार्यमा नियन्त्रण भएको छ । विभागले पटक-पटक लक्षित राजस्व संकलन गर्न दिएको निर्देशनलाई समेत विभिन्न भन्सार कार्यालयका कर्मचारीहरुको बेवास्ताका कारण लक्षित राजस्व संकलन हुन सकेको थिएन । चालू आव २०६७÷६८ मा लक्षित राजस्व संकलन नभएपछि विभागले चालु आब २०६८÷६९ मा लक्षित भन्सार राजस्व संकलन गर्न कडा निर्देशन जारी गरेको छ । सो निर्देशन कडाका साथ पालना गर्न र लक्षित राजस्व संकलन नगरेको खण्डमा हदैसम्मको कारबाही गर्ने निर्देशन विभागले आफूमातहतका सबै निकायलाई दिएको छ ।

Wednesday, August 17, 2011

दस्तुरी भन्सारमा पुनः चालू

भन्सार सुधारका लागि कर्मचारीलाई दुई सय प्रतिशतसम्म (तलबको दोब्बर) प्रोत्साहन भत्ता दिने व्यवस्था गरी सदाचार पद्धति सुरु भएको भनिए पनि घूस लिने क्रम रोकिएको छैन । प्रोत्साहन भत्ता लागू गरेपछि हटेको दस्तुरी भन्सारमा पुनः चालू भएको छ । पछिल्लो समयमा खुलासा भएका वीरगन्ज र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सारका घटनाक्रमले भन्सारमा संस्थागत रूपमै दस्तुरी सुरु भएको देखाएको छ । 'भन्सारका कर्मचारी प्रोत्साहन भत्ता र घूस दुवै खाइरहेका छन्,' अर्थ मन्त्रालयका एक सहसचिवले भने, 'तिनको त दुवै हातमा लड्डु छ ।' भन्सार कार्यालयले १ सय ८० प्रतिशतभन्दा बढीसम्म भत्ता पाइरहेका छन् । सामान्ययता शाखा अधिकृतको तलब १४ हजार रुपैयाँ छ । भन्सारका त्यही तहका कर्मचारीले भत्ता -२५ हजार २ सय) सहित मासिक झन्डै ४० हजार रुपैयाँ तलब खान्छन् । प्रोत्साहन भत्ताका लागि मात्र राज्य कोषबाट वाषिर्क ५० करोड रुपैयाँभन्दा बढी खर्च भइरहेको छ ।    सामान जाँचपास गर्दा वीरगन्ज र सुख्खा बन्दरगाह भन्सारले दस्तुरी लिने गरेको खुलासा भएको छ । प्रहरी उपरीक्ष्ाक -एसपी) रमेश खरेल पर्साको प्रहरी प्रमुख बनेपछि भन्सारले गत साता अतिरिक्त रकम लिन नमानेपछि दस्तुरी लिने गरेको कुरा व्यवसायी समुदायबाट चुहिएको हो । वीरगन्ज उद्योग वाणिज्य संघले गरेको स्वागत कार्यक्रममा व्यवसायीले भन्सारले दस्तुरी लिन नमानेको प्रसंग निकालेर खरेलको प्रशंसा गरेका थिए । तर भोलिपल्टदेखि दस्तुरी लिन थालेका थिए ।   तेस्रो मुलुकबाट आयातित सामानमा दुवै भन्सारले ४० फिटको कन्टेनरमा ५० हजार तथा २० फिटको कन्टेनरमा २५ हजार दस्तुरी असुल्दै आएको थियो । 'दुई दिन त दस्तुरी लिन मानेनन्,' संघका एक पदाधिकारीले भने, 'तर अहिले पुनः चालू भएछ ।' राजस्व चुहावट नियन्त्रण समितिको बैठकमा गत असार १३ गते खरेलले तस्करी नियन्त्रणमा प्रहरीले शतप्रतिशत प्रयास गर्ने प्रतिबद्धता व्यक्त गर्दै अवैध असुली नियन्त्रण गर्न भन्सार प्रमुखलाई भनेका थिए । 'अब प्रहरीले घूस खाँदैन, भन्सारमा पनि घूसखोरी बन्द होस्,' खरेललाई उद्धृत गर्दै बैठकका एक सहभागीले भने, 'सबै मिलेर वीरगन्जमा व्याप्त भ्रष्टाचार नियन्त्रण गरौं ।'  त्यसपछि सोमबार र मंगलबार दस्तुरी लिन नमानेका भन्सार कर्मचारीले तेस्रो दिनदेखि असुली जारी राखेका छन् । 'पैसा लिन नमान्दा दस्तुरीको रेट बढाउन लागेछन् जस्तो लाग्यो,' एक दशकदेखि तेस्रो मुलुकबाट सामान आयात गरिरहेका व्यवसायीले भने, 'तर अब साविककै रेटमा सामान जाँचपास सुरु भएको छ ।' वीरगन्ज भन्सारमा सबैखालका पैठारीमा दस्तुरी सुरु भइसकेको एक भन्सार एजेन्टले बताए । तिनका अनुसार मूल्यांकन, जाँचकी सबै तहमा दस्तुरी तिर्नुपर्छ । मूल्यांकनबाहेकका कार्यमा खरिदार रामकैलाश रायले पैसा संकलन गरी बाँडफाँड गर्ने गरेका छन् । भन्सार विभागको रेटिङमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल, मेची र विराटनगर भन्सार  वीरगन्जभन्दा बढी भ्रष्टाचार हुने कार्यालय हुन् । विभागका एक उपमहानिर्देशकका अनुसार पहिले सबैभन्दा बढी भ्रष्टाचार हुने तातोपानी भन्सार अहिले उत्कृष्ट भन्सार बनेको छ । मर्यादित रूपमा दस्तुरी असुली हुने भैरहवा दोस्रो नम्बरमा छ ।     त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सारबाट राजस्व नतिरी आयातकर्ताको गोदाममा पुगेको एक लट -कन्साइन्मेन्ट) सामान जेठ २४ गते राजस्व अनुसन्धान विभागले बरामद गर्‍यो । तर बरामद सामान विभाग परिसरमा पुर्‍याएपछि 'एन्ट्री' गरिएको प्रज्ञापनपत्र बोकेर आयातकर्ता सामान छुटाउन पुगे । बरामद भएपछि राजस्व तिरेको मान्य नहुने भन्दै विभागले सामान जफतको प्रक्रिया अघि बढाएको छ । पिएस मार्केटिङले आयात गरेको उक्त लटमा ४० लाख रुपैयाँ बराबरको क्यामेरा, आइपड, चिप्सलगायत सामान छन् । 'भन्सारले राजस्व नलिई सामान छाडेर अनियमितता गर्‍यो नै,' राजस्व अनुसन्धान सम्बद्ध स्रोतले भन्यो, 'बरामद गरेपछि व्यवसायीलाई बचाउन प्रज्ञापनपत्र दर्ता गरेर अर्को गल्ती गर्‍यो ।' विमानस्थल भन्सारमा त निजी प्रयोजनका झिटीगुन्टा जाँचपास गराउन पनि दलालमार्फत घूस खुवाउनुपर्ने बाध्यता छ । 'दलाल नलिई गयो भने कर्मचारीले अनेकौं बहाना बनाएर दुःख दिन्छन्,' हालै वैदेशिक रोजगारीबाट फर्केका पीडितले भने । एक महिना बिरामी भई सोमबार मात्र हाजिर भएका भन्सार विभागका महानिर्देशक टंकमणि शर्माले सदाचार पद्धति कायम राख्ने कुरामा कुनै सम्झौता नहुने बताउँदै दस्तुरी सुरु गरेको फेला परे कर्मचारीलाई कारबाही हुने बताए । 'विमानस्थल भन्सारमा राजस्व छलीको छानबिन गरी कर्मचारीमाथि कारबाही हुन्छ,' उनले भने, 'अरू भन्सारको पनि अनुगमन हुने छ ।'    मुलुकका सबै भन्सार र आन्तरिक राजस्व कार्यालयमा कार्यसम्पादनको आधारमा कर्मचारीलाई २ सय प्रतिशत सम्म प्रोत्साहन पाउने सुविधा दिएर भन्सारमा रहेको 'दस्तुरी प्रथा' हटाएको घोषणा गरिएको करिब तीन वर्ष भएको छ । अर्थमन्त्री रामशरण महतको पालामा आव २०६३/६४ मा सुख्खा बन्दरगाह भन्सार र ठूला करदाता कार्यालयमा नमुनाका रूपमा प्रोत्साहन भत्ता सुरु गरिएको थियो । पूर्वअर्थसचिव रामेश्वर खनालका अनुसार सकारात्मक प्रभाव परेको प्रतिवेदन आएपछि अर्को वर्ष ६ वटा कार्यालयमा प्रोत्साहन लागू गरियो । बाबुराम भट्टराईको पालामा सबै भन्सार र आन्तरिक राजस्व कार्यालयमा प्रोत्साहन लागू गरियो । 'परम्परादेखि संस्थागत बनेको भ्रष्टाचारको जालो तोड्नु यसको लक्ष्य थियो,' खनालले भने, 'कार्यसम्पादनको आधारमा प्रोत्साहन दिएर राजस्वसम्बद्ध अड्डाको कामकारबाही छिटोछरितो बनाउनु उद्देश्य थियो ।'प्रोत्साहन भत्ता लागू भएपछि संस्थागत भ्रष्टाचारको सञ्जाल तोडिएको भन्छन् । पूर्व सचिवका अनुसार व्यक्तिगत जोखिम मोलेर घूस खानुपर्ने भएकाले भ्रष्टाचार ८० प्रतिशत कम भएको थियो । भ्रष्टाचार घटेकै कारण आव २०६५/६६ मा महत्त्वाकांक्षी ३१ प्रतिशतको राजस्व वृद्धिदरको लक्ष्य राख्दा ३३ प्रतिशत वृद्धि भएको उनले बताए । नेतृत्वको प्रतिबद्धता नभएकाले तल विचलन देखिएको खनाल बताउँछन् । 'अब प्रोत्साहन भत्ता कटौती गर्नु भनेको घूस खान छुट दिएको घोषणा गर्नु हो,' उनले भने, 'भत्ता होइन घूस खाने र खान छूट दिनेलाई कारबाही गर्नुपर्छ ।'

 

विभागबाटै भन्सार सामान जाँचपास हेरिने


काठमाडौ, श्रावण १७ -
भन्सार कार्यालयमा भइरहेको सामान जाचपासको प्रक्रिया विभागमै बसेर प्रत्यक्ष हेर्न सकिने भएको छ । विभागले इन्टरनेट प्रोटोकल (आइपी) क्यामरामार्फत ँजाँचपासको प्रक्रिया हेर्न सकिने व्यवस्था मिलाएको हो । यसबाट भन्सार कर्मचारीको मिलेमतोमा हुने राजस्व छली नियन्त्रण हुने विश्वास लिइएको छ ।  त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयमा आइतबारदेखि आइपी क्यामराको सुरुवात भएको छ । उपप्रधान तथा अर्थमन्त्री भरतमोहन अधिकारीले भन्सार विभाग र युसएआइडीद्वारा सुरु भएको राष्ट्रिय भन्सार मूल्यांकन तालिमका क्रममा यस्तो सेवाको उद्घाटन गरेका थिए । विभागले विराटनगर, वीरगन्ज र तातोपानी भन्सारमा चाँडै यस्तो सेवा विस्तार गर्ने भएको छ । युएसएआइडीको सहयोगमा मेची, सुख्खा बन्दरगाह, भैरहवा, कृष्णनगर, नेपालगन्ज, धनगढी भन्सारमा समेत विस्तार गर्ने योजना छ ।  
विभागले विस्तृत सूचना सञ्जालमार्फत गत वर्ष भदौदेखि प्रमुख दस भन्सारमा जाँचपासका क्रममा रहेको सामानको प्रज्ञापनपत्र विभागबाटै हेरेर त्रुटि देखिए सच्याउन सकिने सेवा सुरु गरेको थियो ।  यसबाट विभागले अहिलेसम्म १ करोड २७ लाख रुपैयाँ थप राजस्व तिराएको छ । सामान जेसुकै भए पनि प्रज्ञापनपत्रमा उल्लेख गरे अनुसार मूल्यांकन र महसुल लिएको छ भने केही गर्न सकिन्थेन । 'अब शंका लाग्यो भने ँजाँचपास हुन लागेको सामान खोल्न लगाएर विभागबाटै हेर्न सकिन्छ,' भन्सार विभागका महानिर्देशक टंकमणि शर्माले भने । आइपी क्यामेराको प्रयोगले कर्मचारीले अरूका सामान झिकिदिने गरेको गुनासो नरहने विश्वास लिइएको छ । यसअघि विभागले सच्याउन दिएको निर्देशनलाई सामान्य सुझावका रूपमा लिइए पनि संशोधित आर्थिक ऐनले कर्मचारीलाई सजाय गर्न सकिने अधिकार दिएको उनले स्मरण गराए । कार्यक्रममा अर्थमन्त्री अधिकारीले मूल्यांकन सधैं विवादमा रहेको बताए । 'न्यूनबिजकीकरण भएको भन्सारको आरोप छ,' उनले भने, 'व्यवसायीचाहिँ मूल्यांकन कम भयो भनेर भन्सारले दुःख दिएको गुनासो गर्छन् ।'भन्सार बिन्दुमा न्यून बिजकीकरण गरी सामान भित्रिएका कारण बजारमा बिलबिजक जारी नहुने, नक्कली बिल प्रयोग हुनेलगायत विचलन देखिएको बताउँदै मूल्यांकनलाई वैज्ञानिक बनाउन जरुरी रहेको महानिर्देशक शर्माले बताए । 'न्यून बिजकीकरणको प्रभाव राष्ट्रिय अर्थतन्त्रमै परिरहेको छ,' उनले भने ।

  राजस्व बोर्ड गठन चाँडै

सरकारले चाँडै राजस्व बोर्ड गठन गर्न लागेको अर्थ मन्त्रालयका वरिष्ठ सल्लाहकार केशव आचार्यले बताएका छन् । तयार भइसकेको बोर्ड गठनसम्बन्धी मस्यौदालाई कानुनको रूप दिने प्रक्रिया अघि बढाउन लागेको उनले बताए । वैदेशिक सहयोगसम्बन्धी नीतिको मस्यौदा पनि अन्तिम रूप दिएर मन्त्रिपरिषद् बैठकमा पेस गरिन लागेको उनले बताए ।
हिमालपारि चोरीसिकारी

तस्करहरूको तारोमा हिउँचितुवा र कस्तूरी 

दुर्लभ शोभा हिउँचितुवा र कस्तूरी मृग। एक महिनाअघि मुस्ताङको मार्फाबाट आठ घन्टाको दूरीमा रहेको चौँरीखर्क लेकमा छालासहितका दुईवटा र छालाबाहेक हड्डी र शरीर मात्रै भएको एउटा यस्तै हिउँचितुवा मृत फेला परेका थिए। सिकारीले विष प्रयोग गरेर ती दुर्लभ वन्यजन्तु मारेको आशंका गरिएको छ। त्यसलगत्तै चितुवाका दुईवटा छालासहित मार्फास्थित प्याराडाइज गेस्टहाउसका सञ्चालक श्याम लालचन र कामदार कुलमान घले पक्राउ परे। यो त बाहिर देखिएको एउटा मात्रै घटना हो। यस्ता घटना धेरै छन्। हिमाली भेगका कस्तूरी मृगको अनुसन्धान गरेका पारसविक्रम सिंह भन्छन्, "लुकीछिपी वन्यजन्तुको चोरीतस्करी बढिरहेको छ।" विनाका लागि कस्तूरी मृग मारेपछि सिकारीले मृत शरीर त्यत्तिकै फ्याँकेर हिँड्ने गरेका छन्। चोरीसिकारीमा संलग्न केहीलाई पक्राउ गरिए पनि कारबाहीको दायरामा नल्याउँदा दुर्लभ वन्यजन्तुको सिकारी रोकिन नसकेको हो। गिरोहले भैरहवा, काठमाडाँैसँगै लोमान्थाङबाट तिब्बती नाकामा लगेर वन्यजन्तुका अंग बिक्री गर्ने गरेको स्रोतको भनाइ छ।     स्थानीय बासिन्दा र सहरबाट जाने गिरोहले अधिक मात्रामा हतियार प्रयोग गरी यहाँ चोरीसिकार गर्ने गरेका छन्। अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना -एक्याप) अन्तर्गत पर्ने हिमालपारिवा जिल्ला मुस्ताङ र मनाङमा दुर्लभ वन्यजन्तु पाइने गरे पनि यकिन तथ्यांक छैन। एक्यापले सातवटै क्षेत्रमा स्तनधारी १ सय २, चराहरू ४ सय ८८, घस्रने जीवजन्तु ४० र उभयचरहरू २३ पाइने उल्लेख गरेको छ। तराईका निकुञ्ज क्षेत्रमा गँैडा, बाघलगायतका वन्यजन्तु मारिएको खण्डमा ठूला अनुसन्धान थालिए पनि अन्नपूर्ण क्षेत्रमा यसरी संरक्षित वन्यजन्तु मारँिदासमेत सम्बन्धित निकाय जिम्मेवार हुनसकेको देखिँदैन। राष्ट्रिय वन्यजन्तु तथा संरक्षण ऐन, २०२९ अनुसार चितुवा मार्नेलाई एक लाख रुपियाँ जरविाना र १५ वर्षसम्म कैद सजाय हुन्छ। "कुन संरक्षित हो, कुन दुर्लभ हो, हामीलाई थाहा हुनुपर्‍यो नि !" मार्फाका स्थानीय नरबहादुर हिराचन हिउँचितुवाका बारेमा अनभिज्ञता प्रकट गर्दै भन्छन्, "हिउँचितुवाको छाला बहुमूल्य हुँदो रहेछ भनेर बल्ल थाहा पाइयो।"उनले यसो भने पनि स्थानीय केही व्यक्ति र बाहिरबाट जाने गिरोहको मिलेमतोमा यहाँ वन्यजन्तुको चोरीसिकारी हुँदै आएको छ। जाल थापेर, गोली हानेर, विष खुवाएर वन्यजन्तुको चोरीसिकारी हुँदै आएको छ। राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन, २०२९ ले घरपालुवाबाहेक बिनाअनुमति कुनै पनि जीवजन्तु मार्न नपाइने भनेर उल्लेख गरे पनि त्यसको कार्यान्वयन भएको छैन। चोरीसिकारीमा संलग्न केहीलाई पक्राउ गरिए पनि कारबाहीको दायरामा नल्याउँदा वन्यजन्तुको सिकारी रोकिन नसकेको हो। स्थानीय बासिन्दा र सहरबाट जाने गिरोहले अधिक मात्रामा हतियार प्रयोग गरी वन्यजन्तुको सिकार गर्ने गरेका छन्। एक्यापले केही सिकारीलाई पक्राउ गरे पनि अधिकांश चोरीसिकारीहरू भने पक्राउ परेका छैनन्। मार्फा, टुकुचे, कोवाङ, मुक्तिनाथलगायतका जंगलबाट चोरीसिकारी हुने गरेको छ। मरेका घरपालुवा जनावरमा समेत विष हालेर वन्यजन्तुको सिकार हुने गरेको छ। हिउँचितुवासँगै पछिल्लो क्रममा कस्तूरी मृगको चोरीसिकारी अधिक मात्रामा हुँदै आएको छ। संरक्षित जनावरको सूचीमा रहेको कस्तूरीको चोरीसिकारी मुख्य गरी विनाका लागि हुने गर्छ। गर्भधारण क्षमता कम भएको कस्तूरी मृग चोरीसिकारीकै कारण लोप हुने अवस्थामा पुगेको छ। "बहुमूल्य मानिने विनाका लागि नै यसको चोरीसिकारी हुने गरेको हो," एक्यापका मुस्ताङ प्रमुख सन्तोष शेरचन स्वीकार्छन्, "लुकीछिपी सिकार गर्नेलाई नियन्त्रण गर्न सकिएको छैन।" उनी चोरीसिकारी नियन्त्रणका लागि केन्द्रीय तहबाटै विशेष पहल हुनुपर्ने बताउँछन्। अवस्था कस्तो छ भने चोरीसिकारी नियन्त्रणका लागि यहाँका वन क्षेत्रमा कर्मचारी तथा सुरक्षा टोली खटाइएको छैन। नियन्त्रणका लागि कुनै संरचना नबन्दा चोरीसिकारीलाई पक्राउ गर्नेतर्फ सम्बन्धित निकायले तदारुकता देखाएको पाइँदैन। जिल्लामा बाह्य पर्यटकलाई चेकजाँच गरिए पनि अरूलाई नगर्दा तस्करहरूले झोलामा हालेर मृगको विना र अन्य जीवजन्तुको छाला सीधै लिएर जाने गरेका छन्। संरक्षण क्षेत्रभित्र हातहतियार राख्न, लैजान र प्रयोग गर्न निषेध हुँदाहुँदै पनि यही क्षेत्रमा घरघरमा हतियार राखिएका छन्।
कर ठगिगर्नेलाई कारबाही भएन
रिभस्र- नक्कली प्रज्ञापनपत्रको कारोवार

रोशन कार्की÷राजधानी
काठमाडौं, २९ साउन
कर्मचारी र व्यवसायीको मिलेमतोमा गत फागुन महिनामा नक्कली निकासी प्रज्ञापन पत्र बनाई सरकारी कर फिर्ता लिन सफल ७ जना भन्सार कर्मचारीलाई सरकारले कारबाही गर्न सकेको छैन । व्यापारीले रसुवा र तातोपानी भन्सार कार्यालयबाट नक्कली निकासी सामानको कागजत बनाई सो समयमा ७ करोड भन्दाबढी रकम झिक्न सफल भएका थिए ।
रकम झिक्नकालागि उनीहरुले आबश्यक कागजात तयार बनाउन तातोपानी भन्सार कार्यालयका ७ जना कर्मचारी प्रत्यक्ष रुपमा संलग्न भएको पुष्टी भन्सार विभागले यसअघि नै गरिसकेको भएपनि हालसम्म उनीहरुमाथी कारबाही भने हुन नसकेको हो । करिव एक वर्ष अगाडी तातोपानी भन्सार कार्यालय र रसुवा भन्सार कार्यालयबाट पटक-पटक सामान नै निकासी नगरि विभिन्न समयमा १२ करोड रुपैयाँ भन्दाबढीको राज्य कोषबाट रकम झिकेको खुलासा भएको थियो ।
नक्कली निकासी प्रज्ञापन पत्र बनाउने कर्मचारीको पहिचान भएपनि सो विषय छानविनकै क्रममा रहेको भन्दै उनीहरुमाथिको कारवाीगर्न आलटाल गरिएको हो । ती कर्मचराीको नामभने गोप्य राखीएको भन्सार विभागले जनाएको छ ।
गत आर्थिक वर्षको फागुन महिनामा तातोपानी नाका र रसुवा नाकाबाट नक्कली निकासी प्रज्ञापन-पत्र तयारगरि राज्य कोषबाट रकम झिक्नकालागि लेखापरिक्षक ओखलढुङगा पोकली घर भएका थलमान सुवेदीको मुख्य भुमीका रहेको विभाग स्रोतले जनाएको छ । उनीकै नाममा दर्ता भएको दिगम्बर ट्रेड इन्टरनेशनल लगायतका फर्महरुको सो कार्यमा संलग्न रहेका छन् ।
स्रोतका अनुसार भक्तपुर काठमाडौं र सिन्धुपाल्चोकमा दर्ता गरीएका अन्य फर्ममा दिगम्बर ट्रेड हाउसभीमेश्वर ट्रेड हाउस सरिता विजनेश इन्टरनेशनलसरिता इन्टरप्राइजेजअशुतोष इम्पेक्स र शिवशक्ती इन्टरनेशन नामका फर्मबाट सामान चीन निकासी गरेको प्रमाण पेश गरेका थिए । लेखापरिक्षक सुवेदीले तिव्वतमा रहेको बैंक अफ चाईनाबाट सो सामानको निकासी गरेको कागज बनाई सो रकम झिक्न सफल भएको अनुसन्धानबाट खुलेको विभागले जनाएको छ । सो कार्यमा तत्कालीन तातोपानी भन्सार कार्यालयका कर्मचारी सूर्य सेढाई विरेन्द्र पाण्डेरामकृष्ण तिवारीविश्वनथा खनालभवानी गुप्ताउद्धव थपलिया र शारादा दाहाल लगायत ७ जना कर्मचारीले सो नक्कली भन्सार प्ा्रज्ञापन-पत्र तयार पारेको आरोप स्रोतको छ ।
सरकारको अस्थिरता र राजनीतिक दलहरुको संरक्षणका कारण सो कार्यमा संलग्नलाई भन्सार विभागले कारवाही गरिहाल्न नसकेको एक भन्सार विभागका कर्मचारीले बताए । भन्सार कर्मचारीको मिलेमतोमा भएकॊ सो कार्यबाट ७ करोड रुपैयाँ झिकी राज्यको रकम हिनामिना गर्नेलाई तत्कालै कारवाही गर्न अर्थमन्त्रालयलाई सार्वजनीक लेखा समितिले गत वर्षको २६ चैतमा नै निर्देशन दिएको थियो ।
भन्सार विभागका महानिर्देशक टंकमणि शर्माले भने आबश्यक अनुसन्धान जारी रहेको वताए । ुसव्ौका बारेमा एकएकगरि अनुसन्धान गरिनु पर्ने भएकाले समय लाग्न गएको होु उनले भने ुनक्कली निकासी प्रज्ञापन पत्र बनाई राज्यको ढुकुटीबाट रकम झिक्ने र झिक्न सहयोग गर्ने सवैलाई कारवाही हुन्छ ।ु
अनुसन्धानका क्रममा उनीहरुले तिव्वततर्फ मैदाचाउचाउअगरबत्तिबनस्पति ध्यू लगायतका सामानहरु निकासी गरेको प्रमाण पेश गरेका सामानको विल र मुल्यअभिबृद्धिकरभ्याटको विल बनाउन सहयोग गरेको फेलापरेको विभागले जनाएको छ । यस कार्यमा अशोक अधिकारीको नाममा दर्ता भएको फर्मबाट सो सामान निकासी भएको जनाइएको छ । सो कार्यमा सिन्धुपाल्चोक उद्योग वाणिज्य संघको समेत संलग्नता रहेको अनुसन्धानबाट खुलेको विभागले जनाएको छ ।
त्ात्कालीन अर्थमन्त्री बाबुराम भट्टराईले भन्सार नाकामा अबैध कारोबार गरि राजस्व चुहावट गर्ने कोही कसैलाई पनि नछोड्ने बताएपछि एकाएक ती अबैध कारोबार गर्ने व्यवसायीहरु रसुबा नाकाबाट कारोबार गर्न थालेका थिए । भन्सार नाकामा हुनु पर्ने सामान्य भौतिक सुविधा समेत नभएको रसुवा नाकाबाट बार्षिक ४० करोड भन्दाबढीको व्यापारीक कारोबार भएको तथ्याङक विभागमा पेश गरेपछि सो कार्यको खुलासा भएको हो । सो कार्यमा संलग्न रहेका मध्ये तत्कालीन रसुवा नाकाका निमित्त प्रमुख कृष्णबहादुर हमाललाई विभागमा झिकाई अनुसन्धान गर्दा रसुवा र तातोपानीका भन्सार कार्यालयका कर्मचारीको मिलेमतोमा सो अबैध कार्य भएको भन्सार विभागले जनाएको छ ।

Sunday, August 14, 2011

लेख

तातोपानी भन्सारमा कर्मचारीको ताण्डव नृत्य             कहिले सम्म…?



रोशन कार्की


आज भोली सवै स्थानमा सिन्धुपाल्चोक र चीनको स्वसाशीत क्षेत्र तिव्वतको खासा बाजारबाट हुदै आएको व्यापारीक कारोबारको चर्चा परिचर्चा भईरहेको छ । वर्षै देखी व्यापारीहरुले सो नाकाबाट आ-आफ्नो तवरबाट व्यापारीक कारोबार गरेर आईरहेकाछन् तर पछिल्लो पट्क भने सो नाका बढी चर्चाको शिखरमा पुग्यो । तातोपानी भन्सार नाकामा कहिले प्रहरी प्रशासनको कारण नाका अवरुद्ध भएकोछ भने कहीले व्यापारी त कहीले सोही भन्सारका कर्मचारीको कारण भन्सारको व्यापारीक नाका अवरुद्ध हुदा करोडौ रुपियाँको भन्सार राजश्व घाटा पर्ने गरेकोछ ।
तातोपानी भएर आउने सामानको प्रति कन्टेनर न्युनतम ५ लाख भन्दा माथीको राजश्व व्यापारीहरुले भन्सारमा बुझाउनु पर्ने हुन्छ तर सो नाकामा भन्सारका कर्मचारीको मिलेमतोमा न्युनतम भन्सार राजश्व तिरेर भन्सार प्रज्ञापन पत्र दिईएर भ्यानमा कर्मचारीले विना चेक जाच सिल लगाउने गरेको छ । संसारमा ठीक र नवीन कार्य गर्नेहरुले आफ्नो कार्यको परिक्षण र जाच र मुल्यांकन होस र दुनियाको नजरमा बेईमानी हुन नपरोस भन्ने चाहाना राख्ने गर्दछन् तर तातोपानी भन्सार नाकाबाट कारोबार गर्ने जो कोही पनि कसरी हुन्छ भन्सार राजश्व छलेर र अबैध कारोबार गर्नेको आवाज उठाएका हत्या गर्न समेत पछि नहट्ने गर्दछन् ।
छिमेकी राष्ट्र चीनको अतिनै छोटो स्थलमार्गमा रहेको उक्त तातोपानी नाका भएर हजारौ व्यापारीले कारोबार गर्ने गरेका छन् । व्यापारीको मुख्य उदेश्यनै भन्सार राजश्व छलेर व्यापार गर्ने हो त्यसैले व्यापारीले अबैध सामानको आयात निर्यात गरे भनेर अच्ाम्म मान्नु पर्ने छैन तर त्यही व्यापारीलाई सहयोग पुर् याएर भन्सार नाक बन्द गराई आफु लगाएत सवै कर्मचरी खासा बजारमा गएर सुरासुन्दरी च्यापेर खासाली रक्सीको चुस्की लगाएर बस्नु कतिको न्योचीत हो । यसरी हप्तौ सम्म तातोपानीका कर्मचारीले हाजिर गरेर खासा बसेर व्यापारी कारोबार नभएको समाचार सार्वजनीक हुदासमेत समबन्धित निकाय मौन रहनुमा पनि केही रहर् य लुकेको पाईन्छ । 
साचारकर्मीले आफ्नो तर्फबाट सत्यतथ्य समाचार सार्वजनीक गरेपछि आफ्नो जागिर जोगाउनका लागि सो तातोपानी भन्सारका प्रमुख भन्सार अधिकारी सन्तोष श्रेष्ठ रातारात काठमाडौ हानिए र नभएका बयान भन्सार विभाग र राजश्व अनुसन्धान विभागमा दिए । पहिलो पट्क जागिर त जोगाए तर चैन भने उहाँलाई छैन किनकी सन्तोष श्रेष्ठको ठाडो निर्देशनमा भएको उक्त अबैध सामानको कारोबार गर्न व्यापारीलाई सहयोग पुर् याएको तथ्य सार्वजानीक भएकोछ । सोही कार्यले गर्दा सो भन्सारमा कार्यरत कर्मचारीहरुलाई भन्सार विभागले काठमाडौ फिर्ता बोलाइकोछ तर कारबाही भने गरेको छैन । एकातर्फ अनियमित कामकार्य गर्ने कर्मचारीलाई भन्सार विभागमा बोलाएर के नै हुने हो र आर्को तर्फ सो भन्सारका सवै कर्मचारीले नै अबैध सामानको आयात निर्यात गर्न सहयोग गरे बापत पाउने कमिसनले गर्दा लाखै रुपिया खर्च गरेर पुगेका कर्मचारीले गर्दा सो भन्सार नाकामा बदनाम भएको पाईन्छ ।
आफ्ना सहयोगी कर्मचारी समुह जोगाउन आएका प्रमुख भन्सार अधिकारी सन्तोष श्रेष्ठले कर्मचारी जोगाउन त सेकनन् तर आफु भने सोही नाकामा हालीमुहाली गरेर अबैध सामानको कारोबार गर्न सफल भएकाछन् । कमीसनको झोला बोकेर काठमाडौ आएका सन्तोष श्रेष्ठले सो पोको खोल्न नपाउदै उनले निमित्त दिईएर आएका अधिकृत सुर्य सेढाइले व्यापारी संग मिलेर अबैध कार्य गरी उनकै हस्ताक्षर गरेर पठाएको कन्टेनर भ्यानलाई राजश्व गस्तीले १२ वटा गाडी नियन्त्रणमा लियो । कारवाही गर्न थाले पछि उनीहरुले सिल लगाए र पठाएको कुनैपनि सवारी साधनलाई बीचबाटोमा कसैले पनि नियन्त्रणमा लिन नपाउने भन्दै कर्मचारीहरुले भन्सार नाकामा हुने व्यापारी कारोबार लाई ठप्प बनाएपछि भन्सार विभागले बाध्य भएर १० जना कर्मचारी विभाग तान्न करै लाग्यो ।
अर्का अधिकृत शारदाप्रसाद दाहाल नायव सुव्वा कमल सुवेदी खरीदार शंकर पौडेल रामचन्द्र धिमिरेभवानीप्रसाद गुप्ता भगवानसिह गुरुङविजयराव खनाल ताराप्रसाद देवान र सुरेन्द्र भट्राई लाई विभागले केन्द्रमा बोलायो तर कीन कारबाही भएको छैन र कीन सो भन्सार नाकामा कर्मचारीबाट नै अबैध सामानको कारोबार गरेर भन्सार राजश्व चुबावट गरीरहेकाछन यो विषयमा सवै पक्ष गम्भीर भएर लाग्नु पर्ने भएकोछ ।
दैनिक ७० लाख भन्द बढी भन्सार राजश्व संकलन हुने भन्सारमा अहिले आएर मुस्कीलले १० देखी १५ लाख मात्र राजश्व संकलन हुने गरेको छ । लक्षित राजश्व नउठेको जनाउदै झोलेपोकेको सामान कर्मचारीले अमानविय व्यवहार गरेर खोस्ने गरेको छ । तर यसरी खोसीएको सामानलाई कर्मचारीले आफ्नो मातहतको मान्छेलाई वितरण गर्ने गरेको पाईएकोछ । के कर्मचारीले नियन्त्रणमा लिइएको कुनै पनि सामानह राजश्वमा नबुझाएर आफलैले चलाउन पाउने नियम भन्सार नाकामा छ । यस समबन्धमा कसैको चासो गएको छैन् । 
एकातर्फ सरकारी नियम निर्देशनमा चल्ने कार्यलयहरुमा यसरी कर्मचारीतन्त्रको राज हुने तातोपानी भन्सारमा हालसम्म कसैले पनि के भई रहेकोछ भन्न बारे सोचविचार गरेको छैनन् ।उक्त भन्सारका कर्मचारीहरुले एकै दिनमा ७० लाख भन्दा बढीको राजश्व एक जना व्यापारीबाट व्यक्तिगत रुपमा लिने गरेको र सो रुपिया दिईए बापत कर्मचारीले भन्सार राजश्व नकटाई सामानको विना जाचचेक करोडौको सामान लाई प्रज्ञापन पत्र दिईएर भन्सार छुटाउने गरेकाछन् । यसै विषयमा पट्क-पटक भन्सारका कर्मचारीको अनियमिकता बारे सार्वजनीक हुदा पनि सरकार र समबन्धित निकायलाई कुनै कुराको जानकारी हुदैन । यति सम्मकी राजश्व अनुसन्धान विभाग र भन्सार विभागलाई समेत भन्सार कार्यलय कर्मचारीबाट बन्द हुदा समेत कुनै जानकारी नभएको बताएका थिए । आखिर साचारमाध्यामले प्रथमिकताका साथ समाचार प्रशारण गरेपछि बाध्य भएर नियम विपरित कार्य गर्ने कर्मचारी भन्सार अधिकृत सूर्य सेढाई भन्सार अधिकृत शारदाप्रसाद दाहाल नायवसुव्वा कमल सुवेदी खरीदार शंकर पौडेल रामचन्द्र धिमिरेभवानीप्रसाद गुप्ता भगवानसिह गुरुङविजयराव खनाल ताराप्रसाद देवान र सुरेन्द्र भट्राईलाई विभागले केन्द्रमा बोलायो तर ससम्मान उनीहरुलाई कुनै कारबाही नगरी ज्वाईलाई दिईने सम्मान दिईएर राखीएकोछ ।
गत मंसिर ७ गते तातोपानी भन्सारबाट चेकजाच भएर आएको भनिएको १२ वटा कन्टेनर भ्यानलाई आन्तरिक राजश्व अनुसन्धान विभाग बाट खटीएका र।जश्व गस्ती टोलीले घुलिखेलबाट अधिनमा लियो । सोही दिन नाका भएर आएको करोड भन्दा बढी सामान वोकीएका ट्रकलाई भन्सारका कर्मचारी र राजश्व विभागका कर्मचारीले प्रति ट्रक ५ हजारको दरमा रकम लिईएर छोडीयो र तिनै व्यापरीले दिईएका नम्वरका ट्रकलाई भने गस्ती टोलीले नियन्त्रणमा लिईएको थियो । सरकारका मन्त्रीदेखी भन्सारका कर्मचारी सम्मको मिलेमतोमा हुने उक्त अबैध कारोबारोको प्रर्दाफास भएको पनि वर्षै भएको छ तर त्यसका बारेका सवैलाई थाहा भएपनि कसैले कारबाही गर्ने तर्फ चासो दिईदैन ।
राजश्व छलीको आरोपमा काठमाडौ बोलाईएका भ्रष्ट्र कर्मचारीलाई बहालबाला अर्थमन्त्री रामशरण महतको आर्शिबादका कारण सो नाका कर्मचारीहरुमा बढी मात्र राजश्व चुवावट गर्ने गरेकाछन् । मन्त्रीको आर्शिबादले गर्दा सो नाका बाट हुने व्यापारीक कारोबार सवै अबैधरुपमा देखीएको छ । किनकी सो नाका भएर गरिने व्यापार व्यवसाय पुरै अबैधरुपमा त्यहाका व्यापारी भन्दा पनि कर्मचारीले गर्दै आएकाछन् । लोपन्मुख जीव सतुसको चोरी निकासी देखी सवै कार्यको चोरी निकासी गर्न सरकारको आर्शिवादले गर्दा भईरहको छ ।
                                                                                                                         karkirimn@gmail.com
 २०६३ सालमा लेखेको 
लेख


किन असुरक्षित भयो साचारकर्मीलाई अरनीको राजमार्ग

                                                                                                                                  रोशन कार्की

 तत्कालीन समयमा नेपाल वान टेलिभिजनमा कार्यरत रहेको
चीनको स्वशासित क्षेत्र तिव्वतको खासा बजारबाट जुन समय देखी सिन्धुपाल्चोक जिल्लाको तातोपान्ाी स्थीत कोदारी राजमार्ग अन्तरगत भन्सार नाका खुलेपछि नेपालमा व्यवसायिक रुपमा खासाको व्यापार सुरु भएको हो ।
खासाको छोटो स्थलमार्गको रुपमा रहेको तातोपानी भन्सार नाका काठमाडौबाट ११४ किलो मिटर सवारी साधनमा पार गर्न सकिने सो नाका भएर नेपाली र विदेशी व्यापारीले तस्करी कार्यको धन्धा चलाउन समेत सजिलो मार्गको रुपमा परिचित रहदै आएको छ । सरकारी मातहतको नाकामा खुल्ल्ाा चोरी निकासीको सामानको कारोवार भन्सार कर्मचारीको सहायोगमा भएपछि एउट कलमजीवी साचारकर्मीले आफ्नो अगाडी भएको तस्करीको समाचार आफु कार्यरत सस्था मार्फत आम जनमानसमा सत्यतथ्य समाचार दिनु थियो दिईएकोमात्र हो ।
सोही समाचार दिएको आधारमा व्यापारीले साचारकर्मीलाई ज्यान मार्ने धम्की दिदै आउनु सार्वजनीक ठाउँमा अपशव्द बोल्दै अपमानीत गर्नु सिन्धुपाल्चोकका साचारकर्मीलाई सामान्य भएको थियो । जुन अरनीको राजमार्गबाट भारतको कर्णटक प्रदेशको जंगलबाट लुकाई छिपाई नेपालको नाकाहुदै प्रतिबन्धित रक्तचन्दनको कारोवार नेपाली व्यापारीले दिउसै तस्करी गर्न थालेको समाचार प्रशारण गरेपछि तस्करका नाईकेका भरौटेहरुले नशाको सुरमा मार्ने धम्की दिदै आए ।
साचारकर्मीले समाजमा भएका खराव कार्यको भन्डाफोर गर्नु कर्तव्य नै हो । सोही अनुसार हामीले समाचार लेख्दा र प्रशारण गर्दा तातोपान्ाीका तस्करको निर्देशनमा पहिलो पटक फोन बाट म रोशन कार्की लाई हत्या गर्ने धम्की आयो । मैले जिल्लामा साथीहरु र नेपाल पत्रकार महासंघका जिल्ल्ाा सभापतिलाई फोन मार्फत सो बारे जानकारी गराए । साथीहरुले आफू कार्यरत साचारमाध्याममा समाचार बजाउनु भयो । तर पत्रकार महासंघबाट खासै केही गरीएन जव तस्करले अन्य साचारकर्मीलाई पनि मार्ने धम्की आएछि अहिले कसरी पत्रकार महासंघले अरनीको राजमार्ग साचारकर्मीलाई असुरक्षित धोषण गरेको हो रु अहिले आएर मात्र सो राजमार्ग असुरक्षित भएको हो र रु
अरनीको राजमार्गमा सुरुदेखीनै साचारकर्मीलाई असुरक्षित भएको हो अरनीको यातायातको मनपोलीको समाचार संकलन गर्न गएका सिन्धुपाल्चोकका पत्रकारको क्यामेरा र अन्य सवै सामान दिउसै अरनीको यातायातका तत्कालिन सचिव हालका अध्यक्ष केदार क्षेत्री नामका व्याक्तिले गुण्डा लगाएर मेरो र भुपेन्द्र भन्डारीको सामान लुटिदा महासंघलाई सो कार्यका आवाज उठाउने आट गरेन । हाम्रो समान लुटेर लैजादा र पटक-पटक मार्ने धम्की आउदा सो को बारे महासंघका सभापतीलाई जानकारी गराउदै आए । तर न कुनै विज्ञप्ती निकालियो न त्यस कार्यको जानकारी जिल्ला महासंघले केन्द्रमा कुनै जानकारीनै गरायो । अहिले उनीहरु माथी नै धम्की आए पछि मात्र यो राजमार्ग कसरी साचारकर्मीलाई मात्र असुरक्षित भयो रु
आज म र साथी माथी जुन अमानविय कार्य भयो भोली अरुमाथी हुन्छ कारबाहिका लागी पहल गर्नु पर्छ भन्ने साथीको कुरा महासंघले सुनेन हाल ति तस्करले आखीर कसैलाई नछोड्ने देखेपछि महासंघको घैटोमा धाम लाग्न पुग्यो र केन्द्रीय महासंघले विज्ञप्ती मार्फत सो राजमार्ग असुरक्षित धोषण गरेर मात्र महासंघले औपचारीक पुरा गरेकोछ । महासंघले जव ती तस्करलाई कारबाहि गर्न सरकारलाई कडा दवाव दिदैन तव सम्म महासंघको कार्य सफल हुदैन ।
सुरुकै समयमा महासंघले कारबाही अगाडी बडाएको भए हाल यो अवस्था आउने थिएन । किनकी सूरुमा यो समस्या अरुलाई परेको थिएन हाल सवैलाई परेपछि ढिलै भएपनि बल्ल आखाँ खुल्यो । रोग लाग्नु पूवनै यो समस्या आउछ भनी सोची दिएको भए विरामी भई अन्तीम अवस्थामा पुगेछि उपचार गर्नु पर्ने थिएन । यो युनिटी सूरुकै समयमा भएको भए तस्करले टाउको उठाउने आट गर्ने थिएनन् । मेरो र साथीको समाग्री लुटिने थिएन । तस्करले गरेका अन्य कार्यमा जिल्ला महासंघले एक पेज लेटर प्याड खर्च गर्न त्यस बेला कान्जुसाई गरेर घटनाको बारे जानकारी समेत केन्द्रमा आफ्नो तर्फबाट महासंघले गर्न चाहेन । आज त्यसैको परिमाण खेप्दैछन पत्रकारहरुले ।
हामीले सप्रमाण समाचार संप्रषण गर्दा सहनु परेको मार्ने धम्कीले राज्य राजनैतीक दल मानव अधिकारबादी र खुद नेपाल पत्रकार महासंघको समेत कुनै ध्यान गएन । त्यस समयमा । उनीहरुले आवज उठाएको भए यो समस्या आउने थिएन । पहिले तीनै सघ स्ास्थाले तस्करीहरु रिसाउद छन की भनेर आवाज उठाउने आँट नगरेका कारण अरनीको राजमार्गमा साचारकमीको लाग्ाी मात्र होईन सर्वसाधारणलाई पनि असुरक्षित भएको छ । यो राजमार्गमा नेपाल सरकारले नै विशेषरुपमा लागेर प्याकेजका रुपमा राजमार्गमा गुण्डागर्दी गर्नेलाई कडा कारवाहि नगरे सम्म समस्या समधान हुदैन । जव कारवाही हुन्छ तव मात्र समस्या समधान हुन्छ । नत्र झन झन यो समस्या बढ्दै जाने गर्दछ ।
झबष्lपबचपष्चषषल२नुबष्ि।अयु
थबजयय-चयकजबलपबचपष्द्दण्ण्ठ२थबजयय।अयु
                                                



आर्थिक नीतिको आधार बजारमुखी अर्थतन्त्रलार्इ बनाउन सुझाब

 काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघले आर्थिक नीतिको आधार बजारमुखी, खुला र उदार अर्थतन्त्रलार्इ बनाउन सरकारलार्इ सुझाब दिएको छ । महासंघका कार्यवाहक अध्यक्ष भाष्करराज राजकर्णिकारको नेतृत्वमा महासंघका प्रतिनिधिमण्डलले प्रधानमन्त्री झलनाथ खनाललार्इ भेटी औद्योगिक व्यवसायिक क्षेत्रमा देखा परेका प्रमुख मुद्दाहरु एवं समस्या समाधानकालागि हुनु पर्ने व्यवस्थाहरु सहित सुझाव प्रस्तुत गरेको हो ।
महासंघद्वारा प्रस्तुत सुझावमा मुख्य तया नीजि क्षेत्रको नेतृत्वदायी भूमिका भएको बजारमुखी, खुला र उदार अर्थतन्त्र नै मुलुकको आर्थिक नीतिको आधार हुनु पर्ने, मुख्य रोजगारदाता र ट्रेड यूनियनहरुबीच भएको सम्झौताको पूर्ण कार्यान्वयन हुने निर्णय सहित नेपाल सरकारबाट राजपत्रमा सूचना प्रकाशित हुनु पर्ने, मुलुकको समग्र आर्थिक क्षेत्रको सुधारका लागि अत्यावश्यक पूर्वाधार क्षेत्रमा यस बर्षको बजेट पूर्णत केन्द्रित हुनु पर्ने, बजेट निश्चित दिन फागुन ३० मा आउने संवैधानिक व्यवस्था हुनु पर्ने र आर्थिक वर्ष वैशाख चैत्रलाई मान्नु पर्ने आदि रहेका छन् ।
यसैगरी, सम्पत्ति शुद्धिकरण ऐन राजस्वसंग जोड्नु नहुने, राजस्व लगायतका विषयहरुमा सम्बन्धित ऐनहरुमै यथोचित कारवाही गर्न सक्ने व्यवस्था भएकोले सोही ऐन अनुसार कारवाही हुने व्यवस्था हुनु पर्ने, बैङ्कमा नगद जम्मा गर्दा श्रोत देखाउनु पर्ने झन्झटिलो व्यवस्थाको साटो आयआर्जन गैरकानूनी कृयाकलापबाट आर्जित होईन भनी नकारात्मक घोषणा गर्ने व्यवस्था हुनु पर्ने आदि रहेका छन् ।
महासंघद्वारा प्रस्तुत अन्य सुझावहरुमा ह्रासोन्मुख अवस्थामा रहेका औद्योगिक क्षेत्रमा सुधारको वातावरण तय गर्नु पर्ने, निर्यात प्रबद्र्धनको लागि गत वर्ष दिएको प्रोत्साहनको व्यवस्थालाई सरल तरिकाले कार्यान्वयनको व्यवस्था हुनु पर्ने, निर्यातउन्मुख उद्योगहरुलाई सहुलियत दरले ऋण उपलव्ध गराउने व्यवस्था हुनु पर्ने, अर्थतन्त्रको मेरुदण्डको रुपमा रहेको कृषि क्षेत्रलाई व्यवसायिकरण गर्ने वातावरण तय हुनु पर्ने, बन्द भएका उद्योगहरुलाई सञ्चालन गर्ने व्यवस्था हुनु पर्ने आदि रहेका छन् ।
भेटमा प्रधानमन्त्री खनालले महासंघबाट प्रस्तुत सुझावहरु उद्योग व्यवसाय एवं अर्थतन्त्रको विकासको लागि अत्यन्त महत्वपूर्ण भएको र अहिलेको सन्दर्भमा उद्योगहरुको स्थितिमा सुधार ल्याउन अत्यन्त आवश्यक भएको, बैंक तथा वित्तिय क्षेत्रमा देखा परेका समस्याहरु वारे सरोकार सबैसंग छलफल गरी सामधान गर्नु पर्ने, तीन खम्बे आर्थिक नीति सम्बन्धमा सबैसंग छलफल गरी अघि बढ्ने प्रतिबद्धता व्यक्त गर्नु भयो ।
प्रतिनिधिमण्डलमा पूर्व अध्यक्षहरु पद्म ज्योति, चण्डिराज ढकाल, उपाध्यक्षद्वय भवानी राणा, पशुपति मुरारका एवं कार्यकारिणी समितिका सदस्यहरु सम्मिलित थिए ।

Saturday, August 13, 2011


निकासी पैठारीमा संलग्न ब्यापारिले प्रकि्रया पुर् याएनन् 
रोशन कार्की÷राजधानी 
काठमाडौं२७ साउन 
निकासी पैठारीमा संलग्न ब्यापारिले आवस्यक प्रकृया नै पुरानगरी कारोवार गर्दै आएको पाइएको छ । अन्तराष्ट्रिय मापदण्ड अनुसार निकासी÷पैठारी ब्यापारमा संलग्न अधिकांस ब्यापारिले यस्तो ब्यवसाय गर्नकालागि पुरागर्नुपर्ने प्कृया पुरागरेको नपाइएको भन्सार विभागले जनाएको हो । 
विभागका अनुसार नेपालबाट विभिन्न सामानको आयाय÷निर्यात गर्ने अधिकाशं आयात÷नियातकर्ताहरु अन्तराष्ट्रिय मापदण्ड अनुरुप अयोग्य छन् । 
नेपालमा भारत÷चीन लगायत तेस्रो मुलुकमा सामान निार्यात तथा आयातकालागि हाल सम्म कारोबार गर्न पाएका मध्ये ९५ प्रतिशत आयतकता र निर्यातकर्ता अयोग्य भएको प्रारम्भीक अध्ययनबाट खुल्न आएको विभागका महानिर्देशक टंकमणी शर्माले वताए । ुनेपालजस्तो देशमा ४० हजार भन्दाबढीले विभिन्न भन्सार नाका प्रयोगगरि सामान निकासी ÷पैठारी गर्ने गरेकाछन्ु उनले भने ुउनीहरुले सामान्य रुपमा आन्तरिक राजस्व विभागबाट अन्तशुल्क प्यान नम्बरमा फर्म दर्ता गरे पछि आफुलाई मनलागेको समानको आयात तथा निर्यात गर्ने गरेकाछन् ।ु
अन्तराष्ट्रिय मापदण्ड अनुसार एकव्यक्तीले एकैप्रकारको मात्र सामानको आयातगर्ने पाउने व्यवस्था रहेको वताउँदै उनले नेपाली आयातकर्ताहरु हैसियत र योग्यता नभएको विभागको ठहर रहेको वताए । 
विभागका अनुसार मुलुकमा साचालीत भन्सार कार्यालयमा बढीमा ३ महिनाकालागि विभिन्न्ा नाममा फर्महरु दर्ता गराएर व्यापारिक कारोबार गर्ने गरेकाले त्यसको प्रत्यक्ष असर राजस्व असुलीमा पर्ने विभागले जनाएको छ । भन्सार विभागका महानिर्देशक टंकमणि शर्माका अनुसार अस्थायी व्यापारीक फर्महरु दर्ता गराएर विभिन्न भन्सार नाकाबाट सामानको आयात÷निर्यात गर्ने गरेका र सोही फर्महरुले बढीमात्रामा भन्सार चुहावट गरेका कारण भन्सार राजस्व अन्तशुल्कभ्याट कर संकलनमा प्रत्यक्ष असर पर्न गरेको बताए । महानिर्देशक शर्माले भनेुनेपालजस्तो सानो देशमा करिब ४० हजार आयातक÷निर्यातकर्ता हुनु भनेको अत्याधिक सख्या होत्यसैले आबश्यक भन्दाबढी आयतकर्ता भएकाले सम्बन्धित निकायबाट त्यसको चेकजाँच र अनुगमन गर्न कठिनाई परेकाले यसमा कडा नियम लगाउने तयारीमा छौ ।ु
नेपालमा एकभन्दाबढी सामानको आयातगर्ने गरेका कारण बढीमात्रामा भन्सार चुहावटलाई नियन्त्रण गर्न कठिन भएको भन्सार कार्यालयहरुले जानएकाछन् । सो फर्महरुबाट बैद्यभन्दापनि अबैद्य सामानको आयात गर्ने गरेकाकारण त्यसकार्यको नियन्त्रण गर्न विभागले विशेष कार्यक्रम ल्याउने गृहकार्या गरेको विभागले जानएको छ । 
विभिन्न भन्सार नाकाबाट आयातकर्ताको नामबाट खोलीएका फर्महरुमा अधिकाश नक्कली व्यक्तहरुको नाममा रहेको समेत प्रारम्भीक अध्ययनमा देखिएको विभागले जनाएको छ । भन्सार नाकाबाट बास्तविक आयातकर्ताको नामबाट कुनैपनि प्रमाणीत हुने कागजात नभएको तर विभिन्न ग्रामीण भेगका न्यून आयभएकाहरुको नामबाट व्यापारिक फर्म खोली फर्मदर्ता गराएकाले गर्दापनि सक्कली आयतकर्ता भेटाउन भन्सार कार्यालयले नसकेको विभागले जनाएको । 
यसरी अयोग्य र नक्कली आयतकर्ताको नाममा भन्सार नाकाबाट व्यापारिक कारोबार गर्नेहरुमा गोसाईकुण्ड इन्टरनेश्ानल प्रालिन्यूलिस्तीमाई विजनेश प्रालिरामयण ग्रुपतातोपानी ग्रुपअन्न्ापूर्ण ग्रुप लगायत अन्य फर्मबाट यस्तो कार्य भएको भन्सार कार्यालयले जनाएको छ
नककली नाममा खोलीएका व्यापारिक फर्महरुबाट अबैध सामानको आयात÷निर्यात गर्दा भन्सार चुहावटमा बृद्धि भएको र सामान बरामद गरेपनि सक्कली आयतकर्ताहरु नभेटिएकाले कारबाही फितलो हुन गएको विभागका महानिर्देशक शर्माले बताए । 

Friday, August 12, 2011



धेरै आयतकर्ता नेपालमा 

अन्तर्राष्ट्रिय व्यापार (आयात/निर्यात) गर्नेको संख्या नेपालमा धेरै होलान् कि जापानमा ? यो जिज्ञासामा धेरैले भन्लान् जापान । तर मुलुकमा अन्तर्राष्ट्रिय व्यापार गर्नेको संख्या विश्वको तेस्रो ठूलो अर्थतन्त्र मुलुक जापानमा भन्दा निकै बढी रहेको भन्सार अधिकारी बताउँछन् ।
अन्तर्राष्ट्रिय मुद्राकोषले सन् २००८ अध्ययन गर्दा मुलुकमा आयातकर्ताको व्यवसायीको संख्या २८ हजारभन्दा बढी थियो । तीन वर्षमा यो संख्या कम्तीमा ३५ हजार पुगेको अनुमान छ । 'तर केही वर्षअघि जापान पुग्दा त्यहाँ अन्तर्राष्ट्रिय व्यापारको अनुमति पाउनेको संख्या १० हजार थियो,' हालै भन्सार विभागले आयोजना गरेको गोष्ठीमा तातोपानी भन्सार प्रमुख निर्मलहरि अधिकारीको दाबी थियो,  'अहिले पनि हामीकहाँ जति आयातकर्ता जापानमा छैनन् ।' 
पञ्चायतकालमा आयातका लागि ओपन जनरल लाइसेन्स (ओजिएल) लिनुपथ्र्यो । तर २०४६ सालको राजनीतिक परिवर्तनपछि लाइसेन्स प्रणाली खारेज गरी जोसुकैलाई आयातका लागि ढोका खुला गरिएपछि च्याउ उम्रेसरी आयातकर्ता भएका हुन् । र्फम दर्ता गरी बैंकमा प्रतीतपत्र -एलसी) वा ड्रापmट/टिटी बनाएपछि जोसुकैले प्रतिबन्ध नलागेका जुनसुकै वस्तु राजस्व तिरेर भित्र्याउन सक्ने छुट छ । यसरी खुला गरेपण्छि आयातकर्ताको संख्या नियमन गर्न नसक्ने गरी बढी भई राजस्व विचलनको समस्या बढेकोबढ्यै छ । 
राजस्व विचलनको नियत राखेका व्यवसायीले सामान्यतया सोझा गरिब व्यक्तिको नाममा र्फम दर्ता गरी सामान भित्र्याउँछन् । केही लट सामान आयात गरेपछि कर विवरण पेस नगरी -ननफाइलर) अरू र्फम दर्ता गर्दै आयात गरी राजस्व छलीलाई निरन्तरता दिने गरेका छ्न् । विचलन फेला पर्दा पनि वास्तविक दोषीलाई कारबाहीमा नपर्ने तथा र्फमवाला विपन्नबाट छली भएको राजस्व असुल्न नसक्ने अवस्था छ । 'एउटा नागरिकताको फोटो पेस गरेर र्फम दर्ता गराएपछि जोसुकै अन्तर्राष्ट्रिय व्यापारी हुने अवस्था छ,' तातोपानी भन्सार प्रमुखले भने, 'वास्तविक व्यापारी पर्दापछाडि बसेर अरूको नाममा कारोबार गर्ने विकृति बढेको छ ।'   
'खुला भनेको छाडा छाड्ने होइन,' आन्तरिक राजस्व विभागका महानिर्देशक राजन खनालले भने, 'आयातकर्तालाई नियमन जरुरी छ ।' उदार अर्थतन्त्रका प्रवर्द्धक मानिने मुलुकमा पनि अन्तर्राष्ट्रिय व्यापारलाई यसरी छाडा छाडिँदैन भन्ने उनको भनाइ छ ।        
सरकारले चालू आर्थिक वर्षको बजेटमा अवैध तथा विचलन हुने व्यापारलाई न्यूनीकरण गर्न मंसिरभित्र आयात परिचयपत्रसम्बन्धी कार्यविधि बनाई कार्यान्वयन गर्ने कार्यक्रम छ । तर मन्त्रालयको राजस्व नीति तथा कार्यक्रममा परिचयपत्र सम्बन्धी अवधारणापत्र र कार्यविधि बनाउन पुस मसान्तसम्मको समयसीमा तोकिएको छ । कार्यान्वयनका लागि समयसीमा नदिएर कार्यविधि स्वीकृत गरी कार्यान्वयन गरिने छ भनेर उल्लेख गरिएको छ ।
भन्सार विभागका महानिर्देशक टंकमणि शर्माले परिचयपत्र लागू गर्न गृहकार्य सुरु भइसकेको जनाउँदै समयसीमा नतोके पनि चाँडै कार्यान्वयन गर्ने बताए । उनका अनुसार अन्तर्राष्ट्रिय अभ्यास अध्ययन गरिरहेको विभागले चाँडै अवधारणापत्र बनाई सरोकारवालासँग छलफल चलाउने छ । 'जरुरी भइसकेको आयात नियमन हुने कुरामा शंका नलिए हुन्छ,' उनले थपे ।    
आयातकर्ताले ननफाइलर भए स्वतः पहिचान हुने खालको विद्युतीय परिचयपत्र र प्रणाली विकास गर्नुपर्ने आन्तरिक राजस्वका महानिर्देशक खनाल बताउँछन् । 'निवेदन दिने सबैलाई परिचयपत्र वितरण मात्र गर्दा सबैले परिचयपत्र त लिन्नन्,' उनले भने, 'तर विचलन नियन्त्रण नहुन सक्छ ।' 
वस्तुको प्रकृतिको आधारमा परिचयपत्र वर्गीकरण गरिए विचलन नियन्त्रण सहज हुने उनको सुझाव छ  । एकै आयातकर्ताले तरकारी, फलफूलदेखि मोबाइल/ ल्यापटपसम्म आयात गर्न पाउने छुटले पनि विचलन चुलिएको राजस्वसम्बद्ध अधिकारीहरूको तर्क छ । यदि वस्तुको आधारमा आयातकर्ताको वर्गीकरण हुने भने राजस्व जोखिम भएको ठाउँमा केन्दि्रत हुन सकिन्छ उनले भने । 'तरकारी, फलफूलका आयातकर्ताका पछिपछि लाग्नु पर्दैन,' उनले भने, 'तर विद्युतीय उपकरण लगायतमा केन्दि्रत हुँदा  विचलन नियन्त्रण हुन्छ ।'  

Monday, August 8, 2011


पाँच मन्त्रालयको मात्र झण्डै ७८ प्रतिशत बेरुजु
चैत ३० । महालेखा परिक्षकको कार्यलयले स्थानीय विकास भौतिक योजना तथा निर्माण शिक्षा अर्थ र श्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा बेरुजु बढेको बताईएको छ । राष्ट्रपति डाक्टर रामवरण यादवलाई आज बुझाएको ४८ औ बार्षिक प्रतिवेदनमा कुल बेरुजुको झण्डै ७८ प्रतिशत पाँच मन्त्रालयको मात्र भएको उल्लेख छ । 
कार्यवाहक महाशाखा परिक्षक खेम प्रसाद दाहालले ४८ औ प्रतिवेदन राष्ट्रपति समक्ष पेश गुर्न भएको हो । प्रतिवेदनले सरकारी कार्यलयमा बेरुजु बढेको देखाएको छ । सार्वजनिक प्रतिश्पर्धा बेगर वार्ताबाट काम गराएको सामाजिक परिक्षण नगराएको असुल गर्नु पर्ने भन्दा कम राजस्व असुल गरेको सोध र भर्ना लिनु पर्ने रकम समयमा नलिएको कारण बेरुजु बढेको प्रतिवेदनको ठहर रहेको कार्यलयका प्रवक्ता महदत्त लिम_िल्सनाले जानकारी दिनु भयो । 
चैत्र मसान्त सम्मको लेखा परिक्षणबाट २ अर्ब ८९ करोड ७३ लाख बराबरको असुल भएको कार्यलयले जनाएको छ । 
स्थानीय विकास शुल्क वापत मन्त्रालयमा रहेको विभिन्न खाताबाट १ अर्ब २ करोड राजस्व दाखिला भएको तिम_िल्सनाले बताउनु भयो । 
प्रतिवेदन बुझ्दै राष्ट्रपति डाक्टर यादवले आर्थिक सुशासन कायम गर्ने लोकतान्त्रिक मुल्य र मर्यादाको अभिवृद्धिमा महालेखा परिक्षकको कार्यलयबाट सहयोग पुग्ने धारणा राख्नु भयो । राष्ट्रपति कार्यलयका सह प्रवक्ता चक्रपाणी पाण्डेले जानकारी दिनु भयो ।

Sunday, August 7, 2011


आवश्यकभन्दा बढी कर्मचारीले भन्सारको काममा          अवरोध 
            छिट्टै समायोजन हुनुपर्ने माग
 रोशन कार्की÷राजधानी 
काठमाडौं २१ साउन 

भन्सार विभागअन्तर्गत कार्यरत अधिकांश कर्मचारी सम्बन्धित क्षेत्रसँग जानकार नभएको र आवश्यकभन्दा बढी भएकाले विभागमा प्रशासनिक समस्या परेको छ । पछिल्लो समय विभिन्न क्षेत्रबाट विभागमा आउने कर्मचारीमा भन्सारका संवेदनशील कार्यको ज्ञान नभएकाले उनीहरुबाट काम लिन अप्ठुरो भएको विभागले जनाएको छ । हाल कार्यरत कर्मचारीमा शैक्षिक योग्यता भए पनि उनीहरुले भन्सार ऐन नियमअनुरुप तत्काल गरिनुपर्ने निर्णय गर्न नसक्दा अर्बौं रुपैयाँ राजस्व घाटा भइरहेको विभागले जनाएको छ । विभागका महानिर्देश टंकमणि शर्माले अहिले विभागमा २ सयजना कर्मचारी आवश्यक भन्दा बढी भएकाले अनावश्यक भार थपिएको बताए । ती कर्मचारीलाई कहाँ कसरी समायोजन गर्ने भन्ने चिन्ता परेको बताउँदै महानिर्देशक शर्माले भने जो जहाँ जुन विषयमा सक्षम छन् उनीहरुलाई त्यही काम गर्ने वातावरण बनाउन सरकारसँग माग गरेका छौ .विभागमा रहेका २ सय कर्मचारीलाई सरकारले तत्काल काममा लगाउनसमेत विभागले अर्थमन्त्री भरतमोहन अधिकारीसँग माग गरेको उनले जानकारी गराए । विभागमा कार्यरत २ सय कर्मचारीलाई हाल वैकल्पिकमा राखेको जानकारी गराउँदै महानिर्देशक शर्माले विभागमा रहेका अधिकांश कर्मचारीमा भन्सार सम्बन्धित ज्ञान नभएकाले काम गर्न कठिनाइ भएको र त्यस्ता कर्मचारीलाई तत्काल तालिमको व्यवस्था गर्न माग गरेको बताए । विभागले यसरी आफ्नो मातहतमा बढी कर्मचारी भएको भन्दै कर्मचारीको भार घटाउन अर्थमन्त्री र अर्थ सचिवसँग माग गरेको यो पहिलो भएको विभागले जनाएको छ । विभागका महानिर्देशक शर्माले भने ुराष्ट्रलाई आफ्नोतर्फबाट सेवा गर्छु भनेर आएका जोशिला कर्मचारीलाई महिनां दिनसम्म कमविहीन बनाएर वैकल्पिकमा राख्नु भनेको देशका लागि ठूलो घाटा भएकाले सो जनशक्तिलाई अन्य कार्यालयमा लगेर कि्रयाशील बनाउन हामीले माग गरेका हौं ।यस सम्बन्धमा अर्थमन्त्री भरतमोहन अधिकारीले विभागले उठाएको विषयमा मन्त्रालय गम्भीर भएको र सोबारे छिट्टै अध्ययन गरेर निर्णय गर्ने बताए । मन्त्री अधिकारीले भने ुकुनै जनशक्तिलाइै वैकल्पिकमा राखिनु दुर्भाग्य हो यस विषयमा को कहाँ कुन क्षेत्रमा बढी जानकार छ सो कार्यालयमा समायोजन गर्नेछौं यस सम्बन्धमा सम्बन्धित निकाय लागि पर्नेछ ।भन्सार संरचनाअन्तर्गत हाल १ हजार २ सय ७३ कर्मचारी कार्यरत छन् । त्यसमा नयाँ कर्मचारी १ सय रहेका छन् । नयाँ÷पुराना गरेर २ सय कर्मचारी वैकल्पिकका रुपमा विभागमा राखिएको छ । हालसम्म ३० ओटा मुख्य भन्सार कार्यालय १ सय ४३ ओटा छोटी भन्सार कार्यालय र १ ओटा हवाई भन्सार कार्यालय साचालनमा रहेको विभागले जनाएको छ । त्यस्तै उत्तरी सीमातर्फ ९ ओटा मुख्य भन्सार नाका दक्षिण सीमातर्फ २१ ओटा भन्सार कार्यालयहरु साचालनमा छन् । 

Friday, August 5, 2011

        ५ सय १८ व्यापारिक फर्मले 
    नक्कली भ्याट बिल प्रयोग गरेको फेला 

काठमाडौं, साउन २०
 मुलुकका अधिकांश व्यापारिक घरानाले प्रयोग गरेको नक्कली भ्याट बिलबाट पाँच अर्बभन्दा बढी रुपैयाँ राजस्व छली गरेको देखिएको छ। यो सरकारले गरेको पहिलेको अनुमानभन्दा २५ प्रतिशत बढी हो। आन्तरिक राजस्व विभाग र यस मातहतका कार्यालयहरूले गरेको अनुसन्धानबाट मुलुकभरका ५ सय १८ व्यापारिक फर्मले नक्कली भ्याट बिल प्रयोग गरेको फेला पारेको थियो।  
विभाग र कार्यालयहरुले साउन १५ सम्म पूरा गरेका २ सय १६ फर्मको कारोबारलाई हेर्दा नक्कली भ्याट बिलबाट ५ अर्ब रुपैयाँभन्दा बढी राजस्व छली गरेको देखिएको हो। 
'अहिलेसम्म अनुसन्धान पूरा भएका २ सय १६ फर्मलाई २ अर्ब ७८ करोड ८८ लाख रुपैयाँ कर निर्धारण गरिएको छ,' विभागका उच्च अधिकारीले भने, 'यो प्रवृत्तिलाई हेर्दा बाँकी ३ सय २ फर्मको अनुसन्धान पूरा हुँदा ५ अर्ब रुपैयाँ नाघ्ने देखिन्छ।' 
विभागले सबै फर्महरुको अनुसन्धान पूरा हुँदा ४ अर्ब रुपैयाँसम्म कर निर्धारण हुन सक्ने अनुमान गरेको थियो। पछिल्ला फर्महरुमा सोचेभन्दा बढी कर छली भएको देखिएकाले विभागको अनुमानभन्दा २५ प्रतिशत बढी कर छली भएको आशंका गरिएको हो।
ती अधिकारीका अनुसार काठमाडौं उपत्यकाका ठूला व्यावसायिक घरानासम्बद्ध फर्महरुको कारोबार हेरिसकेका कारण पछिल्लो ३ सय फर्मबाट २ अर्ब रुपैयाँ कर निर्धारण हुने अनुमान गरिएको हो। 
उपत्यकाबाहिरका फर्महरुले नक्कली भ्याट बिल प्रयोग गरे पनि उनीहरुको कारोबार ठूलो नभएकाले रकम बढी नहुने ती अधिकारीले बताए। राजधानीका ठूला व्यापारिक घरानासम्बद्ध एकै फर्मले मात्र १० करोडभन्दा बढीको कर छली गरेको भेटिएको छ। राजधानी बाहिर भने यति ठूला फर्म देखिएका छैनन्। 
उनका अनुसार २ सय १६ व्यापारिक फर्महरुलाई मूल्य अभिवृद्धि कर छली गरे वापत १ अर्ब ७९ करोड, ९२ लाख रुपैयाँ कर निर्धारण गरिएको छ। यस्तै आयकर १ अर्ब ९ करोड ९९ लाख र अन्तशुल्क ९८ लाख रुपैयाँ निधारण गरिएको छ। नक्कली भ्याट बिल कारोबार गर्ने दुई सय १६ फर्ममध्ये विभागले ३३ वटा र अरु कर कार्यालयहरुले गरेका हुन्। अहिले विभाग र कार्यालयहरुले आगामी असोज मसान्तसम्म सबै फर्मको कारोबार हेर्ने गरी काम गरिरहेको उनले जानकारी दिए। 
मुलुककै राजस्व संरचनालाई ध्वस्त पार्ने गरी कर छली गर्ने व्यावसायिक फर्महरुले अहिलेसम्म विभागले निर्धारण गरेको कर नबुझाएकाले उनीहरु मुद्दामा जाने तयारी गरेको देखिन्छ। 'विभागले निर्धारण गरेको कर तिर्न सुरु नगरेकाले कानुनअनुसार उनीहरु पुनरावेदनमा जान खोजेको देखिन्छ,' विभागका एक अधिकारीले भने 'यसका लागि उनीहरुले एक सय २० दिनभन्दा बढी समय पाउने भएकाले तत्काल कर नतिरेको हुनसक्छ।' 
उनका अनुसार विभागले गरेको कर निर्धारणमा चित्त नबुझे व्यवसायीहरु पहिले विभागमै र त्यसपछि राजस्व न्यायाधीकरणमा जान सक्ने कानुनी व्यवस्था छ। विभागले कर निर्धारण गरेको ३० दिनसम्म उनीहरुलाई कर तिर्ने समय दिइन्छ। त्यसपछि व्यवसायीहरु विभागमै प्रशासनिक पुनरावलोकनका लागि जान सक्छन्। विभागका महानिर्देशकले पुनरावलोकन गरेको ६० दिनभित्र गरेको फैसलामा चित्त नबुझाए उनीहरु फेरि राजस्व न्यायाधीकारणमा जान सक्छन्। यी सबै प्रक्रिया पूरा गर्न एक सय २० दिनभन्दा बढी समय लाग्छ। 
उनले हालसम्म २४ व्यापारिक फर्मले विभागमा प्रशासकीय पुनरावेदन गरेको जानकारी दिए। यसमध्ये २० फर्मको फैसला भइसकेको छ। 
कानुनले विभागमा प्रशासनिक पुनरावेदन गर्न निर्धारण गरेको करको ३३ प्रतिशत धरौटी राख्नु पर्ने व्यवस्था गरेको छ। २४ फर्मले पुनरावेदन गर्दा करिव ४० करोड रुपैयाँ धरौटी राखेका छन्। महानिर्देशकको फैसला पनि चित्त नबुझे राजस्व न्यायाधिकरणमा फेरी पुनरावेदन गर्न सकिन्छ। यसका लागि निर्धारण गरिएको करको ५० प्रतिशत रकम धरौटी राख्नुपर्छ। 
'पहिले ३३ र पछि ५० प्रतिशत रकम धरौटी राखेर पुनरावेदन गए पछि लामो समयसम्म कर नतिरी अल्झाउन सकिने भएकाले व्यवसायीले यही बाटो अपनाएका हुन सक्छन्,' उनले भने, 'उनीहरुको अहिल्यै सबै रकम तिर्नुभन्दा केही समय धकेल्ने उद्देश्य राखेको देखिन्छ।' भ्याट छलेको रकम अन्यत्र लगानी गरीसकेका व्यवसायीलाई बजारमा तरलता अभाव भएको अहिलेको अवस्थामा थप कर तिर्न पनि समस्या छ। 
सरकारले करिब डेढ दसकदेखि भ्याटलाई राजस्वको प्रमुख स्रोतका रुपमा लिएको छ। तर, यसमा नै नक्कली कारोबार भएपछि राजस्व प्रसासनसमक्ष चुनौती तेर्सिएको छ। 
भ्याटको नक्कली कारोबार फेला पारे शतप्रतिशत जरिवाना र थप ब्याजसहित ३५ प्रतिशतसम्म शुल्क तिर्नुपर्ने कानुनी व्यवस्था छ। यस्तै आयकर छले ब्याज, शुल्क जरिवाना गरी ८० प्रतिशतसम्म तिर्नुपर्छ। 

सरकारले असुली गरेन विनोद चौधरीसँग कर छलीको १० अर्ब रुपैयाँ

रोशन कार्की काठमाडौं । सरकारको नेतृत्व गरेकाहरुले देशको भुभाग प्रयोग गरी उद्योग व्यवसाय गर्दै आएकाहरुले छली गरेको राजश्व र कर असुली नगरि ...